सत्यता कसरी पछ्याउने (१२) भाग दुई

धेरै मानिसहरूका कुनै निश्‍चित क्षेत्रमा रुचि र सोखहरू हुन्छन्। यस्ता केही मानिसहरू पनि हुन्छन् जसका कुनै पनि रुचि वा सोखहरू हुँदैनन्। अर्थात्, संसारमा मानिसहरू बारम्बार सम्पर्कमा आउने कुनै पनि पेसा वा विशेष गतिविधि, वा विभिन्न मानिस, घटना, र कामकुराहरूका सम्बन्धमा तिनीहरूसँग कुनै विशेष रुचि वा अनुराग हुँदैन—तिनीहरू साधारण मानिसहरू मात्रै हुन्छन्। उदाहरणका लागि, यदि कसैले तिनीहरूलाई साहित्यप्रति अनुराग छ कि छैन, तिनीहरूले सामान्यतया डायरी लेख्छन् कि लेख्दैनन् वा लेखहरू लेख्छन् कि लेख्दैनन् भनेर सोध्यो भने, तिनीहरूले यसो भन्छन्, “मलाई यसप्रति अनुराग छैन र म यसमा सिपालु पनि छैन। मैले पढ्न वा लेख्न सुरु गर्नेबित्तिकै, मेरो टाउको दुख्छ।” यदि तिनीहरूलाई पढ्नका लागि केही साहित्यिक उत्कृष्ट कृतिहरू दिइयो भने, तिनीहरूलाई त्यो बोझिलो लाग्छ, र तिनीहरू आफ्नो हृदयमा पूर्ण रूपमा अनिच्छुक हुन्छन्। कतिले त यसो पनि भन्छन्, “सधैँ पाठ्य सामग्रीमा हेरिरहँदा मेरो आँखालाई तनाव हुन्छ र मलाई बूढो बनाउँछ, त्यसैले मलाई साहित्य मन पर्दैन।” यदि तैँले तिनीहरूलाई नाच्न मन पर्छ कि पर्दैन भनेर सोधिस् भने, तिनीहरूले यसो भन्छन्, “नाच्नु उचित काम होइन, यो त काम नपाएर गर्ने बित्थाको काम हो। मलाई नाच्न मन पर्दैन।” हेर् त, तिनीहरूलाई यो कुरा मन पर्दैन र तिनीहरूले यसको लागि कारण पनि भेट्टाउँछन्, र यो उचित काम होइन भन्छन्। अरूले त परमेश्‍वरको प्रशंसा गर्न नाच्छन्—यो कति सकारात्मक कुरा हो! परमेश्‍वरको प्रशंसा गर्न गाउनु, नाच्नु, वीणा र सारङ्गी बजाउनु—यो प्राचीन कालदेखि नै गरिँदै आएको कुरा हो; यो परमेश्‍वरले अनुमोदन गर्नुहुने कुरा हो, त्यसोभए यो कसरी उचित काम नहुन सक्छ र? तर तिनीहरूका लागि, तिनीहरूले मन नपराउने सबै कुरालाई तिनीहरूले तुच्छ पार्छन् र नकारात्मक कुराको रूपमा बोल्छन्। जब “तिमीलाई नाच्न मन पर्दैन—त्यसोभए के तिमीलाई गाउन मन पर्छ?” भनेर सोधिन्छ, “के ‘गाउनु’? मैले गाउन सुरु गर्नेबित्तिकै, म बेसुरा हुन्छु। मलाई आफैलाई सुन्न पनि असह्य लाग्छ। मलाई गाउन मन पर्दैन। अहिले परमेश्‍वरमा विश्‍वासी भएपछि मात्रै मैले परमेश्‍वरका वचनहरूका केही भजनहरू र अनुभवात्मक भजनहरू सिक्न थालेको छु। मैले परमेश्‍वरमा विश्‍वास गर्नुभन्दा पहिले, मैले कहिल्यै गीत गाइनँ; जब अरूले गाउँथे, तब म सुन्न पनि इच्छुक हुन्थिनँ।” “त्यसोभए तिमी खुसीको मुडमा हुँदा आफूलाई कसरी व्यक्त गर्छौ?” “जब म खुसीको मुडमा हुन्छु, म एकछिन सुत्छु।” “त्यसोभए जब तिमी पीडादायी कुराहरूको सामना गर्छौ र दुःखी मुडमा हुन्छौ तब के गर्छौ?” “त्यसोभए म केही खाजा खान्छु, वा एकछिन सुत्छु।” “तिमीलाई गाउन मन पर्दैन—त्यसोभए के तिमीलाई सङ्गीत सुन्न मन पर्छ?” “मलाई त्यस्तो रुचि छैन, र सङ्गीतमा के व्यक्त भइरहेको छ भनी म बुझ्दिनँ। तिमीहरू सबै सङ्गीतले मानिसहरूका विभिन्न भावनाहरू व्यक्त गर्छ, त्यसले मानिसहरूका विचार र भावनाहरू व्यक्त गर्छ भन्छौ, तर म यी कुराहरू बुझ्दिनँ र तिनलाई महसुस गर्न सक्दिनँ। सङ्गीत उच्च कला हो—म जस्तो तुच्छ व्यक्तिले सङ्गीतलाई महसुस गर्न सक्दैन, र मलाई यो मन पर्दैन।” “के तिमीलाई मीठो खाना मन पर्छ?” “मलाई मीठो खाना पनि मन पर्दैन। म जे पनि खान सक्छु। म ज्याद्रो व्यक्तिको रूपमा जन्मेको हुँ। म मकैको पिठो खान सक्छु, म केक खान सक्छु, म चिनियाँ खाना वा पश्चिमी खाना खान सक्छु—जे पनि। अनि यदि म भोकले मर्न लागेको छु र खानलाई केही छैन भने, म कुकुरको खाना पनि खान सक्छु।” त्यस्ता मानिसहरू यस्तै ज्याद्रो हुन्छन्। केही महिलाहरूलाई सोध्, “के तिमीलाई सौन्दर्य प्रसाधन मन पर्छ?” तिनीहरूले यसो भन्छन्, “मलाई तिनमा कुनै रुचि छैन। म जस्तो जन्मेको हुँ त्यस्तै देखिन्छु—जसले मलाई हेर्न चाहन्छ उसले हेर्न सक्छ, र जसले मलाई हेर्न चाहँदैन उसले नहेरे हुन्छ!” केही पुरुषहरूलाई सोध्, “के तिमीलाई इलेक्ट्रोनिक्स वा कार जस्ता यान्त्रिक कुराहरू मन पर्छ?” तिनीहरूले यसो