सत्यता कसरी पछ्याउने (२४) भाग दुई

हामीले जुन विषयमा सङ्‍गति गर्नेछौँ, त्यो मुख्य विषय भनेको देहधारी परमेश्‍वरको जीवन र अस्तित्वमा उहाँको आत्मआचरणका सिद्धान्तहरू, र कामकुराहरू गर्ने उहाँका तरिकाहरू हुन्। यी दुई पक्षहरूका विषय सम्बन्धी मेरो सङ्‍गतिद्वारा, तिमीहरूले देहधारी परमेश्‍वरको सामान्यता र व्यावहारिकतालाई अझ राम्ररी बुझ्नेछौ, र देहधारी परमेश्‍वरलाई अझ धेरै बुझ्नेछौ। एकातिर, मानवजातिमाझ जिउँदा, देहधारी परमेश्‍वरसँग उहाँले आफूलाई कसरी आचरणमा ढाल्नुहुन्छ भन्ने एउटा सिद्धान्त हुन्छ, र उहाँले कसरी कामकुराहरू गर्नुहुन्छ भन्ने सम्बन्धी पनि एउटा सिद्धान्त हुन्छ। यी सिद्धान्तहरू निकै सरल छन्। मेरो आत्मआचरणको सिद्धान्त भनेको नियमअनुसार आफूलाई आचरणमा ढाल्नु हो, र कामकुराहरू गर्ने मेरो सिद्धान्त भनेको कर्तव्यनिष्ठ भई ती कामहरू गर्नु हो। नियमअनुसार आफूलाई आचरणमा ढाल्‍नु र कर्तव्यनिष्ठ भई कामकुराहरू गर्ने—मैले आफूलाई कसरी आचरणमा ढाल्छु र मैले कसरी कामकुराहरू गर्छु भन्ने कुराका मेरा सिद्धान्त र मान्यताहरू यिनै हुन्। जम्मा कति वटा शब्दहरू भए? (नौ वटा शब्दहरू।) यी नौ वटा शब्दहरू निकै सरल छन्, र तिनको शाब्दिक अर्थ बुझ्‍न निकै सजिलो छ। ती पटक्कै अमूर्त वा खोक्रा छैनन्, पटक्कै गहन छैनन्, र पटक्कै उच्च र भव्य छैनन्। नियमअनुसार आफूलाई आचरणमा ढाल्ने र कर्तव्यनिष्ठ भई कामकुराहरू गर्ने—मैले आफूलाई कसरी आचरणमा ढाल्छु र मैले कसरी कामकुराहरू गर्छु भन्ने कुराका मेरा सिद्धान्त र मान्यताहरू यिनै हुन्। आफूलाई आचरणमा ढाल्दा र कामकुराहरू गर्दा म यी सिद्धान्तहरू पालन गर्छु; म ठ्याक्कै यसरी नै गर्छु। के तिमीहरूले यो एउटा तथ्य हो भनेर देख्न सक्छौ? के तिमीहरूले यसलाई तथ्यहरूसँग दाँज्न सक्छौ? एकातिर, जब म प्रचार गर्छु र सङ्‍गति गर्छु, जब म मानिसहरूको सम्पर्कमा आउँछु र अन्तरक्रिया गर्छु, र जब म मानिसहरूसँग कुराकानी गर्छु, तब म सधैँ तिनीहरूलाई यसरी नै आफूलाई आचरणमा ढाल्न भन्छु। अर्कोतिर, म आफै पनि आफूलाई यसरी नै आचरणमा ढाल्छु—म नाराहरू लगाउँदिनँ। त्यसोभए म किन मानिसहरूलाई यी सिद्धान्तहरूका बारेमा बताउँछु त? किनभने यसरी नै म आफै कामकुराहरू गर्छु र आफूलाई आचरणमा ढाल्छु; अरू कुनै गहन कुरा भइरहेको हुँदैन। कतिपय मानिसहरूले यसो भन्छन्, “आफूलाई आचरणमा ढाल्ने तपाईंका यी मान्यताहरू निकै साधारण छन्; ती पटक्कै परिष्कृत छैनन्। तिनले देहधारी परमेश्‍वरको पहिचानलाई प्रतिनिधित्व गर्न सक्दैनन्!” के यो सही हो? (होइन।) नियमअनुसार आफूलाई आचरणमा ढाल्ने र कर्तव्यनिष्ठ भई कामकुराहरू गर्ने—सिद्धान्त र मान्यताहरू यिनै हुन्। म मेरो दैनिक जीवनमा तिनको अभ्यास गर्छु, र मेरो सेवकाइ निर्वाह गर्दा, अर्थात्, काम गर्दा पनि म तिनको अभ्यास गर्छु। म आफूलाई यसरी नै आचरणमा ढाल्छु, र म यसरी नै कामकुराहरू गर्छु। हामी कुराकानी र गफगाफ गरिरहेका छौँ जस्तै गरी यी कुराहरूका बारेमा कुरा गरौँ, ताकि तिमीहरूले अलिकति सहजता महसुस गर्न सक, र मबाट मेरो जीवनका बारेमा अझ धेरै सिक्न