परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ९५

सृष्टिकर्ताको अख्‍तियार समय, स्थान, वा भूगोलद्वारा सीमित छैन, र सृष्टिकर्ताको अख्‍तियारलाई गन्ती गर्न सकिँदैन (छनौट गरिएको खण्ड)

कतिपय मानिसहरूले अनुमान र कल्‍पना गर्न मन पराउँछन्, तर मानिसको कल्‍पना कति टाढा पुग्‍न सक्छ? के यो यस संसारभन्दा बाहिर जान सक्छ? के मानिसले परमेश्‍वरको अख्तियारको विश्‍वसनीयता र सटीकतालाई अनुमान गर्न र कल्‍पना गर्न सक्छ? के मानिसको अनुमान र कल्‍पनाले उसलाई परमेश्‍वरको अख्तियारको ज्ञान हासिल गर्न दिन सक्छ? के तिनले मानिसलाई परमेश्‍वरको अख्‍तियारलाई साँचो रूपमा बुझाउन र त्यसमा समर्पित गराउन सक्छन्? मानिसको अनुमान र कल्‍पना मानिसको बौद्धिकताको उपज मात्रै हुन्, र परमेश्‍वरको अख्तियार सम्‍बन्धी मानिसको ज्ञानमा यसले अलिकति पनि सहयोग वा लाभ पुर्‍याउँदैन भन्‍ने कुरालाई तथ्यहरूले प्रमाणित गर्छ। केही विज्ञान सम्‍बन्धी काल्‍पनिक लेख पढिसकेपछि, कतिले चन्द्रमा वा ताराहरू कस्ता छन् भन्‍ने कुरा कल्‍पना गर्न सक्छन्। तैपनि, यसको अर्थ मानिसमा परमेश्‍वरको अख्‍तियारको कुनै बुझाइ छ भन्‍ने हुँदैन। मानिसको कल्‍पना केवल यही हो: कल्‍पना। यी कुराहरूका तथ्यहरूका बारेमा, भन्‍नुको अर्थ, परमेश्‍वरको अख्तियारसँगको तिनीहरूको सम्‍बन्धको बारेमा उसलाई केही थाहा हुँदैन। तँ चन्द्रमा नै पुगेको भए तापनि यसको के अर्थ? के यसले परमेश्‍वरको अख्तियारको बारेमा तँसँग बहुआयामिक बुझाइ छ भन्‍ने देखाउँछ र? के यसले तँ परमेश्‍वरको अख्तियार र शक्तिको क्षेत्रलाई कल्‍पना गर्न सक्छस् भन्‍ने देखाउँछ र? मानिसको अनुमान र कल्‍पनाले उसलाई परमेश्‍वरको अख्‍तियार जान्‍ने तुल्याउन नसक्‍ने हुँदा, मानिसले के गर्नुपर्छ त? सबैभन्दा बुद्धिमानी विकल्‍प भनेको अनुमान वा कल्‍पना नै नगर्नु हो, भन्‍नुको अर्थ, जब परमेश्‍वरको अख्‍तियारलाई जान्‍नेबारे कुरा आउँछ, मानिसले कहिल्यै कल्‍पनामा भर पर्नु हुँदैन र अनुमानमा भरोसा गर्नु हुँदैन। म तिमीहरूलाई यहाँ के बताउन चाहँदैछु त? परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको सारको ज्ञान तेरो कल्‍पनामा भर परेर हासिल गर्न सकिँदैन। परमेश्‍वरको अख्तियारलाई जान्‍नको लागि तँ कल्‍पनामा भर पर्न नसक्‍ने हुँदा, तैँले कुन तरिकाले परमेश्‍वरको अख्तियारको साँचो ज्ञान हासिल गर्न सक्छस्? यसो गर्ने तरिका भनेको परमेश्‍वरका वचनहरू खाने र पिउने कार्यद्वारा, सङ्गतिद्वारा, र परमेश्‍वरका वचनहरूको अनुभवद्वारा हो। यसरी, तैँले परमेश्‍वरको अख्तियारको क्रमिक अनुभव र प्रमाणीकरण पाउनेछस् र यसको बारेमा क्रमिक बुझाइ र बढ्दो ज्ञान प्राप्त गर्नेछस्। परमेश्‍वरको अख्तियारको ज्ञान हासिल गर्ने एउटै मात्र तरिका यही नै हो; कुनै पनि छोटो बाटो छैन। तिमीहरूलाई कल्‍पना नगर भनेर अनुरोध गर्नु भनेको तिमीहरूलाई सर्वनाशको प्रतीक्षा गर्दै निष्क्रिय रूपमा बस्‍न लगाउनु, वा तिमीहरूलाई कुनै कुरा गर्नबाट रोक्‍नु भन्‍ने होइन। विचार गर्न र कल्‍पना गर्नको लागि तिमीहरूले आफ्‍नो मस्तिष्कको प्रयोग नगर्नु भनेको अनुमान गर्न तर्कको प्रयोग नगर्नु, विश्‍लेषण गर्न ज्ञानको प्रयोग नगर्नु, विज्ञानलाई आधारको रूपमा प्रयोग नगर्नु तर यसको सट्टा, परमेश्‍वरका वचनहरूद्वारा, सत्यताद्वारा, तैँले जीवनमा भोग्‍ने सबै कुराद्वारा नै तैँले विश्‍वास गर्ने परमेश्‍वरसँग अख्‍तियार छ भन्‍ने कुरालाई बुझ्‍नु, पुष्टि गर्नु, र प्रमाणित गर्नु, तेरो भाग्यमाथि उहाँको सार्वभौमिकता छ, र सबै समयको उहाँको शक्तिले उहाँ साँचो परमेश्‍वर स्वयम् हुनुहुन्छ भन्‍ने कुरालाई प्रमाणित गर्छ भनी पुष्टि गर्नु हो। कुनै पनि व्यक्तिले परमेश्‍वरको बुझाइ हासिल गर्ने एक मात्र तरिका यही नै हो। कतिले यस उद्देश्यलाई हासिल गर्ने सरल तरिका भेट्टाउन चाहन्छ भनेर भन्छन्, तर के तिमीहरू त्यस्तो तरिकाको बारेमा विचार गर्न सक्छौ? म तँलाई भन्छु, विचार गर्नुपर्ने कुनै आवश्यकता छैन: अरू कुनै बाटो छैन! एउटै मात्र तरिका भनेको उहाँले व्यक्त गर्नुहुने हरेक वचन र उहाँले गर्नुहुने हरेक कार्यद्वारा परमेश्‍वरसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यसलाई विवेकशील र स्थिरताको साथ जान्‍नु र प्रमाणित गर्नु हो। परमेश्‍वरलाई जान्‍ने एउटै मात्र तरिका यही नै हो। किनभने परमेश्‍वरसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यो, र परमेश्‍वरको सबै थोक खोक्रो र रित्तो होइन, तर वास्तविक हो।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय १

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश १९५

मैले धेरै पटक के भनेको छु भने, परमेश्‍वरको आखिरी दिनहरूको काम भनेको प्रत्येक व्यक्तिको आत्मा परिवर्तन गर्नु, प्रत्येक व्यक्तिको प्राण...

परमेश्‍वरका दैनिक वचनहरू: कार्यका तीन चरणहरू | अंश ९

मानिसको बीचमा परमेश्‍वरले गर्नुहुने कार्य मानिसबाट लुकेको छैन, र परमेश्‍वरको आराधना गर्ने सबैले यसलाई जान्‍नुपर्छ। परमेश्‍वरले मानिसको...

परमेश्‍वरका दैनिक वचनहरू: कार्यका तीन चरणहरू | अंश ३३

कामको यो अन्तिम चरणमा, वचनको माध्यमद्वारा परिणामहरू प्राप्त गरिन्छ। वचनको माध्यमबाट, मानिसले धेरै वटा रहस्यहरू र परमेश्‍वरले विगतका...

परमेश्‍वरका दैनिक वचनहरू: देहधारण | अंश १४०

देहधारी हुनुभएका परमेश्‍वरलाई ख्रीष्‍ट भनिन्छ, त्यसकारण मानिसहरूलाई सत्यता दिन सक्‍नुहुने ख्रीष्‍टलाई परमेश्‍वर भनिन्छ। यसको बारेमा केही...