सत्यता कसरी पछ्याउने (७) भाग छ

मानिसहरूको क्षमताको मूल्याङ्कन गर्ने विभिन्‍न सामर्थ्यका यी विशिष्ट प्रकटीकरणहरूबारे सुनेपछि, तिमीहरूले आफ्नो मूल्याङ्कन गर्छौ र थाहा पाउँछौ कि बढीमा तिमीहरूसँग औसत क्षमता मात्र छ, जुन राम्रो क्षमता हुने स्तरमा पुग्दैन। त्यसोभए, राम्रो क्षमताको स्तरमा पुग्ने को-को हुन्छन्? तिनीहरू पवित्र आत्माद्वारा प्रयोग गरिने मानिसहरू हुन्छन्। यदि परमेश्‍वरले तँलाई राम्रो क्षमता दिनुहुन्छ भने, तैँले राम्रो क्षमतासँग मिल्ने काम नै सम्हाल्नुपर्छ। यदि तैँले त्यस्तो काम सम्हाल्नुपर्ने कुनै आवश्यकता छैन भने, परमेश्‍वरले तँलाई औसत क्षमता दिनु नै धेरै राम्रो कुरा हो—यो परमेश्‍वरको अनुग्रह हो। यदि परमेश्‍वरले तँलाई औसत क्षमता दिनुभयो भने, तैँले धेरै ठूलो काम गर्न सक्दैनस्, त्यसैले तँ अहङ्कारी बन्‍न सक्दैनस्। यो तेरा लागि सुरक्षा हो। तँलाई औसत क्षमता दिइएपछि, तँसित धाकरवाफ लाउने पुँजी हुँदैन, न त तैँले धर्ती हल्लिने कुनै योगदान नै दिन सक्छस्। तैँले सधैँ यस्तो सोच्नुपर्छ, “मेरो क्षमता औसत छ; म न त यो क्षेत्रमा राम्रो छु, न त्यो क्षेत्रमा नै। मैले आफ्नो कर्तव्य पूरा गर्दा सावधान भएर सत्यता सिद्धान्तहरू खोज्नैपर्छ।” जब तँलाई सबै पक्षहरूमा आफूमा कमी छ जस्तो लाग्छ, तब तँ अझ शिष्ट र अझ नियमपालन गर्ने, र अझ संयमित बन्छस्। उदाहरणका लागि, चाहे तिमीहरूले जेसुकै काम गर, चाहे तँ सुपरिवेक्षक होस् वा साधारण सदस्य, यदि कुनै निश्‍चित अवधिमा तेरो काम तुलनात्मक रूपमा सहज तरिकाले अघि बढ्छ, त्यसले केही नतिजाहरू ल्याउँछ, र उपलब्धिहरू तुलनात्मक रूपमा उत्कृष्ट हुन्छन्, र तैँले माथिबाट अनुमोदन प्राप्त गर्छस् भने, तेरो मानसिकता कस्तो हुनेथ्यो? (हामी दम्भी बन्नेथियौँ, आफू असल भएको ठान्नेथियौँ, र हामीलाई उप्रान्त सत्यता खोज्न सजिलो हुनेथिएन।) त्यसपछि तँलाई नियमहरू पालना गर्न र आफूलाई आचरणमा ढाल्दा विनम्र रहन कठिन हुनेथियो। यो तेरा लागि निकै खतरनाक प्रलोभन हो; यो राम्रो सङ्केत होइन। तर, विभिन्‍न सामर्थ्यका हिसाबले तँमा कमी र खोटहरू भएकाले, र काम गर्दा तैँले कि त एउटा पक्षलाई ख्याल गर्न नसक्ने कि अर्को पक्ष अनुमान गर्न नसक्ने वा नदेख्ने र बिर्सने, कहिले एउटा पक्षका सम्बन्धमा काटछाँटमा पर्ने वा कहिले अर्को पक्षमा झट्का र धक्काहरू सामना गर्ने हुनाले, हृदयको गहिराइमा, तैँले आफूलाई निरन्तर चेतावनी दिन्छस्: “म सक्षम छैनँ। मेरो क्षमता कमजोर छ, र म सत्यता बुझ्दिनँ। म सिद्धान्तहरू बुझ्दिनँ।” यसरी, तँ कामकुरा गर्दा निकै सजग बन्छस्, गल्तीहरू गर्न र काटछाँटमा पर्नबाट निकै डराउँछस्, बाधा र अवरोध पुर्‍याउनबाट निकै डराउँछस्, र क्षति निम्त्याउनेगरी काममा छिद्रहरू सिर्जना गर्नबाट निकै डराउँछस्। विभिन्‍न पक्षमा तँमा सामर्थ्यको कमी हुने वा त्यो निकै औसत हुने भएकाले, कामका लागि योग्य हुने तेरो सक्षमता पनि निकै औसत हुन्छ, साथै तैँले गर्ने काम निकै औसत हुन्छ। त्यसैले तँलाई धाकरवाफ लाउनुपर्ने केही छैन भन्‍ने लाग्छ—तैँले कठिनाइपूर्वक केही नतिजा हासिल गर्न सकिस् भने पनि, तैँले पर्दापछाडि धेरै कठिनाइ सहेपछि र अत्यन्तै ठूलो मेहनत लगाएपछि मात्र ती हासिल गर्छस्। तँ अरूका अगाडि आफू सक्षम र निकै सिपालु भएको ढोँग गर्न चाहन्छस्, तर तेरो हृदयमा आत्मविश्‍वास हुँदैन। तँलाई थाहा छ कि तैँले जे गरे पनि, तँ त्यो राम्रोसँग गर्न सक्दैनस्, र अझै पनि माथिले त्यसको जाँच गर्नुपर्छ। कतिपय