सत्यता कसरी पछ्याउने (९) भाग तीन
भावशून्यता
हामी अर्को प्रकटीकरण, अर्थात् भावशून्यता बारे छलफल गरौँ। यो कस्तो समस्या हो? (मानवताको खराबी।) भावशून्यता मानवताको एउटा खराबी हो। मानिसहरूमा देखिने भावशून्यताका सामान्य प्रकटीकरणहरू के-के हुन्? सुस्त प्रतिक्रिया दिनु, ढिलो गतिमा अघि बढ्नु, र कामकुरा गर्दा लचकताको कमी हुनु, र समस्याहरूका बारेमा सोच्दा, थोरै विचार राख्नु वा समस्याहरूका तुलनात्मक रूपमा थोरै पक्षहरूका बारेमा मात्रै चिन्तन गर्न सक्नु। यो सबै कुरालाई भावशून्य हुनु भनिन्छ। भावशून्यतामा मानवताको कुन पक्ष समावेश हुन्छ? यसमा मानिसहरू र कामकुराप्रति व्यक्तिको दृष्टिकोणको गहिराइ, व्यक्तिको आत्मआचरण र कार्यहरूको गहिराइ, साथै मानिसहरू र कामकुराहरूलाई हेर्ने र आफ्नो आचरण र व्यवहार प्रस्तुत गर्ने व्यक्तिको बुद्धिमत्ता वा क्षमता समावेश हुन्छ। सामान्यतया, कस्तो प्रकारको व्यक्तिलाई “भावशून्य” भन्ने शब्दले वर्णन गरिन्छ? (तुलनात्मक रूपमा कमजोर क्षमता भएको व्यक्तिलाई।) भावशून्यता हुनुको अर्थ व्यक्तिको क्षमता कमजोर छ, उसको बौद्धिकता कमजोर छ, र प्रतिक्रिया सुस्त छ भन्ने हुन्छ—यी प्रकटीकरणहरू हुनु भनेको भावशून्यता हुनु हो। भावशून्यता मानवताको प्रमुख खराबी हो। यो भावशून्यताले तेरो हात वा खुट्टा भावशून्य भएको र त्यसले संवेदना गुमाएको अवस्थालाई जनाउँदैन—यो यस्तो प्रकारको शारीरिक असंवेदनशीलता होइन। यसले न त बोधो, कठोर, वा अरट्ठ हुनुको व्यक्तित्व विशेषतालाई नै जनाउँछ। बरु, यो समस्याहरू सम्हाल्दा व्यक्तिको मानसिक प्रतिक्रिया वा बुद्धिमत्ताको प्रकटीकरण हो। सामान्यतया, यस्तो प्रकारको व्यक्ति प्रायजसो आफ्नो वरिपरिका मानिस, घटना, र कामकुराहरूको कुरा आउँदा भावशून्यता, मन्द-बुद्धिको, र कुनै प्रतिक्रिया नजनाउने स्थितिमा हुन्छ। अर्थात्, तिनीहरू कुराहरू त देख्छन् तर ती कुराहरूको सारलाई छर्लङ्ग देख्न सक्दैनन् र भित्री समस्याहरूलाई देख्न सक्दैनन्। जब तैँले तिनीहरूलाई यहाँ समस्या छ भनेर याद दिलाउँछस्, तब तिनीहरूले प्रतिक्रिया समेत दिँदैनन् र त्यो समस्या हो भन्ने तिनीहरूलाई थाहा हुँदैन। यदि कसैले तिनीहरूलाई समस्या औँल्याइदिए नै भने पनि, तिनीहरूले अझै पनि समस्याको गम्भीरता वा समस्याको सार छर्लङ्ग देख्न सक्दैनन्। परिणाम स्वरूप, तिनीहरूले धेरै मामलाहरूलाई निकै ढिलो गतिमा सम्हाल्छन्। यो भावशून्यता हो। भावशून्यता आफैमा नै मानवताको खराबी हो। भावशून्य मानिसहरूका हकमा भन्दा, तिनीहरूको उमेर जतिसुकै भए पनि वा तिनीहरूको भौतिक शरीरको कुनै भाग भावशून्य भए पनि, यस पक्षमा तिनीहरूको मानवताको प्रकटीकरणहरूका हकमा भन्दा, तिनीहरूले विशिष्ट, अत्यावश्यक काम गर्न सक्दैनन्, न त तिनीहरूले प्राविधिक विषयवस्तु समावेश भएको वा प्रकृतिमा अत्यन्तै विशेषज्ञता चाहिने काम नै वहन गर्न सक्छन्। अवश्य नै, त्यस्ता मानिसहरू अगुवा र कामदार बन्न पनि सक्दैनन्। यदि अगुवा वा कामदार भावशून्य छ भने, उसले गर्ने काममा समस्या देखा पर्नेछ, त्यो गतिहीन र ठप्प हुनेछ। तिनीहरू समस्याहरू देख्न सक्दैनन्, र तिनीहरू ती कुरालाई तुरुन्तै समाधान गर्न सक्दैनन्, त्यसकारण जब विभिन्न समस्याहरू देखा पर्छन्, तब तिनीहरूले ती देख्न सक्दैनन्, र समस्याहरू समाधान हुन सक्दैनन्। तिनीहरू आफ्ना आँखाले समस्याहरू देख्न सक्दैनन्, त्यसकारण तिनीहरूले तिनलाई समाधान गर्न हात चलाउन सक्दैनन्, र कुन काम गर्नु सबैभन्दा महत्त्वपूर्ण छ भन्ने तिनीहरूलाई थाहा हुँदैन। हरेक दिन, तिनीहरू एकनास शैलीमा थोरै सतही काम मात्रै गर्न सक्छन्। माथिले कामका जेसुकै प्रबन्धहरू जारी गरे पनि, तिनीहरू ती कुरा अरूलाई हस्तान्तरण गर्छन्, तर ती हस्तान्तरण गरेपछि, तिनलाई उचित रूपमा कार्यान्वयन गर्न सकिन्छ कि सकिँदैन, के-कस्ता नतिजाहरू हासिल गर्न सकिन्छ, वा त्यसपछिका प्रभावहरू के-के हुनेछन् भन्ने तिनीहरूलाई थाहा हुँदैन। तिनीहरू कुनै पनि कुरालाई छर्लङ्ग देख्न सक्दैनन्। तिनीहरूका वरिपरि चाहे जति धेरै मानिसहरूले दुष्कर्म गरिरहेका भए पनि, वा बाधा वा अवरोधहरू ल्याइरहेका भए पनि, तिनीहरू यसलाई महसुस गर्न सक्दैनन्। तिनीहरूलाई कति धेरै कामको अनुगमन गरिनुपर्छ वा कुन-कुन निश्चित काम कार्यान्वयन गरिनुपर्छ भन्ने पनि थाहा हुँदैन। कसैले तिनीहरूलाई सोध्छ: “के तिमीले काम खटनपटन र प्रबन्ध गऱ्यौ?” तिनीहरू भन्छन्: “सबै प्रबन्ध भइसकेको छ। मैले तिनीहरूसँग सङ्गति गरेँ र कामको प्रबन्ध एक पटक ठूलो स्वरमा पढेर सुनाएँ—सबैलाई त्यो थाहा छ।” के यो कामको प्रबन्ध कार्यान्वयन गर्नु हो? (होइन।) कामको प्रबन्ध कार्यान्वयन गर्नका लागि सुरुमा अगुवा र