Nepali Christian Song | सर्वशक्तिमान् परमेश्वर मानिसको आड हुनुहुन्छ
4 मार्च 2026
१
तँ यो र त्यो कुरासँग डराउनु हुँदैन; तैँले जतिसुकै कठिनाइ र खतरा सामना गरे पनि, तँ कुनै पनि अड्चनमा नपरी, मेरो अगाडि स्थिर रहनुपर्छ, ताकि मेरो इच्छा विना रोकटोक पूरा होओस्। यो तेरो कर्तव्य हो। तैँले सबै सहनैपर्छ; मेरा लागि, तँ सबै कुरा त्याग्न र आफ्नो सारा शक्तिले मलाई पछ्याउन तयार हुनैपर्छ, अनि कुनै पनि मूल्य चुकाउन तयार हुनैपर्छ। अहिले मैले तँलाई जाँच गर्ने समय हो: के तँ तेरो बफादारी मलाई अर्पण गर्नेछस्? के यो बाटोको अन्त्यसम्म तँ मलाई बफादारीपूर्वक पछ्याउन सक्छस्?
२
नडरा; मेरो आड हुँदा, यस बाटोलाई कसले कहिल्यै छेक्न सक्छ र? यो कुरा याद राख्! याद राख्! सबै थोकमा मेरा असल अभिप्रायहरू हुन्छन्, र सबै थोक मेरो छानबिनमुनि हुन्छन्। तैँले बोल्ने र गर्ने सबै थोकमा के तँ मेरो वचन पछ्याउन सक्छस्? जब तँमाथि आगोका जाँचहरू आइपर्नेछन्, के तैँले घुँडा टेकेर कराउनेछस्? कि तँ डरले लुरुक्क पर्नेछस्, अगाडि बढ्न सक्नेछैनस्?
३
ख्रीष्टको लोकातीत जीवन देखा परिसकेको छ; तँ डराउनुपर्ने कुरा केही छैन। शैतानहरू हाम्रा पाउमुनि छन्, र तिनीहरूको समय धेरै टिक्नेछैन। झट्ट बिउँझी! व्यभिचारको यस स्थानबाट उम्की; आफूलाई मृत्युको रसातलबाट आजाद गर्! जेसुकै भए तापनि मप्रति बफादार बन्, र साहसी भएर अघि बढ्; म तेरो अटल चट्टान हुँ, त्यसैले ममाथि भर पर्!
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय १०
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
अन्य प्रकारका भिडियोहरू