परमेश्‍वरका दैनिक वचनहरू: देहधारण | अंश १२७

मानिसको देह शैतानद्वारा भ्रष्ट तुल्याइएको छ र यसलाई सबैभन्दा गहन रूपमा अन्धा तुल्याइएको र अत्यन्तै उल्‍लेखनीय रूपमा हानि गरिएको छ। परमेश्‍वरले किन देहमा व्यक्तिगत रूपमा काम गर्नुहुन्छ त्यसको सबैभन्दा आधारभूत कारण उहाँको मुक्तिको पात्र मानिस भएकोले गर्दा नै हो, जो देह हो र किनभने परमेश्‍वरको काममा बाधा दिनको लागि शैतानले पनि मानिसकै देहलाई प्रयोग गर्छ। शैतानसँगको युद्ध भनेको वास्तवमा मानिसलाई विजय गर्ने काम नै हो र यसको साथै, मानिस पनि परमेश्‍वरको मुक्तिको पात्र हो। यसरी, देहधारी परमेश्‍वरको काम अत्यावश्यक छ। शैतानले मानिसको देहलाई भ्रष्ट तुल्यायो र मानिस शैतानको मूर्तरूप बन्यो अनि परमेश्‍वरद्वारा हराउने पात्र बन्यो। यसरी, शैतानसँग युद्ध गर्ने र मानिसलाई मुक्त गर्ने काम पृथ्वीमा हुन्छ र शैतानसँग युद्ध गर्नको लागि परमेश्‍वर मानव बन्नैपर्छ। यो सबैभन्दा बढी व्यवहारिकता भएको काम हो। जब परमेश्‍वरले देहमा काम गरिरहनुभएको हुन्छ, उहाँले वास्तवमा देहमा शैतानसँग युद्ध गरिरहनुभएको हुन्छ। जब उहाँले देहमा काम गर्नुहुन्छ, उहाँले आत्मिक क्षेत्रमा आफ्‍नो काम गरिरहनुभएको हुन्छ र उहाँले आफ्नो सम्पूर्ण कार्यलाई पृथ्वीमा आत्मिक क्षेत्रमा वास्तविक बनाउनुहुन्छ। विजय गरिने भनेको मानिस, उहाँप्रति अनाज्ञाकारी रहेको मानिस नै हो र हराइने भनेको शैतानको मूर्तरूप हो (अवश्य नै, यो पनि मानिस नै हो), जो उहाँप्रति शत्रुतामा छ र आखिरमा मुक्त गरिने पनि मानिस नै हो। यसरी, परमेश्‍वर सृष्टिको बाहिरी भेष भएको मानव बन्नु अझै बढी आवश्यक छ, ताकि उहाँले शैतानसँग वास्तविक लडाइ गर्न, उहाँप्रति अनाज्ञाकारी हुने र उहाँको जस्तै बाहिरी भेष भएको मानिसलाई विजय गर्न र उहाँको जस्तै बाहिरी भेष भएको र शैतानद्वारा हानी गरिएको मानिसलाई मुक्त गर्न सक्नुभएको होस्। उहाँको शत्रु मानिस हो, उहाँको विजयको पात्र मानिस हो र उहाँको मुक्तिको पात्र मानिस हो, जसलाई उहाँले नै सृष्टि गर्नुभएको थियो। त्यसकारण उहाँ मानव बन्‍नपर्छ र यसरी उहाँको काम निकै सहज बन्छ। उहाँले शैतानलाई हराउन र मानवजातिलाई विजय गर्न सक्नुहुन्छ, यसका साथै, उहाँले मानवजातिलाई मुक्त गर्न सक्नुहुन्छ। यो देह सामान्य र वास्तविक भए तापनि, उहाँ सामान्य देह हुनुहुन्न: उहाँ मानिस मात्रैको देह हुनुहुन्न तर त्यो देह हुनुहुन्छ जुन मानवीय र ईश्‍वरीय दुवै हो। उहाँ र मानिसको बीचको भिन्नता यही नै हो र परमेश्‍वरको पहिचानको चिन्ह यही नै हो। यस किसिमको देहले मात्रै उहाँले अभिप्राय राख्नुभएको काम गर्न सक्छ र देहमा परमेश्‍वरको सेवकाइलाई पूरा गर्न र मानिसको बीचमा उहाँको कामलाई पूर्ण रूपमा पूरा गर्न सक्छ। यस्तो नभएको भए, मानिसको बीचमा उहाँको काम सँधै रित्तो र त्रुटिपूर्ण हुनेथियो। परमेश्‍वरले शैतानको आत्मासँग युद्ध गरेर विजयी भएर निस्कन सक्नुहुने भए तापनि, भ्रष्ट मानिसको पुरानो प्रकृतिलाई कहिल्यै पनि समाधान गर्न सकिँदैन र परमेश्‍वरप्रति अनाज्ञाकारी र उहाँको विरोध गर्नेहरू साँचो रूपमा उहाँको प्रभुत्वको अधीनस्थ कहिल्यै बन्न सक्दैनन्, भन्नुको अर्थ, उहाँले मानवजातिलाई कहिल्यै विजय गर्न सक्नुहुन्न र सारा मानवजातिलाई कहिल्यै प्राप्त गर्न सक्नुहुन्न। यदि पृथ्वीमा उहाँको काम कहिल्यै समाधान गर्न सकिँदैन भने, उहाँको व्यवस्थापनलाई कहिल्यै पनि समाप्त गर्न सकिनेछैन र सारा मानवजाति विश्राममा प्रवेश गर्न सक्नेछैनन्। यदि परमेश्‍वर आफ्ना सारा प्राणीहरूसँग विश्राममा प्रवेश गर्न सक्नुहुन्न भने, त्यस्तो व्यवस्थापन कार्यको परिणाम कहिल्यै हुनेछैन र परिणामस्वरूप परमेश्‍वरको महिमा हराउनेछ। उहाँको देहमा कुनै अख्तियार नभए तापनि, उहाँले गर्ने कामले यसको प्रभाव हासिल गर्नेछ। उहाँको कामको अपरिहार्य दिशा यही नै हो। उहाँको देहमा अख्तियार भए पनि वा नभए पनि, जबसम्म उहाँ आफै परमेश्‍वरको काम गर्न सक्नुहुन्छ, तबसम्म उहाँ परमेश्‍वर स्वयम् नै हुनुहुन्छ। उहाँको देह जति सामान्य र साधारण भए तापनि, उहाँले गर्नुपर्ने काम उहाँले गर्न सक्नुहुन्छ, किनभने यो देह परमेश्‍वर नै हुनुहुन्छ, मानव मात्रै होइन। यो देहले मानिसले गर्न नसक्ने काम गर्न सक्नुको कारण के हो भने, उहाँको भित्री सार कुनै पनि मानवको जस्तो छैन र उहाँले मानिसलाई मुक्त गर्न सक्नुको कारण के हो भने, उहाँको पहिचान कुनै पनि मानिसको भन्दा फरक छ। यो देह मानवजातिको निम्ति महत्त्वपूर्ण छ किनभने उहाँ मानिस हुनुहुन्छ र त्योभन्दा पनि बढी, उहाँ परमेश्‍वर हुनुहुन्छ, किनभने देहको साधारण मानिसले गर्न नसक्ने काम उहाँले गर्न सक्नुहुन्छ, किनभने उहाँले पृथ्वीमा उहाँसँग बस्ने भ्रष्ट मानिसलाई मुक्त गर्न सक्नुहुन्छ। उहाँ मानिस समान हुनुभए तापनि, देहधारी परमेश्‍वर मानवजातिको लागि कुनै पनि मूल्यवान् मानिसभन्दा बढी महत्त्वपूर्ण छ, किनभने उहाँले परमेश्‍वरका आत्माले गर्न नसक्ने काम गर्न सक्नुहुन्छ, परमेश्‍वर स्वयमको गवाही दिनको लागि परमेश्‍वरका आत्माभन्दा बढी सक्षम हुनुहुन्छ र मानवजातिलाई पूर्ण रूपमा प्राप्त गर्नको लागि परमेश्‍वरका आत्माभन्दा बढी सक्षम हुनुहुन्छ। परिणामस्वरूप, यो देह सामान्य र साधारण भए तापनि, मानवजातिप्रति उहाँको योगदान र मानवजातिको अस्तित्वप्रति उहाँको महत्त्वले उहाँलाई अत्यन्तै बहुमूल्य तुल्याउँछ र यो देहको वास्तविक मूल्य र महत्त्वलाई कुनै पनि मानवले नाप्न सक्दैन। यो देहले प्रत्यक्ष रूपमा शैतानलाई नष्ट गर्न नसके तापनि, उहाँले मानवजातिलाई विजय गर्न र शैतानलाई हराउन, र शैतानलाई उहाँको प्रभुत्वमा पूर्ण रूपमा समर्पित हुने तुल्याउनको लागि आफ्‍नो काम प्रयोग गर्न सक्‍नुहुन्छ। परमेश्‍वर देहधारी हुनुभएकोले उहाँले शैतानलाई हराउन सक्नुहुन्छ र मानवजातिलाई मुक्त गर्न सक्नुहुन्छ। उहाँले प्रत्यक्ष रूपमा शैतानलाई नष्ट गर्नुहुन्‍न, बरु शैतानद्वारा भ्रष्ट तुल्याइएका मानवजातिलाई विजय गर्ने काम गर्नको लागि उहाँ देह बन्नुहुन्छ। यसरी, उहाँ आफ्ना प्राणीहरूका माझ आफ्नो लागि गवाही दिन अझै बढी सक्षम हुनुहुन्छ र भ्रष्ट मानिसलाई मुक्त गर्न उहाँ अझै सक्षम हुनुहुन्छ। परमेश्‍वरका आत्माद्वारा शैतानलाई प्रत्यक्ष रूपमा नष्ट गर्ने कार्यले भन्दा, देहधारी परमेश्‍वरको शैतानमाथिको विजयले अझै ठूलो गवाही दिन्छ र यो अझै विश्‍वास दिलाउने हुन्छ। देहमा हुनुहुने परमेश्‍वर मानिसलाई सृष्टिकर्ता चिन्न सहायता गर्न अझै बढी सक्षम हुनुहुन्छ र उहाँका प्राणीहरूका बीचमा आफ्नो गवाही दिनको लागि अझै बढी सक्षम हुनुहुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। भ्रष्ट मानवजाति देहधारी परमेश्‍वरको मुक्तिको अझै बढी खाँचोमा छ

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: कार्यका तीन चरणहरू | अंश १७

परमेश्‍वरले वर्तमानको दिनसम्म आफ्नो छ हजार वर्षे कामलाई अघि बढाइसकेपछि पहिले नै आफ्ना धेरै कार्यहरू प्रकट गरिसक्‍नुभएको छ, जसको प्राथमिक...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १०

परमेश्‍वरको डर नमान्नु र दुष्टताबाट अलग नबस्नु भनेको परमेश्‍वरको विरोध गर्नु हो आजभोलि तिमीहरू परमेश्‍वरको आमने-सामने छौ र परमेश्‍वरका...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश १५६

दर्शनहरूमा संलग्‍न कुराले प्राथमिक रूपमा परमेश्‍वर स्वयमको कार्यलाई जनाउँछ र अभ्यासमा संलग्‍न कुरालाई मानिस स्वयमले गर्नुपर्छ र...

परमेश्‍वरका दैनिक वचनहरू: कार्यका तीन चरणहरू | अंश ७

कामका तीन चरणहरू परमेश्‍वरको सम्पूर्ण कामको अभिलेख हो; ती मानवजातिको निम्ति परमेश्‍वरको मुक्तिको अभिलेख हुन् र तिनीहरू काल्पनिक कुरा...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्