कामदारहरूका जिम्मेवारीहरू उचित रूपमा खटनपटन गर्नुपर्छ, कुन अगुवाले कुन काम सम्हाल्नुपर्छ भनेर निर्दिष्ट गर्नुपर्छ, र कामको हरेक विषयवस्तु निश्चित मानिसहरूलाई खटाइएको छ भन्ने कुरालाई सुनिश्चित गर्नुपर्छ। यसको साथै, अगुवा र कामदारहरूलाई यो काम कसरी गर्ने र कुन सिद्धान्तहरू अनुसार गर्ने भनेर तोकेर बताउनुपर्छ। यी सबै मामलाहरूलाई स्पष्ट रूपमा व्याख्या गरिनुपर्छ ताकि काम कसरी गर्ने भन्ने कुरा सबैलाई थाहा होस्। काम बाँडफाँट गर्नु भनेको यही मात्र हो। काम गर्दा, कतिपय मानिसहरूले अरूलाई कामको प्रबन्ध पढेर सुनाउँछन् र सबैलाई यस विषयमा रहेको तिनीहरूको बुझाइ र भावनाहरू साझा गर्न लगाउँछन्, त्यति हो। तिनीहरूले सबै जना आफ्नो कर्तव्य पूरा गर्नमा व्यस्त देखेसम्म, तिनीहरूले कामको प्रबन्ध उचित रूपमा कार्यान्वयन भएको छ भन्ने अनुमान गर्छन्। यस विन्दुमा, यदि तैँले तिनीहरूलाई: “के दाजुभाइ-दिदीबहिनीहरूलाई आफ्नो कर्तव्य पूरा गर्न कुनै कठिनाइ भएको छ? के अझै पनि कुनै समस्याहरू छन्? के तिमीले तिनलाई समाधान गर्न सङ्गति गऱ्यौ?” भनेर सोधिस् भने तिनीहरूले जवाफ दिन्छन्: “मैले कुनै समस्याबारे सुनेको छैनँ—म गएर यसबारे जाँच गर्नेछु।” वास्तवमा, कामको प्रभारीले कुनै समस्या वा कठिनाइहरू उठाएन, तर ती कठिनाइहरू अस्तित्वमा हुन्छन्। तिनीहरू अत्यन्तै भावशून्य भएका हुनाले तिनीहरूले ती कुराहरू देख्न सक्दैनन्। उदाहरणका लागि, आफ्नो कर्तव्य पूरा गर्दा दुई जना मानिसहरू एक-अर्कासँग सहकार्य गर्न नसकी हैसियतका लागि प्रतिस्पर्धा गर्दा त्यसले काममा असर गरिरहेको कुरा समेत तिनीहरूले महसुस गर्न सक्दैनन्। तिनीहरू यसो समेत भन्छन्, “तिनीहरूको सम्बन्ध निकै राम्रो छ—तिनीहरू एक-अर्कासँग कुराकानी गर्छन् र सञ्चार गर्छन्। यदि तिनीहरूले सहकार्य गर्न सक्थेनन् भने, तिनीहरू कुरा गरिरहेका नै हुनेथिएनन्।” मानिसहरू तिनीहरूलाई सोध्छन्, “के तिनीहरू हैसियतका लागि एक-अर्कासँग प्रतिस्पर्धा गरिरहेका छन्? के तिनीहरू सामञ्जस्यताका साथ सहकार्य गर्न सक्छन्?” तिनीहरूले जवाफ दिन्छन्, “त्यो त मलाई थाहा छैन।” सोधपुछ गरेपछि मात्रै तिनीहरू दुई जना सहकार्य गर्न सक्दैनन् र एक-अर्कासँग प्रतिस्पर्धा गरिरहेका छन्—उच्च सुनिने प्रवचन कसले प्रचार गर्छ, कसको आवाज ठूलो छ, र को लामो समयसम्म बोल्छ भनेर प्रतिस्पर्धा गरिरहेका छन् भनी पत्ता लाग्छ। परमेश्वरका चुनिएका मानिसहरूले यी कुराहरू धेरै पहिले नै देखेका हुन्छन्। यदि तैँले त्यस व्यक्तिलाई “के यी समस्याहरू तुरुन्तै समाधान भएका छन्?” भनेर सोधिस् भने, उसले भन्नेछ, “अहँ, ती समाधान भएका छैनन्। यो मैले गर्नुपर्ने काम हो भन्ने मलाई थाहा थिएन।” तिनीहरूले यस्तो ठूलो समस्या समाधान गर्न समेत जान्दैनन्—के तिनीहरू दुर्बल मनका हुँदैनन् र? (हुन्छन्।) तिनीहरूले कामका प्रबन्धहरू एक पटक ठूलो स्वरमा पढ्छन् त्यसपछि सबैले आफ्नो कर्तव्य राम्ररी पूरा गर्न घोषणा र शपथ लिनुपर्छ भन्ने माग गर्छन्, त्यसपछि, तिनीहरूले आफ्नो काम पूरा भएको ठान्छन्। तिनीहरू मनमनै भन्छन्, “मण्डली अगुवा को हो, कामको कुन विषयवस्तुका लागि विशिष्ट रूपमा को जिम्मेवार छ, र चलचित्र निर्माणको कामको प्रभारी को हो भन्ने मलाई याद छ,” तर तिनीहरूले ती विशिष्ट कामका विषयवस्तुहरू कसरी अघि बढाउनुपर्छ भन्ने कुरा देख्न नै सक्दैनन्। भावशून्य र मन्द-बुद्धिको हुनु भनेको यही हो—तिनीहरू मूर्ख व्यक्तिहरू हुन्। तिनीहरू कुनै समस्याहरू देख्न सक्दैनन् र सत्यता सिद्धान्तहरूको कुनै पनि पक्षबारे कसरी सङ्गति गर्ने भन्ने तिनीहरूलाई थाहा हुँदैन। सत्यता सिद्धान्तहरू समावेश समस्याहरूका हकमा भन्दा, तिनलाई समाधान गर्न कसरी सत्यताबारे सङ्गति गर्ने भनी तिनीहरूलाई थाहा हुँदैन। जब कर्मचारी वा प्रशासनिक कामसँग सम्बन्धित समस्याहरूको कुरा आउँछ, तब तिनीहरू तीमध्ये कुनै पनि कुरा देख्न सक्दैनन्। कसैले काम गर्न सक्दैन भन्ने तिनीहरूले देखे पनि, यसलाई कसरी समाधान गर्ने भन्ने तिनीहरूलाई थाहा हुँदैन। तिनीहरू कुनै कुरालाई छर्लङ्ग देख्न सक्दैनन्। भावशून्य हुनु भनेको यही हो। तिनीहरूलाई केही धर्मसिद्धान्तहरू कसरी बोल्ने भन्ने मात्रै थाहा हुन्छ तर तिनीहरू काममा योग्य हुँदैनन्—तिनीहरूको स्वरूप भावशून्यता र मन्द-बुद्धिको हुन्छ। मलाई भन्, के यस्तो व्यक्ति मानकअनुरूपको अगुवा हो? (होइन।) यदि अगुवा र कामदारहरू भावशून्य हुन्छन् भने, यो समस्याजनक कुरा हो—तिनीहरूले कुनै पनि काम बिलकुलै गर्न सक्नेछैनन्। यदि तिनीहरूले आफूले गर्नुपर्ने काम गर्दैनन्, र कसैले समस्याबारे रिपोर्ट गर्दा, तिनीहरूले यसलाई सम्हाल्दैनन् भने पनि, त्यो उप्रान्त भावशून्यताको समस्या मात्रै हुँदैन, बरु यो सामान्य मानवताको कमी हुनु, र विवेक र समझको सामान्य कार्यक्षमता गुमाउनु हो।
