मानिस नयाँ युगभित्र कसरी प्रवेश गर्छ (भाग दुई)
के तिमीहरूले मैले भनेका यी सबै कुरा साँच्चै बुझेका छौ? के तिमीहरूलाई नयाँ युगमा कसरी प्रवेश गर्ने भनेर थाहा छ? अनि तिमीहरूले कुन पक्षहरू परिवर्तन गर्न आवश्यक छ, कुन पक्षहरूबाट प्रवेश गर्ने भनेर के तिमीहरूलाई थाहा छ? सायद तिमीहरूले यो बुझेका छैनौ। मानिसहरूले विगतमा केही प्रवेश पाएका भए पनि, तिनीहरूमा अझै पनि धेरै पक्षहरूको कमी थियो र तिनीहरू परमेश्वरको मागहरू पूरा गर्न असमर्थ थिए। अहिले, परमेश्वरले मानिसहरूलाई नयाँ युगमा लैजान धेरै वचनहरू बोल्नुहुन्छ। किन मानिसहरूले सधैँ परमेश्वरका वचन र उहाँको कामबारे धारणा राख्छन्? यसले तिनीहरूले पहिला सत्यता प्राप्त गरेनन् र तिनीहरू सत्यता वास्तविकतारहित छन् भन्ने देखाउँछ। तैँले अहिले परमेश्वरका वचनहरू पढ्दा ती स्विकार्न सक्षम भए पनि, तँ तेरो वास्तविक जीवनमा सत्यता अभ्यास गर्न किन असमर्थ छस्, र यसको सट्टा सधैँ परमेश्वरप्रति विद्रोही व्यवहार र उहाँको विरोध किन गरिरहन्छस्? तँमाथि कुराहरू आइपर्दा, किन तँसँग सधैँ आफ्नै विचारहरू हुन्छन् र तँ आफ्नै इच्छाअनुसार काम गर्छस्, तैपनि परमेश्वरमा समर्पित हुन असमर्थ हुन्छस्? किनभने तँभित्र धेरै दैहिक र स्वेच्छाका कुराहरू हुन्छन्, तँ सधैँ तेरो मार्ग नै सही मार्ग हो भन्ने सोच्छस्। प्रवचन सुन्दा तिमीहरू राम्रो महसुस गर्छौ र कुनै धारणा राख्दैनौ, तर तिमीहरूलाई केही हुँदा, तिमीहरू सत्यता अभ्यास गर्न चाहन्छौ, तर नियन्त्रण गुमाउँछौ, र तिमीहरूभित्रका विद्रोही कुराहरू आफै प्रकट हुन्छन्। म तिमीहरू अति विद्रोही छौ भनेर भन्छु, र यदि तिमीहरू मलाई विश्वास गर्दैनौ भने, अभिलेख राख्न सक्छौ। तैँले हरेक पटक परमेश्वरको वाणी सुन्दा, तेरो हृदयमा के-कस्ता धारणाहरू उत्पन्न हुन्छन् र तेरा विचारहरू के छन् भन्ने कुराको अभिलेख राख्, अनि त्यसपछि तँभित्रका कुरालाई सतहमा ल्या, तिनलाई विश्लेषण गर्, परमेश्वरको वचनहरूसँग तुलना गर्, र त्यसपछि तैँले तेरो विद्रोहीपन कति टाढासम्म जान्छ भन्ने बुझ्नेछस्। यसरी अभ्यास गर्नु तेरो जीवन प्रवेशका लागि लाभदायक हुन्छ। तैँले तथ्यहरूको सामना गर्ने र आफैलाई खुलासा गर्ने साहस गर्नैपर्छ। जब तँ आफैलाई खुलासा गर्ने हिम्मत गर्छस्, यसले तँसँग सत्यता स्विकार्ने हृदय छ, धारणाहरूलाई छोडेर परमेश्वरमा समर्पित हुने हृदय छ भनेर प्रमाणित गर्छ; तैँले आफूविरुद्ध विद्रोह गर्नैपर्छ; परमेश्वरविरुद्ध निरन्तर विद्रोह नगर्, किनकि त्यो गलत हो। परमेश्वरमा विश्वास चाहिँ गर्ने तर उहाँमा कसरी समर्पित हुने भनेर नजानेर हुँदैन। यस्तो समयमा तँलाई परमेश्वरमा समर्पित हुन सजिलो लाग्छ, त्यसबेला तेरो हृदयमा शान्ति र आनन्द हुनेछ; तँलाई