सत्यता कसरी पछ्याउने (४) भाग एक

सत्यता पछ्याउनुको पहिलो अभ्यास: त्याग्‍नु

आफू र परमेश्‍वरबीचका तगाराहरू र परमेश्‍वरप्रतिको शत्रुता त्याग्‍ने

१. परमेश्‍वरबारेका आफ्ना धारणा र कल्पनाहरू त्याग्‍ने: परमेश्‍वरको कामबारेका आफ्ना धारणा र कल्पनाहरू त्याग्‍ने

च. परमेश्‍वरको कामले मानिसहरूका जन्मजात अवस्थाहरू परिवर्तन गर्दैन; यसले तिनीहरूका भ्रष्ट स्वभावहरू परिवर्तन गर्ने उद्देश्य राख्छ

पछिल्लो भेलामा, हामीले “सत्यता कसरी पछ्याउने” भन्‍ने विषयका बारेमा सङ्गतिलाई जारी राखेका थियौँ। उक्त सङ्गतिको मुख्य विषयवस्तु के थियो? हामीले मानिसहरूको जन्मजात अवस्था र तिनीहरूको भ्रष्ट स्वभावका बीचमा रहेका भिन्‍नताहरूका बारेमा सङ्गति गर्‍यौँ, र हामीले यी दुई पक्षहरूका बारेमा पनि विशिष्ट रूपमा सङ्गति गर्‍यौँ। सङ्गतिमार्फत, के तिमीहरूलाई परमेश्‍वरले गर्न चाहनुभएको कामका बारेमा र मानिसहरूलाई मुक्ति दिँदा परिवर्तन गर्न चाहनुभएको मानिसका पक्षहरूका बारेमा निश्‍चित बुझाइ प्राप्त भएको छ? (छ। परमेश्‍वरको पछिल्लो सङ्गतिमार्फत, मैले के बुझेँ भने परमेश्‍वरले आफ्नो कामद्वारा परिवर्तन गर्न चाहनुहुने कुरा भनेको मानिसहरूको भ्रष्ट स्वभाव हो।) मानिसहरूलाई मुक्ति दिँदा, परमेश्‍वर तिनीहरूलाई तिनीहरूको भ्रष्ट स्वभावबाट मुक्त गर्ने अभिप्राय राख्‍नुहुन्छ; उहाँ तिनीहरूको जन्मजात अवस्थाहरू परिवर्तन गर्ने अभिप्राय राख्‍नुहुन्‍न, होइन र? (हो।) परमेश्‍वरले सत्यता व्यक्त गर्नुहुन्छ र मानिसहरूलाई सत्यता आपूर्ति गर्नुहुन्छ, साथै कामका विभिन्‍न विधिहरू प्रयोग गर्नुहुन्छ—यी सबै मानिसहरूको भ्रष्ट स्वभावलाई लक्षित गरिएको हुन्छ। आफ्नो काममार्फत, परमेश्‍वरले मानिसहरूलाई अस्तित्वका लागि तिनीहरू भर पर्ने स्वभावहरूलाई फाल्न सम्भव तुल्याउनुहुन्छ, जुन कुरालाई शैतानले भ्रष्ट तुल्याएको हुन्छ। यसरी, परमेश्‍वरका वचनहरू र सत्यता मानिसहरूभित्र आत्मसात् गराइन्छन्, र ती तिनीहरूको जीवन बन्छन्। परमेश्‍वरको कामले हासिल गर्ने उद्देश्य राख्‍ने अन्तिम परिणाम यही हो। यस पक्षको सङ्गतिबाट तिमीहरूले के बुझ्यौ? कुन विषयवस्तुले तिमीहरूमा सबैभन्दा गहन प्रभाव पार्‍यो? यसबारे एकछिन सोच। (परमेश्‍वरको पछिल्लो सङ्गतिले मलाई मेरो भ्रमपूर्ण दृष्टिकोणलाई सुधार्न मद्दत गर्‍यो। विगतमा, म परमेश्‍वरले मानिसहरूको अन्तर्निहित क्षमता, सामर्थ्य र व्यक्तित्वलाई परिवर्तन गर्नुहुन्छ भन्‍ने सोच्थेँ, तर परमेश्‍वरको सङ्गतिमार्फत, मैले परमेश्‍वरले अलौकिक काम गर्नुहुन्‍न रहेछ भन्‍ने बुझेँ। परमेश्‍वरको काम भनेको मानिसहरूको भ्रष्ट स्वभाव र तिनीहरूका विभिन्‍न भ्रमपूर्ण विचार र दृष्टिकोणहरूलाई परिवर्तन गर्नु हो, जुन शैतानका कुराहरू हुन्। परमेश्‍वरका वचनहरूको अभ्यास गरेर, मानिसहरूको सामान्य मानवता पुनर्स्थापित हुन्छ, र तिनीहरूको विवेक र समझ झन्-झन् सामान्य बन्दै जान्छ। यसको साथै, मैले सत्यता पछ्याउनुको महत्त्व पनि बुझेँ। सत्यता पछ्याएर र सत्यताको अभ्यास गरेर मात्रै हाम्रो भ्रष्ट स्वभावलाई समाधान गर्न सकिन्छ; जब परमेश्‍वरका वचनहरू हाम्रो जीवन बन्छन्, तब हामीले परमेश्‍वरबाट मुक्ति प्राप्त गर्छौँ। परमेश्‍वरको सङ्गतिका यी दुई पक्षले मलाई तुलनात्मक रूपमा गहिरो प्रभाव पारेका छन्।) पछिल्लो सङ्गतिको विषयवस्तु दर्शनहरूसम्बन्धी सत्यतासँग सम्बन्धित थियो; यसमा परमेश्‍वरको कामका केही विशिष्ट पक्षहरू, परमेश्‍वरको कामका लक्षित वर्गहरू, र यसले हासिल गर्न चाहने परिणामहरू समावेश थिए। सङ्गति गरिएको विषयवस्तुको आधारमा हेर्दा, केही विशिष्ट प्रश्‍नहरू उठे। यी प्रश्‍नहरूमा दैनिक जीवनका कुन-कुन प्रकटीकरणहरूलाई व्यक्तिको जन्मजात अवस्थाको रूपमा लिइन्छ, कुन-कुन प्रकटीकरणहरूले व्यक्तिको चरित्र वा उसको मानवता सारलाई प्रतिविम्बित गर्छन्—अर्थात्, हामीले प्रायजसो व्यक्तिको मानवता असल छ कि खराब छ भन्‍ने कुराका केही प्रकटीकरणहरू भनेर उल्लेख गर्ने