परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १०९

परमेश्‍वरको क्रोध न्यायका सबै शक्ति र सबै सकारात्मक कुराहरूको निम्ति सुरक्षा हो (छनौट गरिएका खण्डहरू)

परमेश्‍वरले सदोम नष्ट गर्नुभएको घटनामा के तिमीहरूले उहाँको क्रोधको सारलाई देख्‍न सक्छौ? के उहाँको क्रोधमा अन्य कुनै कुरा समावेश छ? के परमेश्‍वरको क्रोध शुद्ध छ? मानिसका शब्‍दहरू प्रयोग गरी भन्दा, के परमेश्‍वरको क्रोधमा अन्य तत्वहरूको मिश्रण छ? उहाँको क्रोधको पछाडि कुनै धोका हुन्छ? के कुनै षड्यन्त्र हुन्छ? के कुनै अकथनीय रहस्यहरू हुन्छन्? म तिमीहरूलाई कडाइका साथ र सत्यनिष्ठा पूर्वक बताउन सक्छु: परमेश्‍वरको क्रोधमा त्यस्तो कुनै भाग छैन जसले शङ्का पैदा गर्न सक्छ। उहाँको रिस शुद्ध, अन्य तत्वहरूको मिश्रण नभएको विशुद्ध रिस हो जसमा अरू कुनै अभिप्राय वा उद्देश्य हुँदैन। उहाँको रिसपछाडिका कारणहरू शुद्ध, निष्खोट र आलोचना गर्न नसकिने हुन्छ। यो उहाँको पवित्र सारको प्राकृतिक प्रकाश र प्रकटीकरण हो; यो सारा सृष्टिको कुनै पनि थोकमा नभएको कुरा हो। यो परमेश्‍वरको अद्वितीय धर्मी स्वभावको भाग हो, र यो सृष्टिकर्ताको सार र उहाँको सृष्टिको सारबीचमा रहेको स्पष्टै देखिने भिन्‍नता पनि हो।

कुनै व्यक्ति अरूलाई देख्दा रिसाए पनि वा तिनीहरूको पछाडि रिसाए पनि, हरेक व्यक्तिको रिसको फरक अभिप्राय र उद्देश्य हुन्छ। सायद तिनीहरूले आफ्‍नो प्रतिष्ठा निर्माण गरिरहेका हुन्छन्, वा सायद तिनीहरूले तिनीहरूका आफ्‍नै रुचिहरूको प्रतिरक्षा गरिरहेका हुन्छन्, तिनीहरूको इज्‍जत वा मान-सम्‍मान कायम राखिरहेका हुन्छन्। कतिले आफ्‍नो रिसलाई काबुमा राख्‍ने प्रयास गर्छन् भने, अरूचाहिँ बढी हतार गर्छन् र कुनै पनि नियन्त्रण नगरी आफ्नो रिस जता मन लाग्यो त्यतै पोखाउँछन्। छोटकरीमा भन्दा, मानिसको रिस उसको भ्रष्ट स्वभावबाट आउँछ। यसको उद्देश्य जे भए पनि, यो उसको देह र प्रकृतिबाट आएको हुन्छ; न्याय वा अन्यायसँग यसको कुनै सम्‍बन्ध हुँदैन किनभने मानिसको प्रकृति र सारको कुनै पनि कुरा सत्यतासँग मिल्दैन। त्यसकारण, भ्रष्ट मानवजातिको रिस र परमेश्‍वरको क्रोधलाई उही रूपले उल्‍लेख गर्नु हुँदैन। शैतानद्वारा भ्रष्ट तुल्याइएको मानिसको बानीबेहोरा भ्रष्टतालाई रक्षा गर्ने इच्‍छाबाट सुरु हुन्छ, र यो वास्तवमा नै भ्रष्टतामा आधारित हुन्छ, यसमा कुनै अपवाद छैन; त्यसकारण, सिद्धान्तको हिसाबले मानिसको रिस जति नै उचित देखिए पनि मानिसको रिसलाई परमेश्‍वरको क्रोधसँग उही रूपमा उल्‍लेख गर्न सकिँदैन। जब परमेश्‍वरले आफ्‍नो क्रोध वर्षाउनुहुन्छ, तब दुष्ट शक्तिहरू नियन्त्रित हुन्छन् र दुष्ट कुराहरू नष्ट हुन्छन्, जबकि न्यायसंगत र सकारात्मक कुराहरूले परमेश्‍वरको हेरचाह र सुरक्षा प्राप्त गर्न पुग्छन् र तिनीहरूलाई निरन्तर रहन दिइन्छ। परमेश्‍वरले आफ्‍नो क्रोध बर्साउनुहुन्छ किनभने अन्यायी, नकारात्मक र दुष्ट कुराहरूले न्यायसंगत र सकारात्मक कुराहरूको सामान्य क्रियाकलाप र विकासलाई रोक्‍ने, बिथोल्ने वा नष्ट गर्ने गर्छन्। परमेश्‍वरको रिसको उद्देश्य भनेको उहाँको आफ्‍नै हैसियत र पहिचानलाई सुरक्षा गर्नु होइन, बरु न्यायसंगत, सकारात्मक, सुन्दर र असल कुराहरूलाई रक्षा गर्नु हो, मानवजातिको सामान्य अस्तित्वको नियम र सुव्यवस्थालाई सुरक्षा गर्नु हो। परमेश्‍वरको क्रोधको मूल कारण यही हो। परमेश्‍वरको क्रोध उहाँको स्वभावको अत्यन्तै उचित, प्राकृतिक र साँचो प्रकाश हो। उहाँको क्रोधमा कुनै गोप्‍य अभिप्रायहरू हुँदैनन्, न त कुनै छल वा षड्यन्त्र नै हुन्छन्, इच्‍छाहरू, धूर्तता, शत्रुभाव, हिंसा, दुष्टता वा भ्रष्ट मानवजातिको अरू कुनै पनि साझा गुणहरू हुने कुरा त परै जाओस्। परमेश्‍वरले आफ्‍नो क्रोध बर्साउनुभन्दा पहिले, उहाँले हरेक मामलाको सारलाई निकै स्पष्ट र पूर्ण रूपमा बुझिसक्‍नुभएको हुन्छ, र उहाँले पहिले नै यथार्थ, स्पष्ट परिभाषा र निष्कर्षहरू तयार गरिसक्‍नुभएको हुन्छ। यसैले, उहाँले गर्ने सबै कुरामा परमेश्‍वरको उद्देश्य उहाँको मनोवृत्ति जस्तै स्पष्ट हुन्छ। उहाँ बेवकुफ, अन्धो, आवेगशील, वा लापरवाह हुनुहुन्‍न, र उहाँ अवश्य नै सिद्धान्तहीन हुनुहुन्‍न। परमेश्‍वरको क्रोधको व्यावहारिक पक्ष यही हो, र परमेश्‍वरको क्रोधको यही व्यवहारिक पक्षकै कारण मानवजातिले आफ्नो सामान्य अस्तित्व प्राप्त गरेको छ। परमेश्‍वरको क्रोधविना, मानवजाति अस्वाभाविक जीवन परिस्थितिहरूमा ओर्लनेथिए र न्यायसंगत, सुन्दर र असल सबै कुराहरू नष्ट हुनेथिए र अस्तित्वमा हुनेथिएनन्। परमेश्‍वरको क्रोधविना, सृष्टि गरिएका प्राणीहरूका कानूनहरू र नियमहरू तोडिनेथिए वा पूर्ण रूपमा उल्ट्याइने थिए। मानिसको सृष्टि भएदेखि नै, परमेश्‍वरले मानवजातिको सामान्य अस्तित्वलाई रक्षा गर्न र दिगो राख्‍नको लागि निरन्तर रूपमा आफ्‍नो धर्मी स्वभावको प्रयोग गर्नुभएको छ। उहाँको धर्मी स्वभावमा क्रोध र प्रताप हुने भएकोले, सारा दुष्ट मानिसहरू, वस्तु र चीजबीजहरू, अनि मानवजातिको सामान्य अस्तित्वलाई बाधा र हानी गर्ने सबै कुराहरूलाई उहाँको क्रोधको परिणामस्वरूप दण्डित, नियन्त्रित र नष्ट गरिन्छ। विगतका कैयौँ सहस्राब्दीको अवधिमा, परमेश्‍वरको विरोध गर्ने र मानवजातिको व्यवस्थापन गर्ने परमेश्‍वरको कार्यमा शैतानका मतियार अनि नोकरहरूका रूपमा काम गर्ने सबै प्रकारका अशुद्ध र दुष्ट आत्‍माहरूलाई प्रहार गरी ढाल्‍न र नष्ट गर्नको लागि परमेश्‍वरले निरन्तर रूपमा आफ्‍नो धर्मी स्वभावको प्रयोग गर्नुभएको छ। यसरी, मानिसको मुक्ति सम्‍बन्धी परमेश्‍वरको कार्य सधैँ नै उहाँकै योजना अनुसार अघि बढेको छ। भन्‍नुको अर्थ, परमेश्‍वरको क्रोधको अस्तित्वको कारणले गर्दा, मानिसका सबैभन्दा धर्मी अभियानहरू कहिल्यै नष्ट भएका छैनन्।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय २

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १००

परमेश्‍वर, जोसँग सृष्टिकर्ताको पहिचान छ, उहाँसँग मात्रै अद्वितीय अख्‍तियार छ (छनौट गरिएका खण्डहरू) अख्‍तियार स्वयम्‌लाई परमेश्‍वरको...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ७१

सत्तरी गुणा सात पल्ट क्षमा देऊ मत्ती १८:२१-२२ तब पत्रुस उहाँकहाँ आए र भने, प्रभु, मेरो भाइले मेरो विरुद्ध कति पटक पाप गर्दा मैले क्षमा...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १४३

अहिलेसम्मको तिमीहरूको जीवनलाई फर्केर हेर; तेरो विश्‍वासको सबै वर्षहरूमा परमेश्‍वरले तँमा गर्नुभएका सबै कामहरूलाई नियालेर हेर्। यसले तँमा...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १६१

परमेश्‍वरले मानिसलाई जे गर्नुहुन्छ त्यसमार्फत कसरी उहाँको पवित्रता बुझ्ने (छनौट गरिएको खण्ड) यी आखिरी दिनहरूको परमेश्‍वरको कार्यको हालको...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्