परमेश्वरका वचनहरू पढ्दा ठूलो आनन्द मिल्नेछ, तैँले परमेश्वरलाई प्रार्थना गर्दा भन्नका लागि शब्दहरू भेट्टाउनेछस्, र उहाँसँग झन्-झन् नजिक हुनेछस्। सधैँ परमेश्वरविरुद्ध विद्रोह गर्नेहरू कहिल्यै सत्यता अभ्यास गर्न चाहँदैनन्, र तिनीहरूले परमेश्वरका वचनहरू पढ्दा तिनलाई बुझ्दैनन्—तिनीहरूको हृदयमा कस्तो शान्ति र आनन्द हुन सक्छ? जब मानिसहरूले समस्याहरू सामना गर्छन्, तिनीहरूका धारणा र कल्पनाहरू सतहमा आउँछन्, र तिनीहरू तीबाट जोगिन असमर्थ हुन्छन्। तब तैँले यसो सोच्दै, चिन्तन र मनन गर्नैपर्छ, “यो समस्या कसरी आयो? यस्तो धारणा कसरी पैदा भयो? यसको स्रोत कहाँ भेट्टाउन सकिन्छ?” तैँले परमेश्वरलाई प्रार्थना गर्नैपर्छ, परमेश्वरका वचनहरू पढ्नैपर्छ, यो मामला बुझ्नैपर्छ, र समस्या समाधान भएपछि तैँले जीवन प्रवेश प्राप्त गरेको हुनेछस्। यदि तैँले आफ्ना समस्याहरू यसरी व्यवहारिक रूपमा समाधान गरिनस्, सधैँ, केही धारणाहरू राख्नु ठूलो कुरा होइन, ती केही दिनपछि आफै हराएर जानेछन्, र ती हराएर गइसकेपछि यसको अर्थ तँमा धारणाहरू बाँकी छैनन् भन्ने विश्वास गरिस् भने, तैँले सधैँ आफूसँग कुनै धारणा नभएको सोच्नेछस्, जबकि वास्तवमा धारणाहरू उत्पन्न हुँदा तैँले तिनलाई बेवास्ता र उपेक्षा गरेको थिइस्। तैँले त्यसबेला त्यसले कुनै हानि नगरेको महसुस गरिस्, र पछि तँमा धारणाहरू रहेको कुरा स्विकारिनस्। सामान्यतया, मानिसहरूले काटछाँट नभोग्दा, कुनै प्रतिकूल परिस्थितिको सामना गर्नु नपर्दा, तिनीहरूले कुनै धारणा राख्दैनन् र आफूमा पहिले धारणाहरू थिए भनेर बिर्सन्छन्। तिनीहरू आफूलाई अद्भुत र वास्तवमै धारणारहित ठान्छन्। यद्यपि, केही आइपर्दा, धारणाहरू पैदा हुन्छन् र तिनीहरूले परमेश्वरको विरोध गर्छन्, अनि केही समयपछि धारणाहरू हराउँछन् र तिनीहरू त्यसलाई बिर्सन्छन्, र एक पटक फेरि आफूमा अद्भुत स्थिति भएको र आफूले परमेश्वरबारे कुनै धारणा नराखेको महसुस गर्छन्—तिनीहरूको समस्या के हो? समस्या यो हो कि, तिनीहरूले वास्तवमा सत्यता बुझ्दैनन् र आफ्ना धारणाहरूलाई स्रोतमै समाधान गरेका छैनन्। त्यसैले कसैले तिनीहरूसँग सत्यताबारे राम्रोसँग सङ्गति नगरेसम्म यस प्रकारका धारणाहरू बारम्बार पैदा हुन्छन्, र सङ्गतिपछि तिनीहरूका धारणा सधैँका लागि समाधान हुन्छन्। जब व्यक्तिको धारणा समाधान गर्ने कुरा आउँछ, तब गम्भीरतासाथ सत्यता नखोज्नुले काम गर्दैन—केवल धर्मसिद्धान्त बुझ्नु बेकार हुन्छ। सत्यता नबुझ्नेहरूसँग आफूबारे सीमित, सतही ज्ञान हुन्छ। कहिलेकाहीँ तिनीहरूमा धारणाहरू पैदा हुँदा तिनीहरू तिनलाई पत्ता लगाउन सक्षम हुँदैनन्, न त तिनलाई महसुस गर्न नै सक्षम हुन्छन्। समाधान नभएको सानोतिनो धारणाले कसैलाई