सत्यता कसरी पछ्याउने (८) भाग छ
घुलमिल हुन मन पराउनु र एकान्तप्रेमी हुनु
घुलमिल हुन मन पराउनु—यो कुन पक्ष हो? (जन्मजात अवस्था।) यो जन्मजात अवस्था हो, मानिसहरूको समूहमा हुँदा संसारसँग व्यवहार गर्ने विधि हो। कतिपय मानिसहरूलाई अरूसँग सङ्गत गर्न मन पर्छ, तिनीहरू यसबाट कहिल्यै थाक्दैनन्, र अरू मानिसहरूको व्यक्तित्व जस्तोसुकै भए पनि, तिनीहरू उनीहरूसँग सङ्गत गर्न सक्छन् र इच्छुक हुन्छन्। तर, कतिपय मानिसहरू भीडबाट जोगिन मन पराउँछन् र अरूसँग सङ्गत गर्न अनिच्छुक हुन्छन्। व्यक्तिको जन्मजात व्यक्तित्वसँग यसको निश्चित सम्बन्ध हुन्छ। जब व्यक्तित्वको कुरा आउँछ, तब यसमा अवश्य नै जन्मजात अवस्थाहरू समावेश हुन्छन्। घुलमिल हुन मन पराउनु व्यक्तिको व्यक्तित्वसँग सम्बन्धित कुरा हो; यसमा मानवताका असल गुण वा खराबीहरू समावेश हुँदैनन्, र अवश्य नै यसमा कुनै भ्रष्ट स्वभाव समावेश हुँदैन। यो तुलनात्मक रूपमा सरल प्रकटीकरण हो। एकान्तप्रेमी हुनु—यो कुन पक्षमा पर्छ? (यो व्यक्तिको जन्मजात व्यक्तित्वको भाग हो।) (यो मानवताको एउटा खराबी हो।) यहाँ केही असहमति छ—त्यसोभए, एकान्तप्रेमी हुनु भनेको कस्तो समस्या हो? (एकान्तप्रेमी हुनुले व्यक्तिको व्यक्तित्व कमजोर छ भन्ने देखाउँछ।) कमजोर व्यक्तित्व हुनु मानवताको खराबी हो। व्यक्तित्व आफै पनि व्यक्तिको जन्मजात अवस्थाको एउटा पक्ष हो, त्यसकारण एकान्तप्रेमी हुने यो लक्षण जन्मजात अवस्था र मानवताको खराबी दुवै हो। यो भ्रष्ट स्वभावमा पर्दैन र यसमा व्यक्तिको आफ्नो आचरण समावेश हुँदैन। एकान्तप्रेमी हुनु भनेको सधैँ मानिसहरूबाट टाढा बस्नु, अरूसँग आफ्ना विचारहरू व्यक्त गर्न अनिच्छुक हुनु, एकलै काम गर्न मन पराउनु, अरूसँग सङ्गत गर्न मन नपराउनु, र मानिसहरूका बीचमा जिउन मन नलाग्नु हो। त्यस्ता मानिसहरूलाई एकलो वातावरण वा कुनामा बस्न मात्रै मन पर्छ। जब धेरै मानिसहरू हुन्छन्, तब तिनीहरू बोल्न अनिच्छुक हुन्छन्। तिनीहरू अरूसँग कुराकानी गर्न सिपालु हुँदैनन्। जब तिनीहरूले अरूसँग कुराकानी गर्छन्, तब तिनीहरूलाई बेचैनी हुन्छ र तिनीहरू आत्तिन्छन्, वा तिनीहरू केही लाजमर्दो र अप्ठ्यारो परिस्थितिमा पर्छन्। यो जन्मजात अवस्थाहरूमा रहेको व्यक्तित्वको समस्या हो, र अवश्य नै, यो मानवताको खराबी पनि हो, होइन र? (हो।)
डरपोकपन र साहस
अब हामी डरपोक हुनुका बारेमा हेरौँ—यो कस्तो प्रकारको समस्या हो? (जन्मजात अवस्था।) (मानवताको खराबी।) यो जन्मजात अवस्था हो र यो मानवताको खराबी पनि हो। मलाई भन, डरपोक हुनु भनेको के हो? राती बाहिर जान डर मान्नु, मूसा, खजुरो, र बिच्छीदेखि डराउनु, साथै समस्यामा पर्न डर मान्नु र जटिल समस्याहरूको सामना गर्न अनिच्छुक हुनु—यी सबै डरपोक हुनुका प्रकटीकरणहरू हुन्। कतिपय मानिसहरू सर्प देख्दा डराएर बेहोस हुन्छन्। कतिपय मानिसहरू कार दुर्घटनाबारे सुन्दा यति डराउँछन् कि तिनीहरू थरथरी काम्छन्। परमेश्वरका विश्वासीहरूलाई सताइन्छ र तिनीहरू पक्राउ पर्न, दण्डित हुन, र जेल पर्न सक्छन् भन्ने सुनेपछि कतिपय मानिसहरू यति डराउँछन् कि तिनीहरू विश्वास गर्ने आँट नै गर्दैनन्। रोलर कोस्टर चढ्ने आँट नगर्नेहरू पनि हुन्छन्। त्यस्ता मानिसहरू तिनीहरूले छर्लङ्ग देख्न नसक्ने सानो कुरा छ भने पनि वा त्यो तिनीहरूले पहिले नगरेको कुरा हो भने तिनीहरू त्यसमा सहभागिता जनाउने वा कुनै कुरा प्रयोग गर्ने आँट गर्दैनन्। तिनीहरू खतरनाक काम वा खतरनाक क्रियाकलापहरू प्रयास गर्ने आँट नगर्ने मात्र होइन, तर तिनीहरूलाई दैनिक जीवनमा सामान्य मानिसहरूले गर्नुपर्ने कामकुराहरू गर्न पनि डर लाग्छ। उदाहरणका लागि, यदि तिनीहरूलाई सवारी चलाउन सिक्न आग्रह गरियो