भन्छन्, “ती कुराहरू मन पराउनुको के फाइदा? यसले मन र मस्तिष्क दुवैलाई थकाउँछ। यदि मसँग समय छ भने, एकछिन सुत्नु वा अनौपचारिक कुराकानी गर्नु राम्रो हुन्छ!” तिनीहरूलाई केही पनि मन पर्दैन र तिनीहरूका कुनै पनि रुचि वा सोखहरू हुँदैनन्। चाहे त्यो जैविक होस्, प्राविधिक होस्, उच्च-स्तरीय होस्, वा निम्न-स्तरीय होस्, तिनीहरूलाई कुनै पनि कुरा मन पर्दैन। जब यसो भनेर सोधिन्छ, “मानवतासँग सम्बन्धित यी कुराहरू, चाहे ती शिष्ट होऊन् वा सामान्य मानिसहरूको रुचिका होऊन्—तँलाई कुनै पनि मन पर्दैन। त्यसोभए के तँलाई बिराला, कुकुर, र चराहरू जस्ता साना जनावरहरू मन पर्छ?” तब तिनीहरूले यसो भन्छन्, “मलाई ती झनै मन पर्दैन। जनावरहरूले मानिसहरूसँग कुरा गर्न सक्दैनन्—तिनलाई मन पराउनुको के फाइदा?” कतिपय मानिसहरूलाई कुकुरमा रुचि हुन्छ। तिनीहरू प्रायः कुकुरहरूसँग कुरा गर्छन्, र कुकुरहरूले त मानिसको बोली पनि बुझ्‍न सक्छन्। कतिपय मानिसहरूका कुनै पनि सोखहरू हुँदैनन् र तिनीहरूलाई कुनै पनि कुरामा रुचि हुँदैन—यस्ता धेरै मानिसहरू छन्। कतिपय मानिसहरूले यसो भन्छन्, “हामी केही रुचि र सोखहरू लिएर जन्मेका हुन्छौँ—ती परमेश्‍वरले दिनुभएको हो। विशेष गरी हामीमध्ये जोसँग कुनै निश्‍चित क्षेत्रमा सबल पक्ष छ, जो यस क्षेत्रमा असाधारण र उत्कृष्ट प्रतिभा लिएर जन्मेका छन्—यो सबै परमेश्‍वरको अनुग्रह हो, परमेश्‍वरले उच्च पार्नुभएको हो, परमेश्‍वरले हामीलाई निगाहको दृष्टिले हेर्नुभएको हो। विशेष गरी आजकल, परमेश्‍वरको घरमा हाम्रो रुचि, सोख, वा सबल पक्षहरूसँग सम्बन्धित कर्तव्य निर्वाह गर्दा त हाम्रो पहिचान र मूल्य झनै अतुलनीय रूपमा सम्माननीय र असाधारण बन्छ। जसका कुनै सोख वा सबल पक्षहरू छैनन् तिनीहरूले केवल केही आधारभूत श्रम र प्राविधिक सीप नचाहिने काम मात्रै गर्न सक्छन्, जस्तै अतिथिसत्कार गर्ने कर्तव्य, खाना पकाउने, सफा गर्ने, वा तरकारी उमार्ने, सुँगुर पाल्ने, र कुखुरालाई खुवाउने। त्यसोभए मानिसहरूको रुचि, सोख, र सबल पक्षहरूको हिसाबमा, के मानिसहरूलाई उच्च र निच, कुलीन र तुच्छ भनेर छुट्याइँदैन र? के तिनीहरूबीच पदानुक्रमिक भिन्नता हुँदैन र?” के यो दृष्टिकोण सही छ? (छैन।) हेर् त, परमेश्‍वरले कतिपय मानिसहरूलाई सबल पक्षहरू दिनुभएको छ, कतिपय मानिसहरूका निम्ति निश्‍चित रुचि र सोखहरू नियोजन गर्नुभएको छ, जबकि अरू कतिपय मानिसहरूका लागि, परमेश्‍वरले केही पनि नियोजन गर्नुभएको छैन—तिनीहरूसँग कुनै पनि सबल पक्षहरू हुँदैनन्, तिनीहरूले गाउन वा नाच्न सक्दैनन्, साहित्य बुझ्दैनन्, र तिनीहरू सबै प्रकारका पेसागत सीपहरूबाट पूर्ण रूपमा अनभिज्ञ हुन्छन्। संयोगवश, कुनै अतिथि सत्कारक परिवारले दुई वटा कुकुर पालेको हुन सक्छ, त्यसैले त्यस्तो कुनै सबल पक्ष नभएको व्यक्तिलाई कुकुरहरूलाई खुवाउन लगाउनु उपयुक्त हुनुपर्छ—यो सबैभन्दा सरल काम हो। तर कुकुरहरूलाई खुवाउनुबाहेक, तिनीहरूले तिनलाई हिँडाउन लैजाँदैनन्, र तिनको हेरचाह कसरी गर्ने भनी जान्दैनन्। एक वा दुई वर्षसम्म तिनलाई खुवाएपछि, कुकुरहरूले समेत तिनीहरूलाई आफ्नो मालिकको रूपमा चिन्दैनन् र तिनीहरूसँग नजिक हुँदैनन्। मलाई भन्, यो कस्तो प्रकारको व्यक्ति हो? कुनै निश्‍चित क्षेत्रमा रुचि र सोख वा सबल पक्षहरू भएकाहरूसँग तुलना गर्दा, के त्यहाँ भिन्नता छैन र? स्पष्ट रूपमा, यी दुई प्रकारका मानिसहरू हुन् जसका जन्मजात अवस्थाहरूमा भिन्नताहरू छन्: एक प्रकारका मानिसहरू श्रेष्ठताको बलियो भावनाका साथ जिउँछन्, र समृद्ध र पूर्ण जीवन जिउँछन्, जबकि अर्को प्रकारका मानिसहरू खाली जीवन जिउँछन्, र कुनै श्रेष्ठताको भावनाविना जिउँछन्। त्यसोभए यदि मानिसहरूलाई यस सिद्धान्तको आधारमा हैसियत र मूल्यमा भएको भिन्नताद्वारा छुट्याइयो भने, के त्यो उपयुक्त हुन्छ? (हुँदैन।) त्यसोभए कुन सिद्धान्तअनुसार तिनीहरूलाई छुट्याउनु उपयुक्त हुन्छ त? मलाई भन्, के मानिसहरूबीच भिन्नताहरू छन्? (छन्।) भिन्नताहरू कहाँ छन्? मानिसहरूलाई कसरी छुट्याउनुपर्छ? कम्तीमा पनि, व्यक्तिले सत्यतालाई प्रेम