अल्झाएर लडाउनेछैन, तर समाधान नभएको ठूलो धारणाले तिनीहरूलाई तुरुन्तै लडाइदिनेछ। आफैलाई चिन्न, तैँले पहिला आफ्ना धारणा र कल्पनाहरू, अनि प्रायः देखा पर्ने आफ्ना गलत विचारहरू समाधान गर्नैपर्छ। त्यसपछि सतहीदेखि गहन, आफ्ना सबै विविध भ्रष्ट स्वभाव समाधान गर्नुपर्छ, र यसो गर्नाले तँ बिस्तारै सत्यता वास्तविकतामा प्रवेश गर्नेछस्। आफूभित्र अवस्थित धारणा र कल्पनाहरूलाई सबैभन्दा पहिला चिनेर नै आफूलाई चिन्ने कार्य सुरु हुन्छ। सत्यताबारेको तेरो बुझाइ जति गहिरो हुँदै जान्छ, तैँले आफैलाई पनि त्यति नै गहिरो रूपमा चिन्नेछस्। जब आफैलाई चिन्ने कुरा आउँछ, तँ होसियार हुनैपर्छ। यदि तँ आफैलाई चिन्न कहिल्यै सक्षम हुँदैनस् भने, तैँले जीवन प्रवेश पाउनेछैनस्; जीवन प्रवेश आफैलाई चिनेर सुरु हुन्छ। यदि तँ जीवन प्रवेश हासिल गर्न चाहन्छस् भने, तैँले इमानदारीतासाथ सत्यता खोज्नैपर्छ, आफ्ना समस्याहरू समाधान गर्ने अवसरहरू लिनैपर्छ, र एउटा मौकालाई पनि छुटाउनुहुँदैन। तैँले आफ्नो धारणाहरू टिपोट गरिसकेपछि, तैँले सत्यता खोज्नैपर्छ, आफैलाई खुलस्त पार्नैपर्छ र सङ्गतिमा संलग्न हुनैपर्छ, र परमेश्वरका वचनहरूअनुसार धारणाहरूलाई विश्लेषण गर्नुपर्छ। जब तैँले सत्यता बुझ्छस्, त्यस्ता धारणाहरू पूर्ण रूपमा समाधान हुनेछन्। यदि तैँले फेरि उही कुराको सामना गरिस् र तेरा धारणाहरू फेरि उत्पन्न भए, अनि तेरो हृदय अझै पनि तिनको बन्धनमा भयो भने, यसले तैँले साँचो रूपमा सत्यता बुझेको छैनस्, बरु तैँले केवल धर्मसिद्धान्त बुझेको छस् भन्ने देखाउँछ, र त्यसैले तेरा धारणाहरू रहिरहन्छन्। तैँले वास्तवमै सत्यता बुझेपछि मात्र तेरा धारणाहरू पूर्ण रूपमा विलीन हुनेछन्, र ती भविष्यमा पुनः उत्पन्न भए पनि, ती सजिलैसँग समाधान हुनेछन् र तँ तिनीहरूको बन्धनमा पर्नेछैनस्, किनभने तँ सत्यता बुझ्छस्। मलाई भन्, के यसरी आफैलाई चिन्ने र सत्यतामा प्रवेश गर्ने अभ्यास गर्न गाह्रो छ? के यसमा धेरै परिश्रम चाहिन्छ? चाहिन्छ! यदि तेरो आत्मज्ञानमा सतही कुराहरूलाई हतार-हतार पहिचान गर्ने कार्य मात्र समावेश छ भने—यदि तैँले आफू अहङ्कारी र स्वधर्मी छु र आफूले परमेश्वरको विरुद्ध विद्रोह र प्रतिरोध गर्छु भनेर मात्र भन्छस् भने—यो साँचो ज्ञान होइन, यो त धर्मसिद्धान्त हो। तैँले यसमा तथ्यहरूलाई एकट्ठा गर्नुपर्छ: तैँले गलत अभिप्राय र दृष्टिकोण वा विकृत विचारहरू राखेका जुनसुकै कुराहरूलाई सङ्गति र विश्लेषण गर्न प्रकाशमा ल्याउनैपर्छ। यो मात्र आफूलाई वास्तवमै चिन्नु हो। तैँले आफ्ना कार्यहरूको आधारमा मात्र आफू बारे बुझाइ प्राप्त गर्नु हुँदैन; तैँले यसको मूल तत्त्वलाई बुझ्नैपर्छ र समस्याको जडलाई समाधान गर्नुपर्छ। समयको एक अवधि बितेर