भावशून्यता मानवताको एउटा खराबी हो। यो खराबी भ्रष्ट स्वभावको स्तरमा नपुगे पनि, यो समस्या आफैमा घातक हुन्छ। एउटा जिउँदो व्यक्ति काम गर्ने इन्द्रिय र अङ्गहरू भएको अवस्थामा उभिएको हुन्छ, तर ऊसँग बस मानिसहरू र कामकुराहरूलाई हेर्ने, वा आफूलाई आचरणमा ढाल्ने र कार्य गर्ने सामान्य व्यक्तिको क्षमता हुँदैन। जब उसले काम गर्छ, तब ऊ कुनै विचार नभएको व्यर्थको व्यक्ति जस्तै हुन्छ—उसले कुनै समस्या देख्न सक्दैन, अरूले समस्याहरू उठाउँदा तिनलाई समाधान गर्न त ऊ अझै कम सक्षम हुन्छ, र उसले कुन काम गरिनुपर्छ भनेर देख्न सक्दैन। उसका मनमा, यस्तो हुन्छ मानौँ कुनै पनि कुरा उसको चासोको विषय नै होइन। नतिजास्वरूप, ऊ कुनै पनि काम गर्न सक्दैन—ऊ केही न कामको व्यक्ति हुन्छ, र ऊ व्यर्थको मानिस हो। के यो समस्या पर्याप्त रूपमा गम्भीर छैन र? देखिस्, जिद्दी मानिसहरू र संवेदनशील मानिसहरूमा कम्तीमा पनि सक्रिय विचारहरू हुन्छन्—तिनीहरूसँग सामान्य व्यक्तिको सोचाइ हुन्छ; अर्थात्, तिनीहरूको मनले निरन्तर काम गरिरहेको हुन्छ। तर भावशून्य मानिसहरूको मन सरल हुन्छ; तिनीहरूको मन ठप्प भएको जस्तो हुन्छ, तिनीहरू मरेका छन् जस्तो हुन्छ। तिनीहरूसँग आँखा भए पनि, तिनीहरूले चाहे जेसुकै देखे पनि, तिनीहरूका मनमा कुनै प्रतिक्रिया हुँदैन, र तिनीहरूले यसबारे आफ्नो मनमा चिन्तन गर्दैनन्; तिनीहरूसँग कुनै विचार हुँदैन र तिनीहरू पूर्ण रूपमा काठका सालिक जस्ता हुन्छन्। काठका सालिकहरू के हुन्? तिनीहरू काठबाट बनेका मानिसहरू हुन्; बाहिरबाट ती मानिसहरू जस्तै देखिन्छन्, तर जब तँ तिनीहरूसँग कुरा गर्छस्, तब तिनीहरूले प्रतिक्रिया दिँदैनन्। तँ तिनीहरूलाई घरको रेखदेख गर्न आग्रह गर्छस्, तर जब घर लुटिन्छ, तब तिनीहरू केही गर्दैनन्। तैँले तिनीहरूलाई “तैँले किन घरको निगरानी गरिनस्?” भनेर सोधिस् भने पनि तिनीहरूले प्रतिक्रिया दिँदैनन्। यदि व्यक्तिले कुनै कुराप्रति प्रतिक्रिया जनाउँदैन भने, यो अत्यन्तै समस्याजनक कुरा हो। अर्को शब्दमा भन्दा, मानवजातिको जन्मजात प्रवृत्तिले पूरा गर्नुपर्ने कार्यहरू—जस्तै विचार र सचेतनाका कार्यहरू, र आँखा, कान, मस्तिष्क, र हृदयले पूरा गर्नुपर्ने कार्यहरू—सञ्चालन गर्न सकिँदैन। तिनीहरूसँग सामान्य मानवता भएका मानिसहरूमा हुनुपर्ने विचारहरू हुँदैनन् वा तिनीहरूमा तिनको कमी हुन्छ। भावशून्य हुनु भनेको यही हो। भावशून्य मानिसहरू व्यर्थका मानिसहरूभन्दा त्यति फरक हुँदैनन्। कतिपय मानिसहरू भन्छन्, “तपाईंले यस्ता प्रकारका मानिसहरू भावशून्य हुन्छन्, तिनीहरूको आँखा, कान, र मस्तिष्कले आफ्नो कार्य गर्न सक्दैनन् भनेर भन्नुहुन्छ। तर यदि तपाईंले तिनीहरूलाई अपमान गर्नुभयो भने, तिनीहरू प्रतिक्रिया दिन्छन्। यदि तिनीहरूले घाटा भोगे भने, तिनीहरू प्रतिक्रिया दिन्छन्। त्यसोभए के तिनीहरूलाई अझै पनि मूर्ख मानिसहरू मान्न सकिन्छ?” कतिपय पशुहरूले समेत मानव बोलीवचन बुझ्न सक्छन्—तिनीहरूले तैँले तिनीहरूका बारेमा भन्ने असल र खराब, दुवै कुरा बुझ्न सक्छन्। यदि मानवका रूपमा, कसैले मानव बोलीवचन बुझ्न सक्दैन भने, ऊ मानव बन्ने मानकअनुरूप हुँदैन। त्यसकारण, कुनै व्यक्ति मानव हो कि होइन भनेर मापन गर्नका लागि, मानवको मानक प्रयोग गरिनुपर्छ। मैले किन पशुहरूलाई उल्लेख गरेँ? यो तँलाई तँ सृजित मानवको वर्गमा पर्ने जीवित प्राणी होस्, पशु होइनस् भन्ने कुरा थाहा दिनका लागि हो। मानवका रूपमा, यदि तँमा पशुहरूमा समेत हुने विचारहरूको कमी छ भने, तँ धेरै चुक्छस्। पशुहरूलाई पनि आफूलाई राम्रो व्यवहार गर्ने र दैनिक खाना दिने मानिसहरूप्रति असल व्यवहार गर्न र तिनीहरूको नजिक हुन आउँछ। यदि मानवका रूपमा, तँमा त्यस्तो मानवताको कमी छ भने, के तँ अझै पनि मानव कहलिन लायक हुन्छस्? मैले किन यो तुलना गरेँ? यो तँलाई तँ पशु वा उच्च स्तरको पशु होइनस् भनेर थाहा दिनका लागि हो; तँ व्यक्ति होस्, परमेश्वरले सृष्टि गर्नुभएका यावत् थोकमध्ये तँ सबैभन्दा उच्च स्तरको प्राणी होस्—एक मानव होस्। तँसँग भाषाको सामर्थ्य, सोच्ने सामर्थ्य, र सत्यता बुझ्ने सामर्थ्य छ। परमेश्वरले तँलाई यावत् थोकको मालिक बन्न, यावत् थोक र अरू जीवित प्राणीहरूलाई व्यवस्थापन गर्नका लागि सृजना गर्नुभएको हो। तँ यावत् थोकका बीचमा सबै जीवित प्राणीको अभिरक्षक होस्। तिनीहरूलाई व्यवस्थापन गर्नका लागि, तँ तिनीहरूभन्दा माथि हुनुपर्छ। तँसँग तिनीहरूलाई व्यवस्थापन गर्ने क्षमता हुनका लागि तँ तिनीहरूभन्दा असल हुनुपर्छ। त्यसकारण, पशुहरूलाई उल्लेख