कुरामा, काटछाँटको सामना गर्नुपर्दा मात्र तैँले आफू कहाँ गलत छु भनेर थाहा पाउँछस्, र आफ्नो क्षमता कति साह्रो कमजोर छ भनेर देख्छस्। यसरी, तँ अहङ्कारी बन्‍न सक्नेछैनस्। अर्थात्, तेरो वरपर सधैँ तेरोभन्दा उत्कृष्ट क्षमता भएको कोही न कोही हुनेछ, साथै सत्यता र परमेश्‍वरका माग गरिएका मानकहरूले तँलाई सधैँ रोकिरहेका हुनेछन्। तँलाई यस्तो महसुस हुन्छ, “मैले गर्न सकेको थोरै काम माथिको छानबिन र निर्णयले गर्दा मात्र सम्भव भएको हो; माथिकाले बारम्बार जाँच, परीक्षण, र सच्याउने काम गरेकाले मात्र त्यो पूरा भएको हो। मसँग घमण्ड गर्नका लागि केही छैन।” तैँले अर्को पटक केही काम गर्दा, तँ अझै पनि आफ्नो सीप प्रदर्शन गर्नेबारे सोच्छस्, तर अझै पनि त्यो राम्रोसँग गर्न सक्दैनस् र कहिल्यै उत्कृष्ट बन्‍न सक्दैनस्। तेरा क्षमता र सामर्थ्यहरू सीमित भएकाले गर्दा नै तैँले आफ्नो कर्तव्य निर्वाह गर्नुका नतिजाहरू सधैँ औसत हुन्छन्, सधैँ तैँले आदर्श मान्ने तह वा मानकमा पुग्न सक्दैनन्। त्यसकारण, अचेतन रूपमा, तैँले निरन्तर यो महसुस गर्दै जान्छस् कि तँ कुनै उत्कृष्ट, श्रेष्ठ वा असाधारण व्यक्ति होइनस्। क्रमिक रूपमा, तैँले बुझ्न थाल्छस् कि तेरो क्षमता तैँले कल्पना गरे जति राम्रो छैन, बरु एकदमै साधारण छ। यो वृद्धिशील प्रक्रियाले तँलाई आफूलाई चिन्‍न निकै मद्दत गर्छ—तैँले व्यावहारिक तरिकाले केही असफलता र झट्काहरू अनुभव गर्छस्, र भित्री रूपमा चिन्तन गरेपछि, तैँले आफ्नो स्तर, सामर्थ्य र क्षमताको अझ सटीक मूल्याङ्कन गर्छस्। तैँले झन्-झन् बुझ्दै जान्छस् कि तँ राम्रो क्षमताको व्यक्ति होइनस्, तँसित केही सबल पक्ष र वरदानहरू, तजबिज गर्ने थोरै सामर्थ्य भए पनि, वा कहिलेकाहीँ तँसित केही युक्ति वा योजनाहरू भए पनि, तँ अझै सत्यता सिद्धान्तहरूको स्तरसम्म पुगेको छैनस्, परमेश्‍वरका मागहरू र सत्यताका मानकहरूभन्दा धेरै टाढा छस्, र सत्यता वास्तविकता हुनुको मानकबाट त झनै टाढा छस्—अचेतन रूपमा, तैँले आफूबारे यस्ता मूल्याङ्कन र आकलनहरू गर्छस्। आफ्नो मूल्याङ्कन र आकलन गर्ने क्रममा, तेरो आत्मज्ञान झन्-झन् सटीक बन्दै जान्छ, साथै तेरा भ्रष्ट स्वभावहरू र भ्रष्टताका प्रकटीकरणहरू झन्-झन् कम हुनेछन्, झन् रोकिनेछन् र नियन्त्रित बन्नेछन्। अवश्य पनि, तेरा भ्रष्ट स्वभावहरू नियन्त्रित हुनु नै उद्देश्य होइन। उद्देश्य चाहिँ के हो? उद्देश्य के हो भने, तेरा भ्रष्ट स्वभावहरू नियन्त्रित हुँदै गर्दा, तैँले विस्तारै सत्यताको खोजी गर्न र शिष्ट रूपमा आफूलाई आचरणमा ढाल्न सिक्दै जान्छस्, सधैँ ठूला-ठूला विचारहरू फलाक्न वा आफ्ना सीपहरू प्रदर्शन गर्न खोज्दैनस्, सधैँ प्रतिस्पर्धात्मक हिसाबले सबैभन्दा राम्रो वा बलियो बन्ने कोसिस गर्दैनस्, र सधैँ आफूलाई प्रमाणित गर्ने कोसिस गर्दैनस्। यो सचेतना तेरो हृदयमा लगातार कुँदिँदै जाँदा, तैँले मनन गर्नेछस्, “मैले यसो गर्नुका सत्यता सिद्धान्तहरू के-के हुन्, र यसबारे परमेश्‍वरले के भन्‍नुहुन्छ भनेर खोजी गर्नैपर्छ।” यो सचेतना बिस्तारै तेरो हृदयको गहिराइभित्र स्थापित हुनेछ, र तैँले जति मात्रामा परमेश्‍वरको वचन र सत्यताको खोजी, स्वीकार र ग्रहण गर्छस्, त्यो झन्-झन् उच्च हुनेछ, जुन तेरा लागि मुक्ति प्राप्त गर्ने आशाको सङ्केत हो। तैँले सत्यतालाई जति बढी स्विकार्न सक्छस्, तेरा भ्रष्ट स्वभावहरू त्यति कम प्रकट हुनेछन्; अझ राम्रो नतिजा त के हो भने, तैँले परमेश्‍वरको वचनलाई अभ्यासको मानकका रूपमा प्रयोग गर्ने अवसरहरू अझ धेरै पाउनेछस्। के यो बिस्तारै मुक्तिको मार्गमा लाग्नु होइन र? के यो राम्रो कुरा होइन र? (हो।) तर यदि तेरा सबै सामर्थ्य मानिसहरूमाझ श्रेष्ठ र सिद्ध अनि असाधारण छन् भने, के तँ मामलाहरू सम्हाल्ने र आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा अझै पनि सत्यताको खोजी गर्न सक्छस्? त्यो कुरा भन्‍न गाह्रो छ। सबै क्षेत्रमा असाधारण सामर्थ्य भएका व्यक्तिका लागि आफूलाई चिन्‍न शान्त हृदय र विनम्र मनोवृत्तिका साथ परमेश्‍वरसामु आउन, आफ्ना खोट र भ्रष्ट स्वभावहरू थाहा पाउन, अनि सत्यताको खोजी गर्ने, सत्यतालाई स्विकार्ने, र त्यसपछि सत्यतालाई अभ्यास गर्ने बिन्दुमा पुग्न निकै कठिन हुन्छ। यसो गर्न अत्यन्तै कठिन हुन्छ, होइन र? (हो।)

औसत क्षमता भएका मानिसहरूमा परमेश्‍वरका असल अभिप्रायहरू हुन्छन्; अत्यन्तै कमजोर क्षमता भएका मानिसहरूमा पनि परमेश्‍वरका असल अभिप्रायहरू हुन्छन्। परमेश्‍वरले तँलाई मुक्ति दिन चाहनुहुने भएकाले तँलाई अत्यन्तै राम्रो क्षमता दिनुहुन्‍न। किन? परमेश्‍वर मानिसहरूलाई विभिन्‍न जन्मसिद्ध अवस्थाहरू दिनुहुन्छ, जस्तै तिनीहरूको पारिवारिक पृष्ठभूमि, रूप, जन्मजात प्रवृत्तिहरू, व्यक्तित्व, र विभिन्‍न जीवन सामर्थ्य। परमेश्‍वर मानिसहरूलाई निश्‍चित सबल पक्ष, रुचि, र सोखहरू पनि दिनुहुन्छ, र कतिपय मानिसलाई त विशेष वरदानहरू समेत प्रदान गर्नुहुन्छ। यो नै पर्याप्त हुन्छ। यी तेरो व्यक्तिगत अस्तित्वलाई कायम राख्नका लागि पर्याप्त हुन्छन्। यीसँगै तँसित स्वतन्त्र रूपमा जिउने सामर्थ्य र अवस्थाहरू हुन्छन् र निश्‍चित स्तरको क्षमताका आधारमा, तैँले परमेश्‍वरका वचनहरू स्विकार्न, विभिन्‍न मात्रामा आफ्ना भ्रष्ट स्वभावहरू फाल्न, र मुक्ति प्राप्ति हासिल गर्न सक्छस्। यही कारणले गर्दा परमेश्‍वरले मानिसहरूलाई अत्यन्तै उच्च क्षमता दिनुहुन्‍न। परमेश्‍वरले मानिसहरूलाई अत्यन्तै उच्च क्षमता दिनुहुन्‍न। एक त, यो कुरा मानिसहरू यो आधारभूत अवस्थाले गर्दा अलि व्यावहारिक रहन सकून्, र आफू साधारण, औसत, र भ्रष्ट स्वभाव भएका मानिस भएको अनुभूतिमा आधारित भएर, तिनीहरूले स्वेच्छाले परमेश्‍वरको काम र परमेश्‍वरको मुक्ति स्विकार्न सकून् भन्‍नका लागि हो। यसरी मात्र मानिसहरूसित परमेश्‍वरका वचनहरू स्विकार्ने आधारभूत अवस्था हुन्छ। अर्को कुरा, यदि मानिसहरूमा निकै राम्रो क्षमता र अत्यन्तै तीव्र दिमाग छ, र सबै पक्षमा तिनीहरूको सामर्थ्य निकै बलियो छ, तिनीहरू सबै असाधारण छन्, जसले गर्दा संसारमा तिनीहरूको सब थोक सहज रूपमा चलिरहेको छ—तिनीहरूले व्यवसायमा धेरै पैसा कमाइरहेका छन्, तिनीहरूको राजनीतिक करियर निकै सहजतापूर्वक अघि बढिरहेको छ, तिनीहरूले जुनसुकै परिस्थितिमा सहजै काम गरिरहेका छन्, र पानीभित्रको माछाझैँ अनुभूति गरिरहेका छन् भने—त्यस्ता मानिसहरू सजिलै परमेश्‍वरसामु आउन र परमेश्‍वरको मुक्ति स्विकार्न सक्दैनन्, होइन र? (हो।) परमेश्‍वरले मुक्ति दिनुहुने अधिकांश मानिसहरू संसारमा वा समाजका मानिसहरूमाझ उच्च पदमा हुँदैनन्। तिनीहरूका क्षमता र सामर्थ्य औसत वा कमजोरसमेत हुने, र तिनीहरूले संसारमा लोकप्रियता वा सफलता पाउन सङ्घर्ष गर्ने, तिनीहरूलाई संसार सधैँ उजाड र अन्यायी भएको महसुस हुने भएकाले, तिनीहरूलाई आस्थाको आवश्यकता हुन्छ, र अन्ततः तिनीहरू परमेश्‍वरसामु आउँछन् र परमेश्‍वरको घरभित्र प्रवेश गर्छन्। यो परमेश्‍वरले मानिसहरूलाई रोज्दा तिनीहरूलाई दिनुहुने एउटा आधारभूत अवस्था हो। यो आवश्यकता हुँदा मात्र तैँले परमेश्‍वरको मुक्ति स्विकार्ने चाहना राख्न सक्छस्। यदि सबै पक्षहरूमा तेरा अवस्थाहरू संसारमा केही हासिल गर्न लागिपर्नका लागि राम्रा र उचित छन्, र तँ सधैँ आफ्नो नाम राख्न चाहन्छस् भने, तँसँग परमेश्‍वरको मुक्ति स्विकार्ने चाहना हुनेथिएन, न त तैँले परमेश्‍वरको मुक्ति प्राप्त गर्ने अवसर नै पाउनेथिइस्। तँसित औसत वा कमजोर क्षमता हुन सक्ने भए पनि, परमेश्‍वरको मुक्ति पाउने अवसर हुने भएकाले तँ अझै पनि गैरविश्‍वासीहरूभन्दा निकै बढी आशिषित् हुन्छस्। त्यसकारण, कमजोर क्षमता हुनु तेरो कमजोरी होइन, न त यो तैँले आफ्ना भ्रष्ट स्वभावहरू फाल्ने र मुक्ति हासिल गर्ने काममा हुने अवरोध नै हो। अन्तिममा भन्‍नुपर्दा, तँलाई यो क्षमता दिनुभएको परमेश्‍वरले नै हो। तँसित त्यति नै हुन्छ जति परमेश्‍वरले तँलाई दिनुहुन्छ। यदि परमेश्‍वरले तँलाई राम्रो क्षमता दिनुहुन्छ भने, तँसित राम्रो क्षमता हुन्छ। यदि परमेश्‍वरले तँलाई औसत क्षमता दिनुहुन्छ भने, तेरो क्षमता औसत हुन्छ। यदि परमेश्‍वरले तँलाई कमजोर क्षमता दिनुहुन्छ भने, तेरो क्षमता पनि कमजोर नै हुन्छ। यो कुरा बुझेपछि, तैँले यो परमेश्‍वरबाट आएको भनी स्विकार्नुपर्छ र तँ परमेश्‍वरका सार्वभौमिकता र बन्दोबस्तहरूप्रति समर्पित हुन सक्नुपर्छ। समर्पित हुनका लागि कुन सत्यता आधार बन्छ? त्यस्ता बन्दोबस्तहरूमा परमेश्‍वरका असल अभिप्रायहरू हुन्छन्; परमेश्‍वर श्रमसाध्य रूपमा विचारशील हुनुहुन्छ, र मानिसहरूले गुनासो गर्नु वा परमेश्‍वरको हृदयलाई गलत रूपमा बुझ्नु हुँदैन भन्‍ने सत्यता। परमेश्‍वरले तँलाई न त तेरो राम्रो क्षमताका कारण उच्च सम्मान गर्नुहुनेछ, न तेरो कमजोर क्षमताका लागि तिरस्कार वा घृणा नै गर्नुहुनेछ। परमेश्‍वरले के कुरालाई घृणा गर्नुहुन्छ? परमेश्‍वरले घृणा गर्ने भनेको मानिसले सत्यतालाई प्रेम वा स्वीकार नगर्नु, सत्यतालाई बुझ्ने तर अभ्यास नगर्नु, आफूले गर्न सक्ने काम नगर्नु, आफ्ना कर्तव्यमा आफ्नो सबथोक दिन नसक्नु तर सधैँ अत्यधिक चाहनाहरू राख्नु, सधैँ हैसियत चाहनु, सधैँ पदका लागि होड गर्नु, र सधैँ उहाँप्रति मागहरू राख्नु हो। परमेश्‍वरलाई घिनलाग्दो र घृणास्पद लाग्ने कुरा नै यही हो। सुरुमै तँसित कमजोर क्षमता छ वा क्षमता नै छैन, जसले गर्दा तँ कुनै पनि काम गर्न असक्षम छस्, तैपनि तँ सधैँ अगुवा बन्‍न चाहन्छस्; तँ सधैँ पद र शक्तिका लागि होड गर्छस्, र सधैँ भविष्यमा तँ राज्यमा प्रवेश गर्न, आशिष् प्राप्त गर्न, र राम्रो गन्तव्यमा पुग्न सक्छस् भनेर परमेश्‍वरले निश्‍चित जबाफ दिनुहोस् भन्‍ने चाहन्छस्। परमेश्‍वरले तँलाई रोज्नु नै अत्यन्तै ठूलो बढाइ हो, तर तँ औँलो दिँदा डुँडुलो निल्न खोज्छस्। परमेश्‍वरले तँलाई तैँले प्राप्त गर्नुपर्ने चीज दिनुभएको छ, र तैँले परमेश्‍वरबाट धेरै कुरा पाइसकेको छस्, तर तँ अझै अव्यावहारिक मागहरू राख्छस्। परमेश्‍वरले यही कुरालाई घृणा गर्नुहुन्छ। तेरो क्षमता निकै कमजोर छ, वा तँ मानव बौद्धिकताको स्तरमा समेत पुग्दैनस्, तैपनि परमेश्‍वरले तँलाई जनावरझैँ व्यवहार गर्नुभएको छैन, बरु अझै मानवकै रूपमा व्यवहार गर्नुहुन्छ। त्यसकारण, तैँले मानवले गर्नैपर्ने काम गर्नुपर्छ, मानवले भन्‍नै पर्ने कुरा भन्‍नुपर्छ, र परमेश्‍वरले तँलाई दिनुभएको सबथोक उहाँबाट आएको भनी स्विकार्नुपर्छ। तैँले जे कर्तव्य पूरा गर्न सक्छस्, त्यो गर्। परमेश्‍वरलाई निराश नबना। परमेश्‍वरले तँलाई मानवका रूपमा व्यवहार गर्ने भएकै कारण “परमेश्‍वरले मलाई मानवका रूपमा व्यवहार गर्नुहुने हुनाले, उहाँले मलाई योभन्दा राम्रो क्षमता दिनुपर्छ, मलाई टोली प्रमुख, सुपरिवेक्षक, वा अगुवा हुन दिनुपर्छ। उहाँले मैले थकाइ लाग्ने कुनै काम गर्नु नपर्ने, परमेश्‍वरको घरले निःशुल्क रूपमा मेरो भरणपोषण गर्ने, र मैले मेहनत लगाउन वा थकाइ सहन नपर्ने वातावरण सिर्जना गरेर मलाई जे मन लाग्छ त्यो गर्न दिनुभए उत्तम हुनेथियो” भन्दै औँलो दिँदा डुँडुलो निल्न नखोज्। यी सबै अनुचित माग हुन्। यी सृजित प्राणीमा हुनुपर्ने वा उसले अघि सार्नुपर्ने प्रकटीकरणहरू वा अनुरोधहरू होइनन्। परमेश्‍वरले तँलाई तेरो कमजोर क्षमताअनुसार व्यवहार गर्नुभएको छैन, बरु त्यसको सट्टामा तँलाई रोज्नुभएको र कर्तव्य पूरा गर्ने अवसर दिनुभएको छ। यो परमेश्‍वरको बढाइ हो। तैँले औँलो दिँदा डुँडुलो निल्न खोज्ने र परमेश्‍वरसँग अनुचित मागहरू राख्ने गर्नु हुँदैन। बरु, तैँले परमेश्‍वरलाई धन्यवाद दिनुपर्छ, र परमेश्‍वरको प्रेमको ऋण तिर्नका लागि आफ्नो कर्तव्य पूरा गर्नुपर्छ। यो परमेश्‍वरले तँबाट गर्नुहुने माग हो। तेरो क्षमता कमजोर छ, तर परमेश्‍वरले राम्रो क्षमता भएका मानिसहरूका मानकअनुसार तँबाट माग गर्नुभएको छैन। तँमा क्षमता र बौद्धिकताको कमी छ, तर तँ राम्रो क्षमता भएका मानिसहरू पुग्न सक्ने मानकमा पुग्नुपर्छ भनेर परमेश्‍वरले माग गर्नुभएको छैन। तँ जे गर्न सक्षम छस्, त्यही मात्र गर्। परमेश्‍वर माछालाई जमिनमा जिउन बाध्य पार्नुहुन्न। यति मात्र हो कि, तँ नै सधैँ अत्यधिक चाहनाहरू राख्छस्, र सधैँ साधारण व्यक्ति, कमजोर क्षमता भएको औसत व्यक्ति बन्‍न अनिच्छुक हुन्छस्; कुरा के हो भने, तँ आफूलाई चर्चामा नल्याउने यी श्रमसाध्य कामहरू गर्न चाहँदैनस्, र आफ्नो कर्तव्य पूरा गर्दा तँ सधैँ कठिनाइलाई मन पराउँदैनस् र थकाइबाट टाढै रहन्छस्, रोजीछाडी काम गर्छस्; तँ सधैँ मनोमानी गर्छस् र सधैँ तेरा आफ्नै योजना र प्राथमिकताहरू हुने गर्छन्—परमेश्‍वरले तँलाई अन्याय गर्नुभएको होइन। त्यसोभए, मानिसहरूले कसरी आफ्नो क्षमतालाई सही रूपमा लिनुपर्छ? पहिलो कुरा, परमेश्‍वरले तँलाई जस्तो क्षमता दिनुहुन्छ, तैँले त्यो परमेश्‍वरबाट आएको भनी स्विकार्नुपर्छ र तँ परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तप्रति समर्पित हुनुपर्छ। यो नै मानिसहरूमा हुनुपर्ने सबैभन्दा आधारभूत विचार र दृष्टिकोण हो। यो दृष्टिकोण सही छ, र यो जुनसुकै परिस्थितिमा खरो उत्रन्छ। परिस्थितिहरू जति परिवर्तन भए पनि सधैँ स्थिर रहने सत्यता सिद्धान्त यही नै हो। अर्को कुरा, चाहे तेरो क्षमता राम्रो, औसत, वा कमजोर होस्, वा हुँदै नहोस्, तैँले आफ्नो क्षमताले हासिल गर्न सकिने काम गर्नुपर्छ। तैँले न त केही कुरा लुकाएर राख्नुपर्छ, न उत्कृष्ट देखिन खोज्नुपर्छ। चाहे तेरो क्षमता राम्रो होस् या औसत, तँ आफ्नो क्षमता र सामर्थ्यका दायराभित्र पर्ने कामकुरा मात्र गर्न सक्छस्; धाकरवाफ देखाउनुपर्ने कुरा नै छैन—परमेश्‍वरले तँलाई दिनुभएको कुरा नै त्यही हो; तैँले त्यो अर्पण गर्नुपर्छ। तेरो पूरै सत्त्व, तेरो सास, तेरा जन्मसिद्ध अवस्थाहरू, तेरो क्षमताका सबै पक्षमा तेरा सामर्थ्यहरू परमेश्‍वरले दिनुभएको हो। अहिले तैँले बुझेका विभिन्‍न सत्यता सिद्धान्तहरू पनि परमेश्‍वरले नै प्रदान गर्नुभएको हो। परमेश्‍वरको कामविना र परमेश्‍वरले मानिसहरूलाई प्रदान गर्नुहुने विभिन्‍न जन्मसिद्ध अवस्थाहरूबिना, मानिसहरू एक मुट्ठी माटोबाहेक केही पनि होइनन्। त्यसकारण, मानिसहरूले धाकरवाफ देखाउनुपर्ने कुरा केही छैन। यो दोस्रो पक्ष हो। अर्को पक्ष पनि छ: चाहे तेरो क्षमता औसत वा कमजोर होस् या हुँदै नहोस्, तैँले त्यसलाई सही रूपमा लिनैपर्छ। पहिले, तेरो क्षमता कुन स्तरमा पर्छ भनेर चिन्, त्यसपछि तेरो अन्तर्निहित क्षमताका आधारमा तैँले जे गर्नुपर्ने हो, त्यो गर्। सधैँ आफ्ना सामर्थ्यभन्दा बाहिर गएर आफूले पूरा गर्नै नसक्ने कामकुरा गर्ने कोसिस नगर्, सधैँ आफूलाई मानिसहरूसामु वा परमेश्‍वरसामु प्रमाणित गर्ने कोसिस नगर्। तैँले केही पनि प्रमाणित गर्न सक्दैनस्। तैँले यसरी आफूलाई जति प्रमाणित गर्न खोज्छस्, त्यति नै तेरो क्षमता कमजोर छ, तँलाई आफ्नो औकात थाहा छैन भन्‍ने प्रमाणित हुन्छ, र त्यति नै तँमा समझ छैन र अत्यन्तै भ्रष्ट स्वभाव छ भन्‍ने प्रमाणित हुन्छ। जसरी पनि आफ्नो क्षमता बदल्ने वा सबै पक्षमा आफ्ना सामर्थ्यहरू सुधार्ने कोसिस नगर्, बरु आफ्ना अन्तर्निहित क्षमता र सामर्थ्यहरूलाई सटीक रूपमा चिन्ने र सही रूपमा लिने गर्। यदि तैँले आफूमा कहाँ कमी छ भनेर पत्ता लगाइस् भने, जुन क्षेत्रमा छोटो समयमा प्रगति हासिल गर्न सकिन्छ, ती क्षेत्रहरूलाई शीघ्र रूपमा अध्ययन गरेर ती क्षेत्रका कमीकमजोरीहरू पूर्ति गर्न खोज्। जुन क्षेत्रहरूमा तँ पुग्नै सक्दैनस्, जबरजस्ती पुग्न नखोज्। आफ्नो वास्तविक परिस्थितिअनुसार कार्य गर्; तेरा आफ्नै क्षमता र सक्षमताका आधारमा कामकुरा गर्। अन्तिम सिद्धान्त भनेको परमेश्‍वरको वचन, मानवप्रति परमेश्‍वरका मागहरू, र सत्यता सिद्धान्तहरूअनुसार आफ्नो कर्तव्य पूरा गर्नु हो। तेरो क्षमता जुन स्तरको भए पनि, तँ विभिन्‍न मात्रामा सत्यता सिद्धान्तहरूअनुसार कार्य गर्न र आफ्ना कर्तव्यहरू निर्वाह गर्न सक्छस्; तैँले परमेश्‍वरका मानकहरू पूरा गर्न वा तिनमा खरो उत्रन सक्छस्। यी सत्यता सिद्धान्तहरू खोक्रो कुरा हुँदै होइनन्। ती कदापि मानवताभन्दा बाहिर जाँदैनन्। ती सबै सृजित मानवजातिका भ्रष्ट स्वभाव, जन्मजात प्रवृत्तिहरू, साथै विभिन्‍न सामर्थ्य र क्षमताहरूका लागि विशेष रूपमा बनाइएका अभ्यासका मार्ग हुन्। त्यसकारण, तेरो क्षमता जे भए पनि, तेरा सामर्थ्यहरू जहाँसुकै अपर्याप्त वा खोटो भए पनि, त्यो कुनै समस्या होइन; यदि तैँले साँच्चिकै सत्यता बुझ्छस् र तँ सत्यता अभ्यास गर्न इच्छुक छस् भने, अघि बढ्ने मार्ग हुनेछ। कुनै व्यक्तिको क्षमता र सामर्थ्यका निश्‍चित पक्षहरूमा रहेका कमजोरीहरूले उसलाई सत्यता अभ्यास गर्न कदापि बाधा पुर्‍याउँदैनन्। यदि तँमा तजबिज गर्ने सामर्थ्य वा अन्य कुनै सामर्थ्यको कमी छ भने, तैँले अझ बढी खोजी र सङ्गति गर्न सक्छस्—सत्यतालाई बुझेकाहरूबाट निर्देशन र सुझावहरू माग्न सक्छस्। जब तैँले अभ्यासका सिद्धान्त र मार्गहरू बुझ्छस् र बोध गर्छस्, तब तैँले आफ्नो कदका आधारमा आफ्नो सारा मेहनत लगाएर तिनलाई अभ्यास गर्नुपर्छ। स्विकार्ने र अभ्यास गर्ने—तैँले गर्नुपर्ने नै यही हो। के मेरो यस्तो सङ्गतिले तँलाई बुझ्न मद्दत गर्छ? (हामीले अलि बढी बुझ्यौँ।)

परमेश्‍वर किन मानिसहरूमा सबै किसिमका क्षमताहरू हुने पूर्वनियोजन गर्नुहुन्छ? परमेश्‍वरले किन मानिसहरूलाई सिद्ध क्षमता दिनुहुन्‍न? हामीले यस सम्बन्धमा परमेश्‍वरका अभिप्रायहरू के-के हुन् र मानिसहरूले त्यसलाई कसरी सही रूपमा लिनुपर्छ भन्‍ने सम्बन्धी कति वटा पक्षहरूबारे सङ्गति गरेका छौँ? तिनको सारांश निकालौँ। पहिलो पक्ष भनेको त्यो परमेश्‍वरबाट आएको भनी स्विकार्नु हो। यो मानिसहरूले राख्नुपर्ने सबैभन्दा आधारभूत विचार र दृष्टिकोण हो। दोस्रो पक्ष भनेको आफ्नो क्षमता के हो भनी चिन्नु र मूल्याङ्कन गर्नु, साथै आफ्नो क्षमता र सक्षमताका आधारमा व्यवहार गर्नु र आफ्नो कर्तव्य पूरा गर्नु हो। आफ्नो क्षमता र सक्षमताभन्दा बाहिरका कुराहरू गर्ने कोसिस नगर्। तैँले जे गर्न सक्छस्, त्यो इमानदारीपूर्वक र व्यावहारिक तरिकाले राम्रोसँग गर्। तैँले जे गर्न सक्दैनस्, त्यसमा जबरजस्ती नगर्। तेस्रो पक्ष के हो? (हामीले सधैँ आफ्नो क्षमता बदल्ने इच्छा गर्नु हुँदैन। चाहे हाम्रो क्षमता औसत होस्, कमजोर होस्, वा हुँदै नहोस्, हामीले त्यसलाई सही रूपमा लिनैपर्छ। हामीले सधैँ आफ्नो क्षमता राम्रो छ भनी परमेश्‍वरसामु प्रमाणित गर्ने इच्छा गर्नु हुँदैन। यो अनुचित कुरा हो।) ठीक भनिस्। आफ्नो क्षमतालाई सही रूपमा लिने गर्। गुनासो नगर्। परमेश्‍वरले तँलाई जति दिनुभएको छ, उहाँले तँबाट त्यति मात्र माग गर्नुहुनेछ। परमेश्‍वरले तँलाई जे दिनुभएको छैन, परमेश्‍वरले तँबाट त्यो कुरा माग गर्नुहुन्‍न। उदाहरणका लागि, यदि परमेश्‍वरले तँलाई औसत क्षमता वा कमजोर क्षमता दिनुभएको छ भने, उहाँले तँ अगुवा, टोली प्रमुख, वा सुपरिवेक्षक हुनुपर्ने माग तँबाट गर्नुहुन्‍न। तर, यदि परमेश्‍वरले तँलाई वाक्पटुता, आफ्नो कुरा व्यक्त गर्ने सामर्थ्य, वा कुनै निश्‍चित वरदान दिनुभएको छ, र उहाँ तैँले यो वरदानसँग सम्बन्धित काम गर्नुपर्ने माग गर्नुहुन्छ भने, तैँले त्यो काम राम्ररी गर्नुपर्छ। परमेश्‍वरले तँलाई दिनुभएका अवस्थाहरूमा खरो उत्रन असफल नहो। तैँले परमेश्‍वरले प्रदान गर्नुभएका कामकुरालाई खेर फाल्नु हुँदैन, तिनलाई पूर्ण रूपमा उपयोग गर्नुपर्छ र राम्रोसँग लागु गर्नुपर्छ, तिनलाई सकारात्मक कुरामा लागु गर्नुपर्छ र मानवजातिलाई फाइदा हुने मूल्यवान् कार्य नतिजाहरू निकाल्नुपर्छ। त्यसो गरे गजब हुनेथियो, होइन र? (हो।) यसबाहेक, तैँले थाहा पाउनैपर्छ कि परमेश्‍वरले असल अभिप्रायले नै मानिसहरूलाई विभिन्‍न क्षमता दिनुहुन्छ। परमेश्‍वरले तँलाई मुक्ति दिन चाहनुहुने भएकाले नै उहाँले तँलाई अत्यन्तै राम्रो क्षमता दिनुभएको छैन। यसमा परमेश्‍वरको श्रमसाध्य अभिप्राय छ। परमेश्‍वरले तँलाई औसत वा कमजोर क्षमता दिनु भनेको तेरा लागि सुरक्षा हो। यदि मानिसहरूमा अत्यधिक राम्रो वा असाधारण क्षमता हुँदो हो त, तिनीहरूलाई संसार र शैतानको पछि लाग्न सजिलो हुनेथियो, र तिनीहरू सजिलै परमेश्‍वरमा विश्‍वास गर्न आउने थिएनन्। संसारका विभिन्‍न उद्योग र क्षेत्रमा भएका उत्कृष्ट व्यक्तिहरूलाई हेर्—तिनीहरू कस्ता किसिमका मानिस हुन्? तिनीहरू सबै धूर्त योजनाकार, देहधारी दियाबलस हुन्। यदि तैँले तिनीहरूलाई परमेश्‍वरमा विश्‍वास गर्न आग्रह गरिस् भने, तिनीहरू सोच्छन्, “परमेश्‍वरमा विश्‍वास गरेर कहीँ पनि पुगिन्‍न—असक्षम मानिसहरूले मात्र परमेश्‍वरमा विश्‍वास गर्छन्!” अत्यधिक राम्रो क्षमता, ठूला सक्षमता भएका र उन्‍नत रणनीति जानेका मानिसहरू शैतानद्वारा बन्दी बनाइन्छन्। तिनीहरू पूर्णतया आफ्ना भ्रष्ट स्वभावहरूअनुसार र पूर्ण रूपमा संसारका लागि जिउँछन्। त्यस्ता मानिसहरू सबै देहधारी दियाबलस हुन्। ल भन्, के परमेश्‍वरले त्यस्ता मानिसहरूलाई मुक्ति दिनुहुन्छ? (दिनुहुन्‍न।) त्यसोभए, के तिमीहरू देहधारी दियाबलस बन्‍न इच्छुक छौ, कि साधारण व्यक्ति, कमजोर क्षमता भएको तर परमेश्‍वरको मुक्ति प्राप्त गर्न सक्ने व्यक्ति बन्‍न इच्छुक छौ? (हामी साधारण मानिस बन्‍न इच्छुक छौँ।) यी दुई प्रकारका मानिसहरूमध्ये कुन चाहिँ आशिषित् हुन्छ? ती मानिसहरू, जो संसारमा सफल हुन्छन्, प्रतिष्ठित बन्छन्, ख्यातिप्राप्त हुन्छन्, उच्च अधिकारी वा धनाढ्य मानिस बन्छन्, जोसँग आफूलाई चाहिने सब थोक हुन्छ र खर्च गर्नका लागि असीमित पैसा हुन्छ—के तिमीहरू त्यस्ता मानिस बन्‍न इच्छुक छौ, कि परमेश्‍वरसामु आएर औसत क्षमता भएका सरल र साधारण मानिस बन्‍न? तेरो रोजाइ के हो? (सरल र साधारण मानिस बन्ने।) यदि तँ यो जीवनमा राम्रो भौतिक जीवनको आनन्द लिन नचाहने, प्रतिष्ठा प्राप्त गर्न नचाहने, यो संसारमा उपस्थितिको आभास नहुने, र सबैका नजरमा तुच्छ ठानिने औसत क्षमता भएको सरल र साधारण व्यक्ति बन्‍न रोज्छस्, यस प्रकारको व्यक्ति बन्‍न र परमेश्‍वरले मानिसहरूलाई दिनुहुने मुक्तिको अवसरलाई प्रिय ठान्‍न वा प्राप्त गर्न चाहन्छस् भने—यदि यो तेरो रोजाइ हो, यदि तँ मुक्ति प्राप्त गर्ने र यस संसारलाई नपछ्याउने छनौट गर्छस्, र हृदयमा तँ यो संसारको नभई परमेश्‍वरको हुन चाहन्छस् भने, परमेश्‍वरले तँलाई दिनुभएको क्षमतालाई तैँले तिरस्कार गर्नु हुँदैन। तेरो क्षमता निकै कमजोर भएको वा परमेश्‍वरले तँलाई कुनै क्षमता नदिनुभएको भए पनि, तैँले यो तथ्यलाई खुसीका साथ स्विकार्नुपर्छ र परमेश्‍वरले तँलाई दिनुभएका विभिन्‍न सामर्थ्यका अन्तर्निहित अवस्थाहरूमा, तैँले एक सृजित प्राणीको कर्तव्य पूरा गर्नुपर्छ। अर्को पक्ष के हो भने, परमेश्‍वरले मानिसहरूलाई दिनुहुने क्षमता निकै राम्रो नभई—साधारण मानिसहरूको क्षमता मात्र हुने भए पनि—र सबै पक्षमा उहाँले तिनीहरूलाई दिनुहुने सामर्थ्यहरू औसत वा कमजोर नै भए पनि, मानिसहरूले अभ्यास गर्नुपर्ने सबैभन्दा आधारभूत सत्यताहरू, जुन परमेश्‍वरले मानिसहरूलाई सिकाउनुहुन्छ, यदि तिनीहरू मन लगाएर ती अभ्यास गर्न इच्छुक छन् भने, ती अझै पनि प्राप्त र हासिल गर्न सकिन्छ। तेरो क्षमता निकै कमजोर भएको, र तेरो बोध सामर्थ्य, कामकुरा स्विकार्ने सामर्थ्य, तजबिज गर्ने सामर्थ्य, र कामकुराको परख गर्ने सामर्थ्य निकै कमजोर भए पनि वा हुँदै नभए पनि, यदि तँसित सबैभन्दा आधारभूत मानवता र समझ छ भने, परमेश्‍वरले तँलाई जिम्मा लगाउने कार्य र कामहरू पूरा गर्न र राम्ररी सम्पन्‍न गर्न सकिन्छ। त्यसबाहेक, परमेश्‍वरको डर मान्‍ने र दुष्टताबाट अलग बस्ने सबैभन्दा आधारभूत तरिका, जुन परमेश्‍वरले मानिसहरूबाट माग गर्नुहुन्छ, त्यो तैँले पालना गर्न सक्ने कुरा हो; त्यो तैँले प्राप्त गर्न र हासिल गर्न सक्ने कुरा हो। त्यसकारण, परमेश्‍वरले कहिल्यै तँलाई निकै राम्रो क्षमता दिने अभिप्राय राख्नुभएको छैन। यदि परमेश्‍वरले तँलाई राम्रो क्षमता र केही विशेष सक्षमताहरू दिनुभएर त्यसले गर्दा तँ संसारमा देहधारी दियाबलस बनेको भए, परमेश्‍वरले तँलाई मुक्ति दिनुहुनेथिएन। के अब तिमीहरू यस मामलामा परमेश्‍वरको हृदय बुझ्न सक्छौ? (सक्छौँ।) यदि तिमीहरू परमेश्‍वरको हृदय बुझ्न सक्छौ भने, त्यो राम्रो कुरा हो; तिमीहरूले यो सत्यता बुझ्नेछौ र आफ्नो क्षमतालाई सही रूपमा लिनेछौ; यस सम्बन्धमा थप कठिनाइहरू हुनेछैनन्। यहाँबाट मानिसहरूले केवल आफूले गर्नैपर्ने काम गर्नुपर्छ। त्यो एउटा मात्र काम भए पनि, त्यसलाई राम्ररी सम्पन्‍न गर्नमा आफ्नो हृदय र मेहनत लगा अनि परमेश्‍वरले तँप्रति राख्नुभएका अपेक्षाहरू पूरा गरेरै छोड्। बुझिस्? (बुझेँ।) यस विषयमा आजको सङ्गति यतिमै टुङ्ग्याऔँ। फेरि भेटौँला!

नोभेम्बर ११, २०२३