सक। हुन्छ? (हुन्छ।) यदि, हाम्रो कुराकानीको कुनै बिन्दुमा, तिमीहरूमध्ये कसैले “म आपत्ति जनाउँछु! तपाईंले जे भन्‍नुभयो त्यो तपाईंका प्रकटीकरणहरू अनुरूप छैन” भनेर भन्यौ भने, म यसलाई फेरि दोहोर्याएर भन्‍ने प्रयास गर्नेछु, र म भविष्यमा यसलाई सच्याउनेछु वा ठीक पार्नेछु। यदि तिमीहरूमध्ये कसैले हात उठाएर, “म सहमत छु! तपाईंले जे भन्‍नुभयो त्यो तपाईंले आफ्‍नो जीवनमा प्रकट गर्नुभएको हामीले देखेका र सुनेका कुराहरूसँग पूर्ण रूपमा अनुरूप छ; तपाईंले जे भन्‍नुभयो, त्यो एउटा तथ्य हो” भनेर भन्यो भने म त्यस कुरालाई जारी राख्नेछु। हुन्छ? (हुन्छ।)

जीवनमा होस् वा काममा, नियमअनुसार आफूलाई आचरणमा ढाल्ने र कर्तव्यनिष्ठ भई कामकुराहरू गर्ने—म यी मान्यताहरूलाई दृढतापूर्वक पालन गर्छु। मैले गर्ने काममा तिमीहरूले सायद तिनलाई निकै बोध गर्न सकेका छौ, त्यसैले पहिले ती मेरो जीवनमा कसरी लागू हुन्छन् भन्नेबारे कुरा गरौँ। देहधारी परमेश्‍वर मानवजातिमाझ विशेष पहिचान भएको व्यक्ति हुनुहुन्छ, तर कामकुराहरू गर्दा उहाँले आफू विशेष भएजस्तो पटक्कै व्यवहार गर्नुहुन्न। उहाँले आफूलाई कहिल्यै विशेष व्यक्तिको रूपमा व्यवहार गर्नुहुन्न; उहाँ एक साधारण व्यक्ति मात्रै हुनुहुन्छ। उहाँ जुनसुकै देशमा भए पनि, उहाँले त्यस देशका कानुन र प्रावधानहरू पालन गर्नुहुन्छ। यदि उहाँले गर्नुपर्ने तर नबुझेको कुनै कुरा छ भने, उहाँले तुरुन्तै परामर्श लिनुहुन्छ र स्थानीय कानुन र नीतिहरूले के व्यवस्था गरेका छन्, के गर्नु गैरकानुनी हो र के होइन भनेर पत्ता लगाउनुहुन्छ, र उहाँले आफूलाई विशेषाधिकार नदिईकन, जसरी उपयुक्त हुन्छ त्यसरी नै काम गर्नुहुन्छ। के यसरी कामकुराहरू गर्नु नियमअनुसार हुनु हो, र के यो कर्तव्यनिष्ठ हुनु हो? (हो।) यो उहाँले नियमअनुसार आफूलाई आचरणमा ढाल्नु र कर्तव्यनिष्ठ भई कामकुराहरू गर्नु हो। एउटा स्वतन्त्र र लोकतान्त्रिक देशमा, यदि उहाँले कामकुराहरू गर्नका लागि सान्दर्भिक कानुनहरू बुझ्नुपर्छ भने, उहाँले वकिलसँग परामर्श गर्नुहुन्छ वा कानुन र प्रावधानहरूका बारेमा हेर्नुहुन्छ। उहाँले गैरकानुनी कामहरू गर्नुहुन्न, न त उहाँले कानुनी छिद्रहरूको फाइदा नै उठाउनुहुन्छ; उहाँले कानुन र प्रावधानहरूको कडाइका साथ पालन गर्नुहुन्छ, किनभने धेरैजसो देशका कानुन र प्रावधानहरूले व्यक्तिहरूको वैध अधिकार र हितहरूको रक्षा गर्छन्, र ती मानिसहरूले पालन गर्नुपर्ने कुराहरू हुन्। उदाहरणका लागि, यदि हामीले आँगनमा कुनै कुरा निर्माण गरिरहेका छौँ र त्यहाँ केही राख्नुपर्छ भने, हामीले पहिले यसबारे सरकारका प्रावधानहरू के छन्, यो कुरा आँगनमा राख्न सकिन्छ कि सकिँदैन, र यदि सकिन्छ भने, यसलाई कहाँ राख्नु उपयुक्त हुन्छ भनेर पत्ता लगाउनुपर्छ। विवरणहरूबारे स्पष्टता प्राप्त गरेपछि, हामी सरकारका प्रावधानहरूअनुसार कामकुराहरू गर्छौँ। यदि सरकारले अनुमति दिँदैन भने, हामी त्यो काम गर्दैनौँ। हामी अनुचित रूपमा समस्या खडा गर्ने प्रयास गर्नेछैनौँ, र हामी यो काम गर्नका लागि जानी-जानी कानुनको उल्‍लङ्घन पक्कै पनि गर्नेछैनौँ। उदाहरणका