गर्नु भनेको तँलाई हेला गर्न होइन बरु तँ तिनीहरूभन्दा असल हुनुपर्छ भन्ने कुरा तँलाई याद दिलाउन र तँलाई बुझ्ने तुल्याउनका लागि हो। तैँले तेरो मानवतामा हुनुपर्ने क्षमताहरू, साथै तैँले जन्मिएदेखि प्राप्त गरेका विभिन्न प्रकारका सामान्य समझ र क्षमताहरू, तिनलाई व्यवस्थापन गर्न र अगुवाइ गर्न, मानवले गर्नुपर्ने कुरा, परमेश्वरले तँलाई गर्न भनी आज्ञा गर्नुभएको कुरा गर्नका लागि प्रयोग गर्नुपर्छ। यदि तँ आफूलाई सृजित मानवको रूपमा लिन्छस् भने, तैँले आफ्नो मानवता र आफ्नो सार मापन गर्न सृजित मानवजातिको मानक प्रयोग गर्नुपर्छ। यो मानक परमेश्वरले मानवजातिका लागि स्थापित गर्नुभएको मानकभन्दा तल हुनु हुँदैन। त्यसकारण, व्यक्तिको क्षमता र उसको मानवताका विभिन्न पक्षका समस्याहरूलाई मापन गर्नका लागि, मानवका लागि दिइएको मानक प्रयोग गर्नुपर्छ। धेरै मानिसहरू मानसिक रूपमा भावशून्य हुन्छन् र मानवताको हिसाबमा प्रतिक्रिया दिनमा सुस्त हुन्छन्, जसले गर्दा तिनीहरूले आफ्नो कर्तव्य पूरा गर्ने क्रममा आफ्ना धेरै कर्तव्य नराम्ररी पूरा गर्छन्—तिनीहरू मण्डलीको काममा अयोग्य हुन्छन्, र तिनीहरू सत्यता सिद्धान्तहरू अनुसार अभ्यास गर्न सक्दैनन्। त्यसकारण, तैँले आफूलाई चिन्नुपर्छ र आफ्नो मापन जान्नुपर्छ। यदि तँसँग यस्तो क्षमता वा मानवता छैन, वा यदि तँसँग आफ्नो मानवतामा भावशून्यताको खराबी छ भने, तैँले अगुवा वा सुपरिवेक्षक बन्नका लागि प्रतिस्पर्धा गर्नु हुँदैन। यदि तँ अगुवा वा सुपरिवेक्षक बनिस् भने, तँ जुनसुकै मण्डलीको कामका लागि जिम्मेवार भए पनि, त्यो मण्डली ठप्प हुनेछ। तैँले कामको जुनसुकै विषयवस्तुको जिम्मेवारी लिए पनि, त्यो काम पूर्ण रूपमा अस्तव्यस्त हुनेछ। यदि तँ यसका लागि योग्य हुन सक्दैनस् भने, तँ पन्छिनुपर्छ र गर्न सक्नेहरूलाई यो काम गर्न दिनुपर्छ। बुझिस्? (बुझेँ।) आत्म-सचेतना प्राप्त गर्नु, त्यसपछि अझै सक्षम मानिसहरूका लागि बाटो छोडिदिन र अरूलाई सिफारिस गर्न सिक्नु—अभ्यासको सिद्धान्त यही हो। कतिपय मानिसहरू भन्छन्, “म यति भावशून्य छु कि म को असल छ भनेर थाहा पाउन सक्दिनँ—म कसरी कसैलाई सिफारिस गर्न सक्छु?” यदि तँ कोसँग असल क्षमता छ भनेर थाहा पाउन सक्दैनस् र तैँले सिफारिसहरू गर्न सक्दैनस् भने, तैँले केही पाठहरू सिक्नुपर्छ। जब तैँले सत्यता बुझेको र अरूलाई खुट्ट्याउन सक्ने व्यक्ति देख्छस्, तब तैँले तिनीहरूबाट सिक्नुपर्छ। तिनीहरूसँग अझै धेरै सङ्गति गरेर, तैँले केही कुराहरू सिक्न सक्नेछस्। तेरो मानवतामा भावशून्यताको खराबी भएको हुनाले, तैँले कुन कर्तव्य पूरा गर्छस् भन्ने कुरामा नाटीकुटी गर्ने वा छनौट गर्ने नगर्। तँ आफैसँग यो खराबी छ, त्यसकारण तैँले गर्न सक्ने धेरै प्रकारका काम र कर्तव्यहरू छैनन्। यदि, धेरै कठिनाइपछि, तेरा लागि उपयुक्त पद भेट्टाइयो, र तैँले अझै पनि नाटीकुटी र छनौट गरिरहेको छस् भने, यो भावशून्यताको समस्या वा मानवताको खराबी होइन बरु भ्रष्ट स्वभाव हो। कुन भ्रष्ट स्वभाव? यो अहङ्कार, समर्पित नहुनु, र आफ्नो मापन नचिन्नु हो। तँ केही पनि होइनस्, केही नकामको होस्, मूर्ख मात्रै होस्, तैपनि तँ अझै पनि इज्जतदार, थकाइ नलाग्ने, र अरूले उच्च आदर गर्ने कर्तव्यहरू पूरा गर्न चाहन्छस्—यसले अहङ्कारी स्वभावको सङ्केत गर्छ। यदि तँ अत्यन्तै भावशून्य छस्, तँसँग गर्नुपर्ने काम छ र तैँले सम्हाल्नुपर्ने मामलाहरू छन् तर तैँले ती काम गरिरहेको वा देखिरहेको छैनस् भने, यदि कामकुराहरू समस्याग्रस्त हुँदा तँ औँलो उठाउने झमेला समेत लिँदैनस्, र कुनै कुराले परमेश्वरको घरका हितहरूलाई हानि गरिरहेको देख्दा पनि, तँ त्यसलाई बेवास्ता गर्छस्, र “यो मेरो आफ्नै घरको समस्या होइन, त्यसकारण म यस कुराको झमेला लिनेछैनँ” भनेर सोच्छस् भने, यो भावशून्यता मात्रै होइन तर विवेक र समझको कमी हो। यदि तँसँग अलिकति पनि विवेक र समझ छ र तैँले परमेश्वरको घरका मामलाहरूलाई आफ्नै मामलाका रूपमा लिन्छस् भने, तैँले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ र परमेश्वरको घरका हितहरूमा हानि पुग्न दिनु हुँदैन। तर यदि तँमा यो असल अभिप्रायको कमी छ र तँ एउटा पनि असल काम गर्दैनस् भने, के तँ मन्द-बुद्धिको र भावशून्य व्यक्ति होइनस् र? भावशून्यताको प्रकटीकरणबारे रहेको हाम्रो छलफल यहीँ समाप्त हुन्छ।
निर्लज्ज रूपमा ढीठ हुनु
