Christian Song | परमेश्‍वरका मानिसहरू वृद्धि हुँदै जाँदा ठूलो रातो अजिङ्गर ढल्छ

18 जनवरी 2021

जब मानिसहरू सबैलाई पूर्ण बनाइ सकिन्छन्

र पृथ्वीका सबै राष्ट्रहरू ख्रीष्टको राज्य बन्छन्,

तब यो सात मेघ गर्जन गर्जने समय हुनेछ।

वर्तमान समयचाहिँ त्यस चरणतर्फको लम्काइ हो;

त्यस दिनतर्फ आक्रमण जारी गरिएको छ।

यो परमेश्‍वरको योजना हो र निकट भविष्यमा यो साकार हुनेछ।

यद्यपि, परमेश्‍वरले बोल्‍नुभएका हरेक कुरा उहाँले पहिले नै पूरा गरिसक्‍नुभएको छ।

यसैले, पृथ्वीका सबै राष्ट्रहरू उच्‍च छालहरू नजिक आउँदा हल्‍लिने बालुवामा बनाइएका महलहरू मात्र हुन्:

अन्तिम दिन नजिकै छ

र ठूलो रातो अजिङ्गर परमेश्‍वरको वचनमुनि गिर्नेछ।

उहाँको योजनालाई सफलतापूर्वक अघि बढाइएको छ भन्‍ने कुराको सुनिश्‍चित गर्न,

स्वर्गका दूतहरू पृथ्वीमा ओर्लेका छन्,

अनि परमेश्‍वरलाई सन्तुष्ट पार्नको निम्ति सक्दो गर्दैछन्।

देहधारी हुनुभएका परमेश्‍वर स्वयम् शत्रुको विरुद्धमा युद्ध सुरु गर्न

युद्धको मैदानमा तैनाथ हुनुभएको छ।

जहाँ-जहाँ देहधारण देखापर्नुहुन्छ, त्यहाँबाट शत्रुलाई नष्ट गरिन्छ।

विनाश हुनेमा चीन पहिलो हुनेछ;

परमेश्‍वरको हातद्वारा यसलाई निर्जन पारिनेछ।

परमेश्‍वरले कुनै दया देखाउनुहुनेछैन।

ठूलो रातो अजिङ्गरको बिस्तारै हुने पतनको प्रमाण

मानिसहरूमा निरन्तर हुने परिपक्‍वतामा देख्‍न सकिन्छ;

यो सबैको लागि स्पष्ट र देख्‍न सकिने हुन्छ।

मानिसहरूको परिपक्‍वता शत्रुको निधनको चिन्ह हो।

मानिसहरूको परिपक्‍वता शत्रुको निधनको चिन्ह हो।

व्यक्तिगत रूपमा परमेश्‍वरत्यो ठाउँमा जानुहुनेछु जहाँ ठूलो रातो अजिङ्गर बेरिएर बसिरहेको छ,

अनि त्यससँग प्रतिस्पर्धा गर्नुहुनेछ।

सारा मानवजातिले परमेश्‍वरलाई शरीरमा चिनेपछि

र शरीरमा उहाँका कार्यहरूलाई देख्‍न सक्षम भइसकेपछि,

ठूलो रातो अजिङ्गरको अखडालाई खरानीमा परिणत गरिनेछ

र यसलाई नाम-निशाना नछोडीकन मेटाइनेछ।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्