परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १६१

परमेश्‍वरले मानिसलाई जे गर्नुहुन्छ त्यसमार्फत कसरी उहाँको पवित्रता बुझ्ने (छनौट गरिएको खण्ड)

यी आखिरी दिनहरूको परमेश्‍वरको कार्यको हालको चरणमा, उहाँले पहिलेजस्तो मानिसलाई उप्रान्त अनुग्रह र आशिष् मात्रै बर्साउनुहुन्‍न, न त उहाँले मानिसलाई अघि बढाउनको लागि मनाउनु नै हुन्छ। कार्यको यो चरणको अवधिमा, मानिसले अनुभव गरेको परमेश्‍वरको कार्यका सबै पक्षहरूबाट उसले के देखेको छ? मानिसले परमेश्‍वरको प्रेम र परमेश्‍वरको न्याय र सजाय देखेको छ। समयको यो अवधिमा, मानिसले क्रमिक रूपमा उहाँका अभिप्रायहरू जानून्, उहाँले बोल्नुहुने वचनहरूलाई र उहाँले मानिसलाई दिनुहुने सत्यतालाई जानून् भनेर परमेश्‍वरले मानिसको लागि प्रदान गर्नुहुन्छ, उसलाई सहायता गर्नुहुन्छ, अन्तर्दृष्टि दिनुहुन्छ, र अगुवाइ गर्नुहुन्छ। जब मानिस कमजोर हुन्छ, जब ऊ असहाय हुन्छ, जब उसको जाने बाटो कतै हुँदैन, तब मानिसको सानो कद क्रमिक रूपमा सामर्थ्यमा वृद्धि होस्, सकारात्मकतामा वृद्धि होस् र ऊ परमेश्‍वरसँग सहकार्य गर्न इच्छुक बनोस् भनेर परमेश्‍वरले मानिसलाई सान्त्वना दिन, सल्लाह दिन, र प्रोत्साहन दिन आफ्ना वचनहरूको प्रयोग गर्नुहुनेछ। तर जब मानिसले उहाँको उल्लङ्घन गर्छ वा उहाँको विरोध गर्छ, वा जब मानिसले आफ्नो भ्रष्टतालाई प्रकट गर्छ, परमेश्‍वरले मानिसलाई ताडना दिने र अनुशासनमा राख्ने क्रममा कुनै कृपा देखाउनुहुनेछैन। तैपनि, मानिसको मूर्खता, अज्ञानता, कमजोरी र अपरिपक्वताको लागि परमेश्‍वरले सहनशीलता र धैर्यता देखाउनुहुनेछ। यसरी, परमेश्‍वरले मानिसमा गर्नुहुने सबै कामद्वारा, मानिस क्रमिक रूपमा परिपक्व हुन्छ, वृद्धि हुन्छ, र परमेश्‍वरका अभिप्रायहरूलाई जान्न पुग्छ, निश्चित सत्यताहरूलाई जान्न पुग्छ, के-कस्ता कुराहरू सकारात्मक हुन् र के-कस्ता कुराहरू नकारात्‍मक हुन् सो जान्न पुग्छ, दुष्टता र अन्धकार के हुन् सो जान्न पुग्छ। परमेश्‍वरले मानिसलाई सधैँ ताडना दिने अनि अनुशासनमा राख्ने एउटै तरिका अपनाउनुहुन्न, न त उहाँले सधैँ सहनशीलता र धैर्यता मात्रै पनि देखाउनुहुन्छ। बरु उहाँले हरेक व्यक्तिको लागि तिनीहरूको फरक-फरक चरणमा र तिनीहरूको फरक-फरक कद र क्षमता अनुसार फरक तरिकाले प्रदान गर्नुहुन्छ। उहाँले मानिसको लागि धेरै कुराहरू धेरै मूल्य चुकाएर गर्नुहुन्छ; यी कुनै कुराहरू वा मूल्यको बारेमा मानिसले केही बुझ्दैन, तैपनि उहाँले गर्नुहुने सबै अभ्यास वास्तवमा हरेक व्यक्तिमा नै गरिन्छ। परमेश्‍वरको प्रेम व्यावहारिक छ: परमेश्‍वरको अनुग्रहद्वारा, मानिस एकपछि अर्को विपत्तिबाट बच्छ, र यस क्रममा परमेश्‍वरले मानिसको कमजोरीको लागि बारम्बार सहनशीलता देखाउनुहुन्छ। परमेश्‍वरको न्याय र सजायले मानिसहरूलाई मानवजातिको भ्रष्टता र शैतानी सारको बारेमा क्रमिक रूपमा थाहा पाउने तुल्याउँछ। परमेश्‍वरले प्रदान गर्ने कुरा, मानिसलाई उहाँले दिने अन्तर्दृष्टि र उहाँको अगुवाइ सबैले मानवजातिलाई झन्-झन् बढी सत्यताको सार बुझ्ने, र मानिसहरूलाई के खाँचो छ, तिनीहरूले