सत्यता कसरी पछ्याउने (५) भाग एक

पूरक: अफवाहहरूलाई कसरी लिने

के कतिपय मानिसहरूले हालसालै केही नकारात्मक अफवाहहरू सुनेका छन्? (छौँ।) यी अफवाहहरू सुन्दा तिमीहरूले कस्तो प्रतिक्रिया जनाएका थियौ? के तिमीहरू डरायौ? के तिमीहरूलाई जिज्ञासा भयो? के तिमीहरू यी अफवाहहरू केका बारेमा हुन् भनेर जान्न चाहन्छौ? (हामी जान्न चाहँदैनौँ, किनभने हामीलाई ठूलो रातो अजिङ्गरले प्रायजसो नभएको कुराबाट अफवाहहरू रच्छ भन्‍ने पहिले नै थाहा छ। यसले जे भने पनि, त्यो झूटो नै हुन्छ। त्यसकारण, हामीलाई यी अफवाहहरूका विवरणहरूमा चासो छैन र हामी यसले भन्‍ने दुष्ट शब्दहरू बुझ्ने प्रयास गर्न चाहँदैनौँ।) ठूलो रातो अजिङ्गरले मानिसहरूलाई बहकाउन र भ्रष्ट तुल्याउन सबै किसिमका अफवाहहरू रच्छ, र अफवाहहरू सुनेपछि, धेरै मानिसहरू बहकाउमा पर्छन्। कतिपय मानिसहरू डराउँछन् र तिनीहरूले साँचो मार्गलाई स्वीकार गर्ने आँट गर्दैनन्; यसलाई स्वीकार गरेका कतिपय मानिसहरू शङ्कालु पनि बन्छन् र तिनीहरूले उप्रान्त परमेश्‍वरमा विश्‍वास गर्न चाहँदैनन्। ठूलो रातो अजिङ्गरका अफवाहहरू सुन्‍नुभन्दा पहिले, यी मानिसहरूले कुनै शङ्काविना परमेश्‍वरमाथि आस्था राखेको र तिनीहरू परमेश्‍वरलाई पछ्याउन र आफ्नो कर्तव्य पूरा गर्न इच्छुक भएको जस्तो देखिन्थ्यो। तर अफवाहहरू सुनेपछि, तिनीहरूले तुरुन्तै शङ्काहरू पाल्न थाल्छन् र तिनीहरूमा उप्रान्त परमेश्‍वरलाई पछ्याउने र आफ्नो कर्तव्य पूरा गर्ने हृदय हुँदैन। विशेष गरी, ठूलो रातो अजिङ्गरले पक्राउ गरेका कतिपय मानिस यसको क्रूर यातनाको दबाबमा परेर झुक्छन् र परमेश्‍वरको नामलाई इन्कार गर्छन्, र ती मानिसहरूमध्ये कतिले “तीन बयानको पत्र” मा हस्ताक्षर गर्छन् र तिनीहरू परमेश्‍वरलाई मौखिक रूपमा अपमान गर्न समेत बाध्य पारिन्छन्। त्यस्ता मानिसहरू निकै धेरै छन्। तिमीहरू सबैले धेरै अफवाह र नकारात्मक प्रचारबाजी सुनेका छौ र ठूलो रातो अजिङ्गरले परमेश्‍वरका विश्‍वासीहरूलाई पक्राउ गरेपछि, यसले तिनीहरूको मगजधुलाई गर्छ भन्‍ने पनि देखेका छौ—निश्चय नै, धेरै मानिसहरू बहकाउमा परेका छन्। यसका साथै, यसले परमेश्‍वरलाई धोका दिनेहरूलाई यसको सेवामा प्रयोग गर्छ, तिनीहरूलाई मण्डलीको निगरानी गर्न र परमेश्‍वरका विश्‍वासीहरूलाई पछ्याउन र चियोचर्चो गर्न लगाउँछ। धार्मिक विश्‍वासलाई नष्ट गर्न र परमेश्‍वरको मण्डलीलाई हटाउनका लागि, ठूलो रातो अजिङ्गरले परमेश्‍वरका चुनिएका मानिसहरूको दमन र पक्राउलाई महत्त्वपूर्ण राष्ट्रिय काम, राजनीतिक मिसनका रूपमा लिन्छ, र यसलाई सूक्ष्मता र मेहनतका साथ अघि बढाउँछ। यसले गर्दा परमेश्‍वरका धेरै विश्‍वासीहरूलाई डर लाग्छ, त्यसकारण तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्ने र आफ्नो कर्तव्य पूरा गर्ने आँट गर्दैनन्। विशेष गरी ठूलो रातो अजिङ्गरले रचेका अफवाहहरू सुनेपछि, धेरै मानिसहरू बहकाउमा पर्छन्। परमेश्‍वरको घरले यी अफवाहहरूलाई धेरै पहिले नै सारांशित गरेको छ र खुट्ट्याएको छ, त्यसकारण तिनका बारेमा यहाँ छलफल गर्नु आवश्यक छैन। यदि तैँले साँच्‍चै नै पक्राउको सामना गरिस्, र ठूलो रातो अजिङ्गरले तेरो मगजधुलाई गर्ने प्रयास गर्न यी अफवाहहरू प्रयोग गर्छ, तँलाई अडान लिन जबरजस्ती गर्छ, र “तीन बयानको पत्र” मा हस्ताक्षर गर्न जबरजस्ती गर्छ भने, तैँले के गर्नुपर्छ? तिमीहरूलाई अब ठूलो रातो अजिङ्गरले रचेका अफवाहहरू सबै झूटा, भ्रामक, र छली छन् भन्‍ने थाहा छ। तिमीहरूको मनोवृत्ति ती कुरा नसुन्‍ने, नहेर्ने, र तिनमा विश्‍वास नगर्ने भए पनि, यदि यी अफवाहहरू तेरो अघि राखिएका भए, र यसले गर्दा तैँले ती कुरा सुन्नुपरेको, देख्नुपरेको, र ती तथ्यगत छन् भनेर समेत सोच्नुपरेको भए, के तँ बहकिनेथिइस्? तैँले हृदयमा के सोच्नेथिइस्? के तँ तथ्यहरूका बारेमा सत्यता जान्न चाहनेथिइस्? के तँ तिनलाई पुष्टि गर्न चाहनेथिइस्? मानिसहरूलाई बहकाउन र डर देखाउनका लागि ठूलो रातो अजिङ्गरले अफवाहहरू रच्ने, वा मानिसहरूको मगजधुलाई गर्न र वैचारिक काम सञ्चालन गर्न अफवाह र नास्तिकता प्रयोग गर्ने हकमा भन्दा, के हामीले मानिसहरूमा प्रतिरोधात्मक क्षमता विकास गराउन सत्यतामा सङ्गति गर्नुपर्छ? के यो जरुरी काम हो? कतिपय मानिसहरू भन्छन्, “ठूलो रातो अजिङ्गरले हाम्रो बारेमा, विशेष गरी ख्रीष्ट, पवित्र आत्माले प्रयोग गर्नुभएको मानिस, र मण्डली र मण्डलीको कामबारे धेरै वर्षदेखि अफवाहहरू रच्दै आएको छ। हामीले ती कुराहरूलाई कहिल्यै स्पष्ट पारेका छैनौँ, हामी आफ्‍नो मनोवृत्ति वा दृष्टिकोणलाई स्पष्ट पार्न कहिल्यै अघि बढेका छैनौँ, कुनै प्रतिरक्षा कहिल्यै गरेका छैनौँ—के यो उचित कुरा हो?” कतिपय मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेको समयदेखि अहिलेसम्म, ठूलो रातो अजिङ्गर र धार्मिक संसारका विभिन्‍न अफवाहलाई कहिल्यै स्पष्ट रूपमा खुट्ट्याउन सकेका छैनन्। हृदयमा, तिनीहरूसँग सधैँ यी कुराहरूका बारेमा प्रश्न चिन्ह रहिआएको छ। यो प्रश्न चिन्हले पूर्ण अविश्‍वास, वा पूर्ण विश्‍वासलाई जनाउँदैन; बरु, यसको अर्थ तिनीहरूले यी कुराहरूलाई हेर्नका लागि मध्यवर्ती अडान लिन्छन्, र यी सबै कुराहरू ठूलो