परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ६७

“मानिसको पुत्र शबाथको दिनको समेत प्रभु हुनुहुन्छ” भन्‍ने वाक्यले परमेश्‍वरको हरेक कुरा भौतिक प्रकृतिको छैन, अनि परमेश्‍वरले तेरा सबै भौतिक खाँचोहरू पूरा गर्न सक्नुभए तापनि तेरा सबै भौतिक खाँचोहरू पूरा भइसकेपछि, के यी कुराहरूबाट आउने सन्तुष्टिले तैँले गर्ने सत्यताको खोजीको स्थान लिन सक्छ र? यो स्पष्ट रूपमै सम्भव छैन! परमेश्‍वरको स्वभाव अनि उहाँसित जे छ र उहाँ जे हुनुहुन्छ, ती दुवै सत्यता नै हुन् जसको बारेमा हामीले सङ्गति गरेका छौँ। यसको मूल्यलाई भौतिक वस्तुहरूसित तुलना गर्न सकिँदैन चाहे ती जतिसुकै मूल्यवान् नै किन नहोऊन्, न त यसको मूल्यलाई पैसा वा सम्पत्ति जस्ता कुराहरूमा आकलन गर्न सकिन्छ किनकि यो भौतिक वस्तु होइन, अनि यसले हरेक व्यक्तिको हृदयका खाँचोहरू पूर्ति गर्दछ। हरेक व्यक्तिको निम्ति, यस्ता अमूर्त सत्यताको मूल्य तैँले मूल्यवान् ठान्ने कुनै पनि भौतिक वस्तुहरूको मूल्यभन्दा ठूलो हुनुपर्छ, होइन र? यस अभिव्यक्तिमाथि तिमीहरू धेरै अल्मलिरहनु पर्दैन। मैले भनेको कुराको मुख्य बुँदा के हो भने, परमेश्‍वरसित जे छ र उहाँ जे हुनुहुन्छ, अनि परमेश्‍वर सम्‍बन्धी हरेक कुरा प्रत्येक व्यक्तिको निम्ति सबैभन्दा महत्त्वपूर्ण कुराहरू हुन् र कुनै भौतिक थोकले त्यसको स्थान लिन सक्दैन। म तँलाई एउटा उदाहरण दिन्छु: जब तँ भोकाउँछस्, तँलाई भोजन चाहिन्छ। यो खाना धेरथोर मीठो वा धेरथोर असन्तोषजनक हुन सक्छ, तर पेट भरिएपछि, भोक लागेको त्यो नमीठो अनुभूति हुनेछैन—यो जानेछ। तँ शान्तिमा बस्न सक्नेछस्, अनि तेरो शरीर विश्राममा हुनेछ। मानिसहरूको भोक भोजनले मेट्छ, तर जब तँ परमेश्‍वरलाई पछ्याइरहेको हुन्छस् र तँसँग उहाँको बुझाइ छैन भन्‍ने महसुस गर्छस्, तब तैँले तेरो हृदयको खालीपनलाई कसरी समाधान गर्न सक्छस्? के यसलाई भोजनद्वारा समाधान गर्न सकिन्छ? अथवा, जब तैँले परमेश्‍वरलाई पछ्याइरहेको हुन्छस् अनि उहाँको इच्छालाई बुझ्दैनस्, तब तेरो हृदयको भोकलाई मेटाउनको लागि तैँले के प्रयोग गर्न सक्छस्? परमेश्‍वरद्वारा प्राप्त हुने तेरो मुक्तिको अनुभवको प्रक्रियामा, तेरो स्वभावमा परिवर्तन गर्न खोजिरहँदा, यदि तैँले उहाँको इच्छा बुझ्दैनस् वा उहाँको सत्यता के हो भनी जान्दैनस् भने, यदि तैँले परमेश्‍वरको स्वभावलाई बुझ्दैनस् भने, के तैँले असहज महसुस गर्दैनस् र? के तैँले तेरो हृदयमा ठूलो भोक र तिर्खाको महसुस गर्नेछैनस् र? के यी अनुभूतिहरूले तँलाई तेरो हृदयमा विश्रामको अनुभव गर्नबाट रोक्नेछैन र? त्यसोभए, तैँले तेरो हृदयको त्यो भोकलाई कसरी मेटाउन सक्छस्—के त्यसलाई समाधान गर्ने कुनै उपाय छ? कोही मानिसहरू किनमेल गर्न जान्छन्, कतिपय आफ्‍नो मनको कुरा गर्न साथीहरूकहाँ जान्छन्, कोही लामो सुताइमा लिप्त हुन्छन्, कोही परमेश्‍वरका वचनहरू धेरै पढ्छन्, वा आफ्ना कर्तव्यहरू पूरा गर्न अझै बढी कडा परिश्रम गर्छन् अनि धेरै प्रयास गर्छन्। के यी कुराहरूले तेरा वास्तविक कठिनाइहरूलाई समाधान गर्न सक्छन् र? तिमीहरू सबैले यस प्रकारका अभ्यासहरूलाई पूर्ण रूपले बुझ्दछौ। जब तँ शक्तिहीन महसुस गर्छस्, जब तैँले सत्यताको वास्तविकता र उहाँको इच्छा जान्नको लागि अन्तर्दृष्टि प्राप्त गर्ने ठूलो इच्‍छाको महसुस गर्छस्, तब तँलाई चाहिने सबैभन्दा ठूलो कुरो के हो? तँलाई चाहिने कुरा भनेको पूरा भोजन होइन, अनि केही दयाका वचनहरू पनि होइन, देहको क्षणिक आराम र सन्तुष्टिको कुरा त परै छाडौं—तैँले के गर्नुपर्छ र कसरी गर्नुपर्छ भन्ने कुरा परमेश्‍वरले तँलाई प्रत्यक्ष रूपमा र स्पष्ट रूपमा बताउनुभएको, सत्यता के हो सो स्पष्ट रूपमा बताउनुभएको चाहिँ तँलाई चाहिने कुरा हो। यसलाई बुझिसकेपछि यदि तैँले थोरै बुझाइ मात्र पनि प्राप्त गरिस् भने के तँ तेरो हृदयमा तैँले मीठो भोजन खाएको भन्दा बढी सन्तुष्ट हुँदैनस् र? जब तेरो हृदय सन्तुष्ट हुन्छ, के तेरो हृदय र तेरो पूरा व्यक्तित्वले साँचो विश्राम प्राप्त गर्दैन र? यस उपमा तथा विश्लेषणद्वारा, मैले किन तिमीहरूसित “मानिसको पुत्र शबाथको दिनको समेत प्रभु हुनुहुन्छ” भन्‍ने यो वाक्य बाँड्न चाहेँ भन्ने कुरा के तैँले अहिले बुझ्छस्? यसको अर्थ के हो भने, परमेश्‍वरबाट जे आउँछ, उहाँसित जे छ र उहाँ जे हुनुहुन्छ, अनि उहाँको बारेमा रहेका हरेक कुरा अरू कुनै पनि कुराभन्दा ठूलो हुन्छ, जसभित्र तैँले बहुमूल्य भनी विश्‍वास गरेको थोक वा व्यक्ति पनि पर्दछन्। भनाइको अर्थ, यदि कुनै व्यक्तिले परमेश्‍वरको मुखबाट आएका वचनहरू हासिल गर्न सक्दैनन् वा तिनीहरूले परमेश्‍वरको इच्छालाई बुझ्दैनन् भने तिनीहरूले विश्राम प्राप्त गर्न सक्दैनन्। आज तिमीहरूले यो खण्ड हेरेको म किन चाहन्छु भन्‍ने कुरा तिमीहरूको भविष्यका अनुभवहरूमा तिमीहरूले बुझ्नेछौ—यो धेरै महत्त्वपूर्ण छ। परमेश्‍वरले गर्नुहुने सबै कुरा सत्यता र जीवन हो। सत्यता यस्तो कुरा हो जसको कमी मानिसहरूको जीवनमा हुनुहुँदैन, र यो यस्तो कुरा हो जुनविना मानिसहरूले केही पनि गर्न सक्दैनन्; यो नै सबैभन्दा ठूलो कुरा हो भनेर पनि तैँले भन्‍न सक्छस्। तैँले यसलाई देख्‍न वा छुन नसके तापनि, तेरो निम्ति यसको महत्त्वलाई बेवास्ता गर्न सकिँदैन; तेरो हृदयमा विश्राम ल्याउन सक्‍ने एउटै मात्र कुरा यही हो।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् ३

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३००

हजारौँ वर्षको भ्रष्‍टतापछि, मानिस सुन्‍न नसक्‍ने र सुस्त भएको छ; ऊ परमेश्‍वरको विरोध गर्ने भूत बनेको छ, यतिसम्म कि परमेश्‍वरप्रति मानिसको...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १४१

परमेश्‍वरले मानिसलाई सृष्‍टि गर्नुभयो र त्यसपछि परमेश्‍वरले मानिसको जीवनलाई निर्देशित गर्दै आउनुभएको छ। चाहे ती मानवजातिलाई आशिष् दिने...

परमेश्‍वरका दैनिक वचनहरू: आखिरी दिनहरूको न्याय | अंश ९२

तिमीहरूमाथि गरिएको विजयको कामको महत्त्व सबैभन्दा गहिरो छ: एक सन्दर्भमा, यस कार्यको उद्देश्य मानिसहरूको एउटा समूहलाई सिद्ध बनाउनु हो,...

परमेश्‍वरका दैनिक वचनहरू: धार्मिक धारणाहरू खुलासा गर्नु | अंश २८२

परमेश्‍वरमा विश्‍वास गर्दा, परमेश्‍वरलाई कसरी चिन्नुपर्छ? व्यक्तिले पथभ्रष्ट वा भ्रमित नभई परमेश्‍वरका वचनहरू अनि परमेश्‍वरको आजको कामको...