सत्यता कसरी पछ्याउने (२) भाग पाँच

परमेश्‍वरले खडा गर्ने वातावरणहरूमा कसरी सत्यता प्राप्त गर्ने

मानिसहरूले परमेश्‍वरले मानिसहरूलाई दिनुहुने मुक्ति र यावत् थोकमाथिको परमेश्‍वरको सार्वभौमिकताको सिद्धान्त र उद्देश्य बुझेपछि, के यस विषयमा परमेश्‍वरबारे तिनीहरूका धारणा र कल्पनाहरू केही हदसम्म समाधान हुनेछैनन् र? (हुनेछन्।) यस विषयमा मानिसहरूले के कुरा बुझ्नुपर्छ? तिनीहरूले के बुझ्नुपर्छ भने, परमेश्‍वरले सार्वभौमिकता राख्‍नुहुने सबै प्रकारका मामलाहरूमा होस् वा एउटा निश्‍चित मामलामा होस्, मानिसहरूको सहकार्य ८०-९० प्रतिशत हुन्छ, र सम्बन्धित मामलाप्रतिको तिनीहरूको विचार र दृष्टिकोण, र मनोवृत्ति परमेश्‍वरको नजरमा अत्यन्तै महत्त्वपूर्ण हुन्छ। तँलाई केही आइपर्दा तैँले केही पनि भनिनस् र आफ्नो अडान देखाइनस् भने, परमेश्‍वरले तँलाई ध्यान दिनुहुनेछैन र बेवास्ता गर्नुहुनेछ भन्‍ने नसोच्। यदि तँलाई परमेश्‍वरले तँलाई बेवास्ता गर्नुहोस् भन्‍ने चाहन्छस् भने, तैँले परमेश्‍वरमा विश्‍वास नगर्नु नै राम्रो हुन्छ। तँ परमेश्‍वरको घरमा भएको हुनाले र परमेश्‍वरले तँलाई छनौट गर्नुभएको हुनाले, परमेश्‍वरले तँलाई पटक्‍कै बेवास्ता गर्नुहुनेछैन। परमेश्‍वरको नजरमा सबै कुराको छानबिन हुन्छ, उहाँले तँजस्तो सानो व्यक्तिलाई त झनै छानबिन गर्नुहुन्छ। तँ कमिला नै भएको भए पनि, यदि तँ परमेश्‍वरद्वारा छनौट गरिएको हुन्थिस् भने, परमेश्‍वरले तँलाई निरन्तर छानबिन र अगुवाइ गर्नुहुनेथ्यो। परमेश्‍वरले तँलाई छानबिन गर्नुहुन्छ, त्यसकारण तैँले केवल आफूलाई आइपर्ने कुराहरू स्वीकार गर्नुपर्छ। ती कुराहरूबाट नतर्की—तर्किनु बुद्धिमानी निर्णय होइन। तैँले तिनको सामना गर्नैपर्छ। तैँले तिनको सामना गरेपछि र तँसँग स्पष्ट मनोवृत्ति भएपछि मात्रै, तैँले परमेश्‍वरले तेरा लागि खडा गरेका वातावरणहरूमा उहाँले तँलाई बुझ्न दिने सत्यताहरू प्राप्त गर्ने अवसर पाउनेछस्, जबकि तीबाट तर्किँदा त्यसले तँलाई मौनतामा सत्यताहरू बुझ्न सक्षम बनाउनेछैन। दर्शनहरूसँग सम्बन्धित सत्यताहरूबाहेक, अरू सत्यताहरू अर्थात्, मानव जीवन र अस्तित्वसँग सम्बन्धित सबै प्रकारका सत्यताहरू वातावरणमार्फत वा कुनै प्रकारको व्यक्तिको व्यवहार प्रयोगमा आउने सन्दर्भमार्फत व्यक्त हुन्छन्। मानिसहरूले वास्तविक अनुभव र बुझाइ प्राप्त गरेपछि मात्रै यी सत्यताहरूका वास्तविकताहरूलाई साँचो रूपमा बुझ्न सक्छन्। धेरैजसो मानिसहरूले यो कुरालाई स्पष्ट रूपमा देख्‍न सक्दैनन्, र विभिन्‍न प्रकारका सत्यताहरूप्रतिको तिनीहरूको मनोवृत्ति उदासीन हुन्छ, र तिनीहरू यी वातावरणहरूबाट निरन्तर तर्किन पनि चाहन्छन्, र तिनीहरूले वास्तविक समस्याहरूका बारेमा सत्यताको खोजी गर्न चाहँदैनन्। तिनीहरूले सत्यताका आधारमा फरक-फरक प्रकारका मानिसहरू र घटनाहरूलाई खुट्ट्याउन सिक्दैनन्, न त तिनीहरूले विभिन्‍न समस्याहरू समाधान गर्नका निम्ति सत्यता लागू गर्न तालिम नै लिन्छन्। तिनीहरूलाई जेसुकै आइपरे पनि, तिनीहरूसँग कुनै मनोवृत्ति वा दृष्टिकोण हुँदैन, र तिनीहरू सङ्गति र छलफलहरूमा सहभागी हुँदैनन्। तिनीहरू हरेक दिन परमेश्‍वरलाई प्रार्थना गर्न, परमेश्‍वरका वचनहरू पढ्न, भजनहरू सिक्न, र आफ्नो कर्तव्य पूरा गर्नमै सन्तुष्ट हुन्छन्, त्यति हो। म तँलाई एउटा कुरा भन्‍नेछु, जुन के हो भने, श्रमिकका विशेषताहरू के हुन् भने, ऊ मेहनत गर्न मात्रै इच्छुक हुन्छ, र उसलाई सत्यताको कुनै पनि पक्षप्रति रुचि हुँदैन वा ऊ सत्यताको कुनै पनि पक्षबारे गम्भीर हुन इच्छुक हुँदैन, र उसलाई त्यसो गर्नु झन्झटिलो लाग्छ—यो एक श्रमिक हो। यदि तँ शैतानको नोकर, वा कुनै दुष्ट व्यक्ति वा ख्रीष्टविरोधी होइनस् भने, बढीमा तँ श्रमिक मात्रै हुन सक्छस्। तर मुक्ति हासिल गर्न सक्‍ने परमेश्‍वरका मानिसहरूका हकमा कुरा फरक हुन्छ। तिनीहरू श्रम गर्न र थोरै मेहनत गर्नमै सन्तुष्ट हुँदैनन्, बरु तिनीहरूले सबै प्रकारका मानिस, घटना, र कामकुराहरूमा विभिन्‍न सत्यताहरू सिक्छन् र बुझ्छन्, त्यसपछि यी सत्यताहरूका आधारमा विभिन्‍न प्रकारका मानिसहरू र घटनाहरूलाई हेर्छन् र सम्हाल्छन्। यसरी, विभिन्‍न सत्यताहरू क्रमिक रूपमा तिनीहरूमा ढालिन्छन्, र ती क्रमिक रूपमा तिनीहरूको जीवन र तिनीहरूको कार्य र आत्म-आचरणका सिद्धान्तहरू बन्छन्। सत्यता तेरो जीवन बनेपछि मात्रै तँ परमेश्‍वरमा समर्पित हुन र परमेश्‍वरको डर मान्‍न र दुष्टताबाट अलग बस्‍न सक्‍नेछस्; नत्र भने, यो प्रभाव हासिल गर्न सकिँदैन। कामकुराहरू अनुभव गर्न नडराओ, र मानिसहरूलाई खुट्ट्याउन नडराओ। सबै प्रकारका घटनाहरू घट्नु नराम्रो कुरा होइन, र यसमाथि परमेश्‍वरले सार्वभौमिकता राख्नुहुन्छ। परमेश्‍वरले सार्वभौमिकता राख्नुभएपछि र बन्दोबस्तहरू गर्नुभएपछि, तँलाई केको डर? परमेश्‍वरले सार्वभौमिकता राख्‍नुभएपछि र बन्दोबस्तहरू गर्नुभएपछि, तेरो हकमा, कुनै घटना घट्नु कम्तीमा पनि दुर्भावनापूर्ण कुरा वा प्रलोभनको कुरा हुँदैन। बरु, यो त तँलाई पाठहरू सिक्न, शिक्षा लिन र फाइदा लिन, र तँलाई सिद्ध बनाउनका लागि भएको हुन्छ। यदि तँ परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुन सक्छस्, तैँले आफूमा आइपर्ने कुरालाई सकारात्मक शिक्षण सामग्रीका रूपमा लिन सक्छस्, र सत्यताको खोजी गर्न र आफूले सिक्‍नुपर्ने पाठहरू सिक्न सक्छस् भने, स्वाभाविक रूपमा र थाहै नपाई सत्यता तँमा ढालिनेछ र तेरो जीवन बन्‍नेछ। त्यसकारण, धेरैजसो मानिसहरूले विभिन्‍न घटनाहरूको सामना गर्दा उदासीनता, तर्काइ, गैर-सहभागिता, र गैर-संलग्‍नताको मनोवृत्ति अपनाउनु, र दृष्टिकोणहरू व्यक्त नगर्नु वा सङ्गति नगर्नु गलत हुन्छ—यो अनुचित कुरा हो। यो गलत र अनुचित कुरा हो भनेर मैले किन भनेँ? यो मनोवृत्तिले तँलाई परमेश्‍वरको मुक्ति वा उहाँका असल अभिप्रायहरूमा रुचि छैन, र तँलाई परमेश्‍वरद्वारा सिद्ध पारिनमा रुचि छैन, र तैँले यसलाई ध्यान दिँदैनस् र इन्कार गर्छस् भन्‍ने कुरा परमेश्‍वरलाई देखाउँछ। जब परमेश्‍वरले तेरो मनोवृत्ति यही हो भन्‍ने देख्‍नुहुन्छ, तब के उहाँले अझै पनि तँलाई मुक्ति दिन चाहनुहुनेछ? अनि यदि परमेश्‍वरले तँलाई मुक्ति दिन चाहनुभयो भने पनि, तैँले सहकार्य गरिनस् भने उहाँले तँलाई कसरी मुक्ति दिन सक्‍नुहुन्छ? भनाइ नै छ, “भीरबाट खस्न लागेको गोरुलाई बचाउन सकिँदैन”, र यो भनाइले ठीक यस्तै व्यक्तिलाई जनाउँछ।

परमेश्‍वरको सम्पूर्ण व्यवस्थापनको योजनाभित्र, विशेष गरी उहाँको कामको यो अन्तिम चरणभित्र, उहाँले धेरै सत्यताहरू व्यक्त गर्नुभएको छ, र तैँले ती सबै सुनेको छस्। तैँले तीमध्ये जतिलाई अनुभव गरेको वा बुझेको भए पनि, कम्तीमा पनि तैँले तिनलाई जानेको छस्, त्यसकारण परमेश्‍वरले हस्तक्षेप र सहजीकरणको कुनै थप काम गर्नुहुनेछैन। परमेश्‍वर तँलाई आइपर्ने सबै कुरामा तेरो मनोवृत्ति, साथै तेरो सहकार्यको मात्र प्रतीक्षा गर्नुहुन्छ—उहाँ तेरो मनोवृत्ति, तेरो दृष्टिकोण, तेरा पछ्याइहरू, र तैँले लिने मार्ग हेर्न चाहनुहुन्छ। यदि तैँले हरेक पटक मानिस, घटना, र कामकुराहरूको सामना गर्दा, परमेश्‍वरले तँसँग कुनै मनोवृत्ति र दृष्टिकोणहरू छैनन्, र तँसँग भन्‍नलाई सधैँ केही कुरा हुँदैन भन्‍ने कुराको विवरण राख्‍नुहुन्छ भने, मलाई भन्, के तँ मूर्ख होइनस् र? कस्ता मानिसहरूसँग भन्‍नलाई सधैँ केही हुँदैन? बहिरा, गुँगा, बेवकुफ, वा मूर्खहरूसँग होइन र? परमेश्‍वरले तँसँग कुनै मनोवृत्ति छैन भन्‍ने कुराको विवरण राख्‍नुहुन्छ, त्यसकारण जब उहाँले अन्ततः तँलाई अङ्क दिनुहुन्छ, तब तैँले शून्य अङ्क प्राप्त गर्नेछस्। तँलाई केही आइपर्दा, परमेश्‍वर सोध्‍नुहुन्छ, “के तँ मूल्य चुकाउन इच्छुक छस्?” अनि तैँले “हो, म तयार छु!” भनेर भन्छस्, र उहाँले सोध्‍नुहुनेछ, “के तँसँग सङ्कल्प छ? के तैँले शपथ खाएको छस्?” अनि तैँले जवाफ दिन्छस्, “छु!” यदि तँसँग यो सङ्कल्प मात्रै छ, तर तँलाई यो वातावरण अनुभव गरेर के प्राप्त गरेको छस् भनेर सोधियो भने, तँसँग भन्नलाई केही हुँदैन, र तैँले अनुभव गरेको हरेक वातावरणबाट केही पनि प्राप्त गरेको छैनस् भने, अन्त्यमा, जब परमेश्‍वरले तँलाई अङ्क दिनुहुन्छ, तब तैँले दुई अङ्क मात्रै प्राप्त गर्नेछस्। किन दुई अङ्क? तेरो थोरै सङ्कल्पका कारण नै तैँले दुई अङ्क प्राप्त गरेको हुनेछस्। मलाई भन्, के तँ त्यसपछि त खतम हुनेछैनस् र? के तँसँग अझै पनि मुक्ति पाउने आशा हुनेछ? तँ आफै लागिपरेर नै मुक्ति पाउने आशा प्राप्त हुन्छ। यो तैँले सत्यता पछ्याउने मार्गमा हिँड्ने निर्णय गरेको बदलामा प्राप्त गर्ने फल हो। त्यसैले तँलाई जेसुकै आइपरे पनि, त्यसदेखि नडरा वा त्यसबाट पन्छिने काम नगर्, र हातले आफ्नो टाउको छोपेर कछुवा जस्तै आफ्नो खोलमा नलुक्—बरु, त्यसलाई सकारात्मक र सक्रिय रूपमा सामना गर्। यदि तँ डरपोक छस् र कामकुराहरूदेखि डराउँछस्, र तैँले गलत कुरा बोलिस् भने अरूले तँलाई खुलासा गर्नेछन् र छर्लङ्ग देख्‍नेछन् भन्‍ने डरले तैँले कुनै पनि कुराको मूल्याङ्कन गर्ने आँट गर्दैनस्—चाहे त्यो कुरा जोसुकैसँग सम्बन्धित होस्—र तँ सधैँ डराउँछस् र कहिल्यै सहभागी हुँदैनस् भने, यसको अर्थ तैँले आफ्नो मौका गुमाइरहेको छस् भन्‍ने हुन्छ! तैँले आफ्नो कर्तव्य पूरा गर्न धेरै ऊर्जा लगाएको हुन सक्छस्, तर वास्तवमा तैँले आफ्नो परिणाम धेरै पहिले नै निर्धारित गरिसकेको छस्। अन्त्यमा, तैँले दुई अङ्क मात्रै प्राप्त गर्नेछस्, त्यसकारण के तँ बेकामे मूर्ख होइनस् र? के दुई अङ्क प्राप्त गर्नु बेकामे मूर्ख हुनु जस्तै होइन र? अनि तैँले दुई अङ्क मात्रै प्राप्त गर्ने हुनाले, के यो जीवनकालमा परमेश्‍वरमाथिको तेरो विश्‍वास व्यर्थ हुनेछैन र? यो परमेश्‍वरको कामको अन्तिम चरण हो, यदि यस पटक तेरो आस्था व्यर्थ भएको छ भने, तेरो परिणाम निर्धारित हुनेछ। परमेश्‍वरले फेरि कहिल्यै पनि मानवलाई मुक्ति दिने काम गर्नुहुनेछैन। यो अन्तिम मौका हो—यदि तँ अझै पनि यसका लागि लागिपर्दैनस् र तँ यसलाई फुत्किन दिन्छस्, र तैँले मुक्ति प्राप्त गर्न सक्दैनस् भने, त्यो कति दयनीय कुरा हुनेछ! तैँले जति वर्ष परमेश्‍वरको कामको अनुभव गरेको भए पनि, तैँले कम्तीमा पनि उत्तीर्णाङ्क प्राप्त गर्नैपर्छ, त्यसपछि तँ अझै बाँच्ने आशा हुनेछ। यदि तेरो श्रम मानक अनुसारको छैन, र तैँले धेरै बाधा र अवरोधहरू पनि उत्पन्न गरेको छस् भने, तैँले कुनै फल पटक्‍कै प्राप्त गरेको हुनेछैनस्, र मुक्ति प्राप्त गर्ने तेरो आशा शून्य हुनेछ। परमेश्‍वरले खडा गर्ने हरेक वातावरणमा, दर्शक नबन्; सहभागी बन्, त्यसको भाग बन्। तर तैँले कम्तीमा पनि पालना गर्नैपर्ने एउटा सिद्धान्त छ: बाधाहरू पैदा नगर्। तैँले सहभागी हुन र आफ्ना विचार र मूल्याङ्कनहरू व्यक्त गर्न सक्छस्, र तैँले साधारण मानिसले जस्तै बोले पनि र शब्द र धर्मसिद्धान्तहरू मात्रै बोले पनि, त्यसले केही फरक पार्दैन। तर, तैँले सत्यताको खोजी गर्ने, सत्यता अभ्यास गर्ने, र सत्यतामा समर्पित हुने सिद्धान्त र अभिप्राय लिएर हरेक मामलामा सहभागिता जनाउनुपर्छ—त्यसपछि मात्रै तेरो मुक्तिको आशा हुन्छ। मुक्तिको आशा कुन आधारमा स्थापित हुन्छ? यो तैँले हरेक मामला आइपर्दा सत्यताप्रति लागिपर्न, सत्यताका बारेमा मनन गर्न, र सत्यतामा मेहनत लगाउन सक्नुका आधारमा स्थापित हुन्छ। यस आधारमा मात्रै तैँले सत्यता बुझ्न, सत्यता अभ्यास गर्न, र मुक्ति प्राप्त गर्न सक्छस्। तर, यदि तँ मामिलाहरू आइपर्दा सधैँ दर्शक बन्छस्—कुनै मूल्याङ्कन वा चित्रण गर्ने काम गर्दैनस्, र कुनै व्यक्तिगत विचार व्यक्त गर्दैनस्—र तँसँग कुनै कुराका बारेमा कुनै दृष्टिकोण हुँदैन, वा, तँसँग दृष्टिकोण भए पनि, तैँले त्यो व्यक्त गर्दैनस्, र तँलाई ती सही छन् कि गलत छन् भन्‍ने थाहा हुँदैन, तर तिनलाई मनमा ताल्चा लगाएर तिनका बारेमा विचार मात्रै गर्छस् भने, अन्ततः तैँले सत्यता प्राप्त गरेको हुनेछैनस्। यसबारे विचार गर्, यो त ठूलो भोजमा बसेर भोकै बस्‍नु जस्तै हो। के तँ दयनीय हुँदैनस् र? परमेश्‍वरको काममा, यदि तैँले विश्‍वास गरेको दश वर्ष भएको छ र त्यति समयदेखि तँ दर्शक नै भएर बसेको छस्, वा तैँले विश्‍वास गरेको २०-३० वर्ष भएको छ र त्यति समयदेखि तँ दर्शक नै भएर बसेको छस् भने, अन्त्यमा, जब तेरो परिणाम निर्धारित गर्ने समय आउँछ, तब परमेश्‍वरले तेरो विवरणमा दिनुहुने अङ्क दुई मात्र हुनेछ, त्यसकारण तँ बेकामे मूर्ख हुनेछस्, अनि सत्यता प्राप्त गर्ने तेरो मौका र मुक्ति प्राप्त गर्ने तेरो आशालाई तँ आफैले पूर्ण रूपमा बरबाद पारेको हुनेछस्। अन्त्यमा, तँलाई बेकामे मूर्खको नाम दिइनेछ, र तँ त्यसैको हकदार हुनेछस्, होइन र? (हो।) बेकामे मूर्ख नबन्‍नुको रहस्य के हो? (यसको रहस्य दर्शक नबन्नु हो।) दर्शक बनेर नबस्‍नु। तैँले परमेश्‍वरमा विश्‍वास गर्छस्, त्यसकारण सत्यता प्राप्त गर्नका लागि तैँले परमेश्‍वरको काम अनुभव गर्नैपर्छ। कतिपयले सोध्न सक्छन्, “त्यसोभए, के तपाईँले मलाई सबै कुरामा सहभागी हुन लगाइरहनुभएको छ? तर मानिसहरूले भन्छन्, ‘अर्काको मामलामा हात हाल्‍नु हुँदैन।’” तँलाई सहभागी हुन लगाउनु भनेको तँलाई सत्यताको खोजी गर्न र तैँले सामना गर्ने कुराहरूबाट पाठहरू सिक्न लगाउनु हो। उदाहरणका लागि, जब तँ निश्‍चित प्रकारको व्यक्तिको सामना गर्छस्, तब तैँले उसका प्रकटीकरणहरू र उसले गर्ने कुराहरूबाट उसलाई खुट्ट्याउनैपर्छ। यदि उसले सत्यता उल्लङ्घन गर्‍यो भने, उसले के गरेर सत्यता उल्लङ्घन गरेको हो भन्‍ने कुरा तैँले खुट्ट्याउनैपर्छ। यदि अरूले यो व्यक्ति दुष्ट व्यक्ति हो भनेर भन्छन् भने, दुष्ट व्यक्तिका रूपमा चित्रित गरिनका लागि उसले के भनेको र के गरेको हो र उसमा दुष्कर्मका के-कस्ता प्रकटीकरणहरू छन् भनेर तैँले खुट्ट्याउनैपर्छ। यदि अरूले यो व्यक्तिले परमेश्‍वरको घरका हितहरूको रक्षा गर्दैन र परमेश्‍वरको घरलाई हानि हुने गरी बाहिरी मानिसहरूलाई सहयोग गर्छ भनेर भन्छन् भने, तैँले यो व्यक्तिले के गरिरहेको छ भन्‍ने बारेमा सोधपुछ गर्नुपर्छ। अनि सोधपुछ गरेपछि, यी कुराहरू जान्‍नु मात्रै पर्याप्त हुँदैन। तैँले यस्तो कुरा पनि मनन गर्नुपर्छ: “के मैले त्यस्ता कुराहरू गर्न सक्छु? यदि कसैले मलाई याद दिलाएन भने, मैले पनि त्यस्ता कुराहरू गर्छु होला, अनि त्यसपछि त मैले पनि त्यो व्यक्तिको जस्तै परिणाम प्राप्त गर्दिनँ र? के यो खतरनाक हुँदैन र? भाग्यवश, परमेश्‍वरले मलाई सचेत गराउनका लागि यो वातावरण खडा गर्नुभयो, जुन मेरा लागि सबैभन्दा ठूलो सुरक्षा हो!” यसबारे मनन गरेपछि, तैँले एउटा कुरा बुझ्छस्: तैँले त्यस्तो व्यक्तिले पछ्याइरहेको मार्गलाई पछ्याउनु हुँदैन, तँ त्यस्तो व्यक्ति बन्‍नु हुँदैन, र तैँले आफूलाई चेतावनी दिनैपर्छ। तैँले जस्तोसुकै कुराहरूको सामना गरे पनि, तैँले ती कुराहरूबाट पाठहरू सिक्नैपर्छ। यदि तैँले पूर्ण रूपमा नबुझ्ने र तँलाई हृदयमा अनौठा लागेका कुराहरू छन् भने, तैँले ती कुराहरूका बारेमा प्रश्‍नहरू गर्नुपर्छ र तिनका बारेमा पत्ता लगाउनुपर्छ, र सत्यताको खोजी गरेर वास्तविक स्थितिका बारेमा निश्‍चित हुनुपर्छ। यो जिज्ञासा होइन; यो गम्भीर हुनु हो। गम्भीर हुनु भनेको झारा टार्नु वा भिडलाई पछ्याउनु होइन—यो त जिम्मेवारी लिने मनोवृत्ति हो। समस्याहरूका बारेमा स्पष्टता प्राप्त गरेर त्यसपछि तिनलाई समाधान गर्न सत्यताको खोजी गरेर मात्रै, भविष्यमा यस्तै परिस्थितिको सामना गर्दा तँसँग अभ्यासको मार्ग हुनेछ, तैँले सटीक रूपमा अभ्यास गर्न सक्‍नेछस्, र तँलाई शान्ति र सहजता महसुस हुनेछ। तैँले सबै मामलाहरूमा अरूलाई पछ्याउनु र बतास जता चल्यो त्यतै जानुको सट्टा तथ्यहरूको साँचो स्थितिलाई बुझ्ने प्रयास गर्ने र तीबाट सत्यता प्राप्त गर्ने र मानिसहरू र कामकुराहरूलाई कसरी हेर्ने भनेर सिक्‍ने सिद्धान्तका आधारमा गम्भीर भइरहेको हुन्छस्। आफ्नो व्यवहारमा गम्भीर बनेर मात्रै तैँले सत्यता अभ्यास गर्न र सिद्धान्तहरू अनुसार कार्य गर्न सक्छस्। गम्भीर नहुने मानिसहरूले अरूलाई पछ्याउने र जता बतास चल्यो त्यतै जाने सम्भावना हुन्छ, र यसरी, तिनीहरूले सत्यता सिद्धान्तहरू उल्लङ्घन गर्ने सम्भावना हुन्छ। उदाहरणका लागि, मानौँ कसैले निरन्तर झाराटारुवा तरिकाले आफ्नो कर्तव्य पूरा गर्छ र यसरी ऊ आफ्नो कर्तव्य पूरा गर्न अयोग्य हुन्छ। तैँले भन्छस्, “ऊ हेर्दा त ठीकै देखिन्छ। उसले झाराटारुवा व्यवहार गरिरहेको छ भन्‍ने कुरा मैले कसरी थाहा पाइनँ? के म उसको बहकाउमा परेँ? उसले कुन-कुन तरिकाले आफ्नो कर्तव्यमा अल्याङटल्याङ गरिरहेको थियो? उसले झाराटारुवा तरिकाले के-कस्ता कुराहरू गर्‍यो?” जब अरू कसैले तँलाई त्यो व्यक्तिले झाराटारुवा व्यवहार गरेको केही तरिका बताउँछ, तब तैँले भन्छस्, “त्यो व्यक्ति नाटक गर्नमा साँच्‍चै सिपालु रहेछ! झट्ट हेर्दा ऊ ठीकै देखिन्थ्यो, र उसले निकै राम्रा कुराहरू गर्थ्यो। उसले भन्थ्यो, ‘परमेश्‍वरले हामीलाई यति धेरै अनुग्रह दिनुभएको छ—हामी विवेकहीन हुनु हुँदैन, हामीले आफ्नो कर्तव्य उचित रूपमा पूरा गर्नुपर्छ!’ उसले यसो भनेको सुनेपछि, मलाई उसले आफ्नो कर्तव्य बफादारी साथ पूरा गरिरहेको छ भन्‍ने लाग्यो; ऊ यति झाराटारुवा छ भन्‍ने मैले कहिल्यै कल्पना गरेको थिइनँ! के म बहकाउमा परेको छैनँ र? मैले मानिसहरूलाई खुट्ट्याउन सकिनँ, र मैले सत्यता सिद्धान्तहरूका आधारमा मानिसहरू र कामकुराहरूलाई हेर्दिनथिएँ वा मानिसहरूसँग व्यवहार गर्दिनथिएँ। मैले त्यो व्यक्तिले आफ्नो कर्तव्यमा प्राप्त गरेका परिणामहरू, वा उसको निश्‍चित व्यवहार र प्रकटीकरणहरू, वा उसको सारलाई नहेरी त्यो व्यक्तिले कति राम्रो बोल्छ भन्ने कुरामा मात्रै ध्यान दिएँ—यस विषयमा मैले गल्ती गरेँ। बाहिरबाट असल देखिने मानिसहरू अनिवार्य रूपमा असल नहुन सक्ने रहेछ, र तिनीहरूले राम्रा सुनिने कुराहरू भने पनि, तिनीहरूले आफूले भनेको कुरा साँच्चै नगर्न सक्छन्, र तिनीहरू विवेक र मानवता भएका मानिसहरू नै हुन सक्छन् भन्‍ने हुँदैन। अबदेखि, मैले मानिसहरूलाई परमेश्‍वरका वचनहरू अनुसार हेर्नैपर्छ, र मानिसहरूलाई खुट्ट्याउन सिक्‍नुपर्छ। म फेरि मूर्ख बन्‍नु हुँदैन!” हेर् त, जेसुकै भए पनि, तँ अलिक गम्भीर छस् र तँ सत्यताको खोजी गर्छस्, त्यसपछि निष्कर्ष निकाल्छस् भने, तैँले केही कुरा प्राप्त गर्नेछस्। यदि तैँले यी लाभहरू प्राप्त गरिस् भने, के त्यो राम्रो कुरा होइन र? (हो।) तैँले मानिसहरूलाई खुट्ट्याउने मामिलामा केही कुरा सिकेको हुनेछस् र केही फाइदा पाएको हुनेछस्—सत्यताप्रति गम्भीर भएर र मेहनत गरेर तैँले प्राप्त गर्ने कुरा यही हो। मानौँ तँ यसरी गम्भीर छैनस्। जब तैँले कुनै व्यक्ति आफ्नो कर्तव्यमा सधैँ झाराटारुवा भएकाले उसलाई धपाइएको छ भन्‍ने सुन्छस्, तब तँ यस्तो सोध्दैनस्, “ऊ किन झाराटारुवा भएको? उसलाई किन धपाइयो?” बरु तैँले मनमनै सोच्छस्, “झाराटारुवा हुँदैमा के भयो र? जे भए पनि, मलाई धपाइएको छैन, त्यसकारण सबै कुरा ठीकै छ।” त्यस्तो अवस्थामा, के तैँले यस मामलाबाट अलिकति चेतावनी प्राप्त गरेको हुनेछस्, अलिकति पाठ सिकेको हुनेछस्, वा अलिकति खुट्ट्याउन सकेको हुनेछस्? त्यस्तो हुँदैन। किन हुँदैन? किनभने तँलाई त्यस्ता कुराहरूप्रति चासो छैन वा तँ ती कुराहरूबारे गम्भीर छैनस्, र तैँले आफ्नै जीवन प्रवेश वा सत्यता पछ्याइका लागि कुनै बोझ उठाउँदैनस्, र तँ सत्यता पछ्याउने र जीवन प्रवेशका मामलाहरूका बारेमा अरूको सङ्गतिमा चासो राख्दैनस् र सहभागी हुँदैनस्, र बढीमा, तैँले झाराटारुवा रूपमा सहमतिका केही शब्दहरू मात्र बोल्छस्, त्यति हो। के यस्ता मानिसहरू धेरै हुन्छन्? जब तिनीहरूलाई केही आइपर्छ, तब तिनीहरू विशेष रूपमा झाराटारुवा हुन र अल्याङटल्याङ गर्न मन पराउँछन्, र आफ्नै जीवन प्रवेश वा सत्यताको पछ्याइका लागि कुनै बोझ उठाउँदैनन्। अरूसँग अन्तरक्रिया गर्दा अलिकति गफ गर्न मन पराउने बाहेक, तिनीहरूलाई जीवन प्रवेशसँग सम्बन्धित कुराहरू वा परमेश्‍वरले खडा गर्ने वातावरणहरूमा मानिसहरूले सिक्‍नुपर्ने पाठहरू जस्ता कुराहरूमा पटक्‍कै चासो हुँदैन। तिनीहरू आफ्‍नो हातको सानो काम सकेपछि, टोलाएर बस्छन्, केही समय सुत्न वा आराम गर्न मात्रै चाहन्छन्, र तिनीहरूले आफ्नै जीवन प्रवेशका लागि कुनै बोझ उठाउँदै उठाउँदैनन्। यी मानिसहरूमा भएको थोरै सङ्कल्प र थोरै इच्छाहरू बाहेक, तिनीहरूले अन्ततः कुनै सत्यता प्राप्त गर्दैनन्, र अन्त्यमा, तिनीहरूको कुल अङ्क दुई मात्रै हुन सक्छ, तिनीहरूले आफ्नो बेकामे मूर्खतालाई त्याग्‍न सक्‍नेछैनन्, त्यसकारण, यस जीवनमा तिनीहरू समाप्त हुनेछन्। यदि तँ यस पटक खतम भइस् भने, तँ साँच्‍चै नै खतम हुनेछस्, र तैँले मुक्ति पाउने कुनै आशा हुनेछैन, किनभने तेरो परिणाम निर्धारित भइसकेको हुनेछ। सृजित प्राणीले अन्तिममा प्राप्त गर्ने अङ्क उसको परिणामसँग सीधै सम्बन्धित हुन्छ। यदि तैँले उतीर्णाङ्क प्राप्त गरिस् भने, तेरो परिणाम के हुनेछ भने, तैँले मुक्ति पाउँछस्। यदि तैँले उतीर्णाङ्क प्राप्त गरिनस् भने, तेरो परिणाम राम्रो हुनेछैन। यही बेला मानिसहरूका परिणामहरू निर्धारित हुन्छन्, र परिणाम निर्धारित भइसकेपछि, त्यो स्थायी हुन्छ र परिवर्तन हुँदैन। असल परिणामका लागि लागिपर्ने अर्को मौका हुनेछैन र त्यसलाई परिवर्तन गर्ने कुनै मौका हुनेछैन—तेरो नियति सधैँका लागि निर्धारित हुनेछ। बुझिस्? के यो तँलाई डर देखाउनका लागि हो? (होइन।) यसबारे विचार गर्—परमेश्‍वरले मानवजातिलाई व्यवस्थापन गर्ने र मुक्ति दिने काम गरिरहनुभएको छ, र उहाँले मानिसहरूलाई उनीहरूमा हुनुपर्ने विभिन्‍न सत्यताहरू प्रदान गरिरहनुभएको छ—परमेश्‍वरले कति पटक यस्तो काम गर्न सक्‍नुहुन्छ? (यो एक पटक मात्रै।) यो काम पहिले कहिल्यै भएको छैन, र फेरि कहिल्यै हुनेछैन। एउटै मात्र समय यही हो, र यो पूरा भएपछि, परमेश्‍वरको महान् काम पूर्ण रूपमा पूरा हुनेछ। “पूर्ण रूपमा पूरा हुनु” को अर्थ के हो? यसको अर्थ उहाँले फेरि यो काम गर्नुहुनेछैन, र उहाँले त्यसो गर्ने कुनै योजना बनाउनुभएको छैन भन्ने हो। त्यसकारण, यस पटक मानिसहरूको अन्तिम परिणाम जेसुकै भए पनि, तिनलाई अन्तिम रूप दिइनेछ र ती परिवर्तन हुनेछैनन्। परमेश्‍वरले मानिसहरूलाई फेरि प्रस्तुति दिने वा फेरि आफ्नो जीवन जिउने मौका दिनुहुनेछैन। बितेको समय कहिल्यै फर्केर आउनेछैन, र कुनै परिवर्तन हुनेछैन। त्यसकारण यदि तैँले यो अवसरको सदुपयोग गरिनस् भने, मुक्ति पाउने मौका गुमाउनेछस्। यदि तँ परमेश्‍वरद्वारा खडा गरिएका विभिन्‍न वातावरण र विभिन्‍न मानिस, घटना, र कामकुरालाई बेवास्ता गर्छस्, तँ ती कुराहरूका हकमा भावशून्य र मन्दबुद्धिको छस्, र ती कुराहरूलाई उदासीनता साथ लिन्छस् भने, तँ बेकामे मूर्ख होस्। तँ आफैँले समेत आफ्नो परिणाम र गन्तव्यलाई गम्भीरतापूर्वक लिँदैनस् भने, कसले तँलाई ध्यान दिनेछ? तँलाई यो कुरा धेरै पटक भनिएको छ तर तैँले यसलाई गम्भीरतापूर्वक लिँदैनस्, त्यसकारण तँ बेकामे मूर्ख होइनस् भने के होस् त? मुक्ति पाउने कुरा जत्तिको महत्त्वपूर्ण अरू केही छैन। के कुरा त्यही होइन र? (हो।) अवश्य नै, मैले भर्खरै भने जस्तै, व्यक्तिको अन्तिम परिणाम परमेश्‍वरले सार्वभौमिकता राख्‍नुभएका विभिन्‍न वातावरणहरूमा देखा पर्ने उसका समग्र प्रकटीकरणहरूद्वारा निर्धारित हुन्छ, त्यसकारण मानिसहरूले आफ्नो दैनिक जीवनका समग्र प्रकटीकरणहरूप्रति ध्यान दिनुपर्छ। यहाँ अभिप्राय भनेको तँलाई कुरा काट्न र विवादमा पर्न लगाउनु होइन, बरु तँलाई तेरो विद्यमान वातावरण र अवस्थाहरूका आधारमा, र हरसम्भव हदसम्म सत्यता बुझ्न र सत्यतामा प्रवेश गर्न, सत्यता पछ्याउने मार्गमा हिँड्न लगाउनु, र हामीले पहिले सङ्गति गरेका “त्याग्‍नु” का तीन वटा बुँदामा परमेश्‍वरको काम पूरा हुनुभन्दा पहिले प्रवेश गर्न धेरथोर लागिपर्नु हो—त्यसपछि तँ ६० वा त्योभन्दा बढी अङ्क प्राप्त गरेर उत्तीर्ण भएको हुनेछस्, र तँ मुक्ति पाएको व्यक्ति हुनेछस्। तर, यदि तँ यी तीन वटा कुराहरूमध्ये कुनै पनि कुराको नजिक समेत पुग्दैनस्, वा यदि तँ तीमध्ये कुनैमा उत्तीर्ण हुँदैनस्, र यदि तैँले तीमध्ये कुनैमा वास्तविक रूपमा प्रवेश गर्दैनस् भने, तैँले उतीर्णाङ्क प्राप्त गर्नेछैनस्, र तँ मुक्तिको पात्र हुनेछैनस्। बुझिस्? (बुझेँ।)

तिमीहरूले अहिले के कुरा अभ्यास गर्नमा ध्यान दिनुपर्छ? परमेश्‍वरले खडा गर्ने वातावरणहरूमा सत्यता खोज्नु र पाठहरू सिक्‍नु। यदि तँ हरेक दिन सत्यता बिलकुलै नपछ्याई मेहनत गर्न र काम गर्नमा मात्रै सन्तुष्ट हुन्छस् भने, तँ त श्रमिक मात्रै होस्। यदि तैँले मेहनत लगाएको छस्, परमेश्‍वरद्वारा खडा गरिएका विभिन्‍न वातावरण अनुभव गरेको छस्, र केही सत्यता बुझेको छस्; अनि तैँले जति धेरै सत्यता प्राप्त गरेको भए पनि, अन्ततः ठूला भए पनि वा साना भए पनि, धेरै भए पनि वा थोरै भए पनि लाभहरू प्राप्त गरेको छस्; अनि यी कुराहरू प्राप्त गर्न तँलाई निकै लामो समय लागेको भए पनि र तेरो प्रगति सुस्त भएको भए पनि, तँ कम्तीमा पनि परमेश्‍वरको कामको प्रवाहमा छस्, र तँ लाभहरू प्राप्त गरेको व्यक्ति होस् भने, तँसँग मुक्ति पाउने मौका हुनेछ। अहिले तिमीहरूले गर्नुपर्ने सबैभन्दा आधारभूत कुरा के हो? तँ सबै प्रकारका जटिल र अर्थहीन मामलाहरूबाट बाहिर निस्कनुपर्छ र तैँले सत्यता पछ्याउने कार्यमा आफ्नो हृदय लगाउनुपर्छ; तैँले छोटो अवधिमै आफ्ना विभिन्‍न स्थितिहरूको भेउ पाउन, आफ्नो मुख्य कमजोरी, कमीकमजोरी, र समस्याहरूलाई चिन्‍न, त्यसपछि तिनलाई समाधान गर्न सत्यताको खोजी गर्न लागिपर्नुपर्छ, ताकि तँसँग पछ्याउने मार्ग र लिने उद्देश्य होस्, र तैँले पूरा गर्ने कर्तव्यमा पालना गर्नुपर्ने स्पष्ट सत्यता सिद्धान्तहरू होऊन्। तैँले शिर नभएको कुखुराले जस्तै दौडधूप गर्नु र खुट्टाले अन्धाधुन्ध जहाँ लैजान्छ त्यतै जानु जस्तो खतरनाक कुरा गर्नुको सट्टा तँसँग आफ्‍ना कमीकमजोरीहरू, आफ्नो कर्तव्य, र आफ्नो वातावरणका बारेमा पछ्याउनलाई स्पष्ट उद्देश्य र दिशा हुनुपर्छ। तैँले मेहनत मात्रै गर्ने तर सत्यता प्राप्त नगर्ने आफ्नो जीवनको स्थिति र वर्तमान परिस्थितिलाई त्याग्‍नुपर्छ। दर्शक बनेर नबस्, र सबै किसिमका विवादहरूमा नफस्। यदि तँ ती कुराहरूमा फस्न चाहँदैनस् भने, तैँले सत्यता सिद्धान्तहरूमा मेहनत लगाउन सिक्नैपर्छ। यदि तँ प्रत्येक सत्यता सिद्धान्त बुझ्छस् भने, तँ यस्ता विवादहरूबाट उम्कन सक्‍नेछस्। मैले किन यसो भनेँ? तैँले विभिन्‍न सत्यताहरू बुझेपछि मात्रै तँ तीमा प्रवेश गर्न सक्छस् र तैँले सत्यता वास्तविकतामा प्रवेश गर्ने आशा प्राप्त गर्न सक्छस्। त्यसपछि जब तैँले विभिन्‍न कुरामा सहभागिता जनाउँछस्, तब तँसँग सिद्धान्तहरू हुनेछन् र तँलाई यी कुराहरूको सामना कसरी गर्ने भन्‍ने थाहा हुनेछ। यदि तँ दर्शक बनेर बस्‍न मात्रै छोडिस्, तर हरेक सत्यताबारे पूर्ण रूपमा भ्रमित छस्, र तैँले कुनै सत्यता बुझ्दैनस्, र तैँले धर्मसिद्धान्त र केही शब्दहरू मात्रै बुझ्छस्, र तँलाई फरक-फरक प्रकारका मानिसहरूलाई कसरी खुट्ट्याउने भन्‍ने थाहा छैन, र जब तैँले समस्याहरूको सामना गर्छस्, तब तैँले घटनाक्रमका बारेमा मात्रै कुरा गर्छस्, र को सही थियो र को गलत थियो भनेर मूल्याङ्कन गर्ने बाहेक केही गर्दैनस्, र अन्त्यमा तैँले सत्यता प्राप्त गर्दैनस् भने, कुनै पनि मामलामा रहेको तेरो सहभागिता व्यर्थ हुन्छ। यस्तो सहभागिता केमा परिणत हुन्छ? यो विवाद पैदा गर्ने कार्यमा परिणत हुन्छ। त्यसकारण, तैँले सत्यता सिद्धान्तहरूमा मेहनत लगाउन सिक्‍नुपर्छ, र तँ तिनलाई लागू गर्ने बारेमा झन्-झन् स्पष्ट भएपछि—र तैँले झन्-झन् सटीक रूपमा त्यसो गर्न थालेपछि—तँसँग सत्यतामा प्रवेश गर्ने आशा हुनेछ, त्यसपछि तँसँग मुक्ति पाउने आशा पनि हुनेछ।

परमेश्‍वरले मानिसहरूका लागि खडा गरेका वातावरणहरूमा तिनीहरूले कसरी सत्यता प्राप्त गर्न सक्छन् भन्‍ने सम्बन्धमा, हामीले भर्खरै अभ्यासका कुल कति वटा सिद्धान्तका बारेमा सङ्गति गर्‍यौँ? दर्शक बनेर नबस्‍ने, र अरू के छ? (मेहनत मात्रै नलगा।) मेहनत लगाउनमा मात्रै सन्तुष्ट हुने तर सत्यता पछ्याउन अनिच्छुक हुने स्थितिलाई फाल्। अरू के छ? (सबै प्रकारका विवादहरूमा नफस्) सबै प्रकारका विवादहरूमा नफस्, सबै प्रकारका जटिल मामलाहरूमा नफस्—सत्यता सिद्धान्तहरू पालना गर्नुलाई यी कुराहरूले प्रतिस्थापन नगर्। तिमीहरूले यी सबै सिद्धान्तहरू पालना गर्नुपर्छ। यदि तँ ती कुरालाई दह्रिलो गरी पक्रिरहिस् भने, तँ सत्यता पछ्याउनबाट टाढा हुनेछैनस् र चाँडै सत्यता पछ्याउनुको वास्तविकतामा प्रवेश गर्न सक्‍नेछस्। के यसलाई अभ्यास गर्न सजिलो छ? मैले मण्डलीका मानिसहरूसँग अन्तरक्रिया गरेको धेरै वर्ष भएको छ, तर निकै थोरैले मात्रै मलाई जीवन प्रवेशका बारेमा वा सत्यता सिद्धान्तहरूसँग सम्बन्धित प्रश्‍नहरू सोध्छन्, र थोरै मानिसहरूले मात्रै आफ्नो व्यक्तिगत स्थितिका बारेमा कुरा गर्छन् अनि त्यसपछि अभ्यासका मार्गहरू खोज्छन्। बरु, कतिपय मानिसहरूले सत्यतासँग कुनै सम्बन्ध नभएका प्रश्‍नहरू सोध्छन्, र तिनीहरूले “खोजी” जस्ता शब्दहरू समेत प्रयोग गर्छन्। जब म “खोजी” भन्‍ने शब्द सुन्छु, तब म अत्यन्तै ध्यान दिएर र गम्भीरता साथ सुन्छु, र तिनीहरूप्रति मेरो सम्पूर्ण ध्यान केन्द्रित गर्छु, तर जब तिनीहरूले सानातिना बाहिरी मामलाका बारेमा पो सोधिरहेका हुन्छन्, तब मलाई घिन लाग्छ। म भन्छु, “मण्डलीको काम वा जीवन प्रवेशसँग तैँले सोधिरहेको कुराको कुनै सम्बन्ध छैन। ‘खोजी’ भन्‍ने शब्द प्रयोग नगर्। तैँले ‘खोजी’ भन्‍ने शब्दलाई अपमान गरिरहेको छस्।” के “खोजी” भन्‍ने शब्दलाई अनुचित रूपमा प्रयोग गर्न सकिन्छ? (अहँ, सकिँदैन।) कसैले मलाई यसो समेत सोधेको थियो, “मेरो छोराको ढाडमा कोठी छ। कतिपय मानिसहरूले यो कोठीको अर्थ ऊ अभागी छ भनेर भन्छन्, र अरूले कोठी बढिरहेको ठाउँमा रोग लाग्‍ने सम्भावना हुन सक्छ भनेर भन्छन्। जे भए पनि, ऊ अभागी छ कि छैन भन्ने कुराको मलाई वास्ता छैन, तर यदि यो उसको स्वास्थ्यका लागि साँच्‍चै नै हानिकारक छ भने, के तपाईँलाई यो कोठी हटाउनुपर्छ भन्‍ने लाग्छ?” यदि तिमीहरूलाई यो कुरा सोधिएको भए, तिमीहरूले कसरी जवाफ दिनेथियौ? के तिमीहरूलाई यो सत्यतासँग सम्बन्धित छ भन्‍ने लाग्छ? के यो मण्डलीको कामसँग सम्बन्धित छ? (अहँ, छैन।) यो यीमध्ये कुनै पनि कुरासँग सम्बन्धित छैन, त्यसकारण के म यस विषयमा ध्यान दिन बाध्य छु? (अहँ।) म त्यस्तो कुनै बाध्यतामा छैनँ। त्यसकारण मैले भनेँ, “तेरो छोराको शरीरमा कोठी छ भन्‍ने तथ्यसँग सत्यताको कुनै सम्बन्ध छैन। यसबारे मलाई नसोध्, बरु गएर डाक्टरलाई सोध्। म तेरो परिवारको डाक्टर होइनँ।” के तिमीहरूलाई मैले यस विषयमा ध्यान दिनुपर्छ भन्‍ने लाग्छ? (अहँ, तपाईँले ध्यान दिनु पर्दैन।) तैँले जसलाई सोधे पनि, कोही पनि यस विषयमा ध्यान दिन इच्छुक हुनेछैन। तिनीहरूलाई जिम्मेवारी लिन डर लाग्छ भन्‍ने होइन। बरु, तिनीहरूसँग त्यस्ता कुराहरूप्रति चासो राख्ने कुनै दायित्व हुँदैन। तेरो छोराको कोठी हटाउनु वा नहटाउनुले मण्डलीको काममा असर गर्छ? के यसले तेरो आफ्नै कर्तव्य निर्वाहमा असर गर्छ? यो मामलासँग मेरो कुनै सम्बन्ध छैन। यसबारे मलाई नसोध्, यो व्यर्थको कुरा हो। सत्यतासँग यसको कुनै सम्बन्ध छँदै छैन, तैपनि तैँले अझै पनि “खोजी” भन्‍ने शब्द प्रयोग गर्छस्। तैँले “खोजी” भन्‍ने शब्दलाई अपवित्र पार्छस्—यो घिनलाग्दो कुरा हो! कसैले यस्तो पनि सोध्यो: “मेरो आँगनमा एउटा कछुवा आएको छ, म त्यसलाई समातूँ कि नसमातूँ? म तपाईँबाट यो कुराको खोजी गर्न चाहन्छु।” त्यसले मबाट उत्तर खोज्न यो प्रश्‍न अघि सार्‍यो—के तँलाई मैले त्यसलाई जवाफ दिनुपर्छ जस्तो लाग्छ? (अहँ।) उसले भन्यो, “मैले त्यसलाई पक्रेर कानुन तोडिरहेको छु भने के गर्ने? यदि मैले कानुन तोडेँ र तपाईँले मलाई रोक्नुभएन भने, तपाईँ जिम्मेवार हुनुहुनेछ!” तैँले के भन्‍नेथिइस्? (तैँले आफ्नै स्वतन्त्र इच्छाले त्यसलाई पक्रिने निर्णय गरिस्—तैँले कानुन तोड्नुसँग मेरो कुनै सम्बन्ध छैन।) तैँले कानुन तोड्छस् कि तोड्दैनस् भन्ने कुरा तेरो मामला हो, र मसँग यसको कुनै सम्बन्ध छैन। तैँले मलाई मण्डलीको कामका सिद्धान्तहरू र सत्यता सिद्धान्तहरू जस्ता कुराहरूका बारेमा प्रश्‍नहरू गर्न सक्छस्, तर कानुनी मामलाहरूका हकमा, वकिल खोज्—तँ जुन देशमा बस्छस्, त्यहाँकै वकिलसँग सल्‍लाह गर्। म वकिल होइनँ, त्यसकारण त्यस्ता कुराहरूका बारेमा मलाई नसोध्। म यहाँ सत्यता व्यक्त गर्न र मानवजातिलाई मुक्ति दिने काम गर्न आएको हुँ। म केवल सत्यता प्रदान गर्छु र सिद्धान्तहरूमा सङ्गति गर्छु। तैँले मुक्ति पाउन सक्छस् कि सक्दैनस् भन्‍ने कुराका हकमा भन्दा, मसँग यसको कुनै सम्बन्ध छैन; त्यो तेरो आफ्नै मामला हो। अनि तेरो आफ्नै जीवनका व्यक्तिगत मामलाहरूका बारेमा त कुरै नगरौँ—तैँले ती कुराहरूका बारेमा मलाई झनै सोध्नु हुँदैन, र तँलाई उत्तर दिने मेरो दायित्व हुँदै होइन। कुरा यही हो, होइन र? (हो।)

परमेश्‍वरको कामसँग सम्बन्धित यो विषय मानिसहरूका अन्तिम परिणामहरूसँग अभिन्न रूपमा जोडिएको छ, त्यसकारण मानिसहरूले परमेश्‍वरको काम स्वीकार गर्दा र अनुभव गर्दा आफूसँग धारणा र कल्पनाहरू बोक्नु हुँदैन; तिनीहरूले यी धारणा र कल्पनाहरूलाई जरैदेखि त्याग्‍नुपर्छ र तिनलाई आफू र परमेश्‍वरका बीचमा रहन दिनु हुँदैन। सही विचार, दृष्टिकोण, र मनोवृत्तिहरूका साथ परमेश्‍वरको कामलाई लिएपछि मात्रै मानिसहरूले सत्यता बुझ्ने र प्राप्त गर्ने अवसर पाउन सक्छन्; सही मनोवृत्ति र सही विचार र दृष्टिकोणहरूसाथ परमेश्‍वरको कामलाई लिएपछि मात्रै मानिसहरूले परमेश्‍वरको कामलाई साँचो रूपमा बुझ्न र अनुभव गर्न सक्छन्, र अन्ततः, परमेश्‍वरको कामभित्रबाटै तिनीहरूले प्राप्त गर्नुपर्ने सत्यताहरू प्राप्त गर्न सक्छन्। त्यसकारण, तैँले जेसुकै कुरालाई त्यागे पनि, समग्रमा भन्दा, यो सबै तँलाई सही मार्ग लिन र सत्यता पछ्याउने मार्गमा हिँड्न सक्षम बनाउनका लागि हो, जसको अन्तिम नतिजा र उद्देश्य भनेको तँलाई सत्यता सिद्धान्तहरू बुझ्न र सत्यता प्राप्त गर्न सक्षम बनाउनु बाहेक अरू केही पनि होइन। यो विषयवस्तुका बारेमा हामीले गरेको सङ्गतिको अन्तिम उद्देश्य यही हो। हामीले जुनसुकै विषयमा सङ्गति गरेका भए पनि, यसको अन्तिम उद्देश्य भनेको मानिसहरूलाई सत्यता वास्तविकतामा प्रवेश गर्न सक्षम बनाउनु हो। यदि तैँले सत्यता बुझ्छस्, र तँसँग धेरै मामलाहरूमा सत्यता सिद्धान्तहरूलाई आधार बनाएको छस्, र तँ अब दिशाहीन, उद्देश्यहीन छैनस्, वा काम गर्ने क्रममा अन्योलमा पर्दैनस् भने, यसको अर्थ तेरो क्षमतामा सुधार आएको छ भन्‍ने हुँदैन, बरु तँसँग तेरो कार्य र आचरणका मापदण्डहरूका रूपमा परमेश्‍वरको सत्यता, परमेश्‍वरका वचनहरू छन् भन्‍ने हुन्छ। अर्थात्, तेरो जन्मजात क्षमता, योग्यता, र प्रतिभाका आधारमा, तैँले सत्यता बुझेको छस् र तँसँग तेरो आचरणका मापदण्डहरू छन्, त्यसकारण तँ यो संसारमा र सबै थोकका बीचमा स्वतन्त्र रूपमा जिउन सक्‍ने सृजित मानव होस्। त्यस्तो मानवले मात्रै साँचो रूपमा सृजित मानवको मानक पूरा गर्छ—यो मानकअनुसारको सृजित मानव हो। बुझिस्? (बुझेँ।) त्यसोभए आजको हाम्रो सङ्गति यहीँ समाप्त हुन्छ। फेरि भेटौँला!

जुलाई १५, २०२३