गएपछि, तैँले आफ्नै बारेमा चिन्तन गर्नुपर्छ र तैँले कुन-कुन समस्याहरू समाधान गरिस्, र कुन-कुन अझै बाँकी छन् भनी सारसङ्क्षेप गर्नैपर्छ। र त्यहाँ पनि, यी समस्यालाई समाधान गर्न तैँले सत्यता खोज्नैपर्छ। तँ निष्क्रिय हुनु हुँदैन, कामकुरा गर्न तँलाई सधैँ अरूले फुस्लाउनु, जोड गर्नु वा हात समातेर डोऱ्याउनु हुँदैन; तँसँग जीवन प्रवेशको तेरो आफ्नै बाटो हुनुपर्छ। तैँले भनेका र गरेका कुन-कुन कुराहरू सत्यतासँग मेल खाँदैनन्, तेरा अभिप्रायमध्ये कुन-कुन गलत छन्, र तैँले कुन-कुन भ्रष्ट स्वभावहरू प्रकट गरेको छस् भनी हेर्न आफैलाई बारम्बार जाँच गर्नैपर्छ। यदि तँ सधैँ यसरी अभ्यास र प्रवेश गर्छस्—यदि तँ आफैँबाट कडा मागहरू गर्छस् भने—तँ बिस्तारै सत्यता बुझ्न सक्षम हुनेछस्, र जीवन प्रवेश पाउनेछस्। जब तैँले साँच्चै सत्यता बुझ्छस्, तँ आफू वास्तवमा केही पनि होइनस् भन्ने देख्नेछस्। एकातिर, तँमा गम्भीर भ्रष्ट स्वभाव छ; अर्कोतिर, तँमा धेरै कमी छन्, र तँ कुनै पनि सत्यता बुझ्दैनस्। यदि एक दिन तँ साँच्चै यस्तो आत्मज्ञानी भइस् भने, तँ त्यस उप्रान्त अहङ्कारी हुन सक्षम हुनेछैनस्, र धेरै मामलाहरूमा तँमा समझ हुनेछ, र तँ समर्पित हुन सक्षम हुनेछस्। अहिलेको मुख्य कुरा के हो? धारणाहरूको सारको सङ्गति र विश्लेषणद्वारा, मानिसहरूले आफूले धारणाहरू बनाउनुको कारण बुझेका छन्; तिनीहरू केही धारणाहरू समाधान गर्न सक्षम छन्, तर यसको मतलब यो होइन कि तिनीहरू प्रत्येक धारणाको सार स्पष्ट रूपमा देख्न सक्छन्, यसको मतलब यो मात्र हो कि तिनीहरूसँग केही आत्म-ज्ञान छ, तर तिनीहरूको ज्ञान अझै पर्याप्त रूपमा गहिरो वा स्पष्ट छैन। अर्को शब्दमा भन्नुपर्दा, तिनीहरूले अझै पनि आफ्नो प्रकृति सार स्पष्ट रूपमा देख्न सक्दैनन्, न त तिनीहरूको हृदयमा कस्ता भ्रष्ट स्वभावहरूले जरा गाडेका छन् भनी देख्न नै सक्छन्। कुनै व्यक्तिले यसरी आफ्नो बारेमा कत्तिको ज्ञान प्राप्त गर्न सक्छ भन्ने कुराको सीमा हुन्छ। केही मानिसहरू भन्छन्, “मलाई थाहा छ कि मेरो स्वभाव अत्यन्तै अहङ्कारी छ—के यसको मतलब म आफैलाई चिन्छु भन्ने होइन र?” यस्तो ज्ञान अति सतही हुन्छ; यसले समस्या समाधान गर्न सक्दैन। यदि तँ साँच्चै आफैलाई चिन्छस् भने, तँ किन अझै पनि व्यक्तिगत उन्नति खोजिरहेको छस्, तँ किन अझै पनि हैसियत र विशिष्टताको लालसा गर्छस्? यसको मतलब तेरो अहङ्कारी प्रकृति निर्मूल भएको छैन। यसर्थ, परिवर्तनको सुरुवात तेरा बोली र कार्य पछाडिका विचार, दृष्टिकोण र अभिप्रायहरूबाट हुनुपर्छ। मानिसहरूले भन्ने धेरैजसो कुराहरू काँडादार र विषाक्त हुन्छन्, र तिनीहरूले प्रयोग गर्ने बोलीमा अहङ्कारको तत्त्व हुन्छ भन्ने कुरालाई के तिमीहरू स्विकार्छौ? तिनीहरूका