भने, तिनीहरू यसो भन्छन्, “म सवारी चलाउने आँट गर्दिनँ। सडकमा धेरै कार हुन्छन्, र तिनीहरू यति द्रुत गतिमा चल्छन्—मैले ठक्कर खाएँ भने के गर्ने?” कसैले भन्छ, “तपाईं किन सधैँ कार दुर्घटनाबारे चिन्ता गर्नुहुन्छ? के सवारी चलाउँदा तपाईं अलि बढी सतर्क हुन सक्नुहुन्न र?” तर तिनीहरूलाई अझै पनि डर लाग्छ: “कार अघि बढ्न थालेपछि, मेरो नियन्त्रणभन्दा बाहिर जान्छ। यदि साँच्चै नै दुर्घटना भयो भने, कसैले पनि त्यसलाई नियन्त्रण गर्न सक्दैन!” तिनीहरू सधैँ नकारात्मक दिशामा सोच्छन्, त्यसकारण तिनीहरू केही पनि हासिल गर्न सक्दैनन्। डरपोक हुनु जन्मजात अवस्था हो, र यो मानवताको खराबी पनि हो। डरपोक मानिसहरू आफूले गर्ने सबै कुरामा अत्यन्तै सतर्क र होसियार हुन्छन्। तिनीहरू प्रायजसो ठूला गल्तीहरू गर्दैनन् वा ठूला गलत कार्यहरू गर्दैनन्। तर जुनसुकै दृष्टिकोणबाट हेर्दा पनि, यसलाई असल गुणका रूपमा लिन सकिँदैन—यो मानवताको खराबी हो। त्यसोभए साहसी हुने बारेमा के भन्ने? साहसी हुनुसँग सामान्यतया के-कस्ता शब्दावली जोडिन्छन्? (मूर्ख रूपमा साहसी हुनु, साहसका कारण लापरवाह रूपमा व्यवहार गर्नु।) “साहसका कारण लापरवाह रूपमा व्यवहार गर्नु,” “हदै साहसी हुनु,” र “अन्धाधुन्ध साहसी हुनु” सबैले साहसी हुनुलाई जनाउँछन्। त्यसोभए, साहसी हुनु राम्रो हो कि होइन? (त्यो मामलामा निर्भर हुन्छ।) त्यो परिस्थिति र तिनीहरू कस्ता प्रकारका व्यक्ति हुन् भन्ने कुरामा निर्भर हुन्छ। यदि मानवताको दृष्टिकोणबाट हेर्ने हो भने, साहसी हुनुलाई असल गुण वा कमजोरीका रूपमा वर्गीकरण गर्न सकिँदैन—हामी यसलाई जन्मजात अवस्थाका रूपमा वर्गीकरण गर्नेछौँ। व्यक्तिको साहस मामलाका हिसाबमा ख्याल गरिनुपर्छ; यसका साथै, तैँले तिनीहरूले कामकुरा गर्नुका कुनै सीमा छ कि छैन र तिनीहरूको चरित्र कस्तो छ भनेर हेर्नुपर्छ। यदि तिनीहरूको चरित्र खराब छ भने, साहसले तिनीहरूलाई जहाँसुकै कानुन तोड्न, दुष्कर्म गर्न, र अपराधहरू गर्न, फाइदा लिन, दुरुपयोगद्वारा लाभहरू लिन, र अरूलाई ठग्न र धोका दिन लगाउन सक्छ। यदि कसैले तिनीहरूलाई दुष्कर्म गर्न पैसा दियो भने, तिनीहरू त्यो काम गर्न सक्षम हुन्छन्। फाइदा लिनका लागि, तिनीहरू परिणामहरू वा अरूका बारेमा ख्याल नगरी कुनै पनि खराब कार्य गर्ने आँट गर्छन्। के यसरी साहसका कारण लापरवाह रूपमा काम गर्नु राम्रो कुरा हो? (होइन।) कतिपय मानिसहरूले आफ्नो व्यापारका खातिर जताततै अरूलाई छल गर्छन्। तिनीहरूले चलाउने व्यापार गैरकानुनी हुन्छ—यो वास्तविक कार्यसंचालन नभएको एउटा खोक्रो कम्पनी मात्रै हुन्छ। तर तिनीहरूको साहसका साथै छल गर्ने तिनीहरूको क्षमताका कारण, तिनीहरूले अल्पकालिक सम्पत्ति कमाउँछन्, तिनीहरू भव्य घरहरूमा जिउँछन्, र सेडान गाडी चलाउँछन्—तिनीहरूले अत्यन्तै सुखी जीवनको आनन्द लिन्छन्, तर तिनीहरूले आनन्द उठाउने पैसा र भौतिक सम्पत्तिहरू सबै तिनीहरूको साहसका परिणाम स्वरूप छलद्वारा प्राप्त भएका हुन्छन्। के यो असल कुरा हो? मलाई भन, के यो साहस असल कुरा हो? (होइन।) त्यसकारण, जब साहसी मानिसहरूको कुरा आउँछ, तब तैँले तिनीहरूले लिने मार्गलाई हेर्नुपर्छ। यदि तिनीहरू आफ्नो साहसका कारण अरूलाई ठग्ने र धोका दिने आँट गर्छन् भने, तिनीहरूले ठूलो दुष्कर्म गरिरहेका हुन्छन्। तँ अरूलाई जति धेरै धोका दिन्छस् र अरूबाट जति धेरै फाइदा लिन्छस्, भविष्यमा तैँले त्यति नै कठोर दण्ड प्राप्त गर्नेछस्, होइन र? के यसले विपत्ति ल्याउँदैन र? (ल्याउँछ।) यदि तँ डरपोक छस् र अरूलाई ठग्न र धोका दिन चाहन्छस् भने, तँ अलिक कम छलमा संलग्न हुनेछस्, र भविष्यमा तैँले प्राप्त गर्ने दण्ड अलि हल्का हुनेछ। त्यसकारण, सही मार्गमा