कुराहरू—र कुन-कुन प्रकटीकरणहरू भ्रष्ट स्वभावका प्रकटीकरण हुन् भन्ने कुराहरू समावेश हुन्छन्। यी विशिष्ट प्रश्‍नहरू हुन्, होइनन् र? हामीले यस विषयमा यसभन्दा पहिले सङ्गति गर्दा केही उदाहरणहरू प्रदान गरे पनि, ती त्यति लक्षित वा तोकिएर नै भनिएका थिएनन्। आज, हामी मानिसहरूले प्रकट गर्ने जन्मजात अवस्थाहरू, तिनीहरूको चरित्रसँग सम्बन्धित प्रकटीकरणहरू, र भ्रष्ट स्वभावको वर्गमा पर्ने प्रकटीकरणहरूका बीचमा भिन्‍नता छुट्याउनका लागि यस विषयमा विशिष्ट रूपमा सङ्गति गर्नेछौँ, र यी तीन वटा पक्षहरूका विशिष्ट प्रकटीकरणहरूलाई छुट्याउनेछौँ। यसरी, मानिसहरूले आफ्नो दैनिक जीवनमा सामना गर्ने असङ्ख्य समस्याहरूलाई परमेश्‍वरका वचनहरू र सत्यताको आधारमा यी तीन पक्षहरूसँग कसरी जोड्नुपर्छ भन्‍ने कुरा अझै स्पष्ट हुनेछ। यसमा मानिसहरूका कुन-कुन प्रकटीकरणहरू सामान्य मानवताको अन्तर्निहित पक्षहरू हुन् जसलाई निराकरण वा नियन्त्रण गर्नु पर्दैन; कुन-कुन पक्षहरू मानिसहरूको मानवतामा रहेका समस्याहरूका प्रकटीकरण हुन्, र तिनीहरूले यी कुराहरूलाई कसरी परिवर्तन र सुधार गर्नुपर्छ, वा कसरी सत्यता खोजेर तिनलाई समाधान गर्नुपर्छ; र कुन-कुन प्रकटीकरणहरू भ्रष्ट स्वभावका वर्गमा पर्छन्, र मानिसहरूले यी स्वभावहरूको सारलाई कसरी बुझ्नुपर्छ र सत्यतालाई स्वीकार र अभ्यास गरेर तिनलाई कसरी समाधान गर्नुपर्छ र फाल्नुपर्छ भन्‍ने कुरा समावेश हुन्छ। यी सबैका विशिष्ट प्रकटीकरणहरू हुन्छन्, र अवश्य नै, अभ्यासका निश्‍चित मार्गहरू समावेश हुन्छन्। मानिसहरूका फरक-फरक प्रकटीकरणअनुसार, हामी अभ्यासका सिद्धान्त र मार्गहरूका बारेमा सङ्गति गर्नेछौँ ताकि मानिसहरूले यी समस्याहरूको सामना कसरी गर्ने र तिनलाई कसरी समाधान गर्ने भन्‍ने कुरा बुझ्न सकून्, र मानिसहरूमा विभिन्‍न समस्याहरूका बारेमा अझै ठोस मनोवृत्ति र अभ्यासका मार्गहरू हुन सकून्। के यसरी सङ्गति गर्नु राम्रो हो जस्तो सुनिन्छ? (सुनिन्छ।)

४. जन्मजात अवस्थाहरू के हुन्

हामीले यसभन्दा पहिले जन्मजात अवस्था, मानवता, र भ्रष्ट स्वभावका तीन वटा समस्याहरूका बारेमा दुई पटक सङ्गति गरेका छौँ। हामीले मानिसहरूका प्रकटीकरण र प्रकाशहरू यी तीन वटामध्ये कुन-कुन समस्याहरूमा पर्छन् भनेर निसानाबद्ध रूपमा तोकेर व्याख्या नगरे पनि, हामीले हरेक समस्याका बारेमा सङ्गति गर्दा केही उदाहरणहरू प्रदान गर्‍यौँ। अघिल्‍ला सङ्गतिहरूमा, यी तीन वटा समस्याहरूको कुरा उठाउँदा, हामीले यी समस्याहरूको सार वा संलग्‍न अभ्यासका मार्ग र सिद्धान्तहरूका बारेमा पनि सङ्गति गरेका थियौँ। अब, मैले भर्खरै उल्लेख गरेका तीन वटा समस्याहरूका सम्बन्धमा, म सबैले सुरुमा जन्मजात अवस्थाहरूले के जनाउँछन् भन्‍नेबारे छलफल गरून् भन्‍ने चाहन्छु। तिमीहरू सबैले सुरुमा आधारभूत अवधारणा प्राप्त गर्न यसबारे मोटामोटी रूपमा सङ्गति गर्न सक्छौ। (परमेश्‍वर, के जन्मजात अवस्थाहरूले व्यक्तिको क्षमता, सामर्थ्य, अन्तर्निहित व्यक्तित्व, र जन्मजात प्रवृत्तिलाई जनाउँछन्?) हामीले यस विषयवस्तुका बारेमा पहिले सङ्गति गरिसकेका छौँ, त्यसकारण तिमीहरू सबै यससँग परिचित हुनुपर्छ। अरू पनि छन्? के सामर्थ्य र रूपलाई जन्मजात अवस्था मानिन्छन्? (मानिन्छन्।) व्यक्तिको पारिवारिक पृष्ठभूमिलाई नि? (हो, यसलाई पनि मानिन्छ।) अनि यसमा जीवनशैलीका दिनचर्या र बानीबेहोराहरू पनि पर्छन्, होइन र? अरू केही छ? (रुचि र सोखहरू पनि पर्छन्।) रुचि र सोख अनि सबलताका बीचमा थोरै भिन्‍नता हुन्छ। रुचि र सोख थप्दा यसले थप विशिष्टता प्रस्तुत गर्छ। हामी तिनलाई क्रमबद्ध रूपमा सूचीकृत गरौँ: पहिलो पारिवारिक पृष्ठभूमि हो। दोस्रो रूप हो। तेस्रो व्यक्तित्व हो। चौथो जन्मजात प्रवृत्ति हो। पाँचौँ क्षमता हो। छैटौँ सबलता हो। सातौँ रुचि र सोखहरू हो। आठौँ सामर्थ्यहरू हो। अनि त्यसपछि जीवनशैलीका बानीबेहोरा र जीवनशैलीका दिनचर्याहरू। यी अन्तिम दुई वटा समान छन् तर तिनका केही विशिष्ट भिन्‍नताहरू