परमेश्‍वरका दैनिक वचनहरू: कार्यका तीन चरणहरू | अंश २३

यद्यपि येशू उहाँको देहधारणमा पूर्ण रूपले बिना भावनाको हुनुहुन्थ्यो, उहाँले सधैँ उहाँको चेलाहरूलाई सान्त्वना दिनुभयो, तिनीहरूको लागि सबै कुरा जुटाउनुभयो, तिनीहरूलाई मदत गर्नुभयो, र समर्थन गर्नुभयो। तथापि उहाँले जति नै काम गर्नुभए तापनि, या उहाँले जति नै दुख सहनुभए तापनि, उहाँले कहिल्यै पनि मानिसमा अति धेरै मागहरू गर्नुभएन, तर तिनीहरूको पापमा सधैँ धैर्य र सहिष्णुता बस्नुभयो, त्यसरी नै अनुग्रहको युगका मानिसले उहाँलाई प्रेमले “प्रेमिलो मुक्तिदाता येशू” भनी बोलाए। त्यस समयका मानिसहरूको लागि—सबै मानिसहरूका लागि—जे येशूमा थियो र जो येशू हुनुहुन्थ्यो, त्यो दया र प्रेमपूर्ण कृपा नै थियो। उहाँले कहिल्यै पनि मानिसहरूको अपराधहरूलाई सम्झनुभएन, र तिनीहरूप्रति उहाँको व्यवहार कहिल्यै पनि तिनीहरूको अपराधमा आधारित थिएन। किनभने त्यो एउटा बेग्लै युग थियो, उहाँले धेरै पटक मानिसहरूलाई भरपूर मात्रामा भोजन दिनुभयो ताकि तिनीहरूले आफ्नो पेट भर्न सकून्। उहाँले आफ्ना सबै चेलाहरूलाई अनुग्रहद्वारा व्यवहार गर्नुभयो, बिमारीलाई चङ्गाइ गर्नुभयो, भूतात्मा निकाल्नुभयो, मरेकालाई जीवित उठाउनुभयो। मानिसहरूले उहाँमा विश्‍वास गर्न सकून् र उहाँले गर्नुभएका सबै कुरा नम्रतापूर्वक र इमानदारीता पूर्वक गर्नुभएको थियो भनी देख्न सकून् भनेर, उहाँले यहाँसम्म पनि गर्नुभयो कि एउटा सडिसकेको लासलाई समेत पुनरुत्थान गर्नुभयो, र यसद्वारा उहाँको हातमा मृतक मानिस पनि फर्केर जीवनमा आउन सक्छ। यस तरिकामा उहाँले चुपचाप सहेर तिनीहरूको बीचमा उहाँको उद्धारको कार्य गर्नुभयो। उहाँ क्रूसमा टाँगिनुभन्दा पहिले समेत, येशूले आफैमा मानवजातिको पापहरू लिइसक्नुभएको थियो र मानवजातिको लागि पापको एउटा बलिदान हुनुभयो। उहाँ क्रूसमा टाँगिनुभन्दा पहिले समेत, उहाँले मानवजातिको उद्धार गर्नको निम्ति बाटो खोलिसक्नुभएको थियो। अन्ततः उहाँ क्रूसमा काँटी ठोकेर झुन्ड्याइयो, क्रूसको खातिर आफैलाई बलिदान दिनुभयो, र उहाँले मानवजातिलाई आफ्नो सबै कृपा, दया, र पवित्रता दिनुभयो। मानवजाति प्रति, उहाँ सधैँ सहनशील हुनुहुन्थ्यो, कहिल्यै प्रतिशोधी हुनुहुन्नथ्यो, तिनीहरूको पापहरूको क्षमा दिँदै, तिनीहरूलाई पश्‍चाताप गर्नको लागि प्रेरित गर्दै, र धैर्यता, संयम र प्रेमद्वारा उहाँको कदम पछ्याउँदै र तिनीहरू आफैलाई क्रूसको खातिर बलिदान दिनको निम्ति