नहिँड्ने त्यस्ता मानिसहरूका हकमा, के तिनीहरू अलिक डरपोक हुनु बढी राम्रो हो कि अलिक साहसी हुनु बढी राम्रो हो? (थोरै डरपोक हुनु नै बढी राम्रो कुरा हो।) सही मार्गमा नहिँड्ने, अरूलाई ठग्न र धोका दिन सक्षम, कानुनलाई बेवास्ता गर्ने र सधैँ आकस्मिक नाफा कमाउन कानुनी कमजोरीहरूको फाइदा लिन खोज्ने, र कुनै पनि बेला कानुन तोड्न सक्ने यी मानिसहरूका हकमा, साहस विपत्ति हो—यो तिनीहरूको मानवताको खराबी र त्रुटि हो। अर्कोतर्फ, डरपोक हुनु असल कुरा बन्न पुग्छ—यो तिनीहरूका लागि संरक्षण समेत हुन्छ। डरपोक मानिसहरूले आफ्नो परिवार र आफ्ना आधारभूत आवश्यकताहरू पूरा गर्न, र केही विलासीताका सामानको पनि आनन्द उठाउन केही पैसा कमाउँछन्, र तिनीहरू त्यतिमा नै रोकिन्छन्। भविष्यमा तिनीहरूले प्राप्त गर्ने दण्ड अलिक हल्का हुनेछ। साहसी मानिसहरू लापरवाह रूपमा दुष्कर्म गर्ने, र अरूलाई धोका दिने र ठग्ने आँट गर्छन्, अरूसँग जे छ त्यो लिन्छन् ताकि तिनीहरूसँग आफूले आनन्द उठाउन मिल्ने कुरा अझ धेरै होऊन्। तिनीहरूले अरूबाट फाइदा लिन्छन्—के भविष्यमा तिनीहरूले यसको पूर्ति गर्नु पर्नेछैन र? (पर्नेछ।) यदि तिनीहरूले अर्को जुनी पाए भने, तिनीहरूले प्राप्त गर्ने दण्ड कठोर हुनेछ—तिनीहरूले एक-दुई वटा जीवनकालमा समेत यसको पूर्ति गर्न सक्दैनन् होला। कतिपय मानिसहरू आफ्नो सम्पूर्ण जीवन रेस्टुरेन्ट चलाउन वा व्यापार गर्नमा बिताउँछन्, दश-बीस लाख वा करोडौँ सम्पत्ति कमाउँछन्, तैपनि तिनीहरू आफैले यसको कुनै आनन्द उठाउन पाउँदैनन् किनभने त्यो सबै ऋण तिर्नका लागि प्रयोग हुन्छ। तिनीहरू सत्तरी-असीको दशकमा पुगेपछि पनि, तिनीहरूले अझै पनि तिरी सकेका हुँदैनन्। के भइरहेको हो? यो कारणात्मक प्रतिफल हो—यसको कारण सायद के हो भने आफ्नो पूर्व जन्ममा, तिनीहरूले लोभका कारण अरूबाट अति धेरै लिएका थिए, त्यसकारण तिनीहरूले यी कैयौँ जीवनकालमा ऋण तिरिरहेका हुन्छन्। के आफ्नो पूर्व जन्ममा, तिनीहरू अत्यन्तै लोभी, अत्यन्तै साहसी भएका, र तिनीहरूले अरूबाट धेरै फाइदा लिएका नतिजास्वरूप, तिनीहरूले अहिलेको वर्तमान जीवनमा प्रतिफल पाएका होइनन् र? (हुन्।) सही मार्गमा नहिँड्ने मानिसहरूका हकमा भन्दा, अलिक डरपोक हुनु तिनीहरूका लागि संरक्षण हुन्छ, जबकि साहस खराब लक्षण हो।
यदि व्यक्ति सही मार्गमा हिँड्छ भने, के साहस राम्रो हो? (हो।) यसबारे के कुरा राम्रो हुन्छ? (यदि तिनीहरू साहसी छन् भने, तिनीहरू सतावट सामना गर्दा अझै पनि परमेश्वरमा विश्वास गर्न अडिग रहन सक्छन्।) यो साहसले देहगत साहस मात्रै जनाउँदैन। यदि यो हिम्मत देहगत साहस हो भने, यो लापरवाह र हतारबाजी हो—यो अलिक आवेग र अन्धोपन हो। उदाहरणका लागि, यदि तँ साहसी छस्, र तँलाई परमेश्वरमा विश्वास गरेका कारण पक्राउ गरिन्छ भने, के तँलाई यातना भोग्न डर लाग्नेछ? के तँलाई मृत्युको डर लाग्नेछ? के तँ बीस-तीस वर्ष जेल पर्न डर मान्नेछस्? यदि तँ डर मान्नेछस् भने, परमेश्वरमा विश्वास गर्न थाल्दा तैँले “मलाई डर लाग्दैन” भनेर भन्नु लापरबाही हो, साँचो साहस होइन। कस्तो प्रकटीकरण लापरबाही होइन? के हो भने, जब तँ परमेश्वरमा विश्वास गर्न थाल्छस्, तब तँसँग निश्चित साहस हुन्छ, तर तँसँग साँचो विश्वास पनि हुन्छ। यो साँचो विश्वासले के जनाउँछ? यसको अर्थ परमेश्वरमा विश्वास गर्दा, तँसँग यस्तो सङ्कल्प हुन्छ: “यदि मैले परमेश्वरमा विश्वास गरेकोले सतावट भोगेँ, पक्राउ परेँ, र यातना भोगेँ भने, म आफ्नो ज्यान दिन तयार हुनुपर्छ। मलाई जसरी वा जति हदसम्म कष्ट दिइए पनि, म मण्डलीलाई घात गर्नेछैनँ वा म यहूदा बन्नेछैनँ—मलाई मृत्युको डर लाग्दैन!” यो एउटा पक्ष हो। अर्को पक्ष के हो भने, यदि