रातो अजिङ्गरले रचेका अफवाहहरू पनि हुन सक्छन्, वा ती तथ्यहरू पनि हुन सक्छन् भन्‍ने सोच्छन् भन्‍ने हुन्छ। के यो “हुन सक्छन्” ले सत्यताको खोजी गर्ने दृष्टिकोणलाई प्रतिबिम्बित गर्छ? (गर्दैन।) यो त अफवाहहरूलाई प्रमाणित र पुष्टि गर्नुपर्छ भन्‍ने विश्‍वास गर्ने दृष्टिकोण हो, वा प्रतीक्षा गर्ने र अवलोकन गर्ने, जानकार मानिसहरूले केही वास्तविक परिस्थितिहरू खुलासा गरून् भनेर प्रतीक्षा गर्ने दृष्टिकोण हो। मलाई भन, तिमीहरूलाई मानिसहरूले यी दुई दृष्टिकोणहरूमध्ये कुनै एउटालाई अपनाउँदा के-कस्ता परिणामहरू आउनेछन् भन्‍ने लाग्छ? के त्यस्ता मानिसहरू खतरामा हुन्छन्? यी दुई दृष्टिकोणमध्ये कुनले मानिसहरूलाई अडिग रहन सम्भव तुल्याउन सक्छ? (यी दुई दृष्टिकोणमध्ये कुनैले पनि मानिसहरूलाई अडिग रहन सम्भव तुल्याउन सक्दैन। यदि कुनै व्यक्तिमा यस्तो “हुन सक्छ” भन्‍ने सोचाइ छ भने, यसले ऊ अझै पनि साँचो मार्गबारे निश्‍चित छैन र ऊभित्र अझै पनि शङ्काका तत्त्वहरू छन् भन्‍ने देखाउँछ। यस्तो अवस्थामा, अफवाहहरू तिनीहरूका लागि ठूलो प्रलोभन बन्छन्। यदि मानिसहरू साँचो मार्गबारे निश्‍चित हुन सक्दैनन्, तिनीहरूले सत्यतामा विश्‍वास गर्न सक्दैनन्, र ठूलो रातो अजिङ्गरको सारलाई छर्लङ्ग देख्‍न सक्दैनन् भने, तिनीहरू वास्तवमा ठूलो खतरामा हुन्छन्।) यी मानिसहरू आजसम्म पनि साँचो मार्गबारे निश्‍चित छैनन्। तिनीहरूको सार के हो? (सारमा, तिनीहरू अविश्‍वासीहरू हुन्।) तिनीहरू अविश्‍वासीहरू हुन्। के यी दुई दृष्टिकोणहरूमध्ये कुनै एउटा राख्ने मानिसहरू धेरै छन्? अवश्य नै, धेरै छन्। जब यी मानिसहरूले अफवाहहरू सुन्छन्, तब तिनीहरूले हृदयमा परमेश्‍वरबारे शङ्काहरू विकास गर्छन् र तिनीहरू अफवाहहरूको चुरोमा पुग्‍न, ती साँचो हुन् कि झूटा हुन् भनेर पत्ता लगाउन चाहन्छन्। तर, यस मामलालाई समाधान गर्न कसरी सत्यताको खोजी गर्ने भनेर तिनीहरूलाई थाहा नहुने हुनाले, अन्तमा, तिनीहरूले यसलाई अनसुल्झा नै छोड्छन्। वास्तवमा, यो समस्या अझै पनि तिनीहरूको हृदयमा हुन्छ, र यो समाधान हुँदैन। जब तिमीहरूले यी अफवाहहरू सुन्छौ, तब के तिमीहरूले सत्यताको खोजी गर्छौ? के तिमीहरू अफवाहहरूलाई चिरफार गर्न र खुट्ट्याउन सत्यताको खोजी गर्छौ, कि तिमीहरू अफवाहहरू सही छन् कि गलत छन् भनेर छुट्याउन र ती वास्तवमा साँचो हुन् कि झूटा हुन् भनेर हेर्नका लागि तिनलाई एक-एक गरी जाँच्छौ? अफवाहहरू सुनेपछि, तिमीहरूले हृदयमा ती केवल झूटा हुन्, यो त ठूलो रातो अजिङ्गरले विशुद्ध रूपमा अफवाहहरू रचेको र बदनामी अभियान चलाएको हो भन्‍ने मात्रै सोच्छौ, तर तिमीहरू तिनलाई सत्यता र तथ्यहरूका आधारमा खण्डन गर्दैनौ, र वास्तवमा तिमीहरूको हृदयमा अझै पनि केही शङ्का हुन्छ र तिमीहरू बस आफ्ना शङ्काहरूलाई सुल्झाउन यी धर्मसैद्धान्तिक अभिव्यक्तिहरू प्रयोग गर्छौ। के यसरी सोच्नुले तिमीहरूलाई दह्रिलो गरी खडा हुन सक्षम तुल्याउन सक्छ? के यो सत्यताको खोजी गर्नु हो? के यसले तैँले सत्यता बुझेको छस् र तैँले सत्यता प्राप्त गरेको छस् भन्‍ने देखाउँछ? के समस्या त्यसको जडबाटै समाधान भएको हुन्छ? (हुँदैन।) त्यसोभए, के तिमीहरू यो समस्या समाधान गर्नका लागि सत्यता प्रयोग गर्न चाहन्छौ, ताकि तिमीहरूले यी अफवाहहरू खुट्ट्याउन सक, तिमीहरू बहकाउमा नपर, तिमीहरूको हृदयमा कुनै प्रश्‍न नहोस्, र मप्रतिको तिमीहरूको शङ्का, आशङ्का, र रक्षात्मकतालाई पूर्ण रूपमा हटाउन सक? कतिपय मानिसहरू सोच्छन्, “हामीले परमेश्‍वरमा विश्‍वास गर्न थालेको समयदेखि अहिलेसम्म, हामीले तपाईँका प्रवचनहरू सुन्दै आएका छौँ र तपाईँको मलजल र रेखदेखलाई स्वीकार गर्दै आएका छौँ, र हामीले केही उपलब्धि प्राप्त गरेका र प्रगति गरेका छौँ। तर हामी वास्तवमा तपाईँसँग जिएका छैनौँ वा हामीले व्यक्तिका रूपमा तपाईँसँग वास्तविक सम्पर्क गरेका छैनौँ। त्यसकारण, हामी तपाईँ कस्तो व्यक्ति हुनुहुन्छ, तपाईँको व्यक्तित्व र चरित्र कस्तो छ, र तपाईँले कस्तो जीवन जिउनुहुन्छ भन्‍ने बारेमा पूर्ण रूपमा अन्धकारमा छौँ र अनजान छौँ।” अर्थात्, जब यो देहको मानवताका विभिन्‍न प्रकटीकरण र प्रकाशहरू, साथै मेरो जीवन, र मानिसहरू र मामलाहरूलाई सम्हाल्ने मेरो मनोवृत्ति र निश्‍चित प्रकटीकरणहरूको कुरा आउँछ, तब मानिसहरूले सधैँ यी कुराहरूमा प्रश्न चिन्हहरू खडा गरेका छन् र ती कुराहरूप्रति सन्देह पालेका छन्। एक हिसाबमा, मानिसहरूले यी सन्देहहरू पाल्नुको कारण तिनीहरू आफै परमेश्‍वरको देहधारणबारे १००% निश्‍चित नहुनु हो, र अर्को हिसाबमा यसको कारण सत्यताबारे मानिसहरूको बुझाइ अत्यन्तै सतही भएकाले, तिनीहरू धार्मिक संसारका वा ठूलो रातो अजिङ्गरका अफवाहहरूको प्रभावमा पर्नु हो। त्यसकारण, तिमीहरूले मेरो बारेमा धेरै अनुमान गरेका छौ। अवश्य नै, यी अनुमानहरूको विषयवस्तु निश्चय नै सकारात्मक वा उचित हुँदैन; यसमा निश्चय नै केही अँध्यारा र नकारात्मक तत्त्वहरू समावेश हुन्छन्। यी अनुमानहरू पाल्नु—यो तिमीहरूका लागि राम्रो कुरा हो कि नराम्रो कुरा हो? यो एउटा बोझ हो, एउटा बन्धन हो, कि एउटा प्रेरणा हो? तिमीहरूलाई के लाग्छ? (यदि मानिसहरूको हृदयमा यी नकारात्मक अनुमानहरू छन् भने, यो राम्रो कुरा नभई बोझ हो। यसले मानिसहरूलाई परमेश्‍वरप्रति प्रतिरक्षात्मक बनाउनेछ; यसले परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वासमा सहयोग गर्न केही गर्नेछैन।) यी नकारात्मक कुराहरूले तिमीहरूमा कस्तो असर पार्छन्? तिनले के-कस्ता परिणामहरू ल्याउनेछन्? निश्‍चित वातावरणहरूमा, के यी कुराहरू तेरा लागि खतरनाक हुन्छन्? (हुन्छन्।) यी कुराहरू तेरा लागि बोझ भएका हुनाले र असल कुरा नभएका हुनाले, के तैँले तिनलाई समाधान गर्न सत्यता प्रयोग गर्नुपर्छ? कि तैँले तिनलाई पन्छाउनुपर्छ, तिनको झन्झट उठाउनु हुँदैन, र तिनका बारेमा विचार गर्नु हुँदैन, र तिनलाई समाधान गर्नका लागि कुनै समस्या पैदा नभएसम्म पर्खनुपर्छ? तिमीहरूको मनोवृत्ति के हो? (जब मैले अफवाहहरू सुनेँ, तब मैले ती कुरालाई पन्छाएँ र तिनको झन्झट उठाइनँ। तर भर्खरै, परमेश्‍वरको सङ्गतिमार्फत, मैले यी समस्याहरू देखा पर्दा तिनलाई सत्यताद्वारा समाधान गर्नैपर्छ भन्ने कुरा बुझेको छु। नत्र भने, व्यक्तिले आफ्नो हृदयमा भएको यो बोझ बिसाउन सक्दैन, र निश्‍चित परिस्थितिहरूमा, यसले खराब परिणामहरू ल्याउन सक्छ, यहाँसम्म कि परमेश्‍वरप्रति शङ्का गर्ने र परमेश्‍वरलाई इन्कार गर्ने परिणाम समेत निम्तिन सक्छ, जुन अत्यन्तै खतरनाक कुरा हो।) तैँले यी कुराहरू अफवाह हुन् भनेर बाहिरी रूपमा भने पनि, यदि तैँले यी अफवाहहरूलाई कहिल्यै साँचो रूपमा खुट्ट्याइनस् वा तीप्रति तँसँग सही मनोवृत्ति छैन, र तँ सधैँ यी नकारात्मक कुराहरू हृदयमा बोकेर हिँड्छस् भने, तँ अक्सर तिनको बन्धनमा पर्नेछस्। यी अफवाहहरू तेरा लागि कुनै पनि बेला र कुनै पनि ठाउँमा विस्फोट हुन सक्‍ने टाइमबम जस्तै हुनेछन्। यसका परिणामहरू निस्सन्देह अकल्पनीय हुनेछन्, र तँ छिन्नभिन्न हुनेछस्। के “तीन बयानको पत्र” मा हस्ताक्षर गर्नेहरू बम विस्फोट गराएर आफैलाई छिन्नभिन्न पार्नेहरू होइनन् र? तिनीहरूले “तीन बयानको पत्र” मा हस्ताक्षर गरेपछि पनि, ठूलो रातो अजिङ्गरले छोड्दैन। तिनीहरूले परमेश्‍वरलाई अपमान गर्ने केही कुरा मौखिक रूपमा भन्‍नैपर्छ, त्यसपछि मात्रै मामलालाई समाधान गरिएको ठान्‍न सकिन्छ भनेर यसले माग गर्छ। तिनीहरू हृदयमा अनिच्छुक भए पनि, तिनीहरूलाई आफूसँग कुनै विकल्प छैन भन्‍ने लाग्छ, र तिनीहरू जेल पर्नबाट जोगिन शैतानको अघि आत्मसमर्पण गर्छन्। परमेश्‍वरलाई मौखिक रूपमा अपमान गरेपछि, तिनीहरूलाई आशिष्‌हरू प्राप्त गर्ने तिनीहरूको आशा हराएको छ, तिनीहरू पूर्ण रूपमा खतम भएका छन् भन्‍ने लाग्छ। तिनीहरूले त्यसउप्रान्त ती अफवाहहरू साँचो हुन् कि झूटा हुन् भनेर सोच्नु आवश्यक हुँदैन, र परमेश्‍वरमा विश्‍वास गरेको धेरै वर्षको अवधिमा तिनीहरूले बोकेका चिन्ता, डर, कायरता, र भय पूर्ण रूपमा हराउँछन्। यसका साथै, मुक्ति पाउने तिनीहरूको आशा पनि चकनाचूर हुन्छ। मलाई भन, यदि मानिसहरूले देहधारी परमेश्‍वर वा यो प्रवाहप्रति शङ्का गरे पनि, के तिनीहरूले परमेश्‍वरलाई अपमान गर्नुपर्छ? (अहँ।) जब ठूलो रातो अजिङ्गरले तँलाई परमेश्‍वरलाई अपमान गर्न भन्छ, तब तैँले किन यसको पालना गर्छस्? जोसुकै भए पनि, कसैले साँचो मार्गलाई इन्कार गरे पनि, यो प्रवाहलाई इन्कार गरे पनि, उसले परमेश्‍वरलाई अपमान गर्नु हुँदैन। परमेश्‍वरलाई अपमान गर्नेहरू कस्ता मानिसहरू हुन्? (परमेश्‍वरलाई अपमान गर्न सक्‍ने मानिसहरू दुष्ट मानवता भएकाहरू हुन् र सत्यतालाई निकै घृणा गर्ने र शैतानको प्रभावमा समर्पित हुनेहरू पनि हुन्।) मलाई भन, यदि मानिसहरूले परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ, परमेश्‍वर सृष्टिकर्ता हुनुहुन्छ, मानवजातिलाई परमेश्‍वरले सृष्टि गर्नुभएको हो, मानव जीवन परमेश्‍वरले दिनुहुन्छ, र परमेश्‍वर यावत् थोकमाथि सार्वभौम हुनुहुन्छ भनेर हृदयमा साँचो रूपमा विश्‍वास गर्छन् भने, के तिनीहरूले परमेश्‍वरलाई अपमानित गर्छन्? (गर्दैनन्।) कहिल्यै गर्दैनन्। परिस्थिति जस्तोसुकै भए पनि, तिनीहरू परमेश्‍वरलाई अपमान गर्दैनन्। तिनीहरूले सर्वशक्तिमान् परमेश्‍वरको नाम वा सर्वशक्तिमान् परमेश्‍वरको काम भएको यो प्रवाहप्रति शङ्का पाल्ने भए पनि, तिनीहरू कहिल्यै पनि परमेश्‍वरलाई कदापि अपमान गर्दैनन्। त्यसकारण, परमेश्‍वरलाई अपमान गर्न सक्‍ने व्यक्तिले यो प्रवाहलाई इन्कार गर्ने र देहधारी सर्वशक्तिमान् परमेश्‍वरलाई इन्कार गर्ने मात्र नभई उसले परमेश्‍वरको काम र परमेश्‍वरले व्यक्त गर्नुभएको सत्यतालाई पनि इन्कार गर्छ। त्यसोभए यस्ता मानिसहरू कुन वर्गमा पर्छन्? (तिनीहरू दियाबलसहरू हुन्; तिनीहरू हृदयमा परमेश्‍वरलाई इन्कार गर्ने मानिसहरू हुन्।) यस्ता मानिसहरू शैतान र दियाबलसहरूको समूहका हुन्; तिनीहरू परमेश्‍वरका चुनिएका मानिसहरू होइनन्, परमेश्‍वरका भेडा होइनन्—तिनीहरू गैर-मानव हुन्। कतिपय मानिस, ठूलो रातो अजिङ्गरद्वारा पक्राउ गरिएपछि, तिनीहरूले सत्यता नबुझ्ने र तिनीहरूसँग कुनै खुट्ट्याउने क्षमता नहुने हुनाले, अफवाह सुनेर शङ्कालु बन्छन्। तिनीहरू देहधारी परमेश्‍वरबारे शङ्काहरू विकास गर्छन्, र क्रूर यातनाको धम्की, प्रलोभन, र जबरजस्तीमा परेर, तिनीहरूले परमेश्‍वरको नामलाई इन्कार गर्छन्, पवित्र आत्माको काम भएको यो प्रवाहलाई इन्कार गर्छन्, र मण्डलीलाई इन्कार गर्छन्। यो त पहिले नै परमेश्‍वरलाई धोका दिनु सरह हो। तर कतिपय मानिसहरूले त परमेश्‍वरलाई अपमान समेत गर्न सक्छन्—यो विवेक र समझको पूर्ण कमी हुनु हो, यो क्षमा दिन नसकिने कुरा हो, र यो अक्षम्य पाप गर्नु हो। जब तँ मानिसहरूलाई अपमान गर्छस्, वा तिनीहरूलाई आक्रमण गर्छस्, गलत ठहराउँछस्, वा बदनाम गर्छस्, तब कानुनी शब्दमा यसलाई बढीमा बदनामीको अपराध वा, सबैभन्दा गम्भीर अवस्थामा, व्यक्तिगत आक्रमणका रूपमा परिभाषित गरिन्छ। यो खासै गम्भीर हुँदैन र यसले मृत्यु निम्त्याउँदैन। तर, जब कसैले परमेश्‍वरलाई अपमान गर्न सक्छ, तब समस्याको प्रकृति परिवर्तन हुन्छ। यो उप्रान्त परमेश्‍वरलाई अपमान गर्नमा मात्रै सीमित हुँदैन—यो परमेश्‍वरविरुद्ध ईश्‍वरनिन्दा गर्नु हो! ईश्‍वरनिन्दा गर्नु भनेको के हो? यसको अर्थ सकारात्मक कुराहरू, सत्यता, वा परमेश्‍वरलाई सीधै आक्रमण गर्नु, बदनाम गर्नु, अपमान गर्नु, वा निन्दा गर्नु हो—यी सबै ईश्‍वरनिन्दा हुन्। परमेश्‍वर पवित्र हुनुहुन्छ, परमेश्‍वर सर्वोच्च हुनुहुन्छ, परमेश्‍वर सारा मानवजातिमाथि सार्वभौम हुनुहुन्छ, मानवजातिलाई जीवन प्रदान गर्नुहुने परमेश्‍वर नै हुनुहुन्छ, र परमेश्‍वर नै मानव जीवनको स्रोत हुनुहुन्छ। परमेश्‍वरको सार, पहिचान, र हैसियत सर्वोच्च छ। परमेश्‍वर सिद्ध, असल, र पवित्र हुनुहुन्छ, उहाँ त्रुटिरहित र अनिन्दनीय हुनुहुन्छ। परमेश्‍वर पवित्र, सिद्ध, र सर्वोच्च हुनुभएकाले, र परमेश्‍वर मानवजातिलाई जीवन प्रदान गर्ने स्रोत हुनुभएकाले नै, सृजित मानवजातिद्वारा परमेश्‍वरप्रति लक्षित कुनै पनि बदनामी, आक्रमण, वा अपमान ईश्‍वरनिन्दा हो। अहिले तिमीहरूले “ईश्‍वरनिन्दा” भनेको के हो भन्‍ने कुरा बुझ्यौ होला, होइन र? (परमेश्‍वरप्रति लक्षित कुनै पनि आक्रमण, अपमान, वा निन्दा ईश्‍वरनिन्दा हो।) यदि “ईश्‍वरनिन्दा” भन्‍ने शब्दलाई व्याख्या गर्ने हो भने, यसको अर्थ सकारात्मक कुराहरूलाई बदनाम गर्नु, गलत ठहराउनु वा दोषी ठहराउनु हो, र यो विशेष गरी सत्यता वा परमेश्‍वरलाई बदनाम गर्नु, गलत ठहराउनु वा दोषी ठहराउनु हो। ईश्‍वरनिन्दा भनेको यही हो। त्यसकारण, “ईश्‍वरनिन्दा” भन्‍ने शब्दलाई मानवजातिले परमेश्‍वरलाई बदनाम गर्नु, अपमान गर्नु, आक्रमण गर्नु, वा गलत ठहराउनुलाई वर्णन गर्नका लागि मात्रै प्रयोग गर्न सकिन्छ—यो तुलनात्मक रूपमा उचित हुन्छ। जब मानिसहरू अरूलाई गलत ठहराउँछन्, अपमान गर्छन्, आक्रमण गर्छन्, वा दोषी ठहराउँछन्, तब यदि यो तथ्यहरूअनुरूप छैन भने, यो बढीमा बदनाम हो। यदि यो तथ्यहरूअनुरूप छ भने, यो बदनाम होइन। तर, मानिसहरूले परमेश्‍वरलाई गलत ठहराउनु र दोषी ठहराउनु भनेको तथ्यहरूलाई बङ्ग्याउनु र सत्यतालाई झूटमा परिणत गर्नु हो—यो ईश्‍वरनिन्दा हो। मानिसहरूले परमेश्‍वरलाई दोषी ठहराउने दुस्साहस गर्नु कस्तो प्रकृतिको कुरा हो? के परमेश्‍वरमा पाप छ? (छैन।) परमेश्‍वर पवित्र हुनुहुन्छ, परमेश्‍वर पापरहित हुनुहुन्छ, त्यसकारण परमेश्‍वरप्रति लक्षित कुनै पनि बदनाम, आक्रमण, गलत ठहराइ, वा अपमानलाई ईश्‍वरनिन्दा भनिन्छ। परमेश्‍वरलाई अपमान गर्नेहरूले सोच्छन्, “मैले परमेश्‍वरलाई अपमान गर्ने केही कुराहरू भनेँ भने, म रिहा भएर खतराबाट उम्कन सक्छु। परिस्थितिहरूलाई हेर्दा, परमेश्‍वरले यो कुरालाई सम्झनुहुनेछैन।” मानव दृष्टिकोणबाट हेर्दा, यो केही अपमान मात्रै हो, जुन ठूलो समस्या हो जस्तो देखिँदैन। तर परमेश्‍वरले यस मामलालाई कसरी हेर्नुहुन्छ? तैँले परमेश्‍वरलाई अपमान गर्न सक्छस् भन्‍ने कुराले तैँले आफ्नो हृदयमा परमेश्‍वरलाई इन्कार गरिसकेको छस् भन्‍ने देखाउँछ। तैँले हृदयमा परमेश्‍वरप्रति घृणा पालेको हुनाले मात्रै तैँले उहाँलाई अपमान गर्न सक्छस्। तैँले सक्रिय रूपमा परमेश्‍वरलाई अपमान गरे पनि वा अरूले तँलाई उहाँको अपमान गर्न जबरजस्ती गरे पनि, यो परमेश्‍वरलाई इन्कार गर्नु र परमेश्‍वरलाई घृणा गर्नुको प्रकटीकरण नै हो। त्यसकारण, यस्तो व्यवहार र कार्य सरासर ईश्‍वरनिन्दा हो।

कतिपय मानिसहरूले कहिल्यै विभिन्‍न अफवाहहरूलाई छोड्न सक्दैनन्, र ती सत्य पनि हुन सक्छन् भनेर सधैँ सोच्ने गर्छन्। तिनीहरू सधैँ ठूलो रातो अजिङ्गर अर्थात् शासक दल, धार्मिक संसार, र गैरविश्‍वासीहरूले फैलाउने अफवाहहरू—विशेष गरी अनलाइनमा पोस्ट गरिएका ती अफवाह र टिप्पणीहरू—साँचो हुन् कि होइनन् भनेर पुष्टि गर्न चाहन्छन्। यदि परमेश्‍वरले कहिल्यै आफ्नो अडान प्रकट गर्नुहुन्नथ्यो वा उहाँको घरले कुनै स्पष्टीकरण प्रदान गर्नुहुन्नथ्यो भने, तिनीहरूले यी अफवाहहरू साँचो हुन् भन्‍ने कुरामा पूर्ण रूपमा विश्‍वास गर्नेथिए, र परमेश्‍वरलाई इन्कार गर्नेथिए र परमेश्‍वरलाई धोका दिनेथिए—यहाँ समस्या के हो? तिनीहरूले आखिर कुन आधारमा परमेश्‍वरमा विश्‍वास गर्छन्? यदि तिनीहरूको विश्‍वास अफवाहहरू साँचो हुन् कि होइनन् भन्‍ने कुरामा आधारित छ भने, त्यो ठूलो गल्ती हो। वास्तवमा, परमेश्‍वरको घरका प्रवचन र सङ्गतिहरू, र चलचित्रहरूमा धेरै अफवाहहरूलाई स्पष्ट रूपमा चिरफार र खण्डन गरिसकिएको छ; म यहाँ विस्तृत रूपमा जानु आवश्यक छैन। त्यसोभए तिमीहरू अझै पनि कुन-कुन प्रकारका अफवाहहरू पुष्टि गर्न चाहन्छौ? आज हामी यो विषयलाई उदाङ्गो पारौँ। यदि तिमीहरू अफवाहहरू पुष्टि गर्न चाहन्छौ भने, म तिमीहरूलाई ती कुराहरूका बारेमा मैले भन्‍नुपर्ने कुरा भन्‍नेछु, ताकि कतिपय मानिसहरूले यस्तो सोचिनरहून्, “के तपाईँ हामीबाट केही कुरा लुकाउँदै हुनुहुन्छ जुन तपाईँ हामीले थाहा पाएको चाहनुहुन्न? हामीलाई त सधैँ हामी तपाईँलाई पूर्ण रूपमा बुझ्न सक्दैनौँ जस्तो लाग्छ। हामीले तपाईँलाई पछ्याएका र धेरै सत्यता सुनेका भए पनि, हामीलाई अझै पनि अफवाहहरू साँचो हुन् कि झूटा हुन् भन्‍ने बारेमा हृदयमा अनिश्‍चित महसुस हुन्छ, त्यसकारण हामीमा सधैँ तिनलाई पुष्टि गर्ने विचार र सोच हुन्छ।” यदि तिमीहरू तिनलाई पुष्टि गर्न चाहन्छौ भने, साहसका साथ भन। यस विषयमा खुलस्त कुरा गरौँ। म तिमीहरूलाई ती कुराहरूका बारेमा आफूले भन्‍नुपर्ने कुरा भन्‍ने नै छु—लुकाउनुपर्ने कुरा केही छैन। के कसैले तिनलाई पुष्टि गर्न चाहन्छ? (अहँ।) तिमीहरूले ती कुराहरू पुष्टि गर्न नचाहनुको खास कारण तिमीहरूले ठूलो रातो अजिङ्गरका अफवाहहरूमा विश्‍वास नगर्ने आधारमा स्थापित भएको हो कि तिमीहरूमा “म यस विषयमा झन्झट उठाउन चाहन्नँ—म यसलाई छोडिदिनेछु” भन्‍ने मनोवृत्ति भएकाले हो? कि तिमीहरूलाई अफवाहहरू पुष्टि गरेपछि, तिमीहरू निराश हुनेछौ र परिणामको सामना गर्न सक्‍नेछैनौ भन्‍ने डर लागेकाले हो, र तिमीहरू अडिग रहन सक्छौ कि सक्दैनौ भन्‍ने कुरा तिमीहरूलाई थाहा नभएकाले, र तिमीहरूले त्यस्ता परिणामहरूको सामना गर्न नचाहेकाले हो? यी अफवाहहरूको विषयवस्तु जेसुकै भए पनि, तिमीहरूले तिनलाई पुष्टि गर्न चाहे पनि नचाहे पनि, तिमीहरूले यी अफवाहहरूका बारेमा मैले के भन्‍न चाहेको छु वा तीबारे मैले के टिप्पणी गरेको छु भन्ने कुरा सुन्‍न चाहेको भए पनि वा नचाहेको भए पनि, र तिमीहरूको मनोवृत्ति जस्तोसुकै भए पनि, मसँग एउटै मनोवृत्ति मात्रै हुन्छ: यदि तिमीहरूले सत्यता बुझ्छौ भने, स्वाभाविक रूपमै तिमीहरूले यी अफवाहहरूलाई खुट्ट्याउन सक्‍नेछौ; यदि तिमीहरू सत्यता बुझ्दैनौ र सत्यताको खोजी गर्दैनौ भने, म कुनै टिप्पणी गर्दिनँ। किनभने मैले सत्यता व्यक्त गर्ने धेरै वचन बोलेको छु; मैले तिमीहरूलाई यी अफवाहहरू व्याख्या गरिदिनु आवश्यक छैन—मैले गर्नुपर्ने काम यो होइन। के यति धेरै प्रवचन सुनेपछि पनि तिमीहरूले अझै पनि अफवाहहरू खुट्ट्याउन सक्दैनौ? सक्दैनौ भने, यसको अर्थ तिमीहरूले सत्यता बुझ्दैनौ भन्‍ने हुन्छ। सत्यता नबुझ्ने व्यक्तिलाई जति धेरै कुरा भनिए पनि, त्यो व्यर्थ नै हुन्छ—यो गैरविश्‍वासीहरूसँग कुरा गर्नु जस्तै हो; तैँले जति धेरै कुरा भने पनि, तिनीहरूले बुझ्नेछैनन्। त्यसकारण, कुनै अफवाहहरूका हकमा म कुनै टिप्पणी गर्दिनँ! म केही पनि व्याख्या गर्न चाहन्‍नँ, न त म केही भन्‍न नै चाहन्छु, न त म कुनै कुराको औचित्य साबित गर्न वा प्रतिरक्षा गर्न नै चाहन्छु। बाहिरी संसारमा जे भनिरहिएको भए पनि, म कुनै टिप्पणी गर्दिनँ! के तिमीहरूले यो कुरा स्पष्ट रूपमा सुनेका छौ? (छौँ।) “कुनै टिप्पणी गर्दिनँ”—यो एक प्रकारको मनोवृत्ति हो। यसका साथै, यस विषयमा मैले तिमीहरूलाई भन्‍न चाहने कुरा के हो? त्यो के हो भने, जहिले भए पनि, परमेश्‍वरको पहिचान र सार परिवर्तन हुँदैन, परमेश्‍वरको हैसियत परिवर्तन हुँदैन, परमेश्‍वरको स्वभाव परिवर्तन हुँदैन, परमेश्‍वरको अख्तियार र शक्ति परिवर्तन हुँदैन, परमेश्‍वर मानवजातिमाथि सार्वभौम हुनुहुन्छ र उहाँ तिनीहरूलाई जीवन प्रदान गर्नुहुन्छ भन्‍ने तथ्य परिवर्तन हुनेछैन, परमेश्‍वरको देहधारणको तथ्य परिवर्तन हुनेछैन, र परमेश्‍वर नै सत्यता, मार्ग, र जीवन हुनुहुन्छ भन्‍ने तथ्य कहिल्यै परिवर्तन हुनेछैन। के तिमीहरूका शङ्काहरूलाई समाधान गर्न यी शब्दहरू पर्याप्त छन्? (छन्।) यस विषयमा मैले तिमीहरूलाई भन्‍ने कुरा यति मात्रै हो। यदि तिमीहरूले बुझ्यौ भने, यसलाई स्वीकार गर। यदि तिमीहरूले यो कुरा बुझेनौ भने, यसबारे चिन्तन गर्न समय निकाल। यदि तेरो हृदयमा अझै पनि शङ्काहरू छन् र यी वचनहरूले तेरा शङ्काहरूलाई समाधान गर्न सक्दैनन् भने, मैले अरू केही गर्न सक्दिनँ। परिस्थितिलाई आफ्नो बाटो समात्न दे। म तेरा लागि यति मात्रै गर्न र भन्‍न सक्छु। के यो विधि उचित छ? (छ।) के यी वचनहरूले मानिसहरूमा निश्‍चित प्रभाव पार्न सक्छन्? विभिन्‍न जटिल मामलाहरूको सामना गर्दा, यदि तँ र परमेश्‍वरबीचको सम्बन्धमा दरार देखा पर्यो, वा यदि तँमा परमेश्‍वरबारे गम्भीर शङ्काहरू पैदा भए, र यी वचनहरूले तैँले अहिले सामना गरिरहेको समस्यालाई समाधान गर्न सकेनन् भने, तँ अविश्‍वासी होस्। तैँले सत्यतालाई नभई शैतानका झूटहरू र शैतानले बोल्ने जस्तोसुकै दुष्ट शब्दहरूलाई स्वीकार गर्छस्। यो सुरुमा आदम र हव्वाको अवस्था जस्तै हो—परमेश्‍वरले भन्‍नुभयो, “तिमीहरूले बगैंचाको हरेक रूखको फल खान सक्छौ, तर असल र खराबको ज्ञानको रूखको फलचाहिँ खानु हुँदैन, किनभने तिमीहरू त्यसबाट खाएको दिन, अवश्य नै मर्नेछौ।” तिनीहरूले परमेश्‍वरका वचनहरू सुनेपछि तिनलाई हृदयमा राखे। तर जब शैतानले तिनीहरूलाई “परमेश्‍वरले तिमीहरूले असल र खराबको ज्ञानको रूखको फल खानु हुँदैन भनेर भन्‍नुभयो—यो कुरा साँचो नै हो भन्‍ने छैन। यदि तिमीहरूले यो खायौ भने, तिमीहरू अवश्य नै मर्नेछैनौ” भनेर भनेपछि, आदम र हव्वा तुरुन्तै शङ्कालु भए। तिनीहरूले परमेश्‍वरका वचनहरूलाई त्यागे र सर्पका वचनहरूमा विश्‍वास गरे। तिनीहरूले परमेश्‍वरले भन्‍नुभएको कुरा झूट हो भनेर शङ्का गरे। सर्पले भनेको कुराका कारण, तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्न वा उहाँको आज्ञापालन गर्न छोडे तर तिनीहरूले सर्पका झूटहरूलाई पूर्ण रूपमा पछ्याए। यसको अन्तिम परिणाम के थियो भन्‍ने कुरा स्पष्ट रूपमा देख्‍न सकिन्छ। सर्पले तिनीहरूलाई भनेको कुरामा विश्‍वास र स्वीकार गरिरहँदा, तिनीहरूले परमेश्‍वरले भन्‍नुभएको कुरा झूट हो भन्‍ने सोच्दै परमेश्‍वरले भन्‍नुभएको कुरालाई इन्कार पनि गरिरहेका थिए। तिनीहरूले परमेश्‍वरका वचनहरू साँचो हुन् भन्‍ने कुरामा विश्‍वास गर्न छोडे, र तिनीहरूले परमेश्‍वरको पहिचान र सारमा विश्‍वास गर्न छोडे। बरु, तिनीहरू परमेश्‍वरप्रति शङ्कालु बने, र उहाँले तिनीहरूप्रति गुप्त मनसायहरू राख्‍नुहुन्छ र तिनीहरूलाई झूटहरूद्वारा छल गरिरहनुभएको छ भन्‍ने आशङ्का राखे। यसको विपरीत, तिनीहरूले सर्पले भनेको कुरा साँचो हो र सर्पले तिनीहरूको फाइदाका लागि बोलिरहेको छ भन्‍ने विश्‍वास गरे। अन्तिम परिणाम के भयो भने, तिनीहरू सर्पको प्रलोभनमा परे र शैतानले तिनीहरूलाई भ्रष्ट तुल्यायो। तिनीहरूले परमेश्‍वरको हेरचाहको बाटो बिराए, तिनीहरूले परमेश्‍वरको सुरक्षा गुमाए, र फर्केर आउन नसकिने बाटो लागे।

के तिमीहरूका लागि अफवाहहरूको समस्या समाधान भएको छ? यदि यो समाधान भएको छैन भने, बिस्तारै आफै यसबारे सोचविचार गर। अफवाहहरूलाई कसरी लिने भन्‍ने कुराको हकमा भन्दा, मैले धेरै सङ्गति गरिसकेको छु। यदि अझै पनि विभिन्‍न अफवाहहरूलाई छर्लङ्ग देख्‍न नसक्‍ने र तिनलाई खुट्ट्याउन नसक्‍ने मानिसहरू छन् भने, यसबारे सङ्गति गरेर आफै समाधान गर। यो मामला मुख्य मामिलाका रूपमा गन्ती नभए पनि, मानिसहरूको दैनिक जीवनमा यो प्रायजसो तिनीहरूको मनमा बाधा दिन र तिनीहरूको जीवनमा बाधा दिन सक्‍ने कुरा हो। कतिपय अफवाहहरू तुरुन्तै तेरो ज्यान लिने हदसम्म नपुगे पनि, ती तँलाई हुने एक प्रकारको सतावट पनि हुन्, मानिसहरूलाई नटोक्‍ने तर तिनीहरूलाई घिन लाग्‍ने किसिमको झिज्याउने भुसुना जस्तै—ती तँलाई बाधा दिन बेला-बेलामा देखा पर्छन्। विशेष गरी जब तँ कमजोर हुन्छस्, जब तैँले असफलता वा अड्चनहरूको सामना गर्छस्, वा तँ नकारात्मक हुन्छस्, तब तँलाई बाधा दिन, हृदयमा सास्ती दिन, तँलाई पछि तान्न, र बिस्तारै तँलाई डुब्न लगाउनका लागि यी अफवाह र दुष्ट शब्दहरू देखा पर्नेछन्। यसरी नै कतिपय मानिसहरू पछि हटेका छन् र तिनीहरूले विश्‍वास गर्न छोडेका छन्। हेर् त, समूह ख वा साधारण मण्डलीहरूमा पठाइने मानिसहरू ठूलो खतरामा छन्—तर के पूर्णकालीन रूपमा कर्तव्य पूरा गर्ने मानिसहरू खतरामा छैनन् र? तिनीहरूमध्ये कति जना पनि ठूलो खतरामा छन्। तिनीहरूमध्ये कुन समूहचाहिँ खतरामा छन्? निरन्तर सत्यता बुझ्न असफल हुने मानिसहरूको समूह। तिनीहरूले परमेश्‍वरका जति धेरै वचन सुनेका भए पनि, तिनीहरूले ती वचनहरू बुझ्दैनन्। हृदयमा, तिनीहरूले सधैँ शङ्का गर्छन्: “मैले किन परमेश्‍वरका कुन-कुन वचनहरू सत्यता हुन् भनेर पत्ता लगाउन सक्दिनँ? सबैले सत्यता नै मार्ग, र जीवन हो भनेर भन्छन्—मलाई किन यो जीवन हो भन्‍ने लाग्दैन? मैले पनि परमेश्‍वरका धेरै वचन सुनेको छु, तर मभित्रको जीवन परिवर्तन भएको छैन; म अझै पनि म नै हुँ, म परिवर्तन भएको छैनँ!” तिनीहरूले कहिल्यै सत्यता के हो भन्‍ने कुरा बुझ्दैनन्, तिनीहरूले कहिल्यै परमेश्‍वरको काम बुझ्दैनन्, र तिनीहरू सधैँ दर्शनहरूका बारेमा अस्पष्ट नै रहन्छन्। त्यस्ता मानिसहरू खतरामा हुन्छन्। यस्ता मानिसहरूले अफवाह सुन्दा, तिनलाई खुट्ट्याउन कहिल्यै सत्यताको खोजी गर्दैनन्; तिनीहरूलाई अफवाहबाट तर्किन र त्यसलाई इन्कार गर्न मात्रै आउँछ। यदि तिनीहरू ती कुराहरूबाट तर्कन सके भने, तिनीहरू भाग्यवश विपत्तिबाट जोगिन्छन्; यदि तिनीहरू ती कुराहरूबाट तर्कन सकेनन् भने, तिनीहरू शैतानको पकडमा पर्छन्। मलाई भन, के त्यस्ता मानिसहरूलाई शैतानले पकडमा पार्न सक्छ भन्‍ने कुरा संयोग हो? (होइन।) कहिल्यै सत्यता नबुझ्ने, परमेश्‍वरमा विश्‍वास गर्नु भनेको के हो भन्‍ने कुरा कहिल्यै नबुझ्ने मानिसहरू—के यी मानिसहरू परमेश्‍वरका भेडाहरू हुन्? के तिनीहरूले परमेश्‍वरका वचनहरू बुझ्न सक्छन्? (सक्दैनन्।) यी मानिसहरूले कहिल्यै परमेश्‍वरका वचनहरू बुझ्दैनन्, न त तिनीहरूले सत्यताको खोजी नै गर्छन्; अनि तिनीहरूलाई सधैँ यस्ता कुराहरूको चासो हुन्छ: “परमेश्‍वरको दिन कहिले आउनेछ? हामी कहिले स्वर्गको राज्यमा प्रवेश गर्नेछौँ?” परमेश्‍वरमा विश्‍वास गर्दा मानिसहरूले बुझ्नुपर्ने कुराहरूका हकमा भन्दा, तिनीहरूले तीमध्ये कुनै पनि कुरा बुझेका छैनन्। आखिर तिनीहरू कति अन्यौलग्रस्त हुन सक्छन्! मलाई भन, जब म यस्तो अन्यौलग्रस्त व्यक्तिसँग बोल्छु, तब मेरो हृदयमा कस्तो अनुभूति हुन्छ? सम्मान कि शोक? कि त्यो आक्रोशको अनुभूति हुन्छ? यी मानिसहरूलाई देख्दा मलाई झिजो लाग्छ। यी अन्यौलग्रस्त मूर्खहरूले परमेश्‍वरमा विश्‍वास गरेर के प्राप्त गर्न सक्छन्? ठूलो रातो अजिङ्गरले तिनीहरूलाई पक्राउ गरेर तिनीहरूको मगजधुलाई गरेपछि, तिनीहरूलाई प्रकाश गरिन्छ र हटाइन्छ। यी मानिसहरूले अलिकति पनि सत्यता बुझ्दैनन्, र परमेश्‍वरको घरले त्यस्ता मानिसहरूलाई चाहँदैन। तिनीहरू प्रकाश गरिने र हटाइने त ठूलो रातो अजिङ्गरमार्फत नै हो। मलाई भन, के यो प्रेम नगर्नु हो? (होइन।) यदि त्यस्ता मानिसहरूलाई ठूलो रातो अजिङ्गरले पक्राउ नगरेको भए, र यी अफवाहहरूले तिनीहरूलाई नबहकाएको भए, के तिनीहरू सधैँ मण्डलीमा टाँसिरहनेथिए? कुन-कुन परिस्थितिहरूले तिनीहरूलाई पछि हट्न लगाउन सक्छ? (तिनीहरूलाई त ठूलो रातो अजिङ्गरका अफवाहहरूले नै हटाउन सक्छ। तिनीहरूले अफवाह सुनेपछि र तिनलाई विश्‍वास गरेपछि, तिनीहरू पछि हट्छन्।) ठूलो रातो अजिङ्गर, अर्थात् यो प्रतिभारका दुष्ट पन्जाहरूद्वारा नै तिनीहरू कब्जामा पर्छन् र विश्‍वास गर्न छोड्छन्। वास्तवमा, यी मानिसहरूले सत्यता बुझ्न सक्दैनन्, कुनै कर्तव्य पूरा गर्न सक्दैनन्, र कुनै सेवा प्रदान गर्न सक्दैनन्। परमेश्‍वरको घरमा, तिनीहरूले सङ्ख्याहरू मात्रै पूरा गरिरहेका, सित्तैँमा खाइरहेका र मृत्युको प्रतीक्षा गरिरहेका हुन्छन्। तिनीहरूमध्ये प्रत्येक दयनीय स्थितिमा हुन्छन्, तैपनि तिनीहरूले आफू परमेश्‍वरका अनुयायीहरू, परमेश्‍वरका चुनिएका मानिसहरू भएको दाबी गर्छन्—के तिनीहरू लाजमर्दा मानिसहरू होइनन् र? परमेश्‍वरलाई पछ्याउनेहरू आत्माविनाका मृत मानिसहरू, पशुहरू नभई कम्तीमा पनि मानवचाहिँ हुनैपर्छ। तिनीहरू परमेश्‍वरले भन्‍नुहुने वचनहरू बुझ्न सक्‍ने मानिसहरू हुनैपर्छ। परमेश्‍वरका वचनहरू बुझ्न र सत्यता बुझ्न सक्‍ने मानिसहरू मात्रै परमेश्‍वरका भेडाहरू हुन्। परमेश्‍वरका भेडाहरूले मात्रै इमानदारी साथ आफ्नो कर्तव्य पूरा गर्न र परमेश्‍वरलाई पछ्याउन सक्छन्। जो परमेश्‍वरका भेडा होइनन्, तिनीहरू इमानदार अनुयायी होइनन्। तिनीहरू आशिष्‌हरू प्राप्त गर्ने उद्देश्य बोकेर मण्डलीमा घुसपैठ गर्छन्। तिनीहरूको हृदयमा परमेश्‍वर हुँदैन। तिनीहरूले जति वर्ष विश्‍वास गरे पनि, तिनीहरूसँग कहिल्यै परमेश्‍वरको डर मान्‍ने हृदय हुन सक्दैन। दियाबलसहरू, शैतानहरू, र अशुद्ध आत्मा र दुष्ट आत्माद्वारा कब्जा गरिएका मानिसहरूलाई पनि यो नै साँचो मार्ग हो भन्‍ने थाहा हुन्छ, र तिनीहरूले पनि आशिष्‌हरूको कामना गर्छन्। तर के परमेश्‍वर त्यस्ता मानिसहरूलाई चाहनुहुन्छ? (चाहनुहुन्‍न।) विभिन्‍न दुष्ट आत्मा र अशुद्ध आत्माहरू जनावरहरूलाई स्वामित्वमा राख्छन्, र धेरै वर्षको संवर्धनबाट गुज्रिएपछि र अलौकिक प्राणी बनेपछि, तिनीहरू सधैँ मानव बन्‍न चाहन्छन्। तिनीहरू अशुद्ध आत्मा, दुष्ट आत्मा, वा विभिन्‍न पशु आत्माका रूपमा रहिरहन अनिच्छुक हुन्छन्; तिनीहरू उच्च स्तरमा उक्लिन चाहन्छन्—मानव बन्‍न चाहन्छन्। त्यसरी नै, यी अन्यौलग्रस्त मूर्खहरू पनि परमेश्‍वरका चुनिएका मानिसहरू बन्ने चाहना राख्दै आफ्नो स्तर बढाउन चाहन्छन्। मलाई भन, के परमेश्‍वर त्यस्ता मानिसहरूलाई चाहनुहुन्छ? चाहनुहुन्‍न। तिनीहरूले मण्डलीमा घुसपैठ गरे पनि, यो व्यर्थ हुनेछ; जेसुकै भए पनि तिनीहरूलाई पखालेर फाल्नैपर्छ। तिनीहरूलाई पखालेर फालेपछि, परमेश्‍वरको घर शुद्ध हुनेछ, र मण्डली शुद्ध हुनेछ। बाँकी रहेका मानिसहरू कम्तीमा पनि परमेश्‍वरको पहिचान र सारलाई स्वीकार गर्ने, परमेश्‍वर सत्यता, मार्ग, र जीवन हुनुहुन्छ भनेर स्वीकार गर्ने, र स्वेच्छाले परमेश्‍वरलाई सेवा प्रदान गर्न सक्‍नेहरू हुनैपर्छ। के ती अन्यौलग्रस्त मूर्खहरूले यो कुरा हासिल गर्न सक्छन्? तिनीहरू यो कुरा हासिल गर्नबाट निकै टाढा हुन्छन्। तिनीहरू सबै आत्माविनाका मरेका मानिस हुन्, तैपनि तिनीहरू सधैँ आशिष्‌हरू चाहन्छन्, सधैँ राज्यमा प्रवेश गर्न चाहन्छन्, सधैँ स्वर्ग जान चाहन्छन्। तिनीहरूको महत्त्वाकाङ्क्षा र चाहना सानो हुँदैन, तर तिनीहरू आफू के हुँ भनेर समेत हेर्दैनन्—तिनीहरू आफूलाई बढी आँक्छन्! त्यस्ता मानिसहरूलाई हटाउनु सही हुन्छ। के तिमीहरूलाई यो दयनीय कुरा हो जस्तो लाग्छ? (लाग्दैन।) सुरुदेखि नै, परमेश्‍वरले भन्‍नुभयो, “म मानिसहरूको धेरै सङ्ख्या नभई तिनीहरूको उत्कृष्टता चाहन्छु।” यो परमेश्‍वरद्वारा आफ्ना चुनिएका मानिसहरूका लागि माग गरिएको मानक हो, साथै मण्डलीमा रहेका मानिसहरूको सङ्ख्यासँग सम्बन्धित माग र सिद्धान्त हो। “म मानिसहरूको उत्कृष्टता चाहन्छु”—यहाँ, “उत्कृष्टता” ले राज्यका असल सिपाहीहरूलाई जनाउँछ कि विजेताहरूलाई जनाउँछ? दुवैमध्ये कुनै पनि कुरा सही होइन। सटीक रूपमा भन्दा, “उत्कृष्टता” ले जोसँग सामान्य मानवता छ, जो साँचो रूपमा मानव हुन्, तिनीहरूलाई जनाउँछ। परमेश्‍वरको घरमा, यदि तैँले मानवले पूरा गर्नुपर्ने कर्तव्यहरू पूरा गर्न सक्छस्, यदि तँलाई मानवका रूपमा प्रयोग गर्न सकिन्छ, र यदि तैँले अरूले तँलाई नतानी, नघिस्याई, वा नठेली मानवका जिम्मेवारी, कर्तव्य, र दायित्वहरू पूरा गर्न सक्छस् भने, र तँ व्यर्थको रद्दी होइनस्, तँ मुफ्तखोर होइनस्, तँ आवारा होइनस्—तैँले मानवका जिम्मेवारी र दायित्वहरू र मानवको मिसन वहन गर्न सक्छस् भने—मानवका रूपमा मानकअनुरूप हुनु भनेको यही मात्रै हो! के ती आवारा र आफ्‍ना उचित कामहरूमा ध्यान नदिनेहरूले मानवको मिसन वहन गर्न सक्छन्? (सक्दैनन्।) कतिपय मानिसहरू जिम्मेवारी वहन गर्न अनिच्छुक हुन्छन्; अरूले त्यो वहन गर्न सक्दैनन्—तिनीहरू व्यर्थका रद्दी हुन्। मानवका जिम्मेवारीहरू वहन गर्न नसक्‍नेहरूलाई मानव भन्‍न सकिँदैन। बौद्धिक रूपमा अशक्त, मूर्ख, मस्तिष्कमा समस्या भएका, वा शारीरिक रूपमा अशक्त मानिसहरूलाई हेर त—के तिनीहरूलाई मानकअनुरूपको मानव भन्‍न सकिन्छ? (सकिँदैन।) किन सकिँदैन? त्यस्ता मानिसहरूसँग जिउने कुनै क्षमता हुँदैन, बाँच्ने कुनै क्षमता हुँदैन, र आफ्नो हेरचाह गर्ने कुनै क्षमता हुँदैन। तिनीहरू सहयोग र हेरचाहका लागि पूर्ण रूपमा अरूमा भर पर्छन्, तिनीहरू आफूलाई भरणपोषण गर्ने क्षमताविना जिउँछन्, र तिनीहरूले मानवका जिम्मेवारी र दायित्वहरू वहन गर्न सक्दैनन्। परमेश्‍वरको घरमा आफ्नो कर्तव्य पूरा गर्न नसक्‍नेहरू सामान्य मानिसहरू होइनन्, र परमेश्‍वर तिनीहरूलाई चाहनुहुन्न। तँ अगुवा भए पनि वा कामदार भए पनि, वा तैँले व्यावसायिक सीपहरूसँग सम्बन्धित निश्‍चित काम गरिरहेको भए पनि, तैँले आफूले जिम्मेवारी लिएको काम वहन गर्न सक्नैपर्छ। आफ्नो जीवन र अस्तित्व व्यवस्थापन गर्न सक्‍ने बाहेक, तेरो अस्तित्व सास फेर्नुसँग मात्रै सम्बन्धित हुँदैन, खानु, पिउनु, र रमाइलो गर्नुसँग मात्रै सम्बन्धित हुँदैन, बरु परमेश्‍वरले तँलाई दिनुभएको मिसन वहन गर्न सक्नुसँग सम्बन्धित हुन्छ। त्यस्ता मानिसहरू मात्रै सृजित प्राणी कहलिन लायक हुन्छन् र मानव कहलिन लायक हुन्छन्। सधैँ सित्तैँमा खान चाहने र सधैँ छलकपट गर्दै अघि बढ्ने, चलाकी गरेर अन्त्यसम्म पुग्ने अनि आशिष्‌हरू प्राप्त गर्ने आशा गर्ने परमेश्‍वरको घरमा रहेका मानिसहरूले कुनै पनि काम वा जिम्मेवारी वहन गर्न सक्दैनन्, कुनै मिसन वहन गर्न सक्नु त परको कुरा हो। त्यस्ता मानिसहरूलाई हटाउनैपर्छ, र यो खेदजनक कुरा होइन। किनभने जेलाई हटाइँदै छ, त्यो मानव होइन—तिनीहरू मानव कहलिन लायक छैनन्। तैँले तिनीहरूलाई व्यर्थका मानिसहरू, आवारा, वा आलसी मानिस भन्‍न सक्छस्; जे भए पनि, तिनीहरू मानव कहलिन लायक हुँदैनन्। जब तैँले तिनीहरूलाई कुनै काम सुम्पन्छस्, तब तिनीहरूले यसलाई आत्मनिर्भर रूपमा पूरा गर्न सक्दैनन्; अनि जब तैँले तिनीहरूलाई कुनै कार्य सुम्पन्छस्, तब तिनीहरूले आफ्नो जिम्मेवारी वहन गर्न वा आफूले पूरा गर्नुपर्ने दायित्व पूरा गर्न सक्दैनन्—यस्ता मानिसहरू खतम हुन्छन्। तिनीहरू जिउन लायक हुँदैनन्; तिनीहरू मृत्यु पाउन लायक हुन्छन्। परमेश्‍वरले तिनीहरूलाई बाँच्‍न दिनु नै उहाँको अनुग्रह हो, र यो असाधारण निगाह हो।

अफवाहहरूको विषयको हकमा भन्दा, हामी यहीँ रोकिनेछौँ। यदि तिमीहरूसँग अझै पनि कुनै समस्याहरू छन् भने, तिमीहरूले तिनलाई उठाएर तिनका बारेमा सङ्गति गर्न वा तिनलाई आफै समाधान गर्न सत्यताको खोजी गर्न सक्छौ। हामी यसबारे अब कुरा गर्नेछैनौँ, हुन्छ? के कसैलाई कुनै आपत्ति छ? (छैन।) यदि मैले छलफल नगरेका कुनै समस्याहरू छन् भने, तिमीहरूले ती समाधान गर्ने उपाय आफै सोच्न सक्छौ। यस मामलामा, मैले आफ्नो जिम्मेवारी पूरा गरेको छु। मानौँ कसैले भन्छ, “हामीले अझै आफूले चाहेको उत्तर प्राप्त गरेका छैनौँ; ती अफवाहहरू साँचा हुन् कि झूटा हुन्? कृपया हामीलाई स्पष्ट उत्तर दिनुहोस्।” मैले तिमीहरूलाई स्पष्ट उत्तर दिएँ भने पनि, यसले कुन समस्या समाधान गर्न सक्छ? त्यसकारण म तिमीहरूले आफै यो उत्तर खोज्नुपर्छ भनेर भन्छु। यस विषयमा म कुनै टिप्पणी गर्दिनँ। यो सबै तिमीहरूसँग खुट्ट्याउने क्षमता छ कि छैन भन्‍ने कुरामा निर्भर हुन्छ। जसले सत्यता प्राप्त गरेका छन् तिनीहरू कहिल्यै बहकाउमा पर्नेछैनन्। वास्तवमा, यी अफवाहहरूले धेरै मानिसहरूलाई प्रकाश गरेका छन्। जसले वर्षौँदेखि परमेश्‍वरमा विश्‍वास गरेका छन् तर सत्यता प्राप्त गरेका छैनन् तिनीहरू सबै प्रकाश भएका छन्—यो परमेश्‍वरको बुद्धि हो। मेरो उत्तर यही हो। बुझ्यौ? (बुझ्यौँ।) त्यसोभए, म तिमीहरूलाई के कुरा बताउन चाहन्छु त? म जे भन्‍न चाहन्छु, त्यो सबै “वचन देहमा देखा पर्नुहुन्छ” पुस्तकका खण्डहरू र सबै प्रवचनमा छ। यी वचनहरू मैले तिमीहरूलाई बताउन चाहेका कुराहरू हुन्। के ती पर्याप्त छैनन् र? (छन्।) यदि कतिपय मानिसहरूले अझै पनि, “त्यसोभए, अफवाहहरूका हकमा, के तपाईँसँग कुनै उत्तर छ?” भन्दै अड्डी कस्छन् भने, म छैन, म अझै पनि कुनै टिप्पणी गर्दिनँ भनेर भन्छु। मैले सबै प्रवचनमा आफूले भन्‍न चाहेका धेरै कुरा भनिसकेको छु। यदि तिमीहरू सत्यताको खोजी गर्न इच्छुक छौ, र तिमीहरूले यी वचनहरूलाई स्वीकार गर्न र पालना गर्न सक्छौ भने, तिमीहरूका समस्याहरू समाधान हुनेछन्। यदि तिमीहरूले यी वचनहरूलाई स्वीकार गरेनौ भने, तिमीहरूका समस्याहरू सधैँ समस्याहरू नै रहनेछन्। मैले आफ्नो जिम्मेवारी पूरा गरेको छु; अबदेखि मसँग यसको कुनै सम्बन्ध छैन। के तिमीहरूले स्पष्ट रूपमा सुन्यौ? (सुन्यौँ।)