परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १९८

परमेश्‍वर स्वयम्‌को पहिचान र हैसियत

सबै थोकमाथि शासन गर्ने र सबै थोकमाथि प्रशासन चलाउनुहुने परमेश्‍वर नै हुनुहुन्छ। अस्तित्वमा भएका सबै कुरा उहाँले नै सृष्टि गर्नुभएको हो, अस्तित्वमा भएका सबै कुरामाथि उहाँले नै प्रशासन चलाउनुहुन्छ, र अस्तित्वमा भएका सबै थोकमाथि उहाँले नै शासन गर्नुहुन्छ, र अस्तित्वमा भएका सबै थोकलाई उहाँले नै भरणपोषण गर्नुहुन्छ। परमेश्‍वरको हैसियत यही हो, र उहाँको पहिचान यही हो। सबै थोक र अस्तित्वमा रहेका सबै कुराको लागि, परमेश्‍वरको साँचो पहिचान भनेको सबै सृष्टिको सृष्टिकर्ता र शासक हो। परमेश्‍वरको पहिचान यही हो, र उहाँ सबै थोकका बीचमा अद्वितीय हुनुहुन्छ। परमेश्‍वरका कुनै पनि सृष्टिहरूले—चाहे तिनीहरू मानवजातिका बीचमा होऊन् वा आत्मिक संसारमा होऊन्—परमेश्‍वरको पहिचान र हैसियतलाई अनुकरण गर्न वा प्रतिस्थापन गर्नको लागि कुनै पनि माध्यम वा बहानाको प्रयोग गर्न सक्दैनन्, किनभने सबै थोकको बीचमा यो पहिचान, शक्ति, अख्तियार, र सृष्टिमाथि शासन गर्ने यो क्षमता भएको एक मात्रै हुनुहुन्छ: हाम्रा अद्वितीय परमेश्‍वर स्वयम्। उहाँ सबै थोकमाझ जिउनुहुन्छ र घुमफिर गर्नुहुन्छ; उहाँ सबैभन्दा उच्‍च स्थानमा, सबै थोकभन्दा माथि उठ्न सक्‍नुहुन्छ। मानिस बनेर, देह र रगतकाहरूमध्ये एक बनेर, मानिसहरूको आमने-सामने आएर अनि तिनीहरूसँग खुशी र दुःख बाँडेर उहाँले आफैलाई नम्र तुल्याउन सक्‍नुहुन्छ, यसको साथै उहाँले अस्तित्वमा रहेका सबै थोकको नियति र यो सबै अघि बढ्ने दिशा निर्धारण गर्दै अस्तित्वमा रहेका सबै थोकमाथि हुकुम चलाउनुहुन्छ। यसको साथै, उहाँले सारा मानवजातिको नियतिलाई मार्गनिर्देशित गर्नुहुन्छ, र मानवजातिको दिशा तय गर्नुहुन्छ। यस्तो परमेश्‍वरलाई सबै मानवजातिले आराधना गर्नुपर्छ, आज्ञापालन गर्नुपर्छ, र चिन्‍नुपर्छ। यसरी, तँ मानवजातिको जुनसुकै समूह वा प्रकारमा भए तापनि, परमेश्‍वरलाई विश्‍वास गर्नु, परमेश्‍वरलाई पछ्याउनु, परमेश्‍वरलाई श्रद्धा गर्नु, उहाँको सार्वभौमिकतालाई स्वीकार गर्नु र तेरो भाग्यको लागि उहाँका बन्दोबस्तहरूलाई स्वीकार गर्नु कुनै पनि व्यक्ति र कुनै पनि जीवित प्राणीको लागि एउटै मात्र विकल्‍प हो, अर्थात् अत्यावश्यक छनौट हो। परमेश्‍वरको अद्वितीयपनमा, मानिसहरूले उहाँको अख्‍तियार, उहाँको धर्मी स्वभाव, उहाँको सार देख्छन् अनि उहाँले सबै थोकलाई भरणपोषण गर्ने माध्यमहरू सबै पूर्ण रूपमा अद्वितीय रहेको देख्छन्; यो अद्वितीयपनले परमेश्‍वर स्वयम्‌को साँचो पहिचानलाई निर्धारित गर्छ, र यसले उहाँको हैसियतलाई पनि निर्धारित गर्छ। त्यसकारण, सारा सृष्टिको बीचमा, परमेश्‍वरको अनुकरण गर्ने प्रयास असम्‍भव भएझैँ आत्मिक संसारमा वा मानवजातिको बीचमा रहेको कुनै पनि जीवित प्राणीले परमेश्‍वरको स्थानमा खडा हुने इच्‍छा गर्थ्यो भने, त्यस कार्यमा सफलता मिल्न असम्‍भव हुनेथियो। तथ्य यही नै हो। यस्तो सृष्टिकर्ता र शासक, जोसँग परमेश्‍वर स्‍वयम्‌को पहिचान, शक्ति, र हैसियत छ, मानवजातिप्रति उहाँका मापदण्डहरू के-के छन् त? यो कुरा सबैको लागि स्पष्ट हुनुपर्ने हो, र यसलाई सबैले याद गर्नुपर्ने हो; यो परमेश्‍वर र मानिस दुवैको लागि अत्यन्तै महत्त्वपूर्ण छ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय १०

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १४९

मानिसलाई भ्रष्ट तुल्याउन शैतानले कसरी परम्‍परागत संस्कृतिको प्रयोग गर्छ परम्‍परागत संस्कृतिको भागको रूपमा लिइने कुराहरू धेरै छन् कि...

परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३०८

मानिसहरूको जीवनका अनुभवहरूमा भने मैले परमेश्‍वरका लागि आफ्नो परिवार र जागिर छोडेको छु, र उहाँले चाहिँ मलाई के दिनुभएको छ भनेर तिनीहरूले...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४९६

मानिसहरूको बाहिरी स्वभावलाई परमेश्‍वरले गर्नुहुने निराकरण पनि उहाँको कार्यको एक अंश हो; उदाहरणका लागि मानिसको बाहिरी, असामान्य मानवता वा...