परमेश्वरका दैनिक वचनहरू: गन्तव्य र परिणामहरू | अंश ६००
मौलिक रूपमा मानवजातिमा कुनै परिवारहरू थिएन; मात्र एक पुरुष र एक महिला मात्र अस्तित्वमा थिए—दुई फरक किसिमका मानव। त्यहाँ कुनै देशहरू थिएन,...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
जीवित प्राणीको मृत्युले—भौतिक जीवनको समाप्तिले—जीवित प्राणी भौतिक संसारबाट आत्मिक संसारमा गएको छ भन्ने देखाउँछ, नयाँ भौतिक जीवनको जन्मले जीवित प्राणी आत्मिक संसारबाट भौतिक संसारमा आएको छ र यसले आफ्नो भूमिका स्वीकार गरी निर्वाह गर्न सुरु गरेको छ भन्ने देखाउँछ। चाहे यो प्राणीको प्रस्थान वा आगमन जे भए तापनि, यी दुवैलाई आत्मिक संसारको कार्यबाट अलग गर्न सकिँदैन। कुनै व्यक्ति भौतिक संसारमा आइपुग्दासम्म, त्यो व्यक्ति कुन परिवारमा जानेछ, कुन युगमा तिनीहरू आइपुग्नेछन्, कुन घडीमा तिनीहरू आइपुग्नेछन्, अनि तिनीहरूले निर्वाह गर्ने भूमिका जस्ता उचित बन्दोबस्तहरू र परिभाषाहरू परमेश्वरले आत्मिक संसारमा पहिले नै तयार गरिसक्नुभएको हुन्छ। त्यसो भएको हुनाले, यो व्यक्तिको सम्पूर्ण जीवन—तिनीहरूले गर्ने कुराहरू, र तिनीहरूले लिने मार्गहरू—अलिकति पनि तलमाथि नभईकन आत्मिक संसारमा गरिएका बन्दोबस्तहरू अनुसार नै अघि बढ्नेछन्। यसको साथै, भौतिक जीवन समाप्त हुने समय र यो अन्त्य हुने तरिका र स्थान आत्मिक संसारमा स्पष्ट र पत्ता लगाउन सकिने हुन्छ। भौतिक संसारमाथि परमेश्वरले शासन गर्नुहुन्छ, र उहाँले आत्मिक संसारमाथि पनि शासन गर्नुहुन्छ, अनि उहाँले प्राणको जीवन र मृत्युको सामान्य चक्रमा ढिलाइ गर्नुहुनेछैन, न त उहाँले त्यस चक्रका बन्दोबस्तहरूमा कहिल्यै कुनै गल्तीहरू नै गर्न सक्नुहुन्छ। आत्मिक संसारका आधिकारिक पदहरू धारण गर्नेहरूले आफ्ना व्यक्तिगत कार्यहरू गर्छन्, अनि परमेश्वरका निर्देशनहरू र नियमहरूअनुसार तिनीहरूले आफूले गर्नुपर्ने काम गर्छन्। तसर्थ, मानवजातिको संसारमा मानिसले हेर्ने हरेक भौतिक घटनाक्रम व्यवस्थित हुन्छन्, र त्यसमा कुनै भद्रगोल अवस्था हुँदैन। यो सबै परमेश्वरले सबै थोकमाथि गर्नुहुने सुव्यवस्थित शासनको कारण, साथै उहाँको अख्तियारले सबै थोकमाथि शासन गर्नुहुन्छ भन्ने तथ्यले गर्दा भएको हो। उहाँको प्रभुत्वमा मानिस जिउने भौतिक संसार, साथै मानवजातिभन्दा पछाडि रहेको अदृश्य आत्मिक संसार पनि समावेश छ। त्यसकारण, यदि मानिसले असल जीवन पाउने चाहना गर्छ, र देख्न सकिने सम्पूर्ण भौतिक संसार आफूलाई प्रदान गरिएको चाहना गर्नुका साथै राम्रो परिवेशमा जिउने आशा गर्छ भने, तिनीहरूलाई आत्मिक संसार पनि प्रदान गरिनुपर्छ जसलाई कसैले पनि देख्न सक्दैन, जसले मानवजातिको पक्षमा हरेक जीवित प्राणीमाथि शासन गर्छ र जुन सुव्यवस्थित छ।
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय १०
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
मौलिक रूपमा मानवजातिमा कुनै परिवारहरू थिएन; मात्र एक पुरुष र एक महिला मात्र अस्तित्वमा थिए—दुई फरक किसिमका मानव। त्यहाँ कुनै देशहरू थिएन,...
परमेश्वरले यावत् थोक सृष्टि गर्न वचनहरू प्रयोग गर्नुहुन्छ (छनौट गरिएका खण्डहरू) चौथो दिन, परमेश्वरले फेरि आफ्नो अख्तियार प्रयोग...
विगतमा, धेरैले ठूला-ठूला अभिलाषाहरू र धारणाहरूको खोजी गरे, तिनीहरूले आफ्नै आशाको परिणामस्वरूप तिनको खोजी गरे। केही क्षणको लागि हामी त्यस...
परमेश्वरलाई नबुझ्नेहरूले कहिल्यै पनि पूर्ण रूपमा परमेश्वरको आज्ञापालन गर्न सक्दैनन्। यस्ता मानिसहरू अनाज्ञाकारिताका छोराहरू हुन्। तिनीहरू...