बोली-वचनले तिनीहरूका अभिप्राय र व्यक्तिगत रायहरू बोक्छन्। अन्तर्दृष्टि भएकाहरूले यो सुन्दा यो खुट्ट्याउन सक्षम हुनेछन्। केही मानिसहरू आफ्नो अहङ्कार प्रकट नहुँदा प्रायजसो निश्चित रूपमा बोल्छन् र निश्चित अभिव्यक्तिहरू राख्छन्, तर अहङ्कार प्रकट हुँदा तिनीहरूको व्यवहार निकै फरक हुन्छ। कहिलेकाहीँ तिनीहरू आफ्नै उच्च-सुनिने विचारहरूका बारेमा बोलिरहन्छन्, कहिलेकाहीँ आफ्नो दाह्रा र नङ्ग्राहरू देखाउँछन् र आफ्नो टाउको ठड्याउँछन्। तिनीहरू आफूलाई पहाडको राजा ठान्छन् र यसमा शैतानको कुरूप अनुहारको खुलासा हुन्छ। हरेक व्यक्तिभित्र धेरै प्रकारका अभिप्राय र भ्रष्ट स्वभावहरू हुन्छन्। छली मानिसहरूले कुरा गर्दा आँखा झिम्काएर मानिसहरूलाई आफ्नो आँखाको कुनाबाट हेरे जस्तै—यी कार्यहरूमा भ्रष्ट स्वभाव लुकेको हुन्छ। कतिपय व्यक्तिहरू घुमाईफिराई बोल्छन्, र अरूले तिनीहरूको कुराको अर्थ के हो भनेर कहिल्यै जान्दैनन्। तिनीहरूका शब्दहरूभित्र सधैँ गुप्त अर्थ र जालझेलहरू हुन्छन्, तर बाहिरबाट हेर्दा तिनीहरू निकै शान्त र संयमित हुन्छन्। यस्ता मानिसहरू झन् छली हुन्छन्, र तिनीहरूलाई सत्यता स्विकार्न झन् गाह्रो हुन्छ। तिनीहरूलाई मुक्ति दिन निकै गाह्रो छ।
पहिले, जब मानिसहरू परमेश्वरमा विश्वास गर्थे, तिनीहरू सधैँ शान्तिमय घर भएमा र आफूले गर्ने सबै कुराहरू सहज रूपमा अघि बढेमा सन्तुष्ट हुन्थे, र यसको अर्थ परमेश्वरले तिनीहरूलाई निश्चय नै प्रेम गर्नुहुन्छ र तिनीहरूदेखि प्रसन्न हुनुहुन्छ भन्ने विश्वास गर्थे। यदि तँ यी कुराहरूमै सन्तुष्ट हुन्छस् भने, तँ सत्यता पछ्याउने मार्गमा कहिल्यै लाग्नेछैनस्। बाहिरी रूपमा तेरो जीवन कति राम्रो वा सहज रूपमा चलिरहेको छ भन्ने कुरामा सन्तुष्ट नहो; ती सतही कुराहरू महत्त्वपूर्ण छैनन्। परमेश्वरले अहिले मानिसहरूलाई मुक्ति दिने कुरामा, मानिसहरूभित्र गहिरो रूपमा गढेर बसेका शैतानसँग सम्बन्धित कुराहरूलाई धुने र परिवर्तन गर्ने, तिनलाई जरैदेखि उखेल्ने, र तिनलाई मानिसको सार र प्रकृतिबाट सतहमा ल्याउने कुरा समावेश छ। परमेश्वरले किन मानिसको विचार र अभिप्रायलाई सधैँ विश्लेषण गरिरहनुहुन्छ? किनभने मानिसको स्वभाव अति गहिरो रूपमा गढिएको हुन्छ। परमेश्वरले तँ कसरी काम गर्छस्, वा कस्तो देखिन्छस् वा कति अग्लो छस् भनी हेर्नुहुन्न, न त तेरो परिवार कस्तो छ वा तँसँग जागिर छ कि छैन भनी हेर्नुहुन्छ—परमेश्वरले यी कुराहरू हेर्नुहुन्न। तेरो समस्यालाई सार र जराबाट समाधान गर्नका लागि परमेश्वरले हेर्नुहुने मुख्य कुरा भनेको तेरो सार हो। त्यसकारण, परमेश्वरले आशिष् दिनुहुँदैछ भन्ने सोचेर केवल शान्तिमय घर हुँदैमा र सबै कुरा सहज रूपमा अघि बढ्दैमा सन्तुष्ट