तँलाई साँचै नै पक्राउ र सतावट गरियो, र ठूलो रातो अजिङ्गरले तँलाई मण्डलीलाई घात गर्न लगाउन धम्की दियो भने, तैँले शैतानका युक्तिहरू छर्लङ्ग देख्न सक्छस्, र तँ यसद्वारा बन्धनमा पर्दैनस्, र आफ्नो गवाहीमा दृढ रहन सक्छस्, तँ यसो भन्छस्, “व्यक्तिको जीवन र मृत्यु लगायत उसको सबै कुरा परमेश्वरका हातमा हुन्छ। मलाई डर लाग्दैन!” यो लापरबाही पनि होइन, अनि साहस मात्रै पनि होइन; यो साँचो आस्था हो। यो साँचो आस्था हुनु र आफ्नो गवाहीमा दृढ रहन सक्नु नै तेरो असल गुण हो। मानौँ तँसँग साँचो आस्था छैन र तँ “मलाई डर लाग्दैन—धेरै भए, यो त केवल मृत्यु हो” मात्रै भन्छस्, तर जब तँ पक्राउ पर्छस्, तँ यति डराउँछस् कि पिसाब नै फेर्छस्। पक्राउ परेपछि, तैँले सोच्ने पहिलो कुरा के हुन्छ भने, “के मलाई यातना दिइनेछ? के मेरो देहले कष्ट भोग्नेछ? यदि मेरो शरीरमा फलामको विद्युतीय छापले पोलियो भने, के म त्यो सहन सक्नेछु? यदि यातना गम्भीर भयो भने, के म मर्नेछु? यदि म मरेँ भने, के परमेश्वरले मलाई याद गर्नुहुनेछैन? के मैले मुक्ति प्राप्त गर्न सक्नेछैनँ र? यदि मैले साँच्चै नै सहन सकिनँ भने, मैले मण्डलीलाई घात गर्नेछु र म यहूदा बन्नेछु। यदि म यहूदा बनेपछि मलाई दण्ड दिइयो र नष्ट गरियो भने, गरियोस्—कम्तीमा मैले अहिले त पीडा भोग्नेछैनँ।” त्यो अवस्थामा, के तैँले आफ्नो गवाही गुमाइरहेको हुँदैनस् र? मानौँ कम्युनिस्ट पार्टीले तँलाई धम्की दिन्छ, तँलाई ब्ल्याकमेल गर्न तेरो परिवार प्रयोग गर्छ—तेरा छोराछोरीलाई विश्वविद्यालयमा पढ्न दिँदैन, तेरा आमाबुबालाई मेडिकल इन्स्योरेन्सको सुविधा दिँदैन, तेरो परिवारका सबै अधिकारहरू खोस्छ—त्यसपछि तँ डराउनेछस् र तँसँग साँचो आस्था हुनेछैन। तेरो साहस कहाँ गएको हुनेछ? के तँ साँच्चै नै साहसी होस्? यदि तँसँग साँचो आस्था छैन भने, तेरो साहस लापरबाही मात्रै हो। तँसँग साँचो आस्था छ भने मात्रै तेरो हिम्मत साँचो हुन्छ। पक्राउ पर्नुभन्दा पहिले, यदि तैँले “परमेश्वरले मलाई पक्राउ पर्न दिनुहुनेछैन” भनेर सोच्थिस्, र यो विचारका कारण तँ साहसी बनेको थिइस् भने, त्यो साँचो दह्रिलोपन वा साँचो आस्था होइन। मानौँ, पक्राउ पर्नुभन्दा पहिले, तैँले यो सब कुराबारे विचार गरिसकेको छस् र तँ यसो भन्छस्, “व्यक्तिको जीवन र मृत्यु परमेश्वरका हातमा हुन्छ। यदि परमेश्वरले साँच्चै नै मेरो ज्यान लिन चाहनुहुन्छ भने, म समर्पित हुनुपर्छ। मेरो भविष्यको गन्तव्यको हकमा भन्दा, त्यो परमेश्वरको एउटै वचनले निर्धारित गर्छ। परमेश्वरले मलाई चाहे जसरी व्यवहार गर्नुभए पनि र उहाँले मलाई जुनसुकै गन्तव्य दिनुभए पनि, त्यो सबै परमेश्वरको धार्मिकता हो, र म समर्पित हुनेछु। यदि परमेश्वरले मलाई जेलमा मर्ने प्रबन्ध गर्नुहुन्छ भने, त्यो मेरा लागि सम्मानको कुरा हो—म परमेश्वरलाई यो जीवन अर्पण गर्न तयार छु। मैले चाहे जति नै ठूलो कष्ट भोगे पनि, मसँग एउटा अपरिवर्तनीय विश्वासको सार हुनेछ, जुन के हो भने, म आफ्नो जीवन परमेश्वरका हातमा सुम्पन्छु, र शैतानले मलाई चाहे जसरी कष्ट दिए पनि, बरबाद गरे पनि, वा यातना दिए पनि, म त्यससँग कहिल्यै हार मान्नेछैनँ। म मर्छु कि मर्दिनँ भन्ने बारे मलाई चिन्ता छैन। म मरे पनि, यो परमेश्वरको सार्वभौमिकताअन्तर्गत पर्छ र उहाँले नै यो पूर्वनियोजित गर्नुभएको हुन्छ। म अझै पनि परमेश्वरलाई धन्यवाद दिनेछु र उहाँको प्रशंसा गर्नेछु!” तँमा हुनुपर्ने आस्था त यस्तो प्रकारको हो; त्यस्तो आस्थाद्वारा मात्रै तँसँग साँचो हिम्मत हुन सक्छ। मानौँ, पक्राउ पर्नुभन्दा पहिले, तेरो जीवनमा साँच्चै नै यस्तो घटना घट्नुभन्दा पहिले, तैँले यी मामलाहरूलाई छर्लङ्ग देखेको हुन्छस्, तँसँग