2021 Christian Song | परमेश्‍वरले तेरो हृदय र आत्मा खोजी गर्दै हुनुहुन्छ

23 |11 जुन 2021

सर्वशक्तिमान्‌ले प्रदान गर्नुभएको जीवनबाट तर्किएर गएको हुनाले,

मानवजाति आफ्नो अस्तित्वको उद्देश्यबारे अनभिज्ञ छ, तथापि ऊ मृत्युसँग डराउँछ।

तिनीहरू सहयोग वा समर्थनरहित छन्‌,

अझै पनि आफ्ना आँखा चिम्लन अनिच्छुक हुन्छन्‌,

र तिनीहरूले यस संसारमा एक हीन अस्तित्वलाई घिस्स्याउन आफैलाई तयार गर्छन्‌,

आफ्नै आत्माको अनुभूति नभएका ती देहका पोकोहरू।

तँ, अरूझैँ, यसैगरी आशाबिना, लक्ष्यबिना बाँच्छस्।

केवल प्राचीन कथाका पवित्र एउटै उहाँले मात्र ती मानिसहरूलाई मुक्ति दिनुहुनेछ

जो सङ्कटको माझमा शोक गर्दै उहाँको आगमनको व्याकुलताका साथ प्रतीक्षा गर्छन्‌।

अहिलेसम्म, त्यस्तो विश्‍वास तिनीहरूमा महसुस गरिएको छैन जसमा चेतनाको अभाव छ।

तथापि, मानिसहरू अझै पनि यसका लागि आतुर छन्।

सर्वशक्तिमान्‌ले यी मानिसहरूमाथि कृपा गर्नुहुन्छ जो गहिरोगरी कष्टमा छन्‌;

त्यसैगरी, यी मानिसहरूसँग दिक्क हुनुहुन्छ जोसँग चेतनाको अभाव छ,

किनकि मानवबाट उत्तर प्राप्त गर्न उहाँले लामो समय पर्खनुपरेको छ।

उहाँले खोज्न चाहनुहुन्छ, तेरो हृदय र तेरो आत्मा खोज्न चाहनुहुन्छ,

तेरो लागि पानी र खाना ल्याउन र तँलाई ब्यूँझाउन चाहनुहुन्छ,

ताकि तँ अब उप्रान्त तिर्खाउन र भोकाउन नपरोस्‌।

जब तँ थाक्छस् र जब तैँले यो संसारको निराशाजनक वैराग्यपनका केही कुरा महसुस गर्न थाल्छस्,

तब तँ हताश नबन्, नरू।

सर्वशक्तिमान्‌ परमेश्‍वर, रखवालाले जुनसुकै बखत पनि तेरो आगमनलाई स्वीकार्नुहुनेछ।

उहाँले तेरो नजिकैबाट रखवाली गर्दै हुनुहुन्छ,

तँ फर्किने प्रतीक्षा गर्दै हुनुहुन्छ।

उहाँ तेरो स्मृति अकस्मात् फर्किने दिनको प्रतिक्षा गर्दै हुनुहुन्छ:

जुन दिन तैँले तँ परमेश्‍वरबाट आइस्,

तैँले कुनै अज्ञात समयमा आफ्नो दिशा गुमाइस्,

कुनै एक अज्ञात समयमा तैँले बाटोमा चेतना गुमाइस्,

र कुनै अज्ञात समयमा एक “पिता” प्राप्त गरिस् भन्ने कुरा महसुस गर्छस्;

यसका अतिरिक्त, जुन दिन तैँले सर्वशक्तिमान्‌ले तेरो फिर्तीको लागि धेरै,

धेरै लामो समयदेखि त्यहाँ पर्खँदै,

सधैँ रखवाली गर्दै आउनुभएको छ भन्ने कुरा महसुस गर्छस्।

बिना कुनै उत्तर तेरो प्रत्युत्तरको प्रतीक्षा गर्दै,

उहाँले पूरा व्यग्र इच्छाको साथ रखवाली गर्दै आउनुभएको छ।

उहाँको रखवाली र प्रतीक्षा अमूल्य छन्,

र ती मानव हृदय र मानव आत्माका खातिर हुन्।

सायद ती रखवाली र प्रतीक्षा असीमित छन, र सायद ती समाप्तिमा आएका छन्।

तर, तेरो हृदय र तेरो आत्मा अहिले ठ्याक्कै कहाँ छन् भन्ने कुरा तैँले जान्नुपर्दछ।

सायद ती रखवाली र प्रतीक्षा असीमित छन, र सायद ती समाप्तिमा आएका छन्।

तर, तेरो हृदय र तेरो आत्मा अहिले ठ्याक्कै कहाँ छन् भन्ने कुरा तैँले जान्नुपर्दछ।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

अब विपत्तिहरू भइरहेका छन्। हामी कसरी विपत्तिहरुको बीचमा प्रभुलाई स्वागत गर्ने मौका पाउन सक्छौं? उत्तर प्राप्त गर्न हामीलाई सम्पर्क गर्नुहोस्।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्