छन्। यिनलाई जोड्दा जम्‍मा दश वटा हुन्छन्। पढेर सुनाओ। (एक: पारिवारिक पृष्ठभूमि। दुई: रूप। तीन: व्यक्तित्व। चार: जन्मजात प्रवृत्ति। पाँच: क्षमता। छ: सबलता। सात: रुचि र सोख। आठ: सामर्थ्य। नौ: जीवनशैलीको बानीबेहोरा। दश: जीवनशैलीको दिनचर्या।) यी सबै मानिसहरूका जन्मजात अवस्था हुन्। के हामीले जन्मजात अवस्थाहरूका बारेमा पनि विशेष रूपमा सङ्गति गर्नु पर्दैन र? सङ्गति नगरी, के तिमीहरू आफैले उचित रूपमा भिन्‍नता छुट्याउन सक्छौ? (सक्दैनौँ।) तिमीहरूले कुन-कुन अवस्थामा भिन्‍नता छुट्याउन सक्दैनौ? (कहिलेकहीँ जब हामीले कसैमा निश्‍चित प्रकटीकरणहरू देख्छौँ, तब हामी ती त्यो व्यक्तिको व्यक्तित्व वा नैसर्गिक प्रवृत्तिको प्रतिविम्ब हुन् कि भ्रष्ट स्वभावका प्रकटीकरणहरू हुन् भनेर भन्न सक्दैनौँ।) (अनि, जीवनशैलीका बानीबेहोरा र जीवनशैलीका दिनचर्याहरू—मैले यी कुराहरू त व्यक्तिले पाएका जियाइ अवस्था र पृष्ठभूमिका आधारमा निर्माण भएका हुन्छन् भन्‍ने सोच्थेँ; ती जन्मजात अवस्थाहरू हुन सक्छन् भन्‍ने मलाई थाहा थिएन।) हेर् त, जब हामी एउटा मुख्य विषयवस्तुभित्रका केही विस्तृत र निश्‍चित विषयवस्तुहरूलाई विभाजन गरेर हेर्छौँ, तब झट्ट हेर्दा, तँलाई यी विशिष्ट कुराहरू थाहा छ जस्तो देखिन्छ, तर वास्तविक जीवनमा, तँ ती कुरामा अलि झुक्किन्छस्; तिनलाई कसरी छुट्याउने भन्‍ने बारेमा तँ अझै खासै स्पष्ट छैनस्, होइन र? (हो।) हामीले अझै पनि यस विषयमा केही विशिष्ट सङ्गति गर्नुपर्छ।

५. जन्मजात अवस्थाहरू, मानवता, र भ्रष्ट स्वभावहरूबीचको भिन्नता र सम्बन्ध

हामीले भर्खरै उल्लेख गरेका तीन वटा पक्षहरू—जन्मजात अवस्थाहरू, मानवता, र भ्रष्ट स्वभावहरू—का सम्बन्धमा हामी जन्मजात अवस्थाहरूका केही विशिष्ट विषयवस्तुहरूलाई सूचीकृत गरौँ र तिनलाई एक-एक गरेर विस्तृत रूपमा सङ्गति गरौँ। हामी मानवता र भ्रष्ट स्वभावहरूलाई सूचीकृत गर्नेछैनौँ। जन्मजात अवस्थाहरूका विशिष्ट विषयवस्तु र प्रकटीकरणहरूका बारेमा सङ्गति गर्ने क्रममा, हामी मानवताका केही प्रकटीकरणहरू र भ्रष्ट स्वभावका प्रकाशहरूका बारेमा पनि कुरा गर्नेछौँ। जब हामी यिनका बारेमा सङ्गति गर्छौँ, तब तिमीहरूले ती परिवर्तन गर्नु नपर्ने जन्मजात अवस्थाहरूमा पर्छन्, कि सत्यताको खोजीमार्फत समाधान गर्नुपर्ने मानिसहरूको चरित्र वा भ्रष्ट स्वभावमा पर्छन् भनेर छुट्याउन र फरक पत्ता लगाउन सक्‍नेछौ। विशिष्ट उदाहरण र समस्याहरू प्रयोग गरेर विशिष्ट सङ्गतिमा संलग्‍न भएपछि, भिन्‍नताहरू अझै स्पष्ट हुनेछन्, होइन र? (हो।)

उदाहरण १: गरीबीमा हुर्कनु र सम्पन्नतामा हुर्कनु

कतिपय मानिस गरिब परिवारबाट आएका हुन्छन् र तिनीहरू आर्थिक रूपमा विपन्न हुन्छन्। तिनीहरू सङ्कुचित परिस्थितिमा जिउँछन्; तिनीहरूसँग सधैँ अत्यन्तै कम पैसा हुन्छ र तिनीहरूले हरेक खर्चको हिसाबकिताब र योजना गर्नुपर्छ। पैसा खर्च गर्ने मामलामा तिनीहरू एक-एक पैसाले पुर्‍याउनु भन्ने शैली अपनाउँछन्। तिनीहरू त्यस्ता परिवारमा र त्यस्ता परिस्थितिहरूमा जन्मेका हुन्छन्। हामीले सङ्गति गरेका तीन वटा पक्षहरूमध्ये यो कुन पक्षअन्तर्गत पर्छ? यो जन्मजात अवस्था हो कि, मानवता हो कि भ्रष्ट स्वभाव हो? यो तिनीहरूको पारिवारिक पृष्ठभूमिको एउटा पक्ष हो, जुन जन्मजात अवस्था हो, होइन र? (हो।) यो पारिवारिक पृष्ठभूमि असल हो कि खराब हो? (मानवको दृष्टिकोणबाट हेर्दा, यो खराब हो।) तिनीहरूलाई हातमुख जोड्न धौ-धौ हुन्छ, तिनीहरूको परिवार दरिद्र हुन्छ, तिनीहरूको आर्थिक अवस्था सम्पन्‍न वा समृद्ध हुँदैन—यी कुराहरू तिनीहरूको पारिवारिक पृष्ठभूमिसँग सम्बन्धित समस्या हुन्। यस्तो व्यक्ति गरिब परिवारमा जन्मेको, उसले कहिल्यै पनि चौरासी व्यञ्जन नखाएको, ब्रान्डको लुगा कहिल्यै नलगाएको, विभिन्‍न विलासिता कहिल्यै अनुभव नगरेको, र ऊ कहिल्यै पनि कुनै उच्च स्तरीय सामान वा कुनै पनि धनी व्यक्ति वा प्रसिद्ध व्यक्तिको सम्पर्कमा नआएको भए पनि, ऊसँग विवेक र समझ हुन्छ। अरूसँग अन्तरक्रिया गर्दा, तिनीहरूले कहिल्यै पनि फाइदा लिँदैनन्। जब तिनीहरूले कसैले असल कुराहरू उपभोग गरिरहेको देख्छन् वा कुनै धनी व्यक्तिलाई देख्छन्, तब तिनीहरूलाई डाहा हुने भए पनि, तिनीहरूले अरूको सम्पत्ति चोर्छु वा हत्याउँछु भनेर कहिल्यै सोच्दैनन्। यस्तो व्यक्तिको प्रकटीकरण कुन पक्षसँग सम्बन्धित हुन्छ? (तिनीहरूको चरित्रसँग, तिनीहरूको मानवतासँग।) यो तिनीहरूको मानवतासँग सम्बन्धित हुन्छ। यस पक्षमा तिनीहरूको मानवताको प्रकटीकरण असल हुन्छ कि खराब हुन्छ? (तिनीहरूको मानवता असल र सीधा हुन्छ।) यसलाई अझै पनि सीधा ठहराउन सकिँदैन; यसको अर्थ तिनीहरूले स-साना लाभहरूमा फाइदा लिँदैनन् र धनीलाई चापलुसी गर्दैनन् भन्‍ने मात्रै हुन्छ। तिनीहरूले त्यस्ता मामलाहरूलाई सही रूपमा लिन सक्छन्। यस्तो व्यक्तिको मानवता कस्तो हुन्छ? (तिनीहरूको मानवता तुलनात्मक रूपमा राम्रो हुन्छ।) यो वस्तुगत अभिव्यक्ति हो; तिनीहरूको मानवता तुलनात्मक रूपमा राम्रो हुन्छ, जसको अर्थ तिनीहरूको चरित्रको हिसाबमा, तिनीहरूमा तुलनात्मक रूपमा अलिक निष्ठा र इज्जत हुन्छ। तिनीहरूको पारिवारिक पृष्ठभूमि कमजोर भए पनि र कुलीन नभए पनि, तिनीहरू गरिबलाई घृणा गर्ने र धनीलाई रुचाउने गर्दैनन्, न त तिनीहरूले अरूबाट फाइदा नै लिन्छन्। अर्को प्रकारको व्यक्ति हुन्छ: तिनीहरू धनी परिवारमा जन्मेका हुन्छन्, वा गैरविश्‍वासीहरूले भने जस्तै, “मुखमा चाँदीको चम्चा लिएर जन्मेका हुन्छन्।” तिनीहरूले कहिल्यै पनि खानेकुरा वा लुगाफाटोको चिन्ता गर्नु परेको हुँदैन, र सबै कुरा तिनीहरूका लागि सजिलै उपलब्ध हुन्छ; तिनीहरूले जे खान चाहे पनि उपलब्ध हुन्छ। तिनीहरूको पारिवारिक अवस्था विशेष रूपमा राम्रो हुन्छ, र तिनीहरूका आमाबुबाले तिनीहरूलाई निकै राम्रो व्यवहार गर्छन्। यो कुन पक्षसँग सम्बन्धित छ? (यो पनि तिनीहरूको पारिवारिक पृष्ठभूमिसँग नै सम्बन्धित छ।) व्यक्तिको पारिवारिक पृष्ठभूमि एउटा जन्मजात अवस्था हो। यस्तो व्यक्तिको पारिवारिक पृष्ठभूमि निकै राम्रो भएको, आर्थिक अवस्था राम्रो भएको र उसलाई खान-लाउनको चिन्ता नहुने, र उसले राम्रा कुराहरू देखेको र संसारमा पाइने कुराहरू अनुभव गरेको हुने भए पनि, अरूसँग अन्तरक्रिया गर्दा, यदि उसले आफूभन्दा असल र सक्षम, वा कुनै क्षेत्रमा उल्लेखनीय रूपमा उत्कृष्ट व्यक्ति, वा मानिसहरूमाझ प्रतिष्ठा भएको व्यक्तिलाई देख्यो भने, उसलाई डाहा लाग्छ र उसले दिमाग खियाएर त्यस व्यक्तिलाई होच्याउने उपायहरू खोज्छ। यी प्रकटीकरणहरू कुन पक्षसँग सम्बन्धित छन्? (मलाई लाग्छ ती भ्रष्ट स्वभाव र मानवता दुवैसँग सम्बन्धित छन्।) ठीक भनिस्। यी प्रकटीकरणहरू तिनीहरूको मानवता र तिनीहरूको भ्रष्ट स्वभाव दुवैसँग सम्बन्धित छन्। जब यस्तो व्यक्तिले आफूभन्दा राम्रो व्यक्तिलाई देख्छ, तब उसलाई डाहा र घृणा लाग्छ, र ऊ उसलाई दमन गर्न, सास्ती दिन, र बहिष्कार गर्न चाहन्छ; ऊ त्यस व्यक्तिलाई उछिन्‍न चाहन्छ। यदि उसले यी विचारहरू मात्रै बोक्छ तर तिनलाई लागू गर्दैन भने, ऊ खराब मानवता भएको व्यक्ति हो—के उसको मानवता दुष्ट हुन्छ? (हुन्छ।) यदि, यो दुष्ट मानवताका आधारमा, उसले आफूभन्दा असल व्यक्तिलाई देख्दा अवज्ञा महसुस गर्छ, पिठ्युँपछाडि उसलाई गलत ठहराउँछ, र उसलाई दबाउनका लागि गोप्य कदमहरू चाल्छ भने, यी भ्रष्ट स्वभावका विशिष्ट प्रकटीकरणहरू हुन्। यो भ्रष्ट स्वभावको सार के हो? यो क्रूरता हो। यी प्रकटीकरणहरू मानवता र भ्रष्ट स्वभाव दुवैसँग सम्बन्धित हुन्छन्। यस्तो व्यक्तिको पारिवारिक अवस्था राम्रो भए पनि र उसले राम्ररी खान-लाउन पाए पनि, साथै तैँले ऊसँग अन्तर्ज्ञान र अरूप्रति सहनशीलता हुन्छ भन्‍ने अपेक्षा गरे पनि, मानिसहरूसँग अन्तरक्रिया गर्दा, ऊ सधैँ तिनीहरूबाट फाइदा लिन चाहन्छ र सधैँ अति हिसाबी हुन्छ। अरूसँग कुनै ठाउँमा जाँदा, ऊ कसले बढी पैसा खर्च गर्‍यो र यात्राको खर्च कसले गर्‍यो भनेर नाटीकुटी गर्छ, र थप एक पैसा पनि खर्च गर्न