Nepali Christian Song | ख्रीष्टमा मानिसको कुनै साँचो आस्था छैन

17 मार्च 2026

तँ ख्रीष्टको विनम्रतालाई कदर गर्दैनस्, तर विख्यात दर्जाका झूटा गोठालाहरूलाई श्रद्धा गर्छस्। तँ ख्रीष्टको प्रेमिलो स्वभाव वा बुद्धिलाई कदर गर्दैनस्, तर तँ संसारका फोहोरसँग सँगै लाग्ने व्यभिचारीहरूलाई मन पराउँछस्। तँ ख्रीष्टले आफ्नो शिर राख्ने ठाउँ नपाएको पीडाको खिसीटिउरी मात्र गर्छस्, तर तँ भेटीहरूको सिकार गर्ने र विलासितामा जिउने लासहरूलाई सम्मान गर्छस्। तँ ख्रीष्टसँगै कष्ट भोग्न इच्छुक छैनस्, तर तँ बेपरवाह र स्वेच्छाचारी ख्रीष्टविरोधीहरूका हातमा आफूलाई खुसीसाथ सुम्पन्छस्, यद्यपि तिनीहरूले तँलाई केवल देह, शब्दहरू दिन्छन् र नियन्त्रण गर्छन्।

अहिले पनि, तेरो हृदय अझै तिनीहरूतर्फ, तिनीहरूको प्रतिष्ठातर्फ, तिनीहरूको हैसियततर्फ, तिनीहरूका प्रभावतर्फ फर्किन्छ। र तैपनि तँ ख्रीष्टको कामलाई स्वीकार गर्न गाह्रो मान्‍ने र यसलाई स्विकार्न अनिच्छुक हुने मनोवृत्ति अपनाउन जारी राख्छस्। केवल यसैका कारण म के भन्छु भने, तँ ख्रीष्टलाई मान्ने आस्थारहित छस्। तैँले आजको दिनसम्म उहाँलाई पछ्याउनुको कारण तँसँग अन्य कुनै विकल्प नभएकाले हो। ठूला व्यक्तित्वहरूको शृङ्खला सधैँ तेरो हृदयमा अग्लो भई दृढ उभिरहेको हुन्छ; तँ तिनीहरूका कुनै शब्द र काम बिर्सन सक्दैनस्, न त तिनीहरूका प्रभावमय शब्द र हातहरूलाई बिर्सन सक्छस्। तेरो हृदयमा तिनीहरू सदा सर्वोच्च र सदा नायकहरू हुन्छन्। तर यो कुरा आजको ख्रीष्टका हकमा लागू हुँदैन। तेरो हृदयमा, उहाँ सधैँभरि नगण्य, सधैँभरि डरको अयोग्य हुनुहुन्छ। किनभने उहाँ अत्यन्तै साधारण हुनुहुन्छ, उहाँको प्रभाव अत्यन्तै कम छ र उहाँ उच्चताबाट टाढा हुनुहुन्छ। म भन्छु, सत्यतालाई मूल्यवान् नठान्नेहरू सबै अविश्‍वासी र सत्यताका विश्‍वासघातीहरू हुन्। यस्ता मानिसहरूले कहिल्यै ख्रीष्टको अनुमोदन प्राप्त गर्नेछैनन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। के तँ परमेश्‍वरको साँचो विश्‍वासी होस्?

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: आस्थामा सत्यताको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू सत्यताको प्रकटीकरण चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्