परमेश्वरमाथिको साँचो आस्था, परमेश्वरप्रति साँचो समर्पण, र जीवन र मृत्युका मामलाहरूका बारेमा साँचो बुझाइ र स्वीकार छ, र तैँले आफूलाई पूर्ण रूपमा परमेश्वरका हातमा सुम्पन सक्छस्, जब तँ साँच्चै पक्राउ पर्छस् र मृत्युको सम्भावनाको सामना गर्छस्, तब तेरो हृदयमा यी बुझाइहरू अपरिवर्तित नै रहन्छन् भने—तेरो आस्था डगमगाउनेछैन। परिस्थिति जेसुकै भए पनि, यदि तेरो आस्था तोडिँदैन वा पराजित हुँदैन भने, तँसँग सधैँ हिम्मत हुनेछ। मानौँ, पक्राउ पर्नुभन्दा पहिले, तेरो जीवनमा साँच्चै नै यस्तो घटना घट्नुभन्दा पहिले, तैँले यी कुराहरूबारे राम्ररी विचार गरेको छैनस् र कल्पनामा डुबेर यस्तो मात्रै सोच्छस्, “म आफ्नो ज्यान दिन इच्छुक छु। मलाई जीवन परमेश्वरले दिनुभएको थियो—सबैभन्दा खराब अवस्थामा, म परमेश्वरका लागि शहीदका रूपमा मर्नेछु!” त्यो अवस्थामा, जब ठूलो रातो अजिङ्गरले तँलाई यातना दिन्छ र त्यसपछि दश वर्षको जेल सजाय दिन्छ, तब तँ छक्क पर्नेछस्: “मलाई त मरेपछि नै कुरो टुङ्गिनेछ भन्ने लाग्थ्यो। यदि म शहीद भएको भए, परमेश्वरले मलाई सम्झनुहुनेथियो। म त्यो गवाही दिन असफल हुनेछु, र अन्त्यमा, मैले दश वर्षको जेल सजाय पाउनेछु भनेर मैले अपेक्षा नै गरेको थिइनँ। दश वर्ष—दश दिन वा दश महिना होइन! मैले कसरी यो सहने?” तैँले यसभन्दा पहिले यी कुराहरूका बारेमा विचार नगरेको हुनाले, के यस बेला तँलाई ती कुरा पत्ता लगाउन सजिलो हुनेछ? त्यो अलिक गाह्रो नै हुनेछ, होइन र? (हो।) जब कठिनाइहरू देखा पर्छन्, तब मानिसहरूले तिनलाई कसरी सम्हाल्ने र तीबाट कसरी उम्कने भन्ने बारेमा मात्रै सोच्छन्। यदि कठिनाइहरूबाट उम्कने तेरो इच्छाशक्ति बलियो छ भने, कष्टकर परिस्थितिका बीचमा तिनमा आफूलाई ढाल्ने तेरो इच्छाशक्ति अत्यन्तै कमजोर हुनेछ। त्यसकारण, कठिनाइहरू सामना गर्दा, तँलाई त्यस्तो वातावरणमा समर्पित हुन निकै गाह्रो हुन्छ। त्यसोभए त्यस्ता परिस्थितिहरूलाई कसरी समाधान गर्नुपर्छ? तैँले तुरुन्तै सत्यता खोजी गर्नुपर्छ र यी मामलाहरूका बारेमा राम्ररी सोच्नुपर्छ; तैँले सत्यता अभ्यास कसरी गर्ने भन्ने मार्ग पनि पत्ता लगाउनुपर्छ। उदाहरणका लागि, यदि तँलाई दश वर्ष जेल सजाय भयो भने, तैँले के सोच्नेछस्? “के मेरो श्रीमती (वा श्रीमान्) ले मसँग पारपाचुके गर्नेछन्? दश वर्षपछि मेरा छोराछोरी कति वर्षका हुनेछन्? मैले तिनीहरूप्रतिको आफ्नो जिम्मेवारी पूरा गरेको हुनेछैनँ—के तिनीहरूले बुढेसकालमा मलाई परित्याग गर्नेछन् र मेरो हेरचाह गर्न मान्नेछैनन्? रिहा भएपछि म कसरी जिउनेछु? दश वर्षपछि, मेरा आमाबुबा वृद्ध हुनेछन्, र मैले आमाबाबुप्रतिको आफ्नो जिम्मेवारी पूरा गरेको हुनेछैनँ—के त्यसले मलाई आमाबुबाप्रतिको कर्तव्य पूरा नगर्ने व्यक्ति तुल्याउनेछैन र? के दश वर्षपछि परमेश्वरको काम समाप्त हुनेछ? मैले जेलमा केही प्राप्त गरेको हुनेछैनँ—मैले कुनै पनि भेलामा सहभागिता जनाएको हुनेछैनँ, वा कुनै प्रवचन सुनेको हुनेछैनँ, र मैले सत्यता बुझेको हुनेछैनँ। के म यी दश वर्षको अवधिमा पछि परेको हुनेछैनँ र? के यसको अर्थ मलाई हटाइएको छ भन्ने हुनेछैन र? के परमेश्वरले अझै पनि मलाई चाहनुहुनेछ? यदि मैले यो कष्ट भोगेँ भने, के परमेश्वरले यो याद राख्नुहुनेछ? यदि उहाँले यो कुरा याद राख्नुभएन र मैले मुक्ति प्राप्त गर्न सकिनँ भने, के मैले जेलमा यो समय व्यर्थमा बिताएको हुनेछैनँ र? दश वर्षमा धेरै कुरा परिवर्तन हुनेछ, र मैले धेरै कुरा गुमाए पनि केही प्राप्त गर्नेछैनँ।” जब तैँले यी कुराहरूका बारेमा विचार गर्छस्, तब कठिनाइहरू पैदा हुन्छन्। तैँले यी कठिनाइहरूको सामना कसरी गर्नुपर्छ? के तैँले हरेक दिन कसरी पार गर्ने भनेर सोच्नु पर्दैन र? यदि तैँले यी कुराहरूका बारेमा राम्ररी विचार गरेको छैनस् र तँ सत्यता बुझ्ने र मामलाहरूलाई स्पष्ट रूपमा देख्ने अवस्थामा पुगेको छैनस् भने, जब तँ पक्राउ पर्छस्, तब तेरो जीवन र मृत्यु एउटै विचारमा नै निर्भर हुनेछ: एक क्षणको कायरता र डर, एउटा सोचाइ वा विचारले, तँलाई यहूदा बनाउन सक्छ, तैँले मण्डलीलाई घात गर्न सक्छस्, र तेरा पहिलेका सबै प्रयासहरूलाई बरबाद गर्न सक्छस्। यदि तैँले यस मामलालाई राम्ररी सोच्न वा यसलाई छर्लङ्ग देख्न सक्दैनस् भने, तँलाई तेरा सम्भाव्यता र नियतिका बारेमा चिन्ता नगरी बस्न निकै गाह्रो हुनेछ, र तेरो जीवन र मृत्युलाई परमेश्वरका हातमा सुम्पन र उहाँलाई आफ्नो इच्छा अनुसार योजनाबद्ध गर्न दिन निकै गाह्रो हुनेछ। यदि तँ जीवन र मृत्युका मामलाहरू छर्लङ्ग देख्न सक्दैनस् र अझै पनि आफ्नो भाग्य परीक्षण गर्ने, झारा टार्न चाहने मानसिकता बोक्छस् भने, जब तँमाथि वातावरण आउँछ, तब तँलाई प्रकाश गरिनेछ। पक्राउ परेर “तीन बयानको पत्र” मा हस्ताक्षर गरेर यहूदा बनेका सबै मानिसहरूले रातारात त्यसो गरेका थिए, र शैतानले तिनीहरूमा पशुको चिन्हको छाप हालेको थियो। व्यक्तिको जीवन र मृत्यु कहिलेकहीँ एउटै विचारमा नै निर्भर हुन्छ। सत्यताविना, सङ्कटबाट गुज्रन निकै गाह्रो हुन्छ। त्यसोभए, साँचो साहस भनेको के हो? यदि कसैले कठोर शक्तिको एउटा प्रस्फुटनमा भर परेर कुनै कुरा हासिल गर्छ भने, के त्यो साँचो साहस हो? होइन—त्यो त आवेग हो। साँच्चै हिम्मतिलो व्यक्तिको हृदयमा धेरै वटा सकारात्मक र नकारात्मक कुराहरूका बारेमा केही स्तरको सुझबुझ हुन्छ। ऊ आन्तरिक रूपमा सकारात्मक कुराहरूप्रति सहमत जनाउन, त्यसलाई स्वीकार गर्न, र दृढ रूपमा पहिचान गर्न सक्षम हुन्छ, यसरी ऊ सत्यता र परमेश्वरको सार्वभौमिकतामा समर्पित हुन सक्ने अवस्थामा पुग्छ। यसरी मात्रै तँसँग साँचो हिम्मत हुन सक्छ। यदि तँसँग हृदयमा यी कुराहरू छैनन् भने, तेरो साहस मूर्खता मात्रै हो—नवजात बाछाले बाघको डर नमान्नु जस्तै हो। त्यसकारण, परमेश्वरको प्रतिरोध गर्ने देशमा, परमेश्वरमा विश्वास गर्न र उहाँलाई पछ्याउनका लागि हिम्मत मात्रै होइन, तर अझै महत्त्वपूर्ण रूपमा, आस्था चाहिन्छ। तँ साहसी भएकोले होइन, तर तँसँग आस्था भएकोले तैँले परमेश्वरमा विश्वास गर्ने आँट गर्छस्। कतिपय मानिसहरू भन्छन्, “म साहसी भएकोले र सतावटको डर नमान्ने भएकोले मात्रै मैले परमेश्वरमा विश्वास गरेको हुँ भन्ने मलाई लाग्छ।” यो अभिव्यक्ति सही हुन सक्छ। तँ दुस्साहसका कारण विश्वास गर्छस्, तर तेरो मूर्खता, अज्ञानता, र सरलताका आधारमा हेर्दा, परमेश्वरले तँलाई विशेष अनुग्रह देखाउनुहुन्छ, तेरो लागि केही वातावरणहरू खडा गर्नुहुन्छ, साथै तँलाई सत्यताको मलजल र आपूर्ति दिनुहुन्छ। यसद्वारा, तँ निकै सत्यताहरू बुझ्न पुग्छस् र प्राप्त गर्छस्। समय बित्दै जाँदा, तेरो दुस्साहसले साँचो आस्थाका तत्त्वहरू प्राप्त गर्छ, र त्यसपछि मात्रै तेरो हिम्मत बढ्छ, र तँ भविष्यका वातावरण वा सतावट सामना गर्ने अझै बढी आँट गर्छस्। यदि कुनै व्यक्तिमा साँचो आस्था छैन र ऊ बलको प्रस्फुटनमा भर पर्छ अनि “म परमेश्वरमा विश्वास गर्ने आँट गर्छु! मलाई सतावटको वा पक्राउ पर्ने र जेल पर्ने डर लाग्दैन!” भनेर भन्छ भने—त्यस्तो हिम्मत लामो समयसम्म रहनेछैन। सत्यताको प्रबन्ध भएन भने, तँलाई तालिम दिन, अभ्यास गराउन, र विभिन्न कामकुरालाई सामना गर्न सिकाउनका लागि परमेश्वरले वास्तविक जीवनमा वातावरणहरू खडा गर्नुभएन भने, तेरो साहस विशुद्ध रूपमा दुस्साहस मात्रै हुन्छ, र यो साँचो आस्था बिलकुलै हुँदैन। बुझिस्? (बुझेँ।) यदि यो साँच्चै नै दुस्साहस हो भने, त्यसले