सिकाउनुहुन्थ्यो। दाजुभाइहरू र दिदीबहिनीहरूको लागि उहाँको प्रेम मरियमको लागि भन्दा बढि थियो। ती काम जुन उहाँले यसको सिद्धान्तको रूपमा लिनुभयो बिमारीलाई चङ्गाइ गर्ने र भूतात्माहरू निकाल्ने, यी सबै उहाँको उद्धारको कार्यको खातिर गर्नुभएको थियो। उहाँ जहाँ गए तापनि, उहाँले उहाँलाई पछ्याउने सबैलाई अनुग्रही व्यवहार गर्नुभयो। उहाँले गरिबलाई धनी, लङ्गडोलाई हिँड्ने, अन्धोले देख्ने, र बहिरोले सुन्ने बनाउनुभयो। उहाँले सबैभन्दा तुच्छ, बेसाहाहरू, पापीहरूलाई उहाँसँगै एउटै मेचमा बस्नको निम्ति आमन्त्रित गर्नुभयो, तिनीहरूलाई कहिल्यै पनि अलग्याउनुभएन तर सधैँ धैर्यता राख्दै, यो पनि भन्नुभयो: जब एउटा गोठालोले सय ओटा भेडा मध्ये एउटालाई हराउँछ, उसले उनान्सय भेडालाई छोडेर त्यो एउटा हराएको भेडालाई खोज्न जान्छ, र जब उसले त्यसलाई भेट्टाउँछ उ अत्यन्त धेरै आनन्दित हुन्छ। उहाँले आफ्नो अनुयायीहरूलाई त्यसै गरी प्रेम गर्नुभयो जसरी एउटा आमा भेडाले आफ्नो पाठालाई प्रेम गर्छ। तिनीहरू मूर्ख र अज्ञानी भए पनि, र उहाँको आँखा अगाडि पापी भए पनि, र साथसाथै समाजका सबैभन्दा तुच्छ सदस्यहरू भए तापनि, उहाँले ती पापीहरूलाई—ती मानिसहरू जसलाई अरूले बहिष्कार गरेका थिए—आफ्नो आँखाको नानीको रूपमा लिनुभयो। उहाँले तिनीहरूको पक्ष लिनुभएको हुनाले, वेदिमा बलिदान चढाइएको थुमाको रूपमा उहाँले आफ्नो जीवन तिनीहरूको निम्ति दिनुभयो। उहाँ तिनीहरूको माझ यसरी जानुभयो जस्तो कि उहाँ तिनीहरूको दास हुनुहुन्थ्यो, तिनीहरूलाई उहाँको प्रयोग गर्न र उहाँको हत्या गर्न दिनुभयो, तिनीहरूमा निसर्त रूपमा आफैलाई सुम्पनुभयो। उहाँका अनुयायीहरूको लागि उहाँ प्रेमिलो मुक्तिदाता येशू हुनुहुन्थ्यो, तर फरिसीहरू, जसले मानिसहरूमा एउटा उच्च आसनबाट भाषण दिन्थे, तिनीहरूलाई उहाँले कृपा र प्रेमपूर्ण दया देखाउनुभएन, तर घृणा र आक्रोश देखाउनुभयो। उहाँले फरिसीहरूको माझमा त्यति धेरै कामहरू गर्नुभएन, केवल कहिलेकाहीँ तिनीहरूमा प्रवचन दिने र ताडना दिने गर्नुभयो; उहाँले तिनीहरूको बीचमा उद्धारको कार्य गर्दै जानुभएन, न त उहाँले चिन्हहरू र चमत्कार नै देखाउनुभयो। उहाँले आफ्नो अनुयायीहरूलाई सबै दया र प्रेमपूर्ण कृपा दिनुभयो, अन्तिमसम्म यी पापीहरूका खातिर उहाँले सहनुभयो र उहाँ क्रूसमा टाँगिनुभयो, र उहाँले पूर्ण रूपमा सबै मानवजातिलाई उद्धार नगरेसम्म हरेक अपमानलाई भोग्नुभयो। यो नै उहाँको कार्यको कूल आशय हो।

येशूको उद्धार बिना, मानवजाति सदाको लागि पापमा जिउने थियो र पापको सन्तान बन्ने थियो, दुष्टका सन्तानहरू बन्ने थियो। यस प्रकारले यहि नै जारी रहेको भए, पुरै संसार त्यो जगत् बन्ने थियो जहाँ शैतान बसोबास गर्छ, त्यो बसोबास गर्ने ठाउँ। यद्यपि, उद्धारको कार्यको लागि दया देखाउन र मानवजातिप्रति प्रेमपूर्ण कृपा देखाउन आवश्यक थियो; केवल त्यस माध्यमबाट मात्रै मानवजातिले क्षमा प्राप्त गर्न सक्थ्यो र अन्ततः पूर्ण बनाइन र परमेश्‍वरद्वारा पूर्ण रूपले प्राप्त गरिने हक जित्न सक्थ्यो। यस चरणको कार्य बिना, छ-हजार-वर्षको व्यवस्थापनको योजनाले प्रगति गर्न सक्दैनथियो। यदि येशू क्रूसमा नटाँगिनुभएको भए, यदि उहाँले केवल बिरामीलाई चङ्गाइ गर्ने र दुष्ट आत्मा भगाउने कार्य मात्रै गर्नुभएको भए, मानिसहरूलाई तिनीहरूको पापबाट पूर्ण रूपले क्षमा गर्न सकिने थिएन। येशूले पृथ्वीमा आफ्नो कार्य गरी बिताउनुभएको साढे तीन वर्षसम्मको अवधिमा, उहाँले आफ्नो उद्धारको कार्यको केवल आधा कार्य मात्रै पूरा गर्नुभएको थियो; त्यसपछि, क्रूसमा झुण्ड्याएर र पापमय शरीरको समान बनेर, दुष्टको हातमा आफैलाई सुम्पिएर, उहाँले क्रूसमा मर्ने कार्यलाई पूरा गर्नुभयो र मानवजातिको गन्तव्यलाई पूरा गर्नुभयो। उहाँ शैतानको हातमा सुम्पिनु भएपछि मात्रै उहाँले मानवजातिलाई उद्धार गर्नुभयो। साढे तेत्तीस वर्षसम्म उहाँले पृथ्वीमा दुःख भोग्नुभयो, उहाँको ठट्टा गरियो, निन्दा गरियो, र उहाँलाई त्यागियो, त्यस परिस्थितिसम्म पुग्नुभयो जहाँ उहाँको शिर राख्ने ठाउँ भएन, विश्राम गर्ने स्थान भएन, र पछि उहाँलाई उहाँको पूर्ण अस्तित्व सहित क्रूसमा चढाइयो—एउटा पवित्र र निर्दोष शरीर—सँगै उहाँलाई क्रूसमा टाँगियो। उहाँले त्यहाँ भएको हरेक प्रकारको कष्ट भोगाइलाई सहनुभयो। तिनीहरू जो सत्तामा थिए तिनीहरूले उहाँको निन्दा गरे र उहाँलाई कोर्रा लगाए, यहाँसम्म कि सेनाहरूले उहाँको मुखमा थुकिदिए; तैपनि उहाँ चुप भई बस्नुभयो र अन्त्य सम्ममा सहनुभयो, निसर्त रूपमा आफैलाई मृत्युको अन्तिम बिन्दुसम्म पनि सुम्पँदै, उहाँले सबै मानवजातिलाई उद्धार दिनुभयो। तब मात्रै उहाँले विश्राम लिन अनुमति पाउनुभयो। येशूले गर्नुभएको कार्यले केवल अनुग्रहको युगको प्रतिनिधित्व गर्छ; यसले व्यवस्थाको युगलाई प्रतिनिधित्व गर्दैन, न त यो अन्तिम दिनहरूको कार्यको लागि विकल्प थियो। यो नै अनुग्रहको युगमा येशूले गर्नुभएको कार्यको सार थियो, दोस्रो युग जुन मानवजातिले पार गरेका छन्—उद्धारको युग।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। छुटकाराको युगको कार्यपछाडिको साँचो कथा

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १४०

शैतान र यहोवा परमेश्‍वरबीचको संवाद (छनौट गरिएका खण्डहरू) अय्यूब १:६-११ अहिले परमेश्‍वरका पुत्रहरू यहोवाको सामु उपस्थित हुन आउने दिन थियो,...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश २२८

जब चम्किलो चन्द्रमा उदाउँछ, शान्तिमय रात तुरुन्तै नष्ट हुन्छ। चन्द्रमा खण्डहर अवस्थामा भए पनि मानिस आत्मिक खुसीको अवस्थामा हुन्छ, र...

परमेश्‍वरका दैनिक वचनहरू: गन्तव्य र परिणामहरू | अंश ६०९

लामो समयदेखि परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरू सबैले उत्सुकतापूर्वक सुन्दर गन्तव्यको आशा गरिरहेका छन् र परमेश्‍वरका विश्‍वासीहरू सबैले...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वर देखा पर्नु र उहाँको काम | अंश ७५

फरिसीहरूले येशूको विरोध किन गरे भनी के तिमीहरू यसको जड जान्न चाहन्छौ? के तिमीहरू फरिसीहरूको सार जान्न चाहन्छौ? तिनीहरू मसीहका बारेमा...