लागि, यदि हामी कुनै प्रकारको संरचना बनाउन चाहन्छौँ भने, हामीले सरकारी अनुमोदनका लागि आवेदन दिनुपर्छ। सरकारले अनुमोदन गरेपछि, निर्माण सुरु गर्न सकिन्छ। परियोजना सम्पन्न भएपछि, यसले अझै पनि सरकारी निरीक्षण पास गर्नुपर्छ। यदि यसले निरीक्षण पास गर्यो भने, हामी यसलाई ढुक्क भएर प्रयोग गर्न सक्छौँ। निर्माणको प्रक्रिया यही हो। कतिपय मानिसहरूले भन्न सक्छन्, “यस्तो प्रकारको सानो परियोजनाका लागि, हामीले अनुमोदन लिनुपर्छ भनेर के सरकारले व्यवस्था गरेको छ? यदि यो वैकल्‍पिक कुरा हो भने, यसलाई अघि बढाउनु आवश्यक छैन। हामीले झमेला लिइरहनु पर्दैन।” म भन्छु, “हामीले निश्‍चित रूपमा पत्ता लगाउनुपर्छ। यदि यसका लागि सरकारी अनुमोदन चाहिन्छ, र हामीले त्यो लिएनौँ भने—के हामीले प्रावधानहरूको उल्‍लङ्घन गरिरहेका हुनेछैनौँ र? हामीले तिनको उल्‍लङ्घन गर्नु हुँदैन। हामीले यो संरचना बनाउन लागेका हुनाले, हामीले अनुमोदन लिने प्रयास गर्नुपर्छ। यदि सरकारले अनुमोदन लिनु पर्दैन भन्छ भने, हामीले यसका लागि आवेदन नदिँदा पनि ढुक्क महसुस गर्नेछौँ। यदि सरकारले यसलाई अनुमोदन दिनुपर्छ भन्छ भने, अनुमोदनका लागि हाम्रो आवेदन उचित र कानुनसम्मत हुनेछ।” कानुन वा सरकारी प्रावधानहरू समावेश हुने जुनसुकै कुराका लागि, हामीले परामर्श लिनुपर्छ र निश्‍चित रूपमा पत्ता लगाउनुपर्छ। अन्यथा, यदि केही गल्ती भयो भने यो अत्यन्तै समस्याजनक हुनेछ। विदेशमा बस्‍ने सम्बन्धी एउटा आधारभूत नियम भनेको कुनै पनि गैरकानुनी काम वा सरकारी प्रावधानहरू उल्‍लङ्घन गर्ने कुनै पनि काम नगर्नु हो। उदाहरणका लागि, यदि हामी गाउँमा बसिरहेका छौँ र हामी कुखुरा वा भेडा पाल्न चाहन्छौँ भने, हामीले सरकारी अनुमोदन लिनुपर्छ। सरकारसँग यी कुराहरूका लागि विस्तृत प्रावधानहरू हुन्छन्, र हामीले तिनको उल्‍लङ्घन गर्नु वा विशेष सुविधाहरू प्राप्त गर्ने प्रयास गर्नु पटक्कै हुँदैन। यदि हामीले सरकारी प्रावधानहरूको उल्‍लङ्घन गर्‍यौँ र पक्राउ पर्‍यौँ भने, त्यो अत्यन्तै समस्याजनक हुनेछ। त्यसैले यसका लागि हामीले कानुनको पालन गर्नुपर्ने हुन्छ, र यसमा हामीले आफूलाई कसरी आचरणमा ढाल्छौँ र हामी कसरी जिउँछौँ भन्‍ने सिद्धान्तहरू पनि समावेश हुन्छन्। हामी जहाँ बसे पनि, हामीले नियमअनुसार आफूलाई आचरणमा ढाल्नुपर्छ र कर्तव्यनिष्ठ भई कामकुराहरू गर्नुपर्छ। मेरो दैनिक जीवनमा, म मेरा छिमेकीहरूसँग पनि नियमअनुसार अन्तरक्रिया गर्छु। म हल्ला गर्दिनँ वा अरूलाई बाधा दिन्नँ। सरकारले जेसुकै व्यवस्था गरे पनि, हामीले त्यसको पालन गर्नुपर्छ। यदि तैँले कुकुर पालिस् भने पनि, तैँले त्यसको उचित हेरचाह गर्नुपर्छ ताकि त्यो निरन्तर नभुकोस् र छिमेकीहरूको विश्राममा बाधा नदेओस्। विशेष गरी सप्ताहन्तमा जब तेरा छिमेकीहरू सबै घरमा हुन्छन्, तब तैँले तिनीहरूलाई बाधा नदिनका लागि अझ बढी होसियार हुनुपर्छ। जाडोमा जब हिउँ पर्छ, तब तैँले हिउँ पन्छाउन सुरु गर्नका लागि बिहानको आठ बजेपछिसम्म पर्खनुपर्छ। धेरै सबेर हिउँ पन्छाउँदा हल्ला हुन्छ जसले तेरा छिमेकीहरूको विश्राममा बाधा दिन्छ र तिनीहरूलाई रिस उठाउँछ। यदि सरकारसँग स्पष्ट प्रावधानहरू छन् भने, तैँले तिनको पालन गर्नुपर्छ। जानी-जानी सरकारी प्रावधानहरूको उल्‍लङ्घन नगर्; सरकारको विरुद्धमा नजा। यसलाई नियमअनुसार आफूलाई आचरणमा ढाल्नु भनिन्छ। म जहाँ बसे पनि, म लगभग कुनै हल्ला गर्दिनँ। म बाहिर कहिल्यै सङ्गीत बजाउँदिनँ, र म होहल्ला गर्दिनँ वा ठूलो स्वरमा बोल्दिनँ। जब म कुकुरलाई डुलाउँछु, तब म त्यसलाई निरन्तर भुक्न दिन्नँ। म मेरा छिमेकीहरूलाई बाधा नदिन, तिनीहरूको जीवनमा हस्तक्षेप नगर्न, र तिनीहरूलाई रिस नउठाउनका लागि सक्दो प्रयास गर्छु। के यो नियमअनुसार आफूलाई आचरणमा ढाल्नु होइन र? (हो।) त्यसैकारण म धेरै वर्षदेखि मेरा छिमेकीहरूसँग राम्ररी मिलिरहेको छु। हामी एक-अर्कासँग शान्तिमा जिउँछौँ, जब हामी एक-अर्कालाई देख्छौँ, तब अभिवादन गर्छौँ, र मैत्रीपूर्ण, सौहार्दपूर्ण तरिकाले सँगै रहन्छौँ। हामी जहाँ बसे पनि, जब हामी हाम्रा छिमेकीहरूसँग अन्तरक्रिया गर्छौँ, तब हामीले नियमहरूको पालन गर्नुपर्छ। हामीले तिनीहरूका लागि समस्या खडा गर्नु हुँदैन, र हामी दब्बु पनि हुनुपर्दैन—हामीले अरूलाई सही रूपमा व्यवहार गर्नुपर्छ र कामकुराहरू निष्पक्ष र न्यायवान् रूपमा गर्नुपर्छ। यदि हामीले यसो गर्‍यौँ भने, समय बित्दै जाँदा कुनै द्वन्द्व हुनेछैन।

देहधारी परमेश्‍वरले नियमअनुसार आफूलाई आचरणमा ढाल्नुहुने विषयको सम्बन्धमा, कतिपय मानिसहरूले यसो भन्छन्, “के यो अत्यन्तै सामान्य कुरा होइन र?” जसका लागि म भन्छु, “तँ पूर्ण रूपमा सही छस्; यो कुरा यति सामान्य छ।” यो सामान्यता कहाँबाट आउँछ? यो मानवताको विवेक र समझबाट आउँछ। देहधारी परमेश्‍वरसँग सामान्य मानवताको उत्तम विवेक र समझ हुने हुनाले नै, जब आत्मआचरणको कुरा आउँछ—जसलाई मानिसहरूले अत्यन्तै साधारण विषय मान्छन्—तब उहाँले पालन गर्नुहुने सिद्धान्त पनि अत्यन्तै साधारण हुन्छ: नियमअनुसार चल्ने। यो सुनेपछि, कतिपय मानिसहरूले भन्न सक्छन्, “यसमा त्यस्तो महत्त्वपूर्ण कुरा के छ र? के यो उल्लेख गर्न लायक पनि छ र? के यो सामान्य र व्यावहारिक हुनु हो? यी सानातिना कुराहरू हुन्।” जे भए पनि, देहधारी परमेश्‍वरले नियमअनुसार आफूलाई आचरणमा ढाल्नु उहाँको सामान्यता र व्यावहारिकताको प्रकटीकरण हो, त्यसैले यसबारे कुरा गर्नु सार्थक छ, र मानिसहरूलाई यसबारे ज्ञान हुनु सार्थक छ। मानिसहरूले मैले नियमअनुसार आफूलाई आचरणमा ढाल्नु साधारण कुरा हो भन्‍ने सोच्छन्। तर यदि मैले मेरो जीवनमा जताततै आफूलाई विशेषाधिकार दिएँ, र हरेक अवसरमा आफूलाई प्रदर्शन गर्दै यसो भनेँ भने के होला, “म ख्रीष्ट हुँ। म स्वर्गबाट आएको हुँ। म अरू कोही जस्तो छैनँ। मानवजातिमाझ, म अद्वितीय छु। सम्पूर्ण मानवजाति, सबै जीवित कुराहरू, र सबै प्राणीहरूलाई मेरो खुट्टामुनि कुल्चिनुपर्छ। यावत् थोक मेरो पाउदान हुन्। व्यक्ति परमेश्‍वरमा विश्‍वास गर्ने होस् वा गैरविश्‍वासी होस्, सबैले निहुरिएर मेरो आराधना गर्नुपर्छ। जब तिनीहरू मेरो अगाडि आउँछन्, तब तिनीहरू सबै विनम्र र आदरपूर्ण हुनुपर्छ”? के यो कुरा सामान्य हुनेथियो? (हुनेथिएन।) त्यो असामान्य हुनेथियो। के म त्यसरी व्यवहार गर्छु भन्‍ने तँलाई लाग्छ? (लाग्दैन।) म त्यसरी व्यवहार गर्दिनँ। म सम्पर्कमा आउन सक्ने सबैसँग, विशेष गरी गैरविश्‍वासीहरूसँग सौहार्दपूर्ण रूपमा मिल्छु। म तिनीहरूलाई नियम र शिष्टाचारअनुसार व्यवहार गर्छु र अन्तरक्रिया गर्छु। जब म मानिसहरूसँग कुनै पनि कुराको बारेमा छलफल वा परामर्श गर्छु, तब म तिनीहरूप्रति निकै सम्मानजनक व्यवहार गर्छु। जब मैले नबुझेको कुनै कुरा हुन्छ, तब म अझ धेरै सोध्छु र सोधपुछ गर्छु, र कतिपय मानिसहरूले निकै धैर्यताका साथ मेरा प्रश्नहरूको जवाफ दिँदै मद्दत गर्छन्। अवश्य नै, म तिनीहरूलाई यो व्यवहारको फिर्ता दिनका लागि मात्रै नियमअनुसार आफूलाई आचरणमा ढाल्छु भन्‍ने होइन; बरु, यसको कारण के हो भने, यस वास्तविक वातावरणमा जिउँदा, देहधारी परमेश्‍वरले जब मानिसहरूसँग अन्तरक्रिया गर्नुहुन्छ र कामकुराहरू गर्नुहुन्छ, तब अन्तर्निहित रूपमा नै यस्तो सिद्धान्तको पालन गर्नुहुन्छ। उदाहरणका लागि, पुस्तकालय भनेको पढ्ने र अध्ययन गर्ने ठाउँ हो। जब तँ त्यहाँ जान्छस्, तब तैँले त्यहाँका नियमहरूको पालन गर्नुपर्छ। तैँले होहल्ला गर्नु हुँदैन, र तैँले सकेसम्म बोल्नबाट जोगिने प्रयास गर्नुपर्छ। यदि तँ बोल्न चाहन्छस् भने, तैँले आफ्नो आवाज सानो बनाउनुपर्छ वा तँ बाहिर जानुपर्छ, र विशेष गरी यदि तेरो फोन बज्यो भने, अरूको पढाइमा बाधा नदिन वा असर नगर्नका लागि तँ फोन उठाउन तुरुन्तै बाहिर जानुपर्छ। नियमहरूको पालन गर्नु भनेको यही हो। यस्तो प्रकारको वातावरणमा, यदि मलाई फोन आयो भने, म बाहिर गएर फोन उठाउँछु। कतिपय मानिसहरूले यसो भन्छन्, “यो कुरा कसलाई थाहा छैन र?” यो कुरा थाहा नहुने मानिसहरू साँच्चै नै छन्। पश्चिमका कतिपय रेस्टुरेन्ट, सुपरमार्केट, र मानिसहरू कामकुराहरू गर्न जाने ठाउँहरूमा, तैँले प्रायजसो कतिपय मानिसहरूले धेरै ठूलो स्वरमा बोलिरहेको सुन्न सक्छस्, र त्यहाँका परिचारक र कर्मचारीहरूले निकै घृणाको महसुस गर्छन्। विशेष गरी कतिपय एसियालीहरूले नियमहरू पटक्कै बुझ्दैनन् र तिनीहरू अत्यन्तै तल्लो स्तरका देखिन्छन्। कतिपय ठाउँहरूमा, स्पष्ट रूपमा लेखिएका नियमहरू हुन्छन्, तर तिनीहरूले ती पटक्कै नदेखेजस्तो व्यवहार गर्छन्। तिनीहरूले आफ्नै मातृभाषामा लेखिएका नियमहरू देखे पनि, तिनीहरूले तिनको पालन गर्दैनन्, र तिनको उल्‍लङ्घन समेत गर्छन्। जब कर्मचारीहरूले तिनीहरूलाई सम्झाउँछन्, तब तिनीहरू उनीहरूसँग बहस समेत गर्छन्। के यो आफैलाई मूर्ख बनाउनु होइन र? कतिपय मानिसहरू आफ्नो गृह देशमा आफ्नो शक्ति प्रदर्शन गर्न अभ्यस्त हुन्छन्। जब तिनीहरू पश्चिममा आउँछन्, तब तिनीहरू अझै पनि यो आफ्नै क्षेत्र हो भन्‍ने सोच्छन्, आक्रामक रूपमा व्यवहार गर्छन् र गोरिल्ला जस्तै फुर्ती देखाउँदै हिँड्छन्, नियमहरूको पटक्कै पालन गर्दैनन्। फलस्वरूप, तिनीहरू जहाँ गए पनि मानिसहरूले तिनीहरूलाई घृणा गर्छन् र घिनाउँछन्। कतिपय मानिसहरूले यातायात विभागमा परीक्षा दिँदा समस्या समेत खडा गर्छन्। पछि, जब तिनीहरूले आफ्ना देशवासीहरूलाई देख्छन्, तब तिनीहरूले यस्तो घोषणा समेत गर्छन्, “हामी चिनियाँहरू जहाँ गए पनि स्वतन्त्र छौँ। हामी कहिल्यै नियमहरूको पालन गर्न इच्छुक हुँदैनौँ। हामी जति धेरै अनौपचारिक हुन सक्छौँ, त्यति नै राम्रो हुन्छ। यदि कसैले मलाई अनुशासनमा राख्ने प्रयास गर्‍यो भने, म ठूलो रमिता देखाउनेछु!” के यस्तो व्यक्ति जीवित दियाबलस होइन र? के तँलाई तँ आफूसँग शक्ति र प्रभाव छ भने आफ्नो शक्ति प्रदर्शन गर्न सकिने आफ्नै गृह देशमा छस् भन्‍ने लाग्छ? तँ त विदेशमा पो छस् त, कानुनको शासन भएको देशमा छस्। यदि तैँले कानुन र प्रावधानहरूको उल्‍लङ्घन गरिस् भने, तैँले कानुनी जिम्मेवारी वहन गर्नुपर्छ। कानुन र प्रावधानहरूको पालन गर्नु भनेको व्यक्तिले गर्नुपर्ने सबैभन्दा न्यूनतम कुरा हो। यदि कसैले यी आधारभूत नियमहरू समेत बुझ्दैन भने, ऊ पटक्‍कै मानव रूपमा हुँदैन।

म सामान्यतया सार्वजनिक स्थानहरूमा निकै सतर्क हुन्छु। विशेष गरी जब कामकुराहरू गर्न सरकारी निकायहरूमा जान्छु, तब म सतर्कताका साथ काम गर्छु र तिनीहरूका नियमहरू उल्‍लङ्घन गर्नबाट जोगिन्छु। मैले जुनसुकै फारम भरे पनि वा जुनसुकै प्रश्नहरूको जवाफ दिए पनि, म सधैँ नियमअनुसार काम गर्छु। केही पटक कामकुराहरू सम्हालेपछि, मैले अनुभव प्राप्त गरेको छु। नियमहरूको पालन गर्नु सजिलो छ; चिन्ताको कुरा भनेको नियमहरू नबुझ्नु चाहिँ हो। आफैलाई मूर्ख बनाउने कुरा त परै जाओस्—के यसले कामकुराहरू गर्ने कुरामा असर गर्न सक्छ? सक्छ, त्यसैले व्यक्तिले नियमअनुसार आफूलाई आचरणमा ढाल्नुपर्छ। पश्चिमीहरू यी कुराहरू हासिल गर्न लगभग सक्षम हुन्छन्। देहधारी परमेश्‍वरसँग सामान्य तर्कसङ्गतता र विवेक हुन्छ, त्यसैले अवश्य नै उहाँले पनि ती हासिल गर्न सक्नुहुन्छ, र उहाँले सक्रिय रूपमा त्यसो गर्नुहुन्छ। उहाँले आफूलाई सृजित मानवजातिमाझ अद्वितीय व्यक्तिको रूपमा वर्गीकरण गर्नुहुन्न, न त उहाँले आफ्ना लागि विशेषाधिकार खोज्न यी कानुन र प्रावधानहरूलाई कहिल्यै बेवास्ता नै गर्नुहुन्छ। मैले सरकारी निकायमा जुनसुकै काम सम्हाले पनि, म सधैँ प्रक्रियाहरू पालन गर्छु। म कहिल्यै यसो भन्दै माग गर्दिनँ, “मेरो विशेष हैसियत र विशेष पहिचान छ। के तपाईं मलाई केही विशेष व्यवहार गर्न सक्नुहुन्छ?” एकातिर, म यस्तो प्रकारको तरिका खोज्न कसैसँग परामर्श गर्दिनँ। अर्कोतिर, म स्वर्गमा हुनुहुने परमेश्‍वरलाई कहिल्यै यस्तो प्रार्थना गर्दिनँ, “परमेश्‍वर, के तपाईं मेरो लागि चिन्‍ह र चमत्कारका कामहरू गर्न सक्नुहुन्छ, यो काम तुरुन्तै पूरा गर्न सक्नुहुन्छ, ताकि मैले मानवहरूले जस्तै यी प्रक्रियाहरू पालन गर्नु नपरोस्?” म कहिल्यै यसरी प्रार्थना गर्दिनँ; बरु, म नियमअनुसार प्रक्रियाहरू पालन गर्दै कामकुराहरू सम्हाल्छु। अवश्य नै, जब म यी कामकुराहरू सम्हाल्छु, तब मैले केही विशेष परिस्थितिहरूको पनि सामना गर्नेछु। विशेष परिस्थितिहरूलाई विशेष रूपमा सम्हाल्न आवश्यक हुन्छ। यदि शुल्क तिर्नुपर्छ भने, म तिर्छु। यदि मैले पर्खनुपर्छ भने, म पर्खन्छु। यदि मैले कुनै कुराका लागि आवेदन दिनुपर्छ वा सरकारबाट फेरि पुष्टि