Christian Dance | परमेश्‍वरको वचनले मलाई जीवनको मार्ग स्पष्ट पार्छ | Praise Song

24 अक्टोबर 2024

परमेश्‍वरको आवाज सुन्दा, म उहाँसामु उठाइन्छु।

मेरो आपूर्ति उहाँको वचन खाएर र पिएर हुन्छ।

अन्त्यमा म थुमाको विवाह भोजमा सहभागी हुन्छु।

यो मेरो जीवनको सबैभन्दा ठूलो आशिष् हो।

हरदिन म परमेश्‍वरको वचन खान्छु र पिउँछु र सत्यता सङ्गति गर्छु।

मैले सत्यता बुझ्दै गर्दा मेरो हृदय झन्-झन् उज्ज्वल बन्छ।

परमेश्‍वरको वचनले मैले यस जीवनमा लिने मार्ग र दिशा स्पष्ट पार्छ,

अनि मात्र मैले साँचो जीवन भेट्टाउँछु।

म परमेश्‍वरका वचनहरू अभ्यास गर्छु र इमानदार व्यक्ति बन्ने खोजी गर्छु।

म परमेश्‍वरलाई सन्तुष्ट पार्न आफ्ना कर्तव्यहरू व्यावहारिक रूपमा पूरा गर्छु।

एउटै हृदय र मनका साथ, हामी परमेश्‍वरको घोषणा गर्छौँ र गवाही दिन्छौँ,

र हाम्रा हृदय हर्ष र मिठासले भरिएका छन्।

परमेश्‍वरको वचनको न्यायले मेरो भ्रष्टता पखाल्छ।

उहाँका परीक्षा र शोधनले मेरो प्रेमलाई स्वच्छ पार्छ।

मैले सत्यता पाएको छु र वास्तविकता जिउँछु।

परमेश्‍वरको अनुमोदन प्राप्त गर्नु सबैभन्दा ठूलो आशिष् हो।

परमेश्‍वरले मलाई जसरी व्यवहार गर्नुभए पनि, त्यो सब असल हुन्छ,

र त्यो सब मलाई जीवनमा बढ्न र परिपक्व हुन मद्दत गर्नका लागि हो।

समर्पणताको हृदयका साथ, म परमेश्‍वरको सदिच्छा देख्छु।

परीक्षा र सङ्कष्टहरूमाझ, परमेश्‍वरको वचनले मलाई मार्गनिर्देशन गर्छ।

मेरो अनुभवमा, मैले परमेश्‍वरको प्रियता र प्रेमिलो स्वभाव देखेको छु।

पाइला दर पाइला, परमेश्‍वरको वचनले मलाई शैतानमाथि विजय पाउन मार्गनिर्देशन गर्छ।

म परमेश्‍वरका अभिप्रायहरू पूरा गर्न आफ्नो बफादारी अर्पण गर्छु,

र परमेश्‍वरको जोरदार गवाही दिन्छु।

—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्