अब निर्लज्ज रूपमा ढीठ हुनुबारे कुरा गरौँ। निर्लज्ज रूपमा ढीठ हुनु कस्तो प्रकारको समस्या हो? (मानवताको खराबी।) के यो एउटा खराबी हो? (यो कमजोर चरित्रको समस्या हो।) कमजोर चरित्र भनेको खराब मानवता हो। निर्लज्ज रूपमा ढीठ हुनुमा मानवताको कुन पक्ष समावेश हुन्छ? यसमा विवेक र समझ, साथै निष्ठा र गरिमा समावेश हुन्छ। यसमा व्यक्तिको चरित्रको पक्ष समावेश हुन्छ। निर्लज्ज रूपमा ढीठ हुनुका विशिष्ट प्रकटीकरणहरू के-के हुन्? कुनै व्यक्ति निर्लज्ज रूपमा ढीठ व्यक्ति हो भन्ने कुरालाई के-कस्ता कुराहरूले सङ्केत गर्छन्? उसले जे-जस्ता लाजमर्दा कुराहरू गर्छ ती निश्चित रूपमा नै निर्लज्ज रूपमा ढीठ हुनुका प्रकटीकरण हुन्। यो घिनलाग्दो कुरा हो भन्ने महसुस नगरी चापलुसी गर्नु र चिप्लो घस्नु—के यो निर्लज्ज रूपमा ढीठ हुनु होइन र? (हो।) यो निर्लज्ज रूपमा ढीठ हुनु हो भनेर हामी किन भन्छौँ? किनभने यसले व्यक्तिमा कुनै लाजको बोध छैन भनी सङ्केत गर्छ। उसले कुनै हिचकिचाहट नमानी वा मनमा धक नमानी, सामान्य मानवताको विवेकलाई उल्लङ्घन गर्ने वा तथ्यहरू अनुरूप नरहेका केही शब्दहरू बोल्न सक्छ, चाहे ती शब्दहरू जति नै घिनलाग्दा वा अप्रिय हुन्, र तिनीहरूले अरूले ती शब्दहरू सुनेपछि तिनलाई कसरी लिन्छन् भन्ने कुरालाई वास्ता गर्दैनन्; अरू तिनीहरूमाथि हाँसे पनि, तिनीहरूलाई वास्ता हुँदैन। तिनीहरूमा लाजको बोधको कमी हुन्छ, होइन र? (हो।) के लाजको कुनै बोध नहुनु नै निर्लज्ज रूपमा ढीठ हुनु होइन र? यसको साथै, जब कुनै व्यक्ति स्पष्ट रूपमा नगण्य हुन्छ, तैपनि ऊ हैसियत र अगुवा बन्नका लागि सार्वजनिक रूपमा प्रतिस्पर्धा गर्छ भने—के यो निर्लज्ज रूपमा ढीठ हुनु होइन र? (हो।) तिनीहरूले सार्वजनिक रूपमा प्रतिस्पर्धा गर्ने मात्र होइन, तर निर्वाचनको बेला, तिनीहरूले मतपत्रहरू पनि फर्जिवडा गर्छन्। अरूले प्रतिव्यक्ति एक भोट हाल्दै गर्दा, तिनीहरू आफ्नै निम्ति दुई भोट हाल्छन्—के यो निर्लज्ज रूपमा ढीठ हुनु होइन र? (हो।) जब अरूले तिनीहरूका लागि भोट दिँदैनन्, तब तिनीहरू आफ्नै लागि भोट दिन्छन्। त्यस्ता मानिसहरू निर्धक्क रूपमा र कुनै लाज नमानी अगुवा बन्न प्रतिस्पर्धा गर्छन्—तिनीहरू कति निर्लज्ज रूपमा ढीठ हुन्छन्! सामान्यतया, हैसियतलाई प्रेम गर्ने र महत्त्वाकाङ्क्षा भएका सबै जनाले आफूलाई राम्ररी प्रस्तुत गर्न चाहन्छन् ताकि अरूले तिनीहरूलाई अगुवाका रूपमा छनौट गर्न सकून्। तिनीहरू अगुवाका रूपमा छनौट भएपछि, तिनीहरूलाई निकै गर्व लाग्छ, तर तिनीहरूलाई छनौट गरिएन भने, तिनीहरू अप्रसन्न र असन्तुष्ट महसुस गर्छन्—यो सामान्य प्रकटीकरण हो। तर, निर्लज्ज रूपमा ढीठ मानिसहरू यस्ता हुँदैनन्। तिनीहरूले अगुवा बन्नका लागि आवश्यक पर्ने कुनै पनि माध्यम प्रयोग गर्नेछन्। तिनीहरू भन्छन्, “सबै जनाले मलाई मन पराउँदैनन् र मलाई भोट दिनेछैनन्, तर म अगुवा बन्ने उपाय खोज्नेछु। मैले धोका दिनु परे पनि र छलपूर्ण माध्यमहरू प्रयोग गर्नु परे पनि, म सबैलाई अगुवाका रूपमा मलाई भोट दिन लगाउनेछु!” अरूले भन्छन्, “तिमी अगुवा बन्यौ भने पनि, सबैले तिमीलाई मन पराउँदैनन्। हामी तिमीबारे राम्रो राय राख्दैनौँ, र तिम्रो प्रतिष्ठा खराब छ। यदि तिमीले कुनै कामको प्रबन्ध गऱ्यौ भने, कसैले पनि तिम्रो कुरा सुन्नेछैन।” तिनीहरू यस्तो प्रतिक्रिया दिन्छन्, “तिमीले मेरो कुरा नसुने पनि, म अगुवा बन्ने प्रयास गर्नेछु!” त्यस्ता मानिसहरू कति निर्लज्ज रूपमा ढीठ हुन्छन्! यसका आधारमा मूल्याङ्कन गर्दा, के त्यस्ता मानिसहरूमा आत्म-सचेतनाको कमी हुँदैन र? (हुन्छ।) तिनीहरूमा आत्म-सचेतनाको कमी हुन्छ र तिनीहरूमा अलिक हिंस्रक गुण हुन्छ। निर्लज्ज रूपमा ढीठ भएका मानिसहरूको आचरणका बारेमा तिनीहरूको विचार र दृष्टिकोणहरूका आधारमा हेर्दा, तिनीहरूको मानवतामा कुनै लाजको बोध हुँदैन, तिनीहरू निष्ठा वा चरित्र, विवेक वा सरम बोधबारे वास्ता गर्दैनन्, न त तिनीहरू नैतिकता र आफ्नो आचरणको आधारबारे वास्ता नै गर्छन्—तिनीहरू यी सबै कुरालाई बेवास्ता गर्छन्। तिनीहरूको विचार र सचेतनाका आधारमा हेर्दा, तिनीहरू अत्यन्तै मूर्ख, अज्ञानी, र नीच हुन्छन्। त्यसकारण तिनीहरूको चरित्र कमजोर र खराब हुन्छ भनेर भनिन्छ। त्यसैले, तिनीहरूले गर्ने लाजमर्दा कुराहरू निश्चित रूपमा नै तिनीहरूका त्रुटिपूर्ण विचार र दृष्टिकोणहरूद्वारा सञ्चालित हुन्छन्। मण्डली निर्वाचनको अवधिमा, तिनीहरूले आफूलाई छनौट गर्न, आफैलाई भोट दिन, र अगुवा बन्न जिद्दी गर्छन्—अगुवा बन्न नसक्नु तिनीहरूका लागि स्वीकार्य हुँदैन, र तिनीहरू अगुवा बनेनन् भने, दाजुभाइ-दिदीबहिनीहरूले भोट नदिएकामा तिनीहरूले उनीहरूलाई घृणा गर्नेछन्। तैँले तिनीहरूका लागि भोट दिइनस् भन्ने थाहा पाएपछि, तिनीहरूले तँलाई अप्रिय मान्छन्। तैँले चाहे जे भने पनि, तिनीहरूले केही कुराद्वारा प्रत्युत्तर दिन्छन्। तँसँग बोल्दा तिनीहरू अत्यन्तै कठोर हुन्छन्, मानौँ तिनीहरूको मुखबाट आगो निस्किरहेको छ। तिनीहरू तँसँग कसरी बदला लिने र तँलाई कसरी सास्ती दिने भन्ने बारेमा पनि विचार गर्छन्, र तिनीहरू आफ्नो सम्पूर्ण जीवनभरि तँसँग कुरा गर्न समेत इन्कार गर्न सक्छन्। त्यस्ता मानिसहरूका यी निर्दिष्ट कार्यहरूमा प्रकट हुने कुरा भनेको भ्रष्ट स्वभाव हो। यो कस्तो भ्रष्ट स्वभाव हो? (क्रूरता।) यसलाई नरम रूपमा भन्दा, यो अहङ्कार हो र आफ्नै क्षमतालाई बढी आँक्नु हो—तिनीहरू अगुवा बन्न मात्रै चाहन्छन्। तर, काम गर्ने तिनीहरूको माध्यम र विभिन्न प्रकटीकरणहरूका आधारमा मूल्याङ्कन गर्दा, तिनीहरू क्रूर स्वभाव भएका मानिसहरू हुन्। दुष्ट मानवता भएका यी निर्लज्ज रूपमा ढीठ मानिसहरूको भ्रष्ट स्वभाव अत्यन्तै स्पष्ट हुन्छ। तिनीहरूका सबै कार्यहरू भ्रष्ट स्वभावको स्तरमा पुग्न सक्छन्। निर्लज्ज रूपमा ढीठ हुनु तिनीहरूको चरित्रको एउटा प्रकटीकरण हो; त्यसकारण, तिनीहरूको बोलीवचन र व्यवहारमा, तिनीहरू आफ्नो चरित्रको यो पक्षद्वारा निर्देशित हुन्छन्, र नतिजास्वरूप तिनीहरूले धेरै लाजमर्दा कार्यहरू गर्छन्, र अहङ्कार र क्रूरता जस्ता विभिन्न भ्रष्ट स्वभावहरू प्रकाश गर्छन्। त्यसकारण, निश्चित हदसम्म, व्यक्तिको चरित्रबाट प्रकाश हुने दुष्ट प्रकटीकरणहरू भ्रष्ट स्वभावभित्र पर्छन्; यी सबै प्रकटीकरणहरू तिनीहरूको प्रकृति सारसँग सम्बन्धित भएका र गाँजिएका हुन्छन्, र तिनीहरूको कुनै पनि भ्रष्ट स्वभावका निर्दिष्ट प्रकटीकरणहरू तिनीहरूका दुष्ट चरित्रबाट उत्पन्न हुन्छन्। त्यसकारण, दुष्ट चरित्र र भ्रष्ट स्वभावहरू एक-अर्कासँग सम्बन्धित हुन्छन्। मानिसहरूलाई शैतानले भ्रष्ट तुल्याएपछि मानिसहरूको भ्रष्ट स्वभाव पैदा हुन्छ। उदाहरणका लागि, मानिसहरूको मानवताभित्र रहेका दुष्ट चरित्रका पक्षहरू, जस्तै ढिपी गर्ने, सङ्कुचित मनको, र लाजमर्दो रूपमा अटेरी हुनु जस्ता सबै कुराहरू मानिसहरूलाई शैतानले भ्रष्ट तुल्याएको र त्यसले तिनीहरूमा काम गरेको नतिजास्वरूप आएका हुन्छन्। सत्यतालाई स्वीकार गर्नुभन्दा पहिले, सबै मानिसहरूले सुरुमा धेरै भ्रमपूर्ण, दुष्ट, र नकारात्मक विचार र दृष्टिकोणहरूको भ्रष्टता र बहकाइलाई स्वीकार गर्छन्—तिनीहरूले यी भ्रमपूर्ण कुराहरूलाई आफ्नो हृदयमा आफ्नो जीवनका रूपमा स्वीकार गर्छन्, र यसको अर्थ भ्रष्ट स्वभावहरू तिनीहरूको जीवन बन्छन्।
निर्लज्ज रूपमा ढीठ हुनुमा अरू केही प्रकटीकरण पनि हुन्छन्। कतिपय अगुवा र कामदारहरूले अवरोध र बाधाहरू ल्याउने, आफूभन्दा माथि रहेकाहरूलाई छल गर्ने जबकि आफूभन्दा तलका मानिसहरूबाट कुराहरू लुकाउने, वा कामका प्रबन्धहरूको विरुद्धमा जाने स्पष्ट कार्यहरू गर्छन्, र तिनीहरूको कार्यले मण्डलीको काममा ठूलो हानि समेत गर्छ। तैपनि तिनीहरूले आफ्नै समस्याहरूका बारेमा चिन्तन नगर्ने र तिनलाई चिन्न नपुग्ने मात्र होइन वा मण्डलीको काममा बाधा दिने आफ्नो दुष्कर्मको तथ्यलाई नमान्ने मात्र होइन, तर यसको विपरीत, तिनीहरू आफूले राम्रो काम गरेको भन्ने समेत विश्वास गर्छन्, र तिनीहरूले कति धेरै काम गरेका छन्, कति धेरै कष्ट सहेका छन्, आफ्नो कामका अवधिमा कति धेरै योगदान दिएका छन्, काम गर्दा सुसमाचार प्रचार गरेर कति जना मानिसहरूलाई विश्वासमा ल्याएका छन्, र इत्यादि कुराका बारेमा जताततै घमण्ड गर्दै र गवाही दिँदै श्रेय र इनामहरू खोज्न चाहन्छन्। तिनीहरूले कति धेरै दुष्कर्म गरेका छन् वा मण्डलीको काममा कति ठूलो हानि गरेका छन् भन्ने कुरा पटक्कै स्वीकार गर्दैनन्। अवश्य नै, तिनीहरू पश्चात्ताप पनि गर्दैनन्, र आफ्नो मार्ग परिवर्तन गर्नु त परको कुरा हो। मलाई भन, के त्यस्ता मानिसहरू निर्लज्ज रूपमा ढीठ हुँदैनन् र? (हुन्छन्।) यदि तैँले तिनीहरूलाई, “के तिमीले सत्यता सिद्धान्तहरू अनुसार मण्डलीको काम गऱ्यौ? के तिम्रो काम परमेश्वरको घरका कामका प्रबन्धहरू अनुरूप थियो?” भनेर सोधिस् भने, तिनीहरू विषयबाट तर्किन्छन्। यदि अरू मानिसहरूले तिनीहरूको कामका अवधिमा तिनीहरूले परमेश्वरका भेटीहरूमा गम्भीर घाटा पुऱ्याएका छन्—कतिपय घाटा सयौँ युआन, हजारौँ युआन, र कति त दशौँ हजार युआनसम्म पुगेका छन्—भनेर खुलासा गरे भने, तिनीहरूलाई क्षतिपूर्ति दिन आग्रह गर्दा तिनीहरूले कस्तो प्रतिक्रिया दिन्छन्? विवेक, समझ, र लाजको बोध भएका सामान्य मानिसहरू यो सुन्दा हृदयको गहिराइबाट नै अपमान र लाजको अनुभूति गरेर ढल्थे होलान्। तिनीहरूले आफ्नो काम राम्ररी पूरा गरेका छैनन् र तिनीहरू परमेश्वरप्रति अत्यन्तै ऋणी छन् भन्ने विश्वास गर्नेथिए, र त्यसकारण तिनीहरूले आफूलाई जायज तुल्याउने प्रयास गर्नेथिएनन्; तिनीहरूले केही ठोस काम गरे पनि र धेरै कष्ट सहे पनि, यसलाई उल्लेख गर्न लायक सोच्नेथिएनन्। यदि तिनीहरूको काम साँच्चै नै राम्ररी भएको भए, के यसले परमेश्वरको घरको काममा यति धेरै हानि पुऱ्याउन सक्थ्यो र? पुऱ्याउन सक्दैनथियो। तिनीहरूले ल्याएको हानिको आधारमा मात्रै मूल्याङ्कन गर्दा पनि, तिनीहरूको काम नराम्ररी गरिएको थियो भन्ने कुरालाई प्रमाणित गर्न सकिन्छ, र त्यसकारण तिनीहरूले गल्ती मान्नुपर्छ र पश्चात्ताप गर्नुपर्छ। तिनीहरूले पुऱ्याएका घाटाहरूका लागि क्षतिपूर्ति आवश्यक भए वा नभए पनि, कम्तीमा पनि, तिनीहरूले आफ्नो कामले मण्डलीको काममा बाधा र अवरोधहरू पुऱ्यायो भन्ने तथ्य स्वीकार गर्नुपर्छ। पूर्ण रूपमा निर्लज्ज मानिसहरूले मात्रै यो तथ्यलाई स्वीकार गर्न मान्दैनन्। तिनीहरूले यसो भन्नेथिए, “मैले घाटाको पूर्ति गरे पनि, मैले आफ्नो काममा कुनै गल्ती गरेँ वा कुनै गलत काम गरेँ भनेर म मान्नेछैनँ। मैले ऋण तिरे पनि, म अझै पनि परमेश्वरको घरको औसत व्यक्तिभन्दा राम्रो, एक महान् योगदानकर्ता नै हुँ। मेरो इतिहास वैभवशाली छ!” यो कस्तो प्रकारको मानवता हो? मलाई भन, के यस्ता मानिसहरूसँग कुनै लाजको बोध हुन्छ? के तिनीहरूले “लाजको बोध” भन्ने शब्दहरू अक्षरशः लेख्न पनि सक्छन् र? यदि तिनीहरूसँग साँच्चै नै लाजको बोध छैन भने, त्यो समस्याजनक कुरा हो। यदि तिनीहरूले दुष्कर्म गरेका छन् भन्ने कुरा तिनीहरूलाई हृदयमा स्पष्ट रूपमा थाहा छ तर तिनीहरू मौखिक रूपमा त्यो मान्न जिद्दी भएर इन्कार गर्छन् भने, के त्यस्ता मानिसहरू अत्यन्तै हठी हुँदैनन् र? यदि तिनीहरूले दुष्कर्म गरेका छन् भनेर हृदयमा पहिचान गर्छन् र मौखिक रूपमा पनि मान्न सक्छन् भने, तिनीहरूलाई अझै पनि विवेक भएको व्यक्तिको रूपमा गन्ती गरिन्छ—तिनीहरूमा अझै पनि लाजको बोध छ। यदि तिनीहरूले यसलाई मौखिक रूपमा मान्न नस्विकार्ने मात्र होइन तर तिनीहरू हृदयमा अवज्ञाकारी पनि हुन्छन्, निरन्तर प्रतिरोध गर्छन् र परमेश्वरको घरले तिनीहरूलाई अन्यायपूर्ण व्यवहार गरिरहेको छ र तिनीहरू दुर्भाग्यका सिकारहरू हुन् भनेर दाबीहरू समेत जताततै फैलाउँछन् भने, तिनीहरूको समस्या गम्भीर हुन्छ। कति गम्भीर? तिनीहरूसँग कुनै विवेक वा समझ पटक्कै हुँदैन। विवेकमा इन्साफ र दया दुवैको बोध हुनुपर्छ। इन्साफको बोधको एउटा पक्ष के हो भने मानिसहरूमा लाजको बोध हुनुपर्छ। मानिसहरूलाई लाज लाग्छ भने मात्रै तिनीहरू सदाचारी हुन सक्छन्, तिनीहरूमा इन्साफको बोध हुन सक्छ, र तिनीहरू सकारात्मक कुराहरूलाई प्रेम गर्न र तिनलाई पक्रिराख्न सक्छन्। तर, यदि तेरो विवेक र इन्साफको बोधमा लाजको बोध छैन, र तँलाई लाजको बारेमा थाहा छैन भने—अनि, यदि तैँले कुनै गलत काम गरेपछि पनि, तँलाई त्यसबारे सरम लाग्दैन, र आत्म-चिन्तन गर्न वा आफूलाई घृणा गर्न आउँदैन, र तँलाई कुनै पछुतो लाग्दैन, र अरूले तँलाई कसरी खुलासा गर्छन् भन्ने कुराको वास्ता लाग्दैन, तँलाई लाज-सरम लाग्दैन भने—व्यक्तिका रूपमा तेरो विवेक समस्याजनक छ, र तँसँग कुनै विवेक छैन भनेर पनि भन्न सकिन्छ। त्यस्तो अवस्थामा, तेरो हृदय खराब छ कि दुष्ट छ भनेर भन्न गाह्रो हुन्छ—तेरो हृदय दुष्ट हुन सक्ने, यो ब्वाँसाको हृदय हुनसक्ने सम्भावना छ; सकारात्मक होइन तर नकारात्मक हुन सक्छ। विवेक र मानवताविनाका मानिसहरू पिशाचहरू हुन्। यदि तँ कुनै गलत काम गर्छस् र तँलाई पटक्कै लाज लाग्दैन, र तँलाई पछुतो वा ग्लानि बोध हुँदैन, र तँ आत्म-चिन्तन नगर्ने मात्र होइन बरु बहस गर्ने, विरोध गर्ने, र आफ्नो प्रतिरक्षा गर्ने र आफूलाई जायज तुल्याउने, सुन्दर देखिने देखावटी रूप धारण गर्ने समेत पनि गर्छस् भने, स्तरीय मानवताको तुलनामा मापन गर्दा, तेरो मानवता समस्याजनक हुन्छ। तेरो समझ जस्तोसुकै भए पनि, यदि तँ विवेकको मानकमा चुक्छस् भने, तँसँग वास्तवमा मानवता छ कि छैन भनेर भन्न गाह्रो हुन्छ। हामी तेरो भित्री आत्मा के हो, तँ कहाँबाट आएको होस्, वा तैँले विगतमा के दुष्कर्म गरेको छस् भनेर छलफल नगरौँ; हामी तेरो अघिल्लो जीवनबारे कुरा नगरौँ। यस जीवनमा तँसँग हुनुपर्ने विवेकको हिसाबमा मात्र कुरा गर्दा, यदि तँमा लाजको बोधको कमी छ भने, तँ व्यक्तिका रूपमा मानकअनुरूप हुँदैनस्। कतिपय मानिस भन्छन्, “म निर्लज्ज रूपमा ढीठ छु त्यसकारण म आफूले चाहेको कुरा लिन्छु।” तर तैँले त्यो कार्य कहाँ गर्छस् भन्ने कुरामा निर्भर हुन्छ—परमेश्वरको घरमा त्यसो गर्दा त्यसले काम गर्नेछैन। परमेश्वरको घर त्यस्तो ठाउँ होइन जसको भरमा तँ जीविकोपार्जन गर्न सक्छस्। यदि तैँले यसबाट जीविकोपार्जन गर्न जिद्दी गरिस् भने, तैँले अवश्य नै आफैमाथि विपत्ति ल्याउनेछस्। कतिपय मानिस सोच्छन्, “म त गोही जस्तै ढीठ छु। म जहाँसुकै गए पनि, म यसरी नै व्यवहार गर्छु, र त्यो ठाउँ मेरो नै हो जस्तो गरेर हिँड्छु! अरूले