चाहँदैन। अरूसँग काम गर्दा, ऊ सधैँ काम कसले बढी गर्‍यो र कसले कम गर्‍यो भनेर हिसाबकिताब गर्छ, र ऊ सधैँ सुस्ताउने उपायहरू सोचिरहेको हुन्छ। यो कुन पक्षसँग सम्बन्धित छ? (यो उसको मानवतासँग सम्बन्धित छ।) मानवताको कुन पक्षसँग? (स्वार्थीपन र नीचता।) स्वार्थीपन र नीचता, अरूबाट फाइदा लिन मन पराउनु, निष्ठा र इज्जत नहुनु—यो उसको चरित्रसँग सम्बन्धित कुरा हो। मानिसहरूसँग अन्तरक्रिया गर्दा, ऊ हिसाबी हुन्छ र अरूबाट फाइदा लिन मन पराउँछ, चाहे प्राप्त हुने फाइदा एक पैसा मात्रै किन नहोस्, र ऊ सधैँ फाइदा प्राप्त गर्ने हरेक अवसरको खोजीमा हुन्छ। चाहे त्यो सार्वजनिक स्रोतबाट होस् वा निजी स्रोतबाट होस्, अथवा जवानबाट होस् वा वृद्धबाट होस्, उसले सबैबाट फाइदा लिन्छ। चाहे त्यो जोसुकै भए पनि, ऊ पछि हट्दैन, र अवसर आउनेबित्तिकै उसले फाइदा लिइहाल्छ। ऊ अरूसँग अन्तरक्रिया गर्दा अति कडिकडाउ र हिसाबी व्यवहार गर्छ। उदाहरणका लागि, पछिल्लो पटक तैँले उसलाई एउटा सहायता मागेको थिइस्, र अहिले उसलाई तँ ऊप्रति ऋणी छस् भन्‍ने लाग्छ। उसले तँलाई यो सहायता फिर्ता गराउनका लागि सक्दो प्रयास गर्नेछ, र यो उसले तँलाई दिएको भन्दा पनि ठूलो सहायता हुनुपर्छ; त्यसपछि मात्रै उसलाई यो उचित कारोबार हो भन्‍ने लाग्छ। के यो अत्यन्तै हिसाबी हुनु होइन र? (हो।) यो अत्यन्तै हिसाबी हुनु हो, अरूलाई विशेष रूपमा कडिकडाउ गर्नु हो, र अत्यन्तै षड्यन्त्रकारी हुनु हो। उसलाई खान-लाउनमा कुनै कमी नभए पनि, र अरूका तुलनामा सबै पक्षमा उसको जीवन राम्रो भए पनि, जब उसले कसैसँग आफूले पहिले नदेखेको कुनै चीज देख्छ, तब ऊ यसलाई अलिकति प्रयोग गरेर हेर्न चाहन्छ। उसलाई अरूसँग जे छ त्यो हुनैपर्छ भन्‍ने लाग्छ। यदि ऊसँग त्यो कुरा भएन भने, उसलाई हृदयमा असहज र असन्तुलित महसुस हुन्छ, यहाँसम्म कि उसको भोक-निद्रा नै हराउँछ; आफूसँग यो कुरा भएपछि मात्रै उसलाई सन्तुष्टि मिल्छ। यो कस्तो समस्या हो? (यो अझै पनि मानवताकै समस्या हो।) यी विशिष्ट प्रकटीकरणहरू उसको मानवताका समस्याहरू हुन्, उसका जन्मजात अवस्थाहरू होइनन्। जन्मजात अवस्थाहरूले उसको पारिवारिक पृष्ठभूमि र उसले आनन्द लिन सक्‍ने पारिवारिक परिस्थितिहरूलाई मात्रै जनाउँछन्, जबकि आफूलाई आचरणमा ढाल्ने र परिस्थितिहरूलाई सम्हाल्ने उसको तरिका उसको मानवतासँग सम्बन्धित हुन्छ। उसका प्रकाश र प्रकटीकरणहरू, जस्तै उसले आफूलाई आचरणमा ढाल्ने र परिस्थितिहरूलाई सम्हाल्ने तरिकाप्रतिको उसको मनोवृत्ति, विधि, र उत्प्रेरणाहरू उसको चरित्रको समस्यासँग सम्बन्धित हुन्छ; यो अझै पनि भ्रष्ट स्वभावको स्तरमा पुगेको हुँदैन। ऊ स्वार्थी, कडिकडाउ गर्ने, अत्यन्तै हिसाब-किताब गर्ने, षड्यन्त्रकारी, र अरूबाट फाइदा लिन मन पराउने हुन्छ—के यी असल मानवताका प्रकटीकरण हुन् कि खराब मानवताका? (यी खराब मानवताका प्रकटीकरणहरू हुन्।) यी सबै नीच चरित्र र खराब मानवताका प्रकटीकरण हुन्। के खराब मानवताका यी प्रकटीकरणहरूलाई अरूले देख्‍न र महसुस गर्न सक्छन्? (सक्छन्।)

उदाहरण २: सुन्दर रूप र उच्च शैक्षिक योग्यताहरू

कतिपय मानिसको अनुहारको बनावट निकै राम्रो हुन्छ र तिनीहरू जीवन्त र भावपूर्ण देखिने ठूला, चहकिला, र बुद्धिमानी देखिने आँखा लिएर जन्मेका हुन्छन्। बाल्यकालदेखि नै तिनीहरू निकै प्रिय हुन्छन्। यो कुन पक्षअन्तर्गत पर्छ? (यो तिनीहरूको रूपसँग सम्बन्धित हुन्छ।) रूप जन्मजात अवस्थाहरूमा पर्छ, होइन र? (हो।) ठूला आँखा हुनु र अनुहारको बनावट राम्रो हुनु, अन्तर्निहित रूपमा नै सुन्दर रूपको फाइदा हुनु—के यो भ्रष्ट स्वभावको पक्ष हो? (होइन।) के यो मानवताका समस्याहरूसँग सम्बन्धित कुरा हो? (अहँ, होइन।) यो मानवता वा भ्रष्ट स्वभावसँग सम्बन्धित कुरा होइन, त्यसकारण केही पनि परिवर्तन हुनु पर्दैन। जन्मजात अवस्थाहरू जन्‍मजात हुन्छन्; तिनीहरू यस्तो रूप लिएर नै जन्मेका हुन्छन्, र तिनीहरूले कुनै कृत्रिम सुधार वा परिवर्तन गरेका हुँदैनन्। तिनीहरू