तँलाई लापरवाह, मूर्ख, र अज्ञानी व्यक्ति बनाउँछ। परमेश्वरमा विश्वास गर्ने कतिपय मानिसहरूका विचारहरू अत्यन्तै सरल हुन्छन्, र तिनीहरूले परमेश्वरलाई पछ्याउँदा के-कस्ता खतराहरू समावेश हुन्छन् भन्ने कुराबारे पटक्कै पूर्वानुमान नगरी कामकुराहरू अत्यन्तै सीधा हुन्छन् भन्ने कल्पना गर्छन्। तर जब तिनीहरूले बाधाहरू सामना गर्छन्, तब मात्रै तिनीहरू परमेश्वरलाई पछ्याउनु सीधा कुरा होइन भन्ने महसुस गर्छन्। यदि व्यक्तिको साहस मानवताको असल गुण हो भने, कम्तीमा पनि, ऊ सरल र सीधा हुन्छ, जटिल हुँदैन, र उसले अगाडिको खोला र पछाडिको पहिरोबारे चिन्ता गर्दैन। तर मानौँ तेरो साहस आशिष्हरू प्राप्त गर्ने अभिप्रायले उत्प्रेरित छ, र तँ यस्तो सोच्छस्, “यदि परमेश्वरमा विश्वास गरियो भने, स्वर्गमा जान सकिन्छ, ठूला आशिष्हरू प्राप्त गर्न सकिन्छ, र प्रकोपहरूबाट उम्कन सकिन्छ र मृत्युबाट जोगिन सकिन्छ, त्यसकारण जेसुकै आइपरे पनि, म विश्वास गर्नेछु!” अर्को शब्दमा भन्दा, तेरो विश्वास कठोर शक्तिको दुस्साहसी प्रस्फुटनले उत्प्रेरित हुन्छ; यो सरल रूपमा, तेरो परमेश्वरमा विश्वास गर्ने कामना होइन; बरु, यो आशिष्हरूको पछि लाग्नु हो। त्यो अवस्थामा, तेरो साहस बढीमा दुस्साहस हो र यसलाई मानवताको असल गुणका रूपमा वर्गीकरण गर्न सकिँदैन। त्यसकारण, जब साहसी मानिसहरूको कुरा आउँछ, तब तैँले तिनीहरूको मानवताको सार कस्तो छ भन्ने कुरा हेर्नुपर्छ। यदि तिनीहरूसँग कुनै विवेक र समझ छैन र तिनीहरू दुस्साहसी मात्रै छन् भने, तिनीहरूको मूल्य थोरै हुन्छ र तिनीहरूले कुनै अर्थपूर्ण कुरा हासिल गर्न सक्दैनन्। तर यदि तिनीहरू परमेश्वरमा विश्वास गर्न र सत्यता स्वीकार गर्न सक्षम छन् भने, त्यस्ता मानिसहरूको मूल्य हुन्छ। यदि कुनै व्यक्ति साहसी छ तर उसमा कुनै बुझ्ने क्षमता छैन, उसले सत्यता बुझ्न सक्दैन, र उसले आशिष्हरू प्राप्त गर्नका खातिर मात्रै परमेश्वरमा विश्वास गर्छ, र ऊ आशिष्हरू प्राप्त गर्न आफ्नो परिवार र करियर त्याग्न इच्छुक हुन्छ र सतावटको डर मान्दैन भने—यो मानवताको असल गुण होइन बरु गलत विचार र दृष्टिकोण हो। के गलत विचार र दृष्टिकोणहरू परमेश्वरका अभिप्रायहरू अनुरूप हुन्छन्? (हुँदैनन्।) कुनै व्यक्ति डरपोक छ कि साहसी छ भन्ने कुरा उसको जन्मजात अवस्थासँग सम्बन्धित हुन्छ र उसको मानवताको सारसँग यसको त्यति सम्बन्ध हुँदैन।
यदि हामीले जन्मजात अवस्था, मानवता, र भ्रष्ट स्वभावहरूका विभिन्न प्रकटीकरणहरूका बारेमा सङ्गति नगरेका भए, के तिमीहरूले ती कुराहरू आफै खुट्ट्याउन सक्नेथियौ? (हामीले सायद सरल प्रकटीकरणहरू खुट्ट्याउन सक्नेथियौँ होला, तर अझै जटिल प्रकटीकरणहरू खुट्ट्याउन सक्नेथिएनौँ।) अहिले जन्मजात अवस्था, मानवता, र भ्रष्ट स्वभावहरूका बीचमा रहेका भिन्नताहरूका बारेमा सङ्गति गरिएका हुनाले, के अब तिमीहरू ती कुराहरूलाई खुट्ट्याउन सक्छौ त? (हामी तिनलाई पहिला भन्दा अलिक राम्ररी खुट्ट्याउन सक्छौँ।) त्यसोभए यदि मैले अझै केही असामान्य उदाहरणहरू दिएँ भने, के मैले सङ्गति गरेको कुराका आधारमा तिमीहरू तिनलाई खुट्ट्याउन सक्नेछौ? यो कुरा भन्न गाह्रो छ, होइन र? त्यसोभए अर्को पटक, हामी यस विषयसँग सम्बन्धित समस्याहरूबारे सङ्गति गर्न जारी राख्नेछौँ। हामीले थप सङ्गति गर्दै जाँदा, तिमीहरूले फरक-फरक प्रकारका समस्याहरूलाई खुट्ट्याउने केही नियमहरू पहिचान गर्नेछौ। मानवताका विभिन्न प्रकटीकरणहरू, जन्मजात अवस्थाहरू, र भ्रष्ट स्वभावहरूका हकमा भन्दा, तिमीहरूले सङ्गति गरिएका प्रकटीकरणहरूलाई सामान्यतया खुट्ट्याउन सक्छौ। सङ्गति नगरिएका प्रकटीकरणहरूका हकमा भन्दा, आत्मिक बुझाइ भएका वा सत्यताको खोजी कसरी गर्ने भन्ने थाहा भएका मानिसहरूले मात्रै तीमध्ये केही खुट्ट्याउन सक्छन्। कमजोर क्षमता भएका मानिसहरू चुक्न सक्छन् र तिनलाई खुट्ट्याउन सक्दैनन्, त्यसकारण तिनीहरूले अझै बढी सुन्नुपर्छ र अझै धेरै प्रश्नहरू सोध्नुपर्छ। यदि हामीले यी समस्याहरूका बारेमा सङ्गति गरेनौँ भने, ती तिमीहरूका लागि सधैँ अस्पष्ट नै रहनेछन्, र तिमीहरूले भन्ने कुरा पनि अस्पष्ट नै हुनेछ; तिमीहरूको बुझाइ र सत्यताबारे विशुद्ध बुझाइका बीचमा सधैँ एउटा अन्तराल हुनेछ, होइन र? (हो।)
आज हामीले क्षमताका मामलाहरूका बारेमा सङ्गति गऱ्यौँ। के अब तिमीहरू मानिसहरूको क्षमता कस्तो छ भनेर खुट्ट्याउन सक्छौ? (हामीले लगभग खुट्ट्याउन सक्छौँ।) यदि तिमीहरू त्यो खुट्ट्याउन सक्दैनौ भने, समय लगाएर कामकुराहरू अनुभव गर। दैनिक जीवनमा, तिमीहरूले यी मामलाहरू सामना गर्नेछौ। हाम्रो सङ्गतिका शब्दहरूलाई वास्तविक जीवनमा लागू गर्न, तिनलाई मानिसहरूका प्रकटीकरणहरूसँग अलि अलि गर्दै तुलना गर्न सिक—आफूलाई खुट्ट्याउन र अरूलाई खुट्ट्याउन, आफूलाई चिन्न र अरूलाई चिन्न सिक। बिस्तारै, तैँले यी कुराहरू मापन गर्न सक्नेछस् र तँसँग यसो गर्ने मानक हुनेछ। मानिसहरू र कामकुराहरूलाई हेर्ने, साथै आफूलाई आचरणमा ढाल्ने र कार्य गर्ने सिद्धान्तहरू झन्-झन् स्पष्ट हुँदै जानेछन्। हामीले जन्मजात अवस्थाहरू, मानवता, र भ्रष्ट स्वभावहरू खुट्ट्याउने विभिन्न पक्षहरूका बारेमा धेरै सङ्गति गरेका छौँ। हामीले मानवताका जुनसुकै प्रकटीकरण वा प्रकाशहरूका बारेमा सङ्गति गरे पनि, तीमध्ये कुनै पनि खोक्रा शब्दहरू होइनन्—यी सबै कुरालाई वास्तविक जीवनमा सामना गर्न, देख्न, र अनुभूत गर्न सकिन्छ। त्यसकारण, तैँले परमेश्वरका वचनहरूलाई विभिन्न कामकुराहरू र विभिन्न प्रकारका मानिसहरूसँग तुलना गर्दै हेर्न सिक्नुपर्छ। हाम्रो सङ्गतिका विभिन्न स्थिति र मामलाहरूलाई वास्तविक जीवनसँग दाँज्न सिकेर मात्रै तैँले मानिसहरू र कामकुराहरूलाई हेर्ने, साथै आफूलाई आचरणमा ढाल्ने र कार्य गर्ने कुरामा बिस्तारै प्रगति गर्न सक्छस्, सत्यतासँग सम्बन्धित विभिन्न मामलाहरूका बारेमा सही बुझाइ प्राप्त गर्न सक्छस्, र विभिन्न सत्यता सिद्धान्तहरू बिस्तारै बोध गर्न सक्छस्। बुझिस्? (बुझेँ।) हामीले छलफल गरेका मामलाहरू मुख्य रूपमा मानिसहरूले प्रदर्शन गर्ने विभिन्न स्थिति र प्रकटीकरणलाई चिन्नका लागि प्रयोग गरिने भए पनि, र तिनले तँलाई सीधै सत्यता बुझ्न र त्यसमा प्रवेश गर्न सहयोग नगरे पनि, यी सबै मामलाले सत्यतासम्बन्धी तेरो बुझाइ, साथै सत्यता वास्तविकताभित्रको तेरो प्रवेशमा असर गर्नेछन्। त्यसकारण, मानिसहरूका धारणाहरूमा, यी मामलाहरू मानवता, जन्मजात अवस्थाहरू, वा केही स्पष्ट भ्रष्ट स्वभावहरूसँग मात्रै सम्बन्धित छन् जस्ता देखिए पनि, हरेक मामला र हरेक अभिव्यक्ति मानिसहरूको सत्यता प्रवेशसँग सम्बन्धित हुन्छ। र त्यसकारण, यी मामलाहरू सत्यतामा प्रवेश गर्ने मार्गमा तैँले सामना गर्नैपर्ने कुराहरू हुन्—तँ ती कुराहरूबाट जोगिन सक्दैनस्। सकारात्मक होस् वा नकारात्मक होस्, मानवताका विभिन्न मामला र प्रकटीकरणहरू, सबै तैँले दैनिक जीवनमा विभिन्न वातावरणहरूमा सामना गर्ने र भेट्ने कुराहरू नै हुन्। यदि, जब तँ विभिन्न मामलाहरू सामना गर्छस्, तब तँ तीमध्ये कुनै पनि कुरालाई खुट्ट्याउन सक्दैनस् र ती सबलाई सामान्यीकरण गर्छस् भने, र हाम्रो सङ्गतिका सत्यता सिद्धान्तहरूलाई प्रावधान वा धर्मसिद्धान्तहरूका रूपमा लिन्छस् भने, तँ कहिल्यै सत्यता वास्तविकतामा प्रवेश गर्न सक्नेछैनस्। किन? किनभने तैँले सत्यता के हो भन्ने कुरा कहिल्यै बुझ्नेछैनस्।
हुन्छ, आजको सङ्गति यति हो। छुटौँ!
नोभेम्बर २५, २०२३