परमेश्वरका दैनिक वचनहरू: परमेश्वरको कामलाई चिन्नु | अंश १९३
जब अनुग्रहको युगमा परमेश्वर तेस्रो स्वर्गमा फर्कनुभयो, त्यसबेला सम्पूर्ण मानवजातिलाई छुटकारा दिने परमेश्वरको काम वास्तवमा अन्तिम चरणमा...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
एउटा भनाइ छ जसलाई तिमीहरूले टिपेर राख्नुपर्छ। मलाई विश्वास छ यो भनाइ एकदमै महत्त्वपूर्ण छ किनभने हरेक दिन यो भनाई धेरै पटक मेरो मस्तिष्कमा आइरहन्छ। त्यसो किन हुन्छ? यस्तो हुन्छ किनभने हरेक पल्ट मैले कसैको सामना गर्दा, हरेक पल्ट मैले कसैको कथा सुन्दा र हरेक पल्ट मैले कसैले परमेश्वरमा विश्वास गरेको अनुभव वा गवाही गरेको सुन्दा, म सधैँ उक्त व्यक्ति परमेश्वरले चाहनुहुने प्रकारको व्यक्ति वा परमेश्वरलाई मन पर्ने प्रकारको व्यक्ति हो कि होइन भनी मेरो हृदयमा निर्धारण गर्न यो भनाइको प्रयोग गर्छु। त्यसो भए: यो भनाइ के हो त? म अब तिमीहरू सबैलाई उत्साहित तुल्याउँछु। जब मैले यो भनाइलाई खुलासा गर्छु, तब तिमीहरू सायद निरुत्साहित हुन्छौ होला किनभने केहीले वर्षौंसम्म यो भनाइलाई ओठे सेवामात्र प्रदान गर्दै आइरहेका छन्। तर मैले कहिल्यै पनि यो भनाइलाई केवल ओठे सेवा मात्र प्रदान गरेको छैन। यो भनाइले मेरो हृदयमा बास गरेको छ। त्यसो भए, के हो त यो भनाइ? यो भनाइ यही हो: “परमेश्वरको मार्गमा हिँड: परमेश्वरको डर मान र दुष्टताबाट अलग बस।” के यो औधी नै सरल वाक्यांश होइन र? तथापि, यसको सरलताको बाबजुद, साँचो रूपमा यी शब्दहरूको गहन बुझाइ भएका मानिसहरूले के महसुस गर्छन् भने, यी शब्दहरू गहन छन्, यो भनाइ व्यक्तिको अभ्यासको लागि अत्यन्तै मूल्यवान् छ, यो भनाइ सत्यताको वास्तविकता बोकेको जीवन सम्बन्धी भाषाबाट लिइएको पङ्क्ति हो, यो भनाइले परमेश्वरलाई सन्तुष्ट पार्न खोज्ने व्यक्तिहरूको जीवनभरिको लक्ष्यलाई प्रतिनिधित्व गर्छ र परमेश्वरका अभिप्रायहरूको बारेमा ध्यान दिने जोकोहीले जीवनभर पछ्याउनुपर्ने मार्ग हो। त्यसो भए, तिमीहरूलाई के लाग्छ: के यो भनाइ सत्यता होइन र? यो भनाइमा त्यस्तो महत्त्व छ कि छैन त? साथै, सायद तिमीहरूमध्ये केहीले यो भनाइको बारेमा सोचिरहेका छौ र यसलाई बुझ्ने प्रयास गरिरहेका छौ होला, र सायद तिमीहरूमध्ये कतिलाई त यसको बारेमा शङ्का पनि लाग्छ होला: के यो भनाइ अत्यन्तै महत्त्वपूर्ण हो त? के यो अत्यन्तै महत्त्वपूर्ण छ त? के यसलाई यति धेरै जोड दिनु जरुरी छ त? तिमीहरूमध्ये केहीलाई त यो भनाइ खासै मन पर्दैन होला किनभने परमेश्वरको मार्गलाई लिनु अनि त्यसलाई यो भनाइमा लागू गर्नु भनेको अत्यन्तै सरलीकरण गर्नु हो भन्ने तिमीहरूलाई लाग्छ। परमेश्वरले