यस्तै हुन्। तिनीहरू प्राकृतिक रूपमा सुन्दर भए पनि, दैनिक जीवनका जटिल समस्याहरूलाई सम्हाल्दा तिनीहरू सधैँ अलमल्ल हुन्छन् र तिनलाई सम्हाल्न जान्दैनन्। तिनीहरूमा मानिस, घटना, र कामकुराहरूका बारेमा समझशक्तिको पनि कमी हुन्छ। तिनीहरूले कोसँग सङ्गत गर्दा हुन्छ र तिनीहरू कोबाट टाढा बस्‍नुपर्छ भन्‍ने बारेमा तिनीहरू अस्पष्ट हुन्छन्। तिनीहरूलाई दुष्ट को हो र कोसँग सङ्गत गर्दा समस्या आउन सक्छ भन्‍ने थाहा हुँदैन। बीस-बाइस् वर्षको उमेरमा तिनीहरूलाई यी कुराहरू थाहा हुँदैन, र तीस-चालीस वर्षको उमेरमा, केही जीवन अनुभव पाए पनि, तिनीहरूलाई अझै पनि यो कुरा थाहा हुँदैन। तिनीहरूको आँखा ठूला र भावपूर्ण भए पनि, तिनीहरूको मन निकै अलमल्ल हुन्छ। यो कस्तो समस्या हो? (के यो तिनीहरूको अन्तर्निहित क्षमताको समस्या हो?) तिनीहरूको अन्तर्निहित क्षमता त्यति राम्रो हुँदैन। तिनीहरूले अरूसँग अन्तरक्रिया गर्दा र परिस्थितिहरूलाई सम्हाल्दा कहिल्यै पनि सिद्धान्तहरू भेट्टाउन सक्दैनन्, र तिनीहरूले विभिन्‍न प्रकारका मानिसहरूको वास्तविकता छर्लङ्गै देख्‍न सक्दैनन्। तिनीहरूलाई अरूले प्रायः धोका दिन्छन्, ठग्छन्, र खेलौना बनाउँछन्। यस्तो व्यक्तिको क्षमता कस्तो हुन्छ? (तिनीहरूको क्षमता तुलनात्मक रूपमा कमजोर हुन्छ।) तिनीहरूको क्षमता राम्रो हुँदैन। भावपूर्ण आँखा हुँदैमा बुद्धिमानी दिमाग हुन्छ भन्‍ने हुँदैन। जन्मजात अवस्थाको हिसाबले तिनीहरूको रूप राम्रो भए पनि, तिनीहरूको क्षमता त्यति राम्रो हुँदैन। तर एउटा कुरा के हो भने: स्कुले जीवनमा, तिनीहरू पाठ्यपुस्तकको ज्ञान प्राप्त गर्नमा उत्कृष्ट हुन्छन्; तिनीहरूले साहित्य चाँडै याद गर्न सक्छन् र गणित, भौतिक विज्ञान, र रसायन विज्ञान, वा कुनै नयाँ भाषा सिक्दा, तिनीहरूले उक्त विषय चाँडै बुझ्छन्। तिनीहरूले सहजै विश्‍वविद्यालयमा प्रवेश गरेका, स्नातकोत्तर पूरा गरेका, र विद्यावारिधि हासिल गरेका हुन्छन्। यो के अन्तर्गत पर्छ? के यो तिनीहरूको राम्रो क्षमतामा पर्न सक्छ? (सक्दैन।) त्यसोभए, यो के अन्तर्गत पर्छ? (यो तिनीहरूको सबलताअन्तर्गत पर्छ, जुन तिनीहरूको जन्मजात अवस्था हो।) ठ्याक्कै मिलाइस्। यस्तो व्यक्ति अध्ययन गर्नमा, ज्ञान प्राप्त गर्नमा, र शैक्षिक विषयहरूमा उत्कृष्ट हुन्छ। तिनीहरूले पाठ्यपुस्तकका ज्ञान र सैद्धान्तिक र प्रावधानहरूमा आधारित कुराहरू, जस्तै पेसागत सीप र प्रविधि वा गणित, भौतिक विज्ञान, र रसायनशास्त्रका सूत्र र नियमहरूसँग सम्बन्धित पक्षहरू चाँडै बुझ्छन्, र तिनलाई राम्ररी याद गर्छन्। यस्तो व्यक्ति यी कुराहरू सिक्न सिपालु हुन्छ र ऊसँग ती कुराहरूको निश्‍चित खुबी हुन्छ। तिनीहरूले ती कुराहरू एक झलकमै बुझ्न सक्छन्, साथै तिनीहरू परीक्षामा र प्रश्‍नहरूको उत्तर दिनमा विशेष रूपमा उत्कृष्ट हुन्छन्; प्रश्नहरूको उत्तर दिनुपर्दा तिनीहरूले त्यो काम सजिलै गर्छन्—तिनीहरूले आफ्ना बलिया पक्षहरूलाई सबैभन्दा राम्ररी प्रयोग गर्न सक्‍ने ठाउँ यही हो। यस्तो व्यक्ति ज्ञानको सागरमा सहजताका साथ पौडन सक्छ भनेर भन्‍न सकिन्छ। के यी प्रकटीकरणहरूले तिनीहरूको क्षमतालाई प्रतिनिधित्व गर्छन्? (गर्दैनन्।) तिनले तिनीहरूसँग निश्‍चित सबलता छ भन्‍ने कुरालाई मात्रै प्रतिनिधित्व गर्छन्। यस्तो व्यक्तिले ज्ञानको क्षेत्रमा विशेष रूपमा उत्कृष्ट प्रस्तुति देखाउँछ, जसले गर्दा मानिसहरूले यस क्षेत्रमा उसको सबलता उल्‍लेखनीय छ भन्‍ने कुरा देख्‍न सक्छन्। तिनीहरूमा यो सबलता भएकोले, र तिनीहरूले निश्‍चित उपलब्धिहरू हासिल गरेका हुनाले—स्नातकोत्तर र विद्यावारिधि उपाधि हासिल गरेका हुनाले, साथै उच्च स्तरको शिक्षा प्राप्त गरेका हुनाले—अरू मानिसहरूमाझ, तिनीहरू आफूलाई ज्ञानवान्, विद्वान, र उच्च स्तरका बुद्धिजीवीका रूपमा हेर्छन्। तिनीहरूले जति धेरै पुस्तकहरू पढ्छन्, त्यति नै धेरै तिनीहरू आफू प्रसिद्ध व्यक्ति, श्रेष्ठ व्यक्ति भएको, र अरू सबै जना साधारण, ज्ञानविनाका, आफ्नो मन बुझ्न वा यसलाई छर्लङ्गै देख्‍न नसक्‍ने, र तिनीहरूसँग स्तर नमिल्‍ने मानिसहरू भएको ठान्छन्। फलस्वरूप, तिनीहरू प्रायः आफू अरूभन्दा श्रेष्ठ छु भन्‍ने महसुस गर्छन् र आफूलाई उत्कृष्ट र असाधारण ठान्छन्। यो कस्तो प्रकटीकरण हो? (भ्रष्ट स्वभाव।) भ्रष्ट स्वभावको कुन पक्ष हो? (अहङ्कार।) तिनीहरूको अहङ्कारी भ्रष्ट स्वभावले गर्दा तिनीहरूले उच्च स्तरको शिक्षा प्राप्त गरेपछि आमजनता र सबै किसिमका मानिसहरूलाई अझै बढी हेला गर्छन्। तिनीहरूको उच्च शैक्षिक उपाधि र डिप्लोमाका कारण, परमेश्‍वरमा विश्‍वास गरेपछि, तिनीहरू सधैँ मण्डलीमा अन्तिम निर्णय गर्न चाहन्छन् र अगुवा बन्‍ने आकाङ्क्षा राख्छन्। हरेक पटक निर्वाचन हुँदा, तिनीहरूले निर्वाचित हुने आशा गर्छन्। यदि तिनीहरू निर्वाचित भएनन् भने, तिनीहरू नकारात्मक बन्छन् र निराश भएर हरेस खान्छन्। अगुवा र कामदारहरूले जे भने पनि, तिनीहरू त्यो कुरा सुन्‍न चाहँदैनन् र प्रतिरोध गर्न चाहन्छन्। तिनीहरूलाई जुनसुकै कर्तव्य दिइए पनि, तिनीहरूलाई यो कामप्रति घृणा लाग्छ र तिनीहरू पर्दा पछाडि दोषी ठहराउँछन्। तिनीहरू हृदयमा यस्तो सोच्छन्, “तँसँग त्यति धेरै ज्ञान छैन। तेरा शब्दहरूमा तर्कको कमी छ। हृदयको गहिराइमा म मण्डलीको अगुवाका रूपमा तँलाई निचो देख्छु। म तँसामु हार स्विकार्दिनँ! तँ मभन्दा राम्रो छस् भन्‍ने नसोच्। तुलना गरौँ न—को योग्य छ, हेरौँ। परमेश्‍वरका वचनहरू कसले बढी वाचन गर्न सक्छ र कसले ठूलो बुझाइ बाँड्न सक्छ हेरौँ। यदि तेरो सङ्गति मेरो जति राम्रो छैन भने, म तँसामु हार स्विकार्दिनँ! तँ अगुवाका रूपमा निर्वाचित भएको भए पनि, तैँले मलाई अह्राउने सबै कुरा मैले सुन्‍नु, लागू गर्नु, वा पालना गर्नु पर्दैन!” यो कस्तो प्रकटीकरण हो? (भ्रष्ट स्वभाव।) यो भ्रष्ट स्वभावको विशिष्ट प्रकटीकरण हो। के यो मानवतासँग सम्बन्धित छ? यस्तो व्यक्तिमा प्राकृतिक सबलता हुने भएकोले र यस जगका आधारमा, उसले व्यापक रूपमा अध्ययन गर्ने, धेरै ज्ञान प्राप्त गर्ने, र सामाजिक हैसियत प्राप्त गर्ने हुनाले, उसलाई अरूभन्दा श्रेष्ठ, अद्वितीय छु भन्‍ने महसुस हुन्छ, र ऊ अरू सबै जनाभन्दा माथि रहेर बोल्न र अरूलाई आफ्नो प्रभुत्वमा राखेर काम गर्न चाहन्छ; मानिसहरूका बीचमा ऊ सधैँ अगुवाइ गर्ने व्यक्ति बन्‍न, र अरूले उसको कुरा सुनुन् भन्ने चाहन्छ—के यस्तो व्यक्तिको विवेक र समझमा समस्या हुन्छ? (हो, हुन्छ।) यो कस्तो समस्या हो? तिनीहरूको सबलताले गर्दा तिनीहरूलाई अध्ययन गरेर उच्च स्तरको शिक्षा प्राप्त गर्न निकै सजिलो बनेको हुन्छ। के यो सबलता आफैमा समस्या हो? के सबलता आफैमा भ्रष्ट स्वभावको पक्ष हो? के यो खराब मानवताको प्रकटीकरण हो? (होइन।) तर, तिनीहरूमा यो सामर्थ्य हुने हुनाले, तिनीहरूले धेरै ज्ञान हासिल गरेका हुन्छन् र उच्च स्तरको शिक्षा प्राप्त गरेका हुन्छन्, जुन हैसियत सम्बन्धी समाजको मूल्याङ्कन र परिभाषा अनुरूप हुन्छ। यसले गर्दा तिनीहरूले के विश्‍वास गर्छन् भने मण्डलीमा अन्तिम निर्णय गर्ने अधिकार तिनीहरूकै हुनुपर्छ, मानिसहरूको कुनै पनि समूहमा आफू कुलीन हुनुपर्छ, र आफू अरू सबै जनाभन्दा माथि हुनुपर्छ। के त्यस्तो मानवतामा कुनै समझ हुन्छ? के त्यस्तो मानवता असल हुन्छ? (तिनीहरूको मानवता असल हुँदैन।) तिनीहरूको मानवता कुन हिसाबमा असल हुँदैन? (तिनीहरूमा समझ र विवेक हुँदैन; तिनीहरू सधैँ अरूभन्दा माथि हुन चाहन्छन्।) सधैँ अरूभन्दा माथि हुन चाहनु आंशिक रूपमा भ्रष्ट स्वभावका कारणले गर्दा हो। अर्को हिसाबमा, मानवताको दृष्टिकोणबाट हेर्दा, के यो अलिक निर्लज्ज हुनु होइन र? (हो।) परमेश्‍वरको घर समाज होइन। के परमेश्‍वरको घरले अगुवाहरू निर्वाचित गर्दा शैक्षिक योग्यताको तुलना गर्छ? (गर्दैन।) परमेश्‍वरको घरले अगुवाहरूको निर्वाचनलाई केमा आधारित गर्छ? यो सत्यता सिद्धान्तहरूमा आधारित हुन्छ, होइन र? (हो।) परमेश्‍वरका घरमा, अगुवाहरूको निर्वाचन सत्यता सिद्धान्तहरूमा आधारित हुन्छ, कोसँग उच्च शैक्षिक योग्यता छ भन्ने कुरामा होइन। के तिनीहरूलाई अगुवाहरू निर्वाचित गर्ने सिद्धान्तहरू थाहा हुन्छ? थाहा हुन्छ, तर तिनीहरू यी सिद्धान्तहरूलाई केवल प्रशासकीय अभिव्यक्ति र प्रतिपादित सिद्धान्त ठान्छन्, र तिनलाई दैनिक जीवनमा अभ्यास वा लागू गर्न जान्दैनन्। तिनीहरू उच्च शैक्षिक योग्यता भएका मानिसहरूमा मात्रै राम्रो क्षमता हुन्छ, तिनीहरूले मात्र सत्यता बुझ्न र अरूलाई अगुवाइ गर्न सक्छन् भन्‍ने विचार निरन्तर फैलाउँछन्। तिनीहरूसँग उच्च शैक्षिक योग्यता, केही ज्ञान, र सामाजिक हैसियत हुने हुनाले, परमेश्‍वरको घरले समाजकै जस्तो तरिकाले काम गर्छ भन्‍ने सोचेर, तिनीहरू आफ्नो ज्ञान र उच्च शैक्षिक योग्यतालाई पूँजीका रूपमा प्रयोग गरेर परमेश्‍वरका घरमा अन्तिम निर्णय गर्ने प्रयास गर्छन्। तिनीहरू परमेश्‍वरको घरका अगुवाहरूलाई निर्वाचित गर्ने सम्बन्धी सिद्धान्तहरूलाई मानिसहरूलाई हेर्ने र कामकुराहरूलाई सम्हाल्ने आफ्नै तरिका र सामाजिक स्थान र हैसियत सम्बन्धी आफ्नै सम्हाल्ने तरिका, दृष्टिकोण, र हेराइहरूद्वारा प्रतिस्थापन गर्न चाहन्छन्। के यो समझको कमी हुनु होइन र? (हो।) समझको कमीलाई अर्को तरिकाले कसरी व्याख्या गर्न सकिन्छ? (निर्लज्ज हुनु।) सरल भाषामा भन्दा, यो निर्लज्जता हो; यसलाई अर्को तरिकामा यस्तो व्यक्तिको चेतना अत्यन्तै कमजोर हुन्छ भनेर भन्न सकिन्छ। हेर् त, तिनीहरूले तथाकथित उच्च शिक्षा प्राप्त गरेका र धेरै पुस्तकहरू पढेका भए पनि, तीमध्ये कुनै पनि पुस्तक वा कुनै पनि गुरु वा शिक्षकले तिनीहरूलाई समझदार हुनका लागि कसरी व्यवहार गर्ने भनेर कहिल्यै सिकाएको हुँदैन। पुस्तकहरूबाट धेरै कुरा सिकेपछि, तिनीहरू बरु आफूले पूँजी प्राप्त गरेको छु र आफू साधारण मानिसहरूभन्दा श्रेष्ठ छु भन्‍ने ठान्छन्। तिनीहरूको सबलता नकारात्मक कुरा नभए पनि र यो जन्मजात अवस्था भए पनि, यो सबलताले सजिलै कुनै निश्‍चित परिणाम ल्याउन सक्छ—यसले गर्दा तिनीहरू अहङ्कारी र अभिमानी बन्‍छन्, तिनीहरू आफ्नो समझ गुमाउँछन्, र तिनीहरू दुस्साहसी रूपमा लज्जाहीन र निर्लज्ज बन्छन्। धेरै पुस्तकहरू पढेका र धेरै ज्ञान लिएका भए पनि, तिनीहरूले “लाज” भन्‍ने शब्दको अर्थ बुझेका हुँदैनन्। त्यसकारण, केही शैक्षिक योग्यता प्राप्त गरेपछि, तिनीहरूले यसलाई जताततै धाक लगाउने पूँजीका रूपमा प्रयोग गर्छन्, र यसलाई प्रयोग गरेर परमेश्‍वरका घरमा हैसियत प्राप्त गर्न र अन्तिम निर्णय गर्न चाहन्छन्। तिनीहरू सोच्छन्, “मसँग उच्च शैक्षिक योग्यता छ र म कुराहरू चाँडो सिक्छु, यसको मतलब मसँग राम्रो क्षमता छ। यति मात्र होइन, मसँग गहिरो ज्ञान छ, मैले धेरै संसार देखेको छु, र म छिटो सोच्न सक्छु, त्यसकारण म अरूलाई अगुवाइ गर्न योग्य छु।” यसको तात्पर्य के हो भने तिनीहरूको ज्ञान र सबलता नै सत्यता हुन्। यी सबै समझको कमीका प्रकटीकरण हुन्। के समझ नभएको यस्तो व्यक्तिमा निष्ठा हुन्छ? के तिनीहरूसँग इज्जत हुन्छ? (हुँदैन।) निष्ठा र इज्जत नहुनु—के यो असल मानवताको प्रकटीकरण हो कि घृणित र नीच मानवताको प्रकटीकरण हो? (यो घृणित मानवताको प्रकटीकरण हो।) त्यस्ता मानिसहरूमा असल मानवता हुँदैन। तिनीहरू आफ्नो शैक्षिक योग्यता, सामाजिक हैसियत, व्यक्तिगत मूल्य, र स्थानलाई सबैभन्दा प्रिय ठान्छन्। यी कुराहरूलाई आफ्नो पूँजीका रूपमा लिँदै तिनीहरू अत्यन्तै अहङ्कारी र अभिमानी हुन्छन्, र अन्तिम निर्णय गर्न चाहन्छन्। यो घृणित मानवताको एउटा प्रकटीकरण हो। यो समस्यामा दुइटा पक्षहरू समावेश छन्: एउटा तिनीहरूको मानवतासँग सम्बन्धित हुन्छ र अर्को तिनीहरूको भ्रष्ट स्वभावसँग सम्बन्धित हुन्छ। समस्याहरूप्रतिको तिनीहरूको हेराइ र समस्याहरूलाई सम्हाल्ने तिनीहरूको मनोवृत्ति र दृष्टिकोण तिनीहरूको मानवतासँग सम्बन्धित हुन्छन्। यस्तो मानवताले गर्दा तिनीहरूले विशिष्ट कार्य, प्रकटीकरण, र प्रकाशहरू विकास गर्छन्, जुन भ्रष्ट स्वभावका अभिव्यक्तिहरू हुन्।

सम्बन्धित विषयवस्तु