प्राप्त गर्नुपर्छ भने, म आवेदन दिन्छु र फेरि पुष्टि प्राप्त गर्छु। म पक्कै पनि कानुन र प्रावधानहरूअनुसार कडाइका साथ प्रक्रियाहरू पालन गर्नेछु, र कसैलाई पनि उछिन्नेछैनँ। म सुपरमार्केटमा किनमेल गरिरहँदा होस् वा सरकारी निकायमा कामकुराहरू सम्हालिरहँदा होस्, यदि मानिसहरू लाइनमा बसिरहेका छन् भने, म तिनीहरूसँगै लाइनमा बस्छु। जब मेरो पालो आउँछ, तब म तुरुन्तै अगाडि बढ्छु। तिनीहरूले मलाई जे गर्न भन्छन्, म तिनीहरूका मागहरूअनुसार नियम पालना गर्दै काम गर्छु। म आफूलाई यसरी नै आचरणमा ढाल्छु। जब म जीवनमा कुराहरूको सामना गर्छु, तब म यसरी नै काम गर्छु र तिनको अनुभव गर्छु। कतिपय विशेष समयमा मैले केही अन्यायहरू भोगे पनि, यसले मेरो “नियमअनुसार आफूलाई आचरणमा ढाल्ने र कर्तव्यनिष्ठ भई कामकुराहरू गर्ने” मान्यताहरूलाई कहिल्यै असर गर्दैन। म अझै पनि मैले गर्नुपर्ने कुरा गर्छु। विशेष गरी म एसियाली जस्तो देखिन्छु, मेरो शरीरको कद सानो छ र मेरो रूप साधारण छ, म ठूलो स्वरमा बोल्दिनँ, र मानिसहरूको नजरमा म सामान्य र साधारण देखिन्छु, म भीडमा फरक देखिँदिनँ, र म कसैको ध्यान पटक्कै खिच्दिनँ। त्यसकारण, जब म कतिपय विशेष वातावरणहरूमा कामकुराहरू सम्हाल्छु, तब मैले विभिन्न स्तरको भेदभाव सामना गर्छु, वा विभिन्न स्तरको “विशेष व्यवहार” प्राप्त गर्छु। यदि तिमीहरूले यी कुराहरू सामना गर्‍यौ भने, तिमीहरूले के गर्नेथियौ? के तिमीहरूले ती मानिसहरूसँग बहस गर्नेथियौ, तिनीहरूविरुद्ध उजुरी दर्ता गर्नेथियौ, वा तिनीहरूलाई सराप्न परमेश्‍वरलाई प्रार्थना गर्नेथियौ? तिमीहरूले कुन तरिका अपनाउनेथियौ? (यदि परिस्थितिहरू सही छन् भने, मैले तिनीहरूसँग बहस गर्थेँ होला।) अनि के तैँले तिनीहरूलाई सराप्न आफ्नो हृदयमा प्रार्थना गर्नेथिइस्? (म त्यति हदसम्म त जानेथिइनँ, तर म भित्रभित्रै निकै रिसाउनेथिएँ।) जब तँलाई फरक व्यवहार गरिन्छ वा भेदभाव गरिन्छ, तब तैँले कुराहरूलाई शान्त हुन दिनुपर्छ। मेरो हकमा भन्दा, म तिनीहरूलाई सराप्न प्रार्थना गर्दिनँ, न त म तिनीहरूसँग बहस वा विवाद नै गर्छु। बरु, म कुराहरूलाई शान्त हुन दिन्छु र तिनलाई सही रूपमा लिन्छु। मलाई मेरो हृदयमा केही असहज महसुस हुनेछ, तर केही दिनपछि, म ठीक हुनेछु; मैले चित्त बुझाइसकेको हुनेछु। तैँले तेरो मर्यादा र निष्ठामाथिको अपमान सहे पनि, तैँले उग्रता प्रदर्शन गर्नु हुँदैन; तैँले कामकुराहरूलाई उग्र तरिकाले सम्हाल्नु हुँदैन। त्यसोभए तैँले तिनलाई कसरी सम्हाल्नुपर्छ त? यदि कसैले तँलाई भेदभाव गर्छ वा तँलाई अपमान गर्छ भने, तैँले तिनीहरूसँग धैर्यताका साथ व्यवहार गर्नुपर्छ, तँ तिनीहरूबाट टाढा बस्नुपर्छ, र तैँले उग्रता प्रदर्शन गर्नु हुँदैन; त्यसपछि तिनीहरूले तँलाई केही गर्न सक्दैनन्। यस पटक अलिकति घाटा भोग्नुलाई एउटा पाठको रूपमा मात्रै लिनू। यदि मैले यस्तो प्रकारको कुराको सामना गरेँ भने, मेरो सामान्य मानवताको तर्कसङ्गतता र विवेकको कारण, मलाई चोट पुगेको महसुस हुनेछ, र मलाई मेरो निष्ठा र मर्यादामा धक्का पुगेको पनि महसुस हुनेछ। मलाई भित्र असहज