नहो—यो गलत हो। यी बाह्य कुराहरू नपछ्या र आफैलाई तिनमा फस्न नदे। यदि तँ यी कुराहरूमै सन्तुष्ट हुन्छस् भने, यसले परमेश्वरमाथिको तेरो विश्वासमा तैँले पछ्याइरहेको उद्देश्य अति नीच र तँ परमेश्वरले तँबाट गर्नुभएको मागभन्दा निकै टाढा छस् भन्ने देखाउँछ। तैँले आफ्नो स्वभाव र मानवता, साथसाथै परमेश्वरमाथिको विश्वासको आफ्ना अभिप्राय र दृष्टिकोणबाट सुरु गर्दै स्वभावगत परिवर्तनमा ध्यान केन्द्रित गर्नैपर्छ। यसरी, जब तँ भर्खरै परमेश्वरमा विश्वास गर्न थालेका वा उहाँलाई नस्विकारेका मानिसहरूको सम्पर्कमा आउँछस्, तिनीहरूले तेरो रूपबाट तँमा बदलाव आएको, र तैँले पछ्याउने कुरा वास्तवमा फरक भएको देख्न सक्षम हुनेछन्। तिनीहरूले भन्छन्, “परमेश्वरमाथिको हाम्रो विश्वासमा हामी धेरै पैसा कमाउने, हैसियत पाउने, हाम्रा छोराछोरीलाई कलेजमा भर्ना गराउने, र हाम्रा छोरीहरूका लागि उपयुक्त जीवनसाथी खोज्ने कुरा पछ्याउँछौँ। तपाईँ किन यी कुराहरू पछ्याउनुहुन्न? तपाईं यी कुराहरूलाई गोबर र पूर्णतः महत्त्वहीन कुराका रूपमा हेर्नुहुन्छ। त्यसोभए, तपाईँ कसरी परमेश्वरमा विश्वास गर्नुहुन्छ?” त्यसपछि तैँले तिनीहरूसँग तेरो अनुभव कस्तो छ, तँसँग कुन-कुन भ्रष्ट स्वभावहरू छन्, परमेश्वरले तँलाई कसरी काटछाँट गर्नुहुन्छ, सजाय दिनुहुन्छ र न्याय गर्नुहुन्छ, तैँले कसरी आफैबारे मनन गर्छस् र कुराहरू बुझ्छस्, अनि कसरी पश्चात्ताप गर्छस् र परिवर्तित हुन्छस् भनेर सङ्गति गर्छस्। जब मानिसहरूले तँलाई भेट्छन्, तिनीहरूले तेरो सङ्गति कति धेरै व्यावहारिक छ, यसले तिनीहरूलाई केही हदसम्म भरणपोषण गर्छ र तिनीहरूका लागि लाभदायक छ, र तैँले मानिसहरूलाई मनाउन र अर्ती दिन सतही प्रवचनहरू मात्र दिइरहेको छैनस् भन्ने समझ पाउँछन्। तँ जीवन प्रवेश र आत्म-ज्ञानबारे कुरा गर्न सक्षम हुनेछस्, र यसले तँ साँच्चै नयाँ युगको जन, साँच्चै नयाँ व्यक्ति होस् भन्ने प्रमाणित गर्नेछ। अहिले पनि विगतबारे कुरा गर्ने केही मानिसहरू छन्, जो यसो भन्छन्, “म प्रभु येशूमा विश्वास गर्थेँ, र जहाँ-जहाँ म काम गर्न गएँ, त्यहाँ पवित्र आत्माले ठूलो काम गर्नुभयो। जब मैले सुसमाचार फैलाएँ, धेरै जना मेरो कुरा सुन्न इच्छुक भए, र जस-जसका लागि मैले प्रार्थना गरेँ, तिनीहरू चाँडै निको भए…।” तिनीहरू अझै पनि यी कुराहरूबारे बोल्छन्, र यो अति पछौटे व्यवहार हो! तिमीहरूले सत्यताबारे सङ्गति गर्नमा, र जीवन प्रवेश, स्वभाव परिवर्तन, आत्म-ज्ञान र जीवन प्रवेशसँग सम्बन्धित अन्य महत्त्वपूर्ण कुराहरूका बारेमा कुराकानी गर्नमा अझै बढी समय बिताउनुपर्छ। सत्यतासँग सम्बन्धित नरहेका मामलाहरूका बारेमा कुरा नगर। यदि निरन्तर रूपमा यसरी अभ्यास गर्यौ भने, तिमीहरूले केही सत्यता