
Christian Dance | परमेश्वरका मानिसहरूको प्रार्थना | Praise Song
25 मार्च 2025
१
परमेश्वरका मानिसहरू उहाँको सिंहासनसामु फर्कन्छन्
र एक साथ परमेश्वरलाई प्रार्थना चढाउँछन्।
परमेश्वरले सत्यतालाई प्रेम गर्नेहरूलाई अगुवाइ गर्नुहोस्,
ताकि तिनीहरूले चाँडै उहाँको आवाज सुन्न सकून्।
फर्कनुभएका उद्धारकर्तालाई चिन्न हेर्दै र प्रतीक्षा गर्दै
बसिरहेकाहरूलाई परमेश्वरले अन्तर्दृष्टि दिनुहोस्।
मानिसहरूले आफ्ना धारणाका बन्धनहरू तोडून्,
ताकि तिनीहरूले साँचो मार्गको खोजी र छानबिन गरून्।
परमेश्वरले पूर्वनिर्धारित र चयन गर्नुभएका सबैले
थुमाका पदचापहरू पछ्याइरहून्।
मानिसहरूले परमेश्वरका वचनहरूको आपूर्ति प्राप्त गरून्
ताकि तिनीहरूका आत्माले अब उप्रान्त तृष्णा नगरून्।
मानिसहरूले खुट्ट्याउन सिकून्
र तिनीहरू अब उप्रान्त शैतानका झुटहरूद्वारा भ्रमित नहोऊन्।
परमेश्वरले हामीलाई सुसमाचार प्रचार गर्न
र उहाँको गवाही दिन अगुवाइ र मार्गदर्शन गर्नुहोस्।
परमेश्वर सधैँ उहाँका चुनिएका मानिसहरूसित हुनुहोस्,
ताकि सबैले बफादारीका साथ आफ्नो कर्तव्य पूरा गरून्।
२
परमेश्वरले हामीलाई अन्तर्दृष्टि दिनुहोस्,
ताकि हामीले उहाँको वचन जानौँ र उहाँका अभिप्रायहरू बुझौँ।
सबै मानिसहरूले परमेश्वरको वचनलाई कदर गरून् र तिनीहरू त्यसअनुसार जिऊन्।
परमेश्वरले हामीलाई बारम्बार ताडना दिनुहोस्,
ताकि हामी मानव रूपमा जिउन सकौँ।
परमेश्वरले हामीलाई परीक्षाहरू दिनुहोस्,
ताकि हाम्रा स्वभावहरू परिवर्तन हुन सकून्।
सबै मानिसहरूले असल र दुष्ट खुट्ट्याऊन्,
सत्यता अभ्यास गरून् र तिनीहरू परमेश्वरप्रति समर्पित होऊन्।
परमेश्वरले दुष्कर्मीहरूलाई दण्डित गर्नुहोस्,
ताकि मण्डली जीवनमा बाधा नपरोस्।
परमेश्वरले अझ धेरै मानिसहरूलाई उहाँसँग एउटै हृदय र मन भएको हुन सिद्ध पार्नुहोस्।
सबै मानिसहरूले प्रेमिलो परमेश्वरलाई साँचो प्रेम चढाऊन्।
परमेश्वरले उहाँका चुनिएका मानिसहरू सबैलाई ज्योतिमा जिउन आशिषित् गर्नुहोस्।
—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
अन्य प्रकारका भिडियोहरू