कुन बाटो हिँड्नुपर्छ, तिनीहरू केको लागि जिउँछन्, तिनीहरूको जीवनको मूल्य र अर्थ, र अगाडिको बाटो कसरी हिँड्ने सो झन्-झन् बढी जान्ने तुल्याउँछ। परमेश्‍वरले गर्नुहुने यी सबै कुराहरूलाई उहाँको एउटै मूल उद्देश्यबाट अलग गर्न सकिँदैन। त्यसोभए यो उद्देश्य के हो? मानिसमा आफ्नो कार्य गर्नको लागि परमेश्‍वरले किन यी विधिहरूको प्रयोग गर्नुहुन्छ? उहाँले के परिणाम हासिल गर्न चाहनुहुन्छ? अर्को शब्दमा भन्दा, उहाँले मानिसमा के देख्न चाहनुहुन्छ? मानिसबाट उहाँले के प्राप्त गर्न चाहनुहुन्‍छ? मानिसको हृदय पुनर्जीवित हुन सकोस् भन्ने नै परमेश्‍वरले हेर्न चाहनुहुन्छ। मानिसमा उहाँले काम गर्नको लागि प्रयोग गर्नुहुने यी विधिहरू मानिसको हृदयलाई बिउँझाउन, मानिसको आत्मालाई बिउँझाउन, ऊ कहाँबाट आएको हो, कसले उसलाई अगुवाइ गरिरहनुभएको छ, सहयोग र भरणपोषण गरिरहनुभएको छ, र कसले मानिसलाई आजको दिनसम्म जिउन दिनुभएको छ सो बुझ्न मानिसलाई सक्षम गराउनको लागि गरिएका अटुट प्रयासहरू हुन्; ती मानिसलाई सृष्टिकर्ता को हुनुहुन्छ, उसले कसलाई आराधना गर्नुपर्छ, ऊ कुन मार्गमा हिँड्नुपर्छ, र मानिस कुन तरिकामा परमेश्‍वरको अघि आउनुपर्छ त्यो बारे मानिसलाई बुझ्ने तुल्याउने माध्यमहरू हुन्; ती मानिसले परमेश्‍वरको हृदयलाई जान्न सकोस्, परमेश्‍वरको हृदयलाई बुझ्न सकोस् र मानिसलाई मुक्ति दिनको लागि उहाँले गर्नुभएको कामको पछाडिको ठूलो वास्ता र विचारलाई बुझ्न सकोस् भनेर मानिसको हृदयलाई क्रमिक रूपमा पुनर्जीवित पार्ने माध्यमहरू हुन्। जब मानिसको हृदय पुनर्जीवित हुन्छ, मानिस उप्रान्त नीच, भ्रष्ट स्वभावमा जिउन चाहँदैन, बरु परमेश्‍वरलाई सन्तुष्ट पार्नको लागि सत्यताको खोजी गर्न चाहन्छ। जब मानिसको हृदय बिउँझिएको हुन्छ, मानिसले आफैलाई शैतानबाट पूर्ण रूपमा अलग गर्न सक्छ। उप्रान्त उसलाई शैतानले हानी गर्नेछैन, यसले उसलाई उप्रान्त नियन्त्रण गर्ने वा मूर्ख तुल्याउनेछैन। बरु, परमेश्‍वरको डर मान्ने र दुष्टताबाट टाढा बस्ने क्षमता प्राप्त गर्दै, मानिसले परमेश्‍वरको हृदयलाई सन्तुष्ट पार्न सक्रिय रूपमा परमेश्‍वरको कार्य र उहाँको वचनमा सहकार्य गर्न सक्छ। परमेश्‍वरको कार्यको मूल उद्देश्य यही नै हो।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ६

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश २१७

सबै मानिसहरूले पृथ्वीमा मेरो कामका उद्देश्यहरू बुझ्न आवश्यक छ, भन्नुको अर्थ, म अन्ततः जे प्राप्त गर्न चाहन्छु, र यसलाई पूरा गर्न...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको स्वभाव र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ | अंश २३३

मैले दुष्कर्म गर्नेहरू र शक्ति प्रयोग गरेर परमेश्‍वरका छोराहरूलाई सताउनेहरूलाई दण्ड दिने काम सुरु गरेको छु। अब उप्रान्त, मेरा प्रशासनिक...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४६८

परमेश्‍वरको यस चरणको काममा मानिसहरूले कसरी सहकार्य गर्नुपर्छ? वर्तमान समयमा परमेश्‍वरले मानिसहरूलाई जाँच्दैहुनुहुन्छ। उहाँले कुनै वचन...