गर्छ कि गर्दैन भनी हेर्नुपर्छ—तिनीहरूको सार, तिनीहरूको उच्चता र निचता, तिनीहरूको कुलीनता र तुच्छता, र तिनीहरूको वर्गलाई सत्यताप्रतिको तिनीहरूको मनोवृत्तिको आधारमा छुट्याउनुपर्छ। सैद्धान्तिक रूपमा, के मानिसहरूलाई यसरी अत्यन्तै सजिलो गरी छुट्याउन सकिँदैन र? (सकिन्छ।) के मानिसहरूलाई यसरी छुट्याउनु राम्रो हो? (हो।) तर के तिनीहरूलाई यसरी छुट्याउनु अलि धेरै सरल भएन र? कतिपय मानिसहरूसँग कुनै पनि जन्मजात सबल पक्षहरू हुँदैनन्, न त तिनीहरूसँग कुनै रुचि वा सोखहरू नै हुन्छन्—तिनीहरू धेरै मामूली मानिसहरू, धेरै सरल मानिसहरू हुन्। तर, तिनीहरूले सत्यतालाई प्रेम गर्छन्, सत्यता बुझ्छन्, सत्यताको अनुभव र बुझाइ राख्छन्, र जब तिनीहरूले सत्यताको बारेमा सङ्गति गर्छन्, तब तिनीहरूले परमेश्‍वरका वचनहरूको आफ्नो बुझाइ बाँड्न सक्छन्; जीवन प्रवेशमा, तिनीहरू औसत व्यक्तिभन्दा राम्रा हुन्छन्। तिनीहरूले धेरै मानिसहरूलाई मद्दत गर्न सक्छन्। त्यसोभए के तैँले त्यस्ता मानिसहरू तुच्छ र मूल्यहीन छन् भनेर भन्न सक्छस्? (सक्दिनँ।) सैद्धान्तिक रूपमा, मानिसहरूको सार, तिनीहरूको उच्चता र निचता, तिनीहरूको कुलीनता र तुच्छता, र तिनीहरूको वर्गलाई सत्यताप्रतिको तिनीहरूको मनोवृत्तिको आधारमा छुट्याउनुपर्छ, तर तिनीहरूलाई ठ्याक्कै कसरी छुट्याउनुपर्छ? आज हामी यसबारे नै सङ्गति गर्नेछौँ।

आफ्नो उत्पत्तिका आधारमा मानिसहरूका तीन वर्ग

कुनै व्यक्तिमा स्वाभाविक रूपमा कुनै रुचि, सोख र सबल पक्षहरू छन् कि छैनन् भन्‍ने कुरा परमेश्‍वरद्वारा पूर्वनियोजन गरिएको हुन्छ। यदि परमेश्‍वरले ती तँलाई दिनुभयो भने, तँसँग ती हुन्छन्; यदि परमेश्‍वरले ती तँलाई दिनुभएन भने, तँसँग ती हुँदैनन्—तैँले ती सिक्न सक्दैनस्, न त तैँले नक्कल गरेर ती प्राप्त गर्न सक्छस्। तर, यदि तँसँग कुनै निश्‍चित क्षेत्रमा सबल पक्ष छ, र तैँले यसो भनिस्, “यो सबल पक्षसँग सम्बन्धित कर्तव्य निर्वाह गर्नु धेरै थकाइलाग्दो छ; मलाई यो सबल पक्ष चाहिँदैन,” तैँले यो नचाहे पनि, तैँले यसलाई हटाउन सक्दैनस्, न त अरूले यसलाई खोसेर लान सक्छन्। तँसँग जे छ, त्यो अरूले खोसेर लान सक्दैनन्; तँसँग जे छैन, त्यो तैँले खोसेर वा प्रतिस्पर्धा गरेर प्राप्त गर्न सक्दैनस्। यी सबै परमेश्‍वरको पूर्वनियोजनसँग सम्बन्धित छन्। त्यसो भन्दैमा, परमेश्‍वरले तँलाई कुनै निश्‍चित रुचि, सोख, वा सबल पक्ष दिनुको अर्थ परमेश्‍वरले तँलाई तेरो रुचि, सोख, वा सबल पक्षसँग सम्बन्धित कुनै कर्तव्य वा काम गराउनैपर्छ भन्‍ने हुँदैन। कतिपय मानिसहरूले यसो भन्छन्, “मलाई यस क्षेत्रमा कर्तव्य निर्वाह गर्न वा यससँग सम्बन्धित काममा संलग्न हुन भनिँदैन भने, मलाई किन यस्तो रुचि, सोख, वा सबल पक्ष दिइयो त?” परमेश्‍वरले अधिकांश मानिसहरूलाई हरेक व्यक्तिको विभिन्न अवस्थाहरूको आधारमा निश्‍चित रुचि र सोखहरू दिनुभएको हुन्छ। अवश्य पनि, धेरै कुराहरूलाई विचारमा लिइन्छ: एकातिर, यो मानिसहरूको जीविका र अस्तित्वका लागि हो; अर्कोतिर, यो मानिसहरूको जीवनलाई समृद्ध बनाउनका लागि हो। कहिलेकाहीँ, कुनै व्यक्तिको जीवनलाई निश्‍चित रुचि र सोखहरूको आवश्यकता पर्छ, चाहे त्यो मनोरञ्जन र आनन्दका लागि होस् वा ऊ केही उचित कार्यहरूमा संलग्न हुन सकोस् भनेर होस्, ताकि उसको मानव जीवन परिपूर्ण बनोस्। अवश्य पनि, जुनसुकै पक्षबाट हेरिए पनि, परमेश्‍वरले दिनुको पछाडि कारण हुन्छ, र परमेश्‍वरसँग नदिनुका पनि कारण र आधारहरू हुन्छन्। यस्तो हुन सक्छ, कि तेरो मानव जीवन वा तेरो अस्तित्वलाई परमेश्‍वरले तँलाई रुचि, सोख, र सबल पक्षहरू दिनु आवश्यक छैन, र तैँले आफ्नो जीविका कायम राख्न वा आफ्नो मानव जीवनलाई समृद्ध र परिपूर्ण बनाउन अन्य माध्यमहरू प्रयोग गर्न सक्छस्। छोटकरीमा, परमेश्‍वरले मानिसहरूलाई रुचि, सोख, र सबल पक्षहरू दिनुभएको होस् वा नहोस्, यो मानिसहरूको आफ्नै समस्या होइन। कसैसँग कुनै सबल पक्षहरू नभए पनि, यो तिनीहरूको मानवतामा भएको कमी होइन। मानिसहरूले यसलाई सही तरिकाले बोध गर्नुपर्छ र यसलाई सही तरिकाले