वास्तविकता प्राप्त गर्नेछौ। तिमीहरूको वर्तमान कदलाई हेर्दा, तिमीहरूले जीवन प्रदान गर्ने काम गर्न वा समस्याहरूको समाधान गर्नको लागि सत्यताको प्रयोग गर्न सक्दैनौ। तिमीहरूले मानिसहरूलाई मनाउन र उपदेश दिन मात्रै सक्छौ, “परमेश्वरविरुद्ध विद्रोह गर्ने वा उहाँको विरोध गर्ने नगर। हामी यति भ्रष्ट भए पनि, परमेश्वरले अझै पनि हामीलाई मुक्ति दिनुहुन्छ, त्यसकारण हामीले उहाँका वचनहरूलाई सुन्नुपर्छ र उहाँमा समर्पित हुनुपर्छ।” यो कुरा सुनेपछि, मानिसहरूले धर्मसिद्धान्तहरू त बुझ्छन्, तर तिनीहरूमा अझै पनि ऊर्जाको कमी हुन्छ र परमेश्वरका वचनहरू कसरी अभ्यास गर्ने वा अनुभव गर्ने सो थाहा हुँदैन। यसले अगुवा र सेवकहरूका रूपमा, तिमीहरूसँग पनि सत्यता वास्तविकता छैन भन्ने कुरालाई प्रमाणित गर्छ। यदि तिमीहरू आफैले प्रवेश प्राप्त गरेका छैनौ भने, तिमीहरूले कसरी अरूको भरणपोषण गर्न सक्छौ? तिमीहरूले अरू मानिसहरूको कठिनाइ र भ्रष्ट स्वभावको जडलाई पत्ता लगाउन सक्दैनौ, मुख्य कुरो के हो पत्ता लगाउन सक्दैनौ, किनभने तिमीहरूले अझै आफूलाई चिनेका छैनौ। यस्तो अवस्थामा, मण्डलीमा जीवनको भरणपोषण गर्ने कार्य तिमीहरूको क्षमताभन्दा बाहिरको कुरा हो, र मानिसहरूलाई असल बन्नुपर्छ र गम्भीरता साथ पालन गर्नुपर्छ भन्दै अर्ती दिएर मात्र तिमीहरूले वास्तविक समस्याहरू समाधान गर्न सक्दैनौ। तिमीहरूले साँचो रूपमा सत्यता बुझेका छैनौ वा कुनै जीवन प्रवेश हासिल गरेका छैनौ भन्ने कुराको पर्याप्त प्रमाण हो यो। तिमीहरूमध्ये धेरैजसोलाई आत्मिक धर्मसिद्धान्त र खोक्रा ईश्वरशास्त्रीय सिद्धान्तहरू कसरी प्रचार गर्ने मात्रै थाहा छ, तर तिमीहरूले जीवन प्रदान गर्न सक्दैनौ; त्यसकारण, तिमीहरू अत्यन्तै सानो कदका छौ। परमेश्वरमाथिको विश्वासप्रतिको तेरो दृष्टिकोणमा अझै पनि परिवर्तन आउन बाँकी नै छ। तेरो बुझाइ र अभिप्रायहरू अझै उस्तै रहन्छन्। के तँ आफैले आफ्नो समस्याहरू समाधान नगरी अरूलाई परिवर्तित हुन आग्रह गरेर अघि बढ्ने मार्ग पाउनेछस्? के तँ अरूको भरणपोषण गर्न सक्षम हुनेछस्? के तँ तिनीहरूका समस्याहरू समाधान गर्न सक्षम हुनेछस्? यदि तँ यीमध्ये कुनै पनि काम गर्न सक्षम छैनस् भने, अरूलाई परिवर्तित हुन आग्रह गरेर तैँले के परिणाम प्राप्त गर्न सक्छस्? यदि तँ मानिसहरूलाई भाषण र अर्ती दिनका लागि वचन र धर्मसिद्धान्तहरू प्रचार गर्न मात्र सक्छस् भने, के तँ अरूलाई सत्यता बुझाउन सक्छस्? यदि तँ आफैसँग परमेश्वरको कामको कुनै वास्तविक बुझाइ छैन भने, के परमेश्वरका चुनिएका जनहरू तेरो सङ्गति सुनेर परमेश्वरको काम बुझ्न सक्षम हुनेछन्? यदि तँ आफै सिद्धान्तहरूबिना आफ्नो कर्तव्य निभाउँछस् भने, तैँले कसरी परमेश्वरका चुनिएका जनहरूलाई तिनीहरूको कर्तव्य राम्रोसँग निभाउने तुल्याउनेछस्? तिनीहरूले कसरी परमेश्वरलाई पछ्याउन ऊर्जा जुटाउनेछन्? अगुवा र सेवकका रूपमा काम गर्नेहरूले मण्डलीका विभिन्न प्रकारका मानिसहरूमध्ये कोसँग परमेश्वरका वचन र कामको अनुभव र बुझाइ छ, र कोसँग साँच्चै आत्म-ज्ञान छ र को साँच्चै पश्चात्ताप गर्छ भन्ने कुरा पहिल्याउँदै तिनीहरूको स्थिति बुझेर तिनमा निपुण हुनुपर्छ। यी कुरामा निपुण हुन सक्ने अगुवा र सेवकहरूले केही व्यावहारिक काम गर्न सक्नेछन्। यदि तँसँग कर्तव्यमा सहकार्य गर्नेहरू तँ जस्तै छन्, आत्म-ज्ञान बिना अरूलाई भाषण दिन्छन् भने, त्यसले तँसँग पनि सत्यता वास्तविकता छैन, तँ आफैलाई चिन्दैनस् र तिमीहरूबीच केही भिन्नता छैन भन्ने प्रमाणित गर्छ। के तिमीहरूले यी कुराहरूबारे पहिला कहिल्यै विचार गरेका छौ? तिमीहरू के मात्र जान्दछौ भने, “मलाई यहाँ शक्ति दिइएको छ, मसँग हैसियत छ, म मण्डलीको एक अधिकारी हुँ र मसँग अब अरूलाई भाषण दिने एउटा स्थान छ।” तँ हैसियत र प्रतिष्ठा पाउने, अरूलाई कसरी भाषण र प्रवचन दिने, अरूलाई आफ्नो कुरा सुन्ने तुल्याउन के बोल्ने, धेरै मण्डलीहरूमा आफ्नो प्रभाव जमाउने र उच्च प्रतिष्ठा हासिल गर्ने, अनि दृढतापूर्वक आफ्नो पद स्थापित गर्ने कुराहरूमा मात्र ध्यान केन्द्रित गर्छस्। यी कुराहरूमा मात्र ध्यान केन्द्रित गरेको कुराले तँ विचलित भएको प्रमाणित गर्छ। पुरानो युगबाट नयाँ युगमा प्रवेश गर्नु भनेको मानिसको काम गर्ने र बोल्ने तरिका परिवर्तन हुनु मात्र होइन, तर तिनीहरूसँग अझ उच्च प्रवेश पनि हुनुपर्छ, तिनीहरूले अझ उच्च मूल्य तिर्नुपर्छ, तिनीहरू सधैँका लागि आफ्नो देहविरुद्ध विद्रोह गर्न, देहका पूर्वाग्रहहरू त्याग्न, केवल सत्यतालाई आफ्नो जीवनका स्वरूपमा पछ्याउन र साँचो मानव स्वरूपमा जिउन सक्षम हुनुपर्छ। यसरी मात्र तिनीहरू साँच्चै पूर्णतः रूपान्तरित हुन सक्छन्। नयाँ काम गर्दा, परमेश्वरले अनिवार्य रूपमा मानिसहरूसँग नयाँ मागहरू गर्नुपर्छ, र ती पुराना, परम्परागत धारणाहरूमा टाँसिएर, मानिसले केवल कामकुरालाई सुस्त बनाउँछ। कोही-कोही मानिसहरू बाइबलमा अन्धो विश्वास गर्छन् र त्यसबाट कहिल्यै हट्दैनन्—के तिनीहरू यसो गरेर जीवन हासिल गर्न र परमेश्वरलाई चिन्न सक्षम हुन्छन्? हुँदैनन्, बिलकुलै हुँदैनन्। पुस्तौँसम्म, फरिसीहरूले बाइबल पढे र अन्ततः सत्यता व्यक्त गरिरहनुभएको प्रभु येशूलाई क्रूसमा टाँगे—यो कसरी हुन सक्यो? यदि बाइबललाई साँच्चै बुझेका भए, तिनीहरूले परमेश्वरलाई चिन्नुपर्थ्यो, र प्रभु येशू आउनुहुँदा, तिनीहरूले उहाँलाई स्वागत गर्नुपर्थ्यो र उहाँको निन्दा गर्नुहुन्थेन। अझै पनि धेरै मानिसहरू यो विषयलाई समझका साथ बुझ्न सक्दैनन्। तिनीