परमेश्वरका दैनिक वचनहरू: परमेश्वरलाई चिन्नु | अंश ३८
आखिरी दिनहरूका मानिसहरूले परमेश्वरका वचनहरूमा मात्र उहाँको क्रोध देख्छन्, तर परमेश्वरको क्रोधलाई साँच्चै अनुभव गर्दैनन् सृष्टिको...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
के तिमीहरूले अहिले अविश्वासीहरूको जीवन र मृत्युको चक्रमा परमेश्वरको अत्यन्तै सटीक र कठिन जाँच र प्रशासनको कार्य समावेश हुन्छ भन्ने देख्यौ? पहिलो, उहाँले आत्मिक क्षेत्रमा विभिन्न स्वर्गीय उर्दीहरू, आदेशहरू, र प्रणालीहरूको स्थापना गर्नुभएको छ, र यिनको घोषणा भइसकेपछि, तिनलाई परमेश्वरले तय गर्नुभएअनुसार नै आत्मिक संसारका विभिन्न आधिकारिक पदहरूमा भएका प्राणीहरूले कठोर रूपमा पालन गर्छन्, र कसैले पनि तिनलाई उल्लङ्घन गर्ने आँट गर्दैनन्। त्यसकारण, मानिसको संसारमा मानवजातिको जीवन र मृत्युको चक्रमा, पशु-प्राणी वा मानिस, जुनसुकै रूपमा कुनै व्यक्तिको पुनर्जन्म भए पनि, दुवैका लागि नियमहरू छन्। यी नियमहरू परमेश्वरबाट आउने हुनाले, तिनलाई तोड्ने आँट कसैले पनि गर्दैन, न त कसैले तिनलाई तोड्न नै सक्छ। परमेश्वरको यो सार्वभौमिकताको कारणले गर्दा, अनि त्यस्ता नियमहरू अस्तित्वमा भएको हुनाले मात्रै, मानिसहरूले देख्ने भौतिक संसार नियमित र सुव्यवस्थित छ; परमेश्वरको यो सार्वभौमिकताको कारणले गर्दा मात्रै मानिसहरू तिनीहरूका निम्ति पूर्ण रूपमा अदृश्य रहेको अर्को संसारसँग शान्तिपूर्ण रूपमा सहअस्तित्वमा रहन सक्छन्, र यससँग सदभावमा जिउन सक्छन्—जसमध्ये कुनैलाई पनि परमेश्वरको सार्वभौमिकताबाट अलग गर्न सकिँदैन। व्यक्तिको देहीय जीवन मरिसकेपछि पनि प्राणसँग अझै जीवन हुन्छ, त्यसैले यो परमेश्वरको प्रशासनको अधीनमा नभएको भए यसलाई के हुनेथियो? उक्त प्राण जहाँसुकै घुसपैठ गर्दै जताततै भौँतारिनेथियो, अनि मानव संसारका जीवित कुराहरूलाई हानि समेत गर्नेथियो। त्यस्तो हानि मानवजातिलाई मात्र होइन, वनस्पति र पशु-प्राणीलाई पनि हुनेथियो—तैपनि, हानि गरिने पहिलो कुरा मानिसहरू नै हुनेथिए। यस्तो भएको भए—यदि त्यस्तो प्राण प्रशासनविना भएको भए, त्यसले साँच्चै मानिसहरूलाई हानि गरेको भए, र वास्तवमै दुष्ट कुराहरू गरेको भए—यो प्राणलाई पनि आत्मिक संसारमा उचित रूपमा सम्हालिनेथियो। यदि अवस्था गम्भीर हुन्थ्यो भने, उक्त प्राण चाँडै नै अस्तित्व विहीन हुनेथियो, र यसलाई नष्ट गरिनेथियो। सम्भव भए, यसलाई कतै राखिनेथियो र त्यसपछि पुनर्जन्म गराइनेथियो। भन्नुको अर्थ, आत्मिक संसारले विभिन्न प्राणहरूलाई गर्ने प्रशासन सुव्यवस्थित हुन्छ र यस्तो प्रशासनलाई चरणहरू र नियमहरू अनुरूप कार्यान्वयन गरिन्छ। यस्तो प्रशासनको कारणले गर्दा नै मानिसको भौतिक संसार विश्रृंखलतामा परेको छैन, भौतिक संसारका मानिसहरूमा सामान्य मानसिकता, सामान्य चेतना, र व्यवस्थित देहीय जीवन छ। मानिसमा त्यस्तो सामान्य जीवन भएपछि मात्रै देहमा जिउनेहरू पुस्तौँपुस्तासम्म निरन्तर उन्नति गर्न र वृद्धि-विकास गर्न सक्नेछन्।
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय १०
आखिरी दिनहरूका मानिसहरूले परमेश्वरका वचनहरूमा मात्र उहाँको क्रोध देख्छन्, तर परमेश्वरको क्रोधलाई साँच्चै अनुभव गर्दैनन् सृष्टिको...
मानवजातिलाई अहिलेको अवस्थामा आइपुग्न इतिहासका दशौं हजार वर्ष लागेको छ, तथापि मैले सुरुमा सृष्टि गरेको मानवजातिचाहिँ लामो समयदेखि...
यस संसारमा आउने सबैले जीवन र मृत्युबाट भएर जानुपर्छ, र तीमध्ये धेरै जना मृत्यु र पुनर्जन्मको चक्रबाट भएर गएका छन्। जो जीवित छन् तिनीहरू...
आफ्ना परीक्षापछि अय्यूब अय्यूब ४२:७-९ अनि यस्तो भयो, यहोवाले अय्यूबसँग यी वचनहरू बोल्नुभएपछि, यहोवाले एलीपज तेमानीलाई भन्नुभयो, मेरो क्रोध...