लिनुपर्छ। यदि कसैसँग निश्‍चित रुचि, सोख, र सबल पक्षहरू छन् भने, तिनीहरूले तिनलाई कदर गर्नुपर्छ र तिनलाई सही तरिकाले प्रयोग गर्नुपर्छ; यदि तिनीहरूसँग छैनन् भने, तिनीहरूले गुनासो गर्नु हुँदैन। रुचि, सोख, र सबल पक्षहरूको दृष्टिकोणबाट हेर्दा, खास अवस्था यही हो। तर, कसैसँग यी कुराहरू छन् कि छैनन् भन्‍ने कुराले कुनै व्यक्तिको मूल्य, हैसियत, वा पहिचानलाई प्रतिबिम्बित गर्दैन। त्यसोभए यसले मानिसहरूलाई के बताउँछ? परमेश्‍वरले तँलाई शिष्ट रुचि, सोख, र सबल पक्षहरू दिनुभए पनि—यी तेरा निजी सम्पत्ति हुन्, ती तेरा अनुकूल अवस्थाहरू हुन्—तँसँग ती हुनुको अर्थ तँ अरू कसैभन्दा कुलीन छस्, वा तँ कुनै पनि कुरा गर्न अरू कसैभन्दा बढी अनुकूल स्थितिमा वा विशेषाधिकार प्राप्त छस् भन्‍ने होइन। किनभने परमेश्‍वरको नजरमा, कुनै व्यक्तिसँग जस्तोसुकै जन्मजात अवस्थाहरू भए पनि, तिनीहरू भ्रष्ट मानवजातिको एक सदस्य हुन्। जन्मजात अवस्थाहरूमा भ्रष्टताका तत्वहरू नभए पनि, जन्मजात अवस्थाहरू भएका सबै मानिसहरूलाई शैतानले भ्रष्ट तुल्याएको हुन्छ र तिनीहरू शैतानी स्वभावद्वारा जिउँछन्। तिनीहरूको जीवन सार तिनीहरूको शैतानी भ्रष्ट स्वभाव नै हो। त्यसकारण, तेरा जन्मजात अवस्थाहरू जस्तोसुकै भए पनि र तँसँग रुचि, सोख, र सबल पक्षहरू भए पनि नभए पनि, परमेश्‍वरको नजरमा, सबै मानिसहरूको जीवन सार एउटै भएकोले, तेरो मूल्य अरूको बराबर छ। मानिसहरूले स्पष्ट रूपमा के देख्नुपर्छ भने, तिनीहरूसँग केही फाइदाजनक अवस्थाहरू वा केही फाइदाहरू भए पनि, मानव सार र भ्रष्ट स्वभावको हिसाबमा, सबै मानिसहरूको सार एउटै हो र सबै मानिसहरू एउटै हुन्। तिनीहरूले परमेश्‍वरको सजाय र न्यायबाट गुज्रनुपर्छ, र तिनीहरू सबै परमेश्‍वरले मुक्ति दिन चाहनुभएकाहरू हुन्। मानिसहरूको देहको जीवन सारको हिसाबमा, मानिसहरू एउटै हुन्। तर, अर्को दृष्टिकोणबाट हेर्दा, मानिसहरूबीच केही भिन्नताहरू छन्, र हामीले यी भिन्नताहरूका बारेमा विस्तृत रूपमा सङ्गति गर्नुपर्छ। यी भिन्नताहरूलाई कसरी पहिचान गर्नुपर्छ? तिनलाई मानिसहरूको उत्पत्तिबाट जाँच्नुपर्छ। “उत्पत्ति” ले केलाई जनाउँछ? यसले कुनै व्यक्ति केबाट पुनर्जन्म भएको हो भन्‍ने कुरालाई जनाउँछ—भिन्नताहरू तिनीहरू कसरी अस्तित्वमा आए र तिनीहरू केबाट आए भन्‍ने आधारमा गरिन्छ। मोटामोटी रूपमा भन्दा, यो मानवजातिलाई तीन श्रेणीमा विभाजन गरिएको छ। पहिलो श्रेणी जनावरहरूबाट पुनर्जन्म भएकाहरू हुन्, दोस्रो विभिन्न दियाबलसहरूबाट पुनर्जन्म भएकाहरू हुन्, र तेस्रो मानिसहरूबाट पुनर्जन्म भएकाहरू हुन्। यी तीन श्रेणीहरूले मानिसहरूलाई जडबाटै छुट्याउँछन्। तिनीहरूले मानिसहरूलाई छुट्याउन सक्नुको कारण विभिन्न श्रेणीका मानिसहरूको उत्पत्ति एउटै छैन भन्‍ने हो। त्यसोभए को जनावरहरूबाट पुनर्जन्म भएको हो, को दियाबलसहरूबाट पुनर्जन्म भएको हो, र को मानिसहरूबाट पुनर्जन्म भएको हो भनी कसरी जान्न सकिन्छ? यो तिनीहरूले के जिउँछन् र तिनीहरूले प्रदर्शन गर्ने विशेषताहरू के हुन्, त्यसको आधारमा निर्धारण गरिनुपर्छ। के तिमीहरूले यसभन्दा पहिले यस्तो जानकारी, चाहे लोककथामा होस् वा अन्य माध्यमहरूबाट होस्, त्यो कहिल्यै सुनेका छौ? (छौँ।) त्यसोभए यो विषय तिमीहरूका लागि पूर्ण रूपमा अपरिचित छैन, होइन र? (हो।) जनावरहरूबाट पुनर्जन्म भएकाहरू, दियाबलसहरूबाट पुनर्जन्म भएकाहरू, मानिसहरूबाट पुनर्जन्म भएकाहरू—तिमीहरू कुनचाहिँबारे पहिले सुन्न चाहन्छौ? (पहिलो श्रेणी।) पहिलो श्रेणी जनावरहरूबाट पुनर्जन्म भएकाहरू हुन्। यदि तिमीहरूले यस विषयको साँचो कुरा साँच्चै जान्यौ भने, के यसले तिमीहरूको जीवनमा प्रभाव पार्नेछ? के यसले कुनै समस्या वा बाधाहरू ल्याउनेछ? (म आफू केबाट पुनर्जन्म भएको हुँ भनी सोच्न थाल्न सक्छु।) कतिपय मानिसहरूका लागि, एक पटक तिनीहरूले आफू कुन श्रेणीमा पर्छन् भनी साँच्चै थाहा पाएपछि र आफूलाई कुनै विशेष श्रेणीसँग मिलाएपछि, यदि तिनीहरू साँच्चै मानिसहरूबाट पुनर्जन्म भएका हुन् भने, तिनीहरूले आफूलाई भाग्यमानी ठान्छन् र यसबारे निकै राम्रो महसुस गर्छन्। तर यदि तिनीहरू मानिसहरूबाट पुनर्जन्म भएका होइनन् भने, के तिनीहरूलाई त्यो दुःखलाग्दो लाग्दैन र? (लाग्छ।) यसले केही कठिनाइहरू र केही असहजता पनि ल्याउनेछ, होइन र? (हो।) यसले असहजता र केही कठिनाइहरू ल्याउन सक्ने हुनाले, मानिसहरूले जान्नु राम्रो हो कि नजान्नु राम्रो हो? (मलाई जान्नु राम्रो हो जस्तो लाग्छ।) कुन हिसाबमा यो राम्रो हुन्छ? (जानेर, व्यक्तिले यस सन्दर्भमा सत्यता बुझ्‍न सक्छ, र साथै, उसले आफ्नो वरपरका केही मानिस, घटना, र कामकुराहरूलाई खुट्ट्याउन सक्नेछ।) त्यसोभए यसबारे सङ्गति गरौँ।

जनावरबाट पुनर्जन्म लिएका मानिसहरूका विशेषताहरू

हामी पहिले जनावरहरूबाट पुनर्जन्म भएकाहरूका बारेमा सङ्गति गरौँ। जनावरहरूबाट पुनर्जन्म हुनुको अर्थ, नामले नै सङ्केत गरेझैँ, यस्तो व्यक्ति जनावरबाट पुनर्जन्म भएको थियो भन्‍ने हुन्छ। जनावरहरूको दायरा निकै फराकिलो छ—ठ्याक्कै कति प्रकारका जनावरहरू मानिसको रूपमा पुनर्जन्म लिन सक्छन् भन्‍ने कुरा हाम्रो सङ्गतिको दायराभित्र पर्दैन। छोटकरीमा भन्दा, मानिसहरूको एउटा यस्तो वर्ग छ जसको विगतको अस्तित्व जनावरको रूपमा थियो, जसको अर्थ तिनीहरूको मौलिक पहिचान वा सृष्टि गरिएको वर्ग सृजित मानवजातिमाझ थिएन। तिनीहरूको प्रारम्भिक, पहिलो जैविक वर्ग जनावरको थियो। त्यसैले परमेश्‍वरको नजरमा, जैविक क्षेत्रभित्र तिनीहरूको पहिचान जनावरको पहिचान हो। यो पुनर्जन्ममा, तिनीहरू मानिस बनेका छन्, जसको अर्थ यो जनावर अब जनावरहरूमाझ पुनर्जन्म लिँदैन तर यसको सट्टा मानिसको रूपमा पुनर्जन्म लिएको छ, र कुनै निश्चित समयमा, कुनै निश्चित परिवार, वंश र देशमा जन्मेको छ। जनावर मानिसको रूपमा पुनर्जन्म लिनुको अर्थ तिनीहरू मानिसको रूपमा जन्मेका छन्, तर तिनीहरूको अघिल्लो अस्तित्व मानिसको रूपमा थिएन—त्यो जनावरको रूपमा थियो। पहिले, तिनीहरू जनावरहरूको क्षेत्रभित्र अस्तित्वमा थिए, र जनावरहरूमाझ पुनर्जन्म लिन्थे; अब, यो पुनर्जन्ममा, तिनीहरू अब जनावरहरूको क्षेत्रभित्र छैनन्। तिनीहरूको पहिचान परिवर्तन भएको छ, र तिनीहरू मानवजातिको सदस्य बनेका छन्। यसलाई नै जनावरहरू मानिसको रूपमा पुनर्जन्म हुनु भनिन्छ। जब कुनै जनावरले मानिसको रूपमा पुनर्जन्म लिन्छ, तब उसका रूप र जन्मजात प्रवृत्तिहरू आधारभूत रूपमा मानवजातिभित्रको कुनै पनि व्यक्तिका जस्तै हुन्छन्। अर्थात्, तिनीहरूमा पूर्ण रूपमा मानिसका विशेषताहरू हुन्छन्—तिनीहरू ठाडो भएर हिँड्न सक्छन्, तिनीहरूमा मानिसको अनुहारको बनौट र रूप हुन्छ, र तिनीहरूमा मानिसको सोच, मानिसका जन्मजात प्रवृत्तिहरू, र सामान्य मानव जीवन हुन्छ, साथै तिनीहरूमा भाषाको लागि अद्वितीय मानव खुबी पनि हुन्छ। यसलाई नै जनावर मानिसको रूपमा पुनर्जन्म हुनु भनेर चिनिन्छ। अर्थात्, तिनीहरूको शारीरिक रूप, बाहिरी रूप, र शारीरिक जीवनका विशेषताहरूबाट, तैँले केवल मानव लक्षणहरू मात्र देख्न सक्छस्; कुनै पनि जनावरका लक्षणहरू देखिँदैनन्। त्यसोभए तिनीहरू जनावरबाट पुनर्जन्म भएका हुन् भनी तैँले कसरी थाहा पाउन सक्छस्? मानिसहरू सबैभन्दा बढी यही कुरामा चिन्तित हुन्छन्। अवश्य पनि, तिनीहरू जनावरबाट पुनर्जन्म भएका हुन् भनी देख्न सम्भव छ। यदि जनावरहरूबाट पुनर्जन्म भएकाहरू र मानिसहरूबाट पुनर्जन्म भएकाहरूका बीचमा कुनै भिन्‍नता नभएको भए, मानिसहरूको यो वर्गमा कुनै पनि स्पष्ट विशेषताहरू हुने थिएनन्। जनावरहरूबाट पुनर्जन्म भएकाहरू र साँचो मानिसहरूबाट पुनर्जन्म भएकाहरूका बीचमा स्पष्ट भिन्‍नताहरू हुने भएकाले नै, यी दुई वर्गका मानिसहरूलाई तिनीहरूका विशेषताहरूका आधारमा सजिलै छुट्याउन सकिन्छ। त्यसोभए जनावरहरूबाट पुनर्जन्म भएका मानिसहरूका विशेषताहरू के-के हुन् त? पहिलो विशेषता हो, तिनीहरूमा विकृत बोध हुन्छ। दोस्रो विशेषता हो, तिनीहरू विशेष गरी बोधा हुन्छन्। तेस्रो विशेषता हो, तिनीहरू विशेष गरी अलमल्ल हुन्छन्। चौथो विशेषता हो, तिनीहरू मूर्ख हुन्छन्। जनावरबाट पुनर्जन्म भएको व्यक्ति र साँचो मानिसबीचको भिन्‍नता स्पष्ट पार्न यी चार विशेषताहरू मात्रै पर्याप्त छन्।

अ. पहिलो विशेषता: विकृत बोध

जनावरहरूबाट पुनर्जन्म भएका मानिसहरूको पहिलो विशेषता हो, तिनीहरूमा विकृत बोध हुन्छ। पहिलो कुरा, विकृतिमा के समावेश हुन्छ? यसमा तिनीहरूका विचार र दृष्टिकोणका समस्याहरू समावेश हुन्छन्; यसमा कामकुराहरूलाई हेर्ने, बोध गर्ने, र बुझ्ने तिनीहरूका संज्ञानात्मक क्षमताहरू पनि समावेश हुन्छन्। यस वर्गका मानिसहरूले कुनै पनि कुरालाई सही तरिकाले बोध गर्न सक्दैनन्, न त तिनीहरूले कुनै पनि कुरालाई सही तरिकाले हेर्न नै सक्छन्। मानिसहरू र कामकुराहरूलाई हेर्ने तिनीहरूको तरिका, साथै तिनीहरूको आत्मआचरण र कार्यहरू, विशेष गरी बेतुका, ढिपीपूर्ण, र हास्यास्पद हुन्छन्—ती सामान्य मानवताको सोच, र कामकुराहरू सम्बन्धी सामान्य मानवताका विचार र दृष्टिकोणहरूसँग पटक्कै मिल्दैनन्। अवश्य पनि, विकृत बोध भएका मानिसहरू सत्यतालाई बुझ्ने वा चिन्ने अवस्थाको नजिक पनि पुग्दैनन्। सत्यता पूर्ण रूपमा तिनीहरूको पहुँचभन्दा बाहिर हुन्छ, तिनीहरूले सत्यता सिद्धान्तहरू बुझ्ने कुरा त परै जाओस्। कुनै पनि कुरा वा व्यक्तिलाई व्यवहार गर्ने कुरामा तिनीहरूका दृष्टिकोणहरू पूर्ण रूपमा विकृत हुन्छन्। तैँले तिनीहरूसँग सङ्गति गरेपछि, तिनीहरूले यसलाई धर्मसिद्धान्तको हिसाबमा बुझ्छन्, तर त्यसपछि पनि तिनीहरूको ज्ञान त्यति नै विकृत रहन्छ। जब तैँले उदाहरणहरू दिँदै, कुराहरूलाई अझ स्पष्ट र विशेष रूपमा व्याख्या गर्छस्, तब त्यस बेला, तिनीहरूले बुझ्न त सक्छन्, तर पछि, जब तिनीहरूले उही प्रकारको कुराको सामना गर्छन्, तब तिनीहरूको दृष्टिकोण त्यति नै विकृत रहन्छ, र तिनीहरूसँग जसरी सङ्गति गरिए पनि, त्यसले तिनीहरूको दृष्टिकोणलाई सुधार्दैन। यसबाहेक, तिनीहरूको यो स्थिति—कामकुराहरूलाई बोध गर्ने यो तरिका—अनिश्चित कालसम्म अपरिवर्तनीय रहिरहन्छ। सत्यतामा गरिएको कसैको सङ्गतिले पनि तिनीहरूलाई परिवर्तन गर्न सक्दैन; मैले सङ्गति गरेँ र प्रवचन दिएँ भने पनि, त्यसले अझै पनि तिनीहरूका विकृत विचार र दृष्टिकोणहरू र कामकुराहरूलाई बोध गर्ने विकृत तरिकालाई परिवर्तन गर्न सक्दैन। यस्ता मानिसहरू धेरै झन्झटिला हुन्छन्। उदाहरणका लागि, जब तिनीहरूले केही गलत गर्छन्, र तैँले तिनीहरूलाई “तिमीले जे गर्यौ त्यो गलत थियो, यो सिद्धान्तहरूअनुसारको थिएन; यसमा व्यक्तिगत कुराको मिसावट थियो” भनेर भन्छस्, तब तिनीहरूले यसो भन्‍नेछन्, “मैले यो जानाजानी गरेको होइनँ। मैले यो त्यसरी होस् भन्‍ने चाहेको थिइनँ। तिमीहरू सबै यति राम्रा छौ, तिमीहरूसँग सत्यता छ, र तिमीहरूलाई कामहरू कसरी गर्ने भन्‍ने थाहा छ, त्यसकारण मलाई यो काम लगाउनुको सट्टा तिमीहरू आफै यो किन गर्दैनौ? तिमीहरू मैले यो काम गलत गरेँ भन्छौ—के तिमीहरूले मलाई मन नपराउने हुनाले मात्रै यस्तो भनेका होइनौ र? तिमीहरू सबैसँग मानवता छ, र म मात्रै मानवताविनाको छु, म नरकमा जानेछु र तिमीहरू सबै स्वर्ग जाओ!” तिनीहरूले तर्क दिएर आफ्नो बचाउ र सफाइ दिने प्रयास पनि गर्न सक्छन्, र जिम्मेवारीबाट पन्छिनका लागि बहानाहरू बनाउन सक्छन्। तिनीहरूले आफूले गलत गरेको छु भनेर स्वीकार गर्न मान्दैनन्, तिनीहरूमा सही मनोवृत्ति हुँदैन, र तिनीहरूले भविष्यमा आफूलाई सुधार्ने प्रतिबद्धता गर्दैनन् र अर्को पटक आफूले कसरी व्यवहार गर्नुपर्छ भनी बुझेँ भन्दैनन्। तिनीहरूले यसरी कहिल्यै बुझ्नेछैनन् र यस विषयलाई मानवताको दृष्टिकोणबाट शुद्ध तरिकाले कहिल्यै बोध गर्नेछैनन्। कतिपय मानिसहरू त यस्ता पनि हुन्छन्, जब तैँले तिनीहरूको कामका समस्याहरू औँल्याइदिन्छस् र तिनीहरूसँग सत्यतामा सङ्गति गर्छस्, तब तिनीहरूले यसो भन्छन्, “के तिमीले मलाई हेपिरहेका छैनौ र? के यो म अशिक्षित र गाउँबाट आएकोले मात्रै होइन र? के यो मेरो हैसियत नीच भएकोले मात्रै होइन र? परमेश्‍वरले समेत मलाई घृणा गर्नुहुन्न, र पनि तिमीसँग यसो गर्ने के अधिकार छ?” तिनीहरूले आफूले गलत गरेको कहिल्यै स्वीकार गर्नेछैनन् र त्यसपछि सत्यताको खोजी गर्ने, आफूले कहाँ गल्ती गरेँ भनी हेर्न आत्म-चिन्तन गर्ने, र यसलाई समाधान गर्न अभ्यासको सही मार्ग खोज्ने काम गर्नेछैनन्। तिनीहरूले किन कहिल्यै यसो गर्दैनन्? किनभने तिनीहरू मानिस होइनन्। तिनीहरूमा सामान्य मानव सोच हुँदैन, र तिनीहरूले उत्पन्न हुने गल्तीहरूलाई सामान्य मानिसले हेर्ने तरिकामा हेर्न सक्दैनन्। तिनीहरूमा गल्तीहरूप्रति सामान्य मानिसमा हुनुपर्ने मनोवृत्ति हुँदैन। के तिमीहरूले कहिल्यै यस्ता मानिसहरूको सामना गरेका छौ? तेरो विवेक सामान्य छ कि छैन भनी हेर्न, तैँले पनि आफ्‍नो बारेमा चिन्तन गर्नु सबैभन्दा राम्रो हुन्छ। उदाहरणका लागि, कसैले भुइँ पुछेपछि, सतह निकै भिजेको हुन्छ। यो थाहा नभएको अर्को कोही व्यक्ति त्यहाँ हिँडेर जान्छ र चिप्लिन्छ। त्यो व्यक्ति उठ्छ र अर्कोलाई भन्छ, “तिमीले भुइँ पुछेपछि राम्ररी सुकाएनौ। तिमीले मानिसहरूलाई सम्झाउन केही शब्दहरू लेखेर एउटा सङ्केत राख्नुपर्थ्यो! धन्‍न, म जवान छु—म लडेँ भने, फेरि उठ्न सक्छु। तर यदि यो कुनै वृद्ध व्यक्ति भएको भए, के उसको हड्डी भाँचिने थिएन र? तिमीले साँच्चै पर्याप्त विचार गरिनौ।” के यी शब्दहरू उचित र सामान्य छन्? (छन्, ती सामान्य छन्।) भुइँ पुछ्ने व्यक्तिले यो काम गर्दा पर्याप्त विचार पुऱ्याएको थिएन, त्यसैले अर्को पटक ऊ अझ विचारशील हुनुपर्छ। उसको कारणले कोही लडेको हुनाले, यो स्पष्ट छ कि उसले यस मामिलामा गल्ती गरेको छ। यो एउटा भूल थियो, र कसैले पनि उसलाई दोषी ठहराएको छैन—उसले यसलाई सुधार्न मात्रै आवश्यक छ। तर ऊ यस मामिलालाई मानिसको दृष्टिकोणबाट वा मानिसको सोचाइले सही र तर्कसङ्गत रूपमा विचार गर्न वा लिन असमर्थ हुन्छ। बरु, ऊ फनक्क फर्केर यसो भन्छ, “के तिमीले भुइँ भिजेको देखेनौ? के तिमी अन्धो हौ? तिमी चिप्लिएर लड्यौ—ठीकै भयो! तिमीले आफ्नै आँखा प्रयोग गर्दैनौ, र त्यो मेरो गल्ती हो त? भुइँ पुछिसकेपछि, यो अवश्य नै भिजेको हुन्छ—तिमी त्यसमा किन हिँड्यौ? मैले तिमीलाई त्यहाँ हिँड्नू भनेको त होइन नि। तिमी लड्यौ, र यो तिम्रो आफ्नै दुर्भाग्य हो भनी स्वीकार गर। यसको मसँग कुनै सरोकार छैन!” के यी शब्दहरू तर्कसङ्गत छन्? (छैनन्।) ती तर्कसङ्गत छैनन्—यसलाई सामान्य बोलीचालीको भाषामा के भनिन्छ? तिनीहरू कुरा नबुझ्ने खालका छन्। तैँले भुइँ पुछिस् तर त्यसलाई सुकाइनस्, जसले गर्दा कोही चिप्लियो—तैँले दोष र क्षमायाचना व्यक्त गर्नु पूर्ण रूपमा आवश्यक नभए पनि, तैँले कम्तीमा अरूले तेरो गल्तीबारे सम्झाएका कुरा र सुझावहरूलाई स्वीकार गर्नुपर्छ। तैँले सोध्नुपर्छ, “के तिमीलाई चोट लाग्यो? के तिमीलाई जाँच वा उपचारको लागि अस्पताल जानु आवश्यक छ? म पूर्ण जिम्मेवारी लिन्छु।” यो सही मनोवृत्ति हो। कुनै व्यक्तिले आफूले गरेको गल्तीलाई मानवताको दृष्टिकोणबाट यसरी नै तर्कसङ्गत रूपमा लिनुपर्छ र चिन्तन गर्नुपर्छ। तर, जनावरहरूबाट पुनर्जन्म भएका मानिसहरूमा मानवता हुँदैन र तिनीहरूमा विकृत बोध हुन्छ। तिनीहरू कहिल्यै यसरी बोल्दैनन्, न त तिनीहरू कुनै पनि विषयलाई कहिल्यै यसरी विचार गर्छन्। बरु, तिनीहरू जानाजान तर्कहीन हुन्छन्। तिनीहरूले भुइँ पुछेपछि सुकाएनन्, जसले गर्दा कोही चिप्लियो; त्यसोभए अर्को पटक, तिनीहरूले यसलाई फरक तरिकाले गर्न, बढी ध्यान दिन, र गल्ती सुधार्न मात्रै आवश्यक छ—कुरा यत्ति हो। समस्या समाधान हुनेथियो। यो धेरै सरल मामिला हो: यसबारे कसैले केही पनि भनेको छैन, र तिनीहरूलाई यसका लागि कसैले पनि दोषी ठहराएको छैन। तिनीहरूलाई कुनै पनि कानुनी जिम्मेवारी वहन गर्नुपर्ने माग पनि गरिएको छैन। तर तिनीहरूले तथ्यहरूलाई स्वीकार गर्न मान्दैनन्, बरु यसो भन्छन्, “ए, त्यसोभए तिमीहरू सबै असल मानिस हौ, तिमीहरू मात्रै मानवता भएका हौ! म त दुष्ट व्यक्ति पो हुँ! म जानाजानी अरूलाई हानि गर्छु! मेरो मनसाय खराब छ! तिमीहरू सबै स्वर्ग जानेछौ, र म नरकमा जानेछु!” मलाई भन् त, के कुनै सामान्य व्यक्तिले यस्ता वाहियात कुरा बोल्न सक्छ? (सक्दैन।) जनावरहरूबाट पुनर्जन्म भएका मानिसहरूको प्रकारले मात्रै हरेक कुरालाई विशेष गरी चरम, ढिपीपूर्ण, र हास्यास्पद दृष्टिकोणबाट बोध गर्छ र हेर्छ। सबैभन्दा सानो मामिलामा—पूर्ण रूपमा जायज कुरामा—तिनीहरूले तर्कहीन, त्रुटिपूर्ण र बेतुके तर्कहरूको एक थुप्रो निकाल्न सक्छन्, जसले अरूलाई हाँस्नु कि रुनु भन्‍ने दुविधामा पार्छ। यदि तिनीहरूलाई काटछाँट गरियो भने, तिनीहरूले कस्तो व्यवहार गर्छन्? तिनीहरूले आफूलाई सही ठहराउन र आफ्नो बचाउ गर्न निकै प्रयास गर्छन्, तिनीहरूले किन त्यसरी व्यवहार गरे र त्यसका लागि कति कष्ट भोगे भनी व्याख्या गर्छन्, र सबै प्रकारका कारणहरू दिएर जवाफ फर्काउँछन्। जब तैँले तिनीहरूलाई किन काटछाँट गरियो, गल्ती गर्दा, तिनीहरूले कसरी सुधार्नुपर्छ र कसरी सत्यता सिद्धान्तहरू खोज्नुपर्छ, र त्यस मामिलालाई सम्हाल्ने सिद्धान्तहरू के हुन् भनी सङ्गति गर्छस्, तब तिनीहरूले एउटै शब्द पनि सुन्न मान्दैनन्। बरु, तिनीहरूले आफ्नो रिस र क्रोधलाई दबाएर राख्छन्, र आफूमाथि अन्याय भएको र आफू अपमानित भएको महसुस गर्छन्। पर्दा पछाडि, तिनीहरूले अरूसँग गुनासो पनि गर्छन्, र यसो भन्छन्, “हँ! मैले ती विषयहरूमा विचार गरेको थिइनँ, र मैले जानाजानी त्यसरी गर्न खोजेको थिइनँ। तैपनि तिनीहरूले मलाई दोषी ठहराउँछन् र मैले अवरोध र बाधा पुर्‍याएँ भन्छन्—के म साँच्चै त्यति दुष्ट छु र? के म दुष्ट व्यक्ति हुँ?” जब सत्यता सिद्धान्तहरूको कुरा आउँछ, तब तिनीहरू सधैँ त्यसमा चुक्छन् र त्यसलाई कहिल्यै बुझ्दैनन्; तिनीहरूको बोध सधैँ विशेष गरी विकृत र विशेष गरी हास्यास्पद हुन्छ। जुनसुकै सत्यता सिद्धान्तहरूको सङ्गति गरिए पनि, जब त्यो तिनीहरूसम्म पुग्छ, तब त्यो एउटै वाक्यांश, एउटै कार्य गर्ने तरिकामा परिणत हुन्छ—त्यो एउटा औपचारिकता, एउटा विधि, एउटा प्रावधान बन्छ। यो सत्यता सिद्धान्तहरूलाई एकतर्फी रूपमा बोध गर्ने कार्य मात्रै होइन; बरु, तिनीहरूको बोध विशेष गरी हास्यास्पद र बेतुकको हुन्छ। यस प्रकारको व्यक्तिले सत्यतालाई बोध गर्ने तरिका विशेष गरी भद्दा र मूर्ख देखिन्छ। यो कुन हदसम्म मूर्ख हुन्छ? यो यस्तो हदसम्म हुन्छ कि मानिसहरूलाई तिनीहरूप्रति दया पनि लाग्दैन बरु सीधै घिन लाग्छ, तिनीहरू हाँस्नु कि रुनु भन्‍ने दुविधामा पर्छन्, र पूर्ण रूपमा निशब्द हुन्छन्। कुराहरूलाई यस्तो हदसम्म व्याख्या गरिसकिएको हुन्छ कि थप केही भन्‍नु अनावश्यक हुन्छ—कुनै पनि थप शब्दहरू मूर्खतापूर्ण मात्रै हुनेछन्। यी मानिसहरूसँग सत्यता सिद्धान्तहरूका बारेमा कुरा गरिरहनुको कुनै अर्थ हुँदैन। तिनीहरूले जेसुकै सम्हाले पनि, दैनिक जीवनको सबैभन्दा सानो मामिलालाई समेत, तिनीहरूले यस्तो अस्वाभाविक, हास्यास्पद, र विकृत तरिकाले सम्हाल्छन्। तिनीहरू मानव समझको सीमाभित्र रहेर मामिलाहरूलाई हेर्न र सम्हाल्न असक्षम हुन्छन्। हरेक कुराप्रतिको तिनीहरूको दृष्टिकोण यति ढिपीपूर्ण र यति हास्यास्पद हुन्छ—तिनीहरूले कुनै पनि मामिलाको बारेमा व्यक्त गर्न सक्ने विचारहरूले तँलाई त्यो सुनेपछि जीवनभर घिन महसुस गराउँछ। यदि तँ त्यो सुन्दा खाइरहेको थिइस् भने, तैँले त्यही ठाउँमा बान्ता गर्न सक्छस्। मलाई भन् त, तिनीहरू कतिसम्म विकृत भएको हुनुपर्छ? यो जनावरहरूबाट पुनर्जन्म भएका मानिसहरूको प्राथमिक विशेषताहरूमध्ये एक हो—तिनीहरू ढिपीवाल र हास्यास्पद हुन्छन्। मानवताको दृष्टिकोणबाट, यो ढिपी र हास्यास्पदपन मुख्यतया मानवताको सामान्य सोचको कमी हुनु हो। तिनीहरू कुनै पनि विषयलाई मानवताको सामान्य सोचअनुसार विचार गर्न असमर्थ हुन्छन्—तिनीहरू चरम, विकृतिहरूतिर ढल्किने खालका, र हठी हुन्छन्। तैँले सत्यता, वस्तुगत तथ्यहरू, वा विशेष परिस्थितिहरूका बारेमा जस्तोसुकै तरिकाले सङ्गति गरे पनि, तिनीहरू आफ्नो तर्कमा दह्रोसँग टाँसिन्छन् र त्यसलाई छोड्न मान्दैनन्। तिनीहरूले सोच्छन्, “मसँग मेरो पक्षमा तर्क छ, र मैले तिमीलाई मेरो विरुद्धमा प्रयोग गर्न सक्ने केही पनि दिएको छैन। म यही तर्कमा टाँसिइरहन्छु, र यो सत्यता बन्नेछ। तिमीले भनेको कुनै पनि कुरा काम लाग्नेछैन!” यो जनावरहरूबाट पुनर्जन्म भएका मानिसहरूको विशेषताहरूमध्ये एक हो—तिनीहरूको बोध विकृत हुन्छ।