र पीडा महसुस हुनेछ। तर मसँग विशेष पहिचान र विशेष हैसियत भएकै कारणले मलाई अन्याय भएको महसुस पक्कै पनि हुनेछैन, र मलाई भेदभाव गर्नेहरूलाई म घृणा गर्ने वा सराप्ने त झनै गर्दिनँ। म जति पाको हुँदै जान्छु, मलाई यी कुराहरू पूर्ण रूपमा सामान्य हुन् भन्‍ने त्यति नै धेरै महसुस हुन्छ। यस मानव संसारमा, यस्तो भ्रष्ट मानवजातिमाझ जिउँदा, यी कुराहरू पूर्ण रूपमा सामान्य हुन्। मलाई यस्तो महसुस हुनुको कारण मलाई यस्ता कुराहरूको बानी परेको छ र म तिनको बारेमा संवेदनहीन भएको छु भन्‍ने होइन, तर मानिसहरू सबै भ्रष्ट मानवहरू हुन् भन्‍ने चाहिँ हो। तिनीहरूको भेदभाव व्यक्तिगत रूपमा तँप्रति लक्षित हुँदैन; बरु, सम्पूर्ण मानवजाति नै यस्तै छ। हेर् त, अमेरिकामा, आप्रवासीहरूको बहु-जातीय देशमा, हरेक जातिका मानिसहरूले आफूलाई भेदभाव गरिएको छ भनेर भन्‍नेछन्; गोरा मानिसहरूले समेत यस्तो दाबी गर्नेछन्। मानिसहरूले विभिन्न अवसरहरूमा, विभिन्न वातावरणहरूमा, र मानिसहरूका विभिन्न समूहहरूमाझ भेदभावको सामना गर्नेछन्। कहिलेकाहीँ यो अन्य जातिहरूबाट हुने भेदभाव हुन्छ, र कहिलेकाहीँ व्यक्तिले आफ्नै जातिबाट पनि केही भेदभाव वा अनुचित व्यवहारको सामना गर्छ। तैँले भेदभाव मान्ने कुरा त भ्रष्ट मानवहरूले एक-अर्कालाई कसरी व्यवहार गर्छन् त्यस क्रममा कामकुराहरू सम्हाल्ने सबैभन्दा सामान्य मार्ग मात्रै हुन सक्छ। यो मानवजाति ठ्याक्कै यस्तै छ, त्यसैले यस्ता कुराहरूलाई धेरै गम्भीरतापूर्वक नलिनू। रिसाउनु सामान्य कुरा हो, तर तैँले यी मामिलाहरूलाई छिट्टै छर्लङ्गै बुझ्नुपर्छ, त्यसपछि तिनलाई त्याग्नुपर्छ। तिनलाई उग्र तरिकाले नलिनू। कसैसँग बदला लिने बारेमा नसोच् वा कसैलाई सराप्न प्रार्थना नगर्। तँ सामान्य छैनस् भन्‍ने महसुस नगर्। तँ एक सामान्य व्यक्ति होस्, र अरूले तँलाई त्यसरी नै व्यवहार गर्छन्। यदि तिनीहरूले तँ सजिलै हेप्न सकिने व्यक्ति होस् भन्‍ने देखे भने, तिनीहरूले तँलाई हेप्नेछन्। के यो पूर्ण रूपमा सामान्य कुरा होइन र? यस्तो सोच्न धारणा र कल्पनाहरूमा भर नपर्, “म सामान्य व्यक्ति होइनँ। मेरो यति उच्च मूल्य र यति उच्च हैसियत छ। मलाई जसले हेप्छ म त्यसलाई सराप्न प्रार्थना गर्नेछु। यदि मैले तँलाई मलाई पछाडिबाट साथ दिने को छ भनेर बताएँ भने, त्यस कुराले तँलाई तर्साएर सातो लिनेछ। जब मैले भविष्यमा शक्ति हातमा लिन्छु, तब म तँलाई घुँडा टेक्न र कृपाका लागि बिन्ती गर्न लगाउनेछु, र म तँलाई चामल टिपिरहेको कुखुराले जस्तै ढोग्न लगाउनेछु।” ममा कहिल्यै यस्ता विचारहरू आएका छैनन्। संसारमा जताततै भेदभाव छ। मानिसहरूको भेदभाव तँप्रति मात्रै लक्षित हुँदैन। यो संसार आफैमा अन्याय, भेदभाव, सबै प्रकारका दुष्टता, र सबै प्रकारका दुष्कर्महरूले भरिएको छ। जब म यस्ता कुराहरूको सामना गर्छु, तब म आफूलाई कुनै प्रकारको विशेष व्यक्तिको रूपमा व्यवहार नगर्ने हुनाले, मलाई यी कुराहरू त्याग्न निकै सजिलो हुन्छ। के यो पनि नियमअनुसार आफूलाई आचरणमा ढाल्ने र कर्तव्यनिष्ठ भई कामकुराहरू गर्ने मान्यताहरूको पालन गर्नु होइन र? (हो।)