मेरा बारेमा के भन्छन् मलाई त्यसको वास्ता छैन—मलाई कसले के गर्न सक्छ र?” मानिसहरूले तँलाई केही गर्न सक्दैनन् होला, तर तैँले परमेश्वरमा विश्वास गर्ने हुनाले, तैँले गर्ने सबै कुरालाई परमेश्वरले कसरी मापन गर्नुहुन्छ र मूल्याङ्कन गर्नुहुन्छ, परमेश्वरले तँलाई कसरी परिभाषित गर्नुहुन्छ र उहाँले तेरा लागि के-कस्ता फैसलाहरू सुनाउनुहुन्छ भन्ने कुरालाई ध्यान दिनुपर्छ। यदि तैँले यस कुरालाई ध्यान दिइनस् भने, के तँ अझै पनि परमेश्वरमा विश्वास गर्ने व्यक्ति होस् र? यदि तँलाई यसको समेत वास्ता हुँदैन भने, तँ अविश्वासी होस्। तैँले मानिसहरूले तेरा बारेमा के भन्छन् भन्ने कुरालाई बेवास्ता गर्न सक्छस्, तर के तैँले परमेश्वरले गर्नुहुने तेरो मूल्याङ्कन, तँलाई हेर्ने उहाँको दृष्टिकोण, र तेरा लागि सुनाउनुहुने फैसलाहरूका बारेमा वास्ता गर्नु पर्दैन र? यदि तँलाई परमेश्वरले निर्लज्ज रूपमा ढीठ, लाज पचेको, र लाजको बोध नभएको व्यक्ति, तेरो मानवतामा धेरै कुराहरूको कमी छ, र तँमा केही अत्यन्तै महत्त्वपूर्ण कुराहरूको कमी छ भनेर मूल्याङ्कन गर्नुभयो भने, तैँले नयाँ तरिकाले आफूलाई आचरणमा ढाल्न थाल्नुपर्छ—तैँले पश्चात्ताप गर्नुपर्छ र आफ्नो तर्क प्रस्तुत गर्न छोड्नुपर्छ। तँसँग हजारौँ हजार बहाना भए पनि, तँ निर्लज्ज रूपमा ढीठ छस् भन्ने तथ्य नै तेरो मानवता र विवेकमा ठूलो समस्या छ भनेर निर्धारित गर्न पर्याप्त हुन्छ। यसद्वारा मात्रै मापन गर्दा, तेरो समस्या अत्यन्तै गम्भीर छ। यदि तँ मैले भनेको कुरा बुझ्न सक्छस् भने, तैँले पश्चात्ताप गर्नुपर्छ र आफ्नो हृदयमा आफ्नै तर्क पैदा गर्न छोड्नुपर्छ। तेरो तर्क उग्रता, संवेगहरूबाट, शैतानबाट आएको हुन्छ—तैँले तेरो तर्क गलत छैन भन्ने विश्वास गरे पनि, यो सत्यता होइन। परमेश्वरले तेरा बारेमा गर्नुहुने मूल्याङ्कन पूर्ण रूपमा तेरो भ्रष्ट स्वभावमा आधारित हुँदैन। तेरो भ्रष्ट स्वभावलाई ख्याल गर्नुभन्दा पहिले, परमेश्वरले सुरुमा तेरो मानवतालाई हेर्नुहुन्छ। तेरो मानवता कस्तो छ र हरेक मामलाप्रतिको तेरो मनोवृत्ति कस्तो छ भन्ने कुरा तेरो चरित्रले निर्धारित गर्छ। परमेश्वरले अवलोकन गर्नुहुने कुरा अवश्य नै सही हुन्छ, र उहाँले तँलाई मापन गर्ने मानक पनि सत्यता अनुरूप हुन्छ। उहाँले जोसुकैलाई मापन गर्नुभए पनि, यो कहिल्यै पनि तिनीहरूको बाहिरी रूपमा आधारित हुँदैन बरु तिनीहरूले वास्तवमा के गर्छन्, तिनीहरूको दैनिक जीवनका प्रकाश र प्रकटीकरणहरू, हरेक मामला सम्हाल्दा तिनीहरूका विचार, दृष्टिकोण, र मनोवृत्ति, साथै सकारात्मक कुराहरूप्रति, सत्यताप्रति, र परमेश्वरप्रतिको तिनीहरूको मनोवृत्तिमा आधारित हुन्छ। परमेश्वरले अन्ततः तँलाई जसरी परिभाषित गर्नुभए पनि वा मूल्याङ्कन गर्नुभए पनि, तँलाई अन्याय गरिनेछैन। यो तेरो अस्थायी प्रकटीकरण वा कहिलेकहीँ हुने अपराधमा आधारित हुँदैन; यो तेरा समग्र प्रकटीकरणहरूमा आधारित मूल्याङ्कन हुन्छ। त्यसकारण, परमेश्वरले गर्नुहुने हरेक व्यक्तिको मूल्याङ्कन सही र वस्तुपरक हुन्छ। होइन र? (हो।) निर्लज्ज रूपमा ढीठ हुनुको प्रकटीकरण व्यक्तिको चरित्रसँग सम्बन्धित हुन्छ। अवश्य नै, केही हदसम्म, यो भ्रष्ट स्वभावको स्तरमा पनि पुग्छ। त्यस्ता मानिसहरूमा मानवताको यो पक्ष हुने हुनाले, यसले तिनीहरूलाई निश्चित कामकुराहरू गर्न डोऱ्याउँछ, र जब तिनीहरूले यी कामकुराहरू गर्छन्, तब तिनीहरूले आफ्नो भ्रष्ट स्वभाव प्रकाश गर्छन्। जस्तोसुकै प्रकारको भ्रष्ट स्वभाव प्रकाश भए पनि, निर्लज्ज रूपमा ढीठ मानिसहरूले प्रकाश गर्ने भ्रष्ट स्वभावहरू र गर्ने कार्यहरू तिनीहरूको मानवताबाट अविभाज्य हुन्छन्। त्यसकारण, व्यक्तिका भ्रष्ट स्वभावहरू परिवर्तन हुन सक्छन् कि सक्दैनन् र फालिन सक्छन् कि सक्दैनन् भन्ने कुरा उसको चरित्र कस्तो छ त्यसमा निर्भर हुन्छ। यदि उसको चरित्र दुष्ट छ, यदि उसले सत्यताको प्रतिरोध गर्छ, ऊ सत्यताबाट विकर्षित र वितृष्ण हुन्छ, र उसले सत्यतालाई स्वीकार गर्न मान्दैन भने, उसको भ्रष्ट स्वभाव फाल्न गाह्रो हुनेछ, र उसले मुक्ति प्राप्त गर्न सक्नेछैन। तैपनि, यदि उसको चरित्रका हिसाबमा, ऊ दुष्ट व्यक्ति होइन, र उसले सत्यता बोध गर्न र स्वीकार गर्न सक्छ, ढिपी गर्दैन, र उसमा दुष्ट चरित्रका समस्याहरू छैनन् भने, उसको भ्रष्ट स्वभावलाई फाल्न सकिन्छ। हरेक व्यक्तिमा भ्रष्ट स्वभावहरू हुन्छन्, तर व्यक्तिले भ्रष्टता फाल्न र मुक्ति प्राप्त गर्न सक्छ कि सक्दैन भन्ने कुरालाई केले निर्धारित गर्छ त? (यो कुरा व्यक्तिको चरित्र कस्तो छ त्यसमा निर्भर हुन्छ।) ठ्याक्कै भनिस्—यो कुरा व्यक्तिको मानवता असल छ कि खराब छ भन्ने कुरामा निर्भर हुन्छ।