भन्नुभएका सबैलाई लिएर त्यसलाई एउटै भनाइमा समेट्नु—के त्यसो गर्नु भनेको परमेश्वरलाई अति नै महत्त्वहीन तुल्याउनु होइन र? के त्यो त्यस्तै होइन र? हुनसक्छ, तिमीहरूमध्ये धेरैजसोले यी शब्दहरूको गहन महत्त्वलाई पूर्ण रूपमा बुझ्दैनौ। तिमीहरू सबैले यो भनाइलाई टिपेर राखे तापनि, तिमीहरूले यसलाई आफ्नो हृदयमा सम्हालेर राख्ने मनसाय राखेका छैनौ; तिमीहरूले केवल यसलाई फुर्सदको बेलामा हेरौँला र सोचौँला भनी आफ्नो स्मरण पुस्तिकामा लेखेर राखेका छौ। तिमीहरूमध्ये केही त यो भनाइलाई कण्ठ गर्ने झमेलामा समेत पर्दैनौ, यसलाई असल प्रयोजनमा लगाउने कुरा त परै जाओस्। तर म किन यो भनाइको बारेमा बताउन चाहन्छु त? तिमीहरूको दृष्टिकोण जे-जस्तो भए पनि र तिमीहरूले जे-जस्तो सोचे पनि, मैले यो भनाइको बारेमा बताउनुपर्यो किनभने परमेश्वरले मानिसहरूका परिणामहरू कसरी निर्धारण गर्नुहुन्छ भन्ने सवालमा यो भनाइ अत्यन्तै सान्दर्भिक छ। यो भनाइको बारेमा तिमीहरूको वर्तमान बुझाइ जे-जस्तो भए पनि वा यो भनाइलाई तिमीहरूले जे-जसरी लिए पनि, म तिमीहरूलाई अझै पनि भन्छु: यदि मानिसहरूले यो भनाइका शब्दहरूलाई अभ्यास गर्न सक्छन् र अनुभव गर्न सक्छन् भने र तिनीहरूले परमेश्वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने मापदण्ड पूरा गर्छन् भने, तिनीहरू संघर्ष गरेर बाँच्ने मानिसहरू बन्ने निश्चित हुन्छ र तिनीहरूले राम्रा परिणामहरू प्राप्त गर्ने निश्चित हुन्छ। तथापि, यदि तैंले यो भनाइद्वारा प्रस्तुत गरिएको मापदण्डलाई पूरा गर्न सकिनस् भने तेरो परिणाम अज्ञात हुन्छ भनेर भन्न सकिन्छ। यसरी, तिमीहरूको आफ्नै मानसिक तयारीको लागि, र परमेश्वरले तिमीहरूलाई मापन गर्नको लागि कस्ता प्रकारका मापदण्डहरू प्रयोग गर्नुहुन्छ भन्ने कुरा थाहा पाउन सक भनेर म यो भनाइको बारेमा बोल्छु।
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वरको स्वभाव अनि उहाँको कामले हासिल गर्ने नतिजाहरूलाई कसरी चिन्ने
जब अनुग्रहको युगमा परमेश्वर तेस्रो स्वर्गमा फर्कनुभयो, त्यसबेला सम्पूर्ण मानवजातिलाई छुटकारा दिने परमेश्वरको काम वास्तवमा अन्तिम चरणमा...
आज विजेता हुने र सिद्ध बनाइने मानिसको खोजी यस पृथ्वीमा उसले सामान्य मानव जीवन पाउनुभन्दा अघि उसले खोजी गर्ने कुराहरू हुन् र शैतानलाई...
सात मेघगर्जनहरू सिंहासनबाट निस्कन्छन् अनि तिनले ब्रह्माण्ड हल्लाउँछन्, स्वर्ग र पृथ्वीलाई उलटपुलट पार्छन्, र आकाशहरूमा गुञ्जन्छन्। त्यो...
जहाँसम्म कामको कुरा छ, काम गर्नु भनेको परमेश्वरका निम्ति यताउति दौडनु, सबै ठाउँमा प्रचार गर्नु, र उहाँको खातिर अर्पित हुनु हो भन्ने...