परमेश्वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४३८
यसभन्दा पहिले, पवित्र आत्माको उपस्थिति हुनु र पवित्र आत्माको काम हुनु फरक-फरक कुरा हो भनेर भनिएको थियो। पवित्र आत्माको उपस्थिति हुनुको...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
परमेश्वर मानिसलाई उहाँको देहबारे जान्न दिने, वा देहधारी परमेश्वरको शरीर र मानिसको शरीर बीचका भिन्नताहरू छुट्ट्याउन दिने उद्देश्यले देहधारी बन्नुभएको होइन; न त परमेश्वर मानिसको समझशक्तिलाई तालिम दिनका लागि नै देह बन्नुभएको हो, र मानिसलाई परमेश्वरको देहधारी शरीरको पूजा गर्ने अनुमति दिने र त्यसरी ठूलो महिमा प्राप्त गर्ने उद्देश्यले त झन् यो हुँदै-होइन। यी कुनै पनि कुरा परमेश्वर देह बन्नुको मूल अभिप्राय होइन। न त मानिसलाई दोषी ठहराउनका लागि, न त जानाजानी मानिसलाई प्रकट गर्न, न त उसका निम्ति स्थितिहरू गाह्रो बनाउन परमेश्वर देह बन्नुभएको हो। यीमध्ये कुनै पनि कुराहरू परमेश्वरको अभिप्राय होइन। हरेक पल्ट जब परमेश्वर देह बन्नुहुन्छ, त्यो अपरिहार्य कुरा हुन्छ। उहाँले जसरी काम गर्नुहुन्छ त्यो उहाँको महान् काम र उहाँको ठूलो व्यवस्थापनको खातिर गर्नुहुन्छ, मानिसले कल्पना गरेको जस्तो प्रकारले काम गर्नको लागि होइन। परमेश्वर उहाँको कामको आवश्यकताअनुसार मात्र पृथ्वीमा आउनुहुन्छ, र आवश्यक पर्दा मात्र आउनुहुन्छ। उहाँ केवल यता-उता हेर्नका निम्ति मात्र पृथ्वीमा आउनुहुन्न, तर उहाँले गर्नुपर्ने काम पूरा गर्न आउनुहुन्छ। उहाँले आफ्नो काम पूरा गर्न किन यस्तो गह्रौं बोझ लिनुहुन्छ र यस्तो ठूलो जोखिम उठाउनुहुन्छ? जब आवश्यक पर्छ तब परमेश्वर देह बन्नुहुन्छ, र सधैँ द्वित्तिय महत्त्वसहित देह बन्नुहुन्छ। यदि मानिसहरूलाई उहाँतिर हेर्न लगाउनु र तिनीहरूका क्षितिजलाई फराकिलो बनाउनका लागि मात्र हो भने, निश्चित रूपमा उहाँ कहिल्यै पनि त्यति सजिलै मानिसहरूको बीचमा आउनुहुने थिएन। उहाँ आफ्नो व्यवस्थापन र उहाँको महान् कामको खातिर, र अझै बढी मानवजाति प्राप्त गर्न सकूँ भनेर पृथ्वीमा आउनुहुन्छ। उहाँ युगको प्रतिनिधित्व गर्न आउनुहुन्छ, उहाँ शैतानलाई हराउन आउनुहुन्छ, र शैतानलाई हराउनका लागि उहाँले आफैमा शरीर धारण गर्नुहुन्छ। अझ बढी, उहाँ सम्पूर्ण मानवजातिलाई तिनीहरूको जीवन जिउन अगुवाइ गर्नका निम्ति आउनुहुन्छ। यी सबै उहाँको व्यवस्थापनसित सम्बन्धित छन्, र यो सम्पूर्ण ब्रह्माण्डको कामसँग सम्बन्धित छ। यदि मानिसलाई उहाँको देह चिन्ने तुल्याउन र मानिसहरूका आँखा खोलिदिनका निम्ति मात्र परमेश्वर मानिस बन्नुभयो भने उहाँले किन सबै देशको यात्रा गर्नुभएन? के यो अत्यन्तै सजिलो कुरा हुनेछैन र? तर उहाँले त्यसो गर्नुभएन, बरु उहाँले बस्नलाई उपयुक्त स्थान चुनेर आफूले गर्नुपर्ने काम सुरु गर्नुहुन्छ। यो देह मात्रै पनि धेरै महत्त्वपूर्ण छ। उहाँले सम्पूर्ण युगको प्रतिनिधित्व गर्नुहुन्छ, साथै सम्पूर्ण युगको काम पनि गर्नुहुन्छ; उहाँले अघिल्लो युगको अन्त्य गर्ने र नयाँ युग सुरु गर्ने, दुवै काम गर्नुहुन्छ। यी सबै महत्त्वपूर्ण कुरा हुन्, जुन परमेश्वरको व्यवस्थापनसँग सम्बन्धित छ, र यो सबै एक चरणको कामको महत्त्व हो, जुन काम गर्न परमेश्वर पृथ्वीमा आउनुहुन्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। देहधारणको रहस्य (३)
यसभन्दा पहिले, पवित्र आत्माको उपस्थिति हुनु र पवित्र आत्माको काम हुनु फरक-फरक कुरा हो भनेर भनिएको थियो। पवित्र आत्माको उपस्थिति हुनुको...
हिजोआज मानिसहरूको खोजमा विचलन छ; तिनीहरू परमेश्वरलाई प्रेम गर्न र परमेश्वरलाई सन्तुष्ट पार्न मात्र खोज्छन्, तर तिनीहरूमा परमेश्वरको कुनै...
विगतको बारेमा विचार गर: तिमीहरूप्रति मेरो हेराइ कहिले क्रोधित, मेरो आवाज कहिले कठोर भएको छ? मैले तिमीहरूको केश कहिले लुछेको छु? मैले कहिले...
के मानिसहरूले परमेश्वरको विविध र विभिन्न काम नजानेकाले, तिनीहरूले पवित्र आत्माको कार्यलाई ज्ञान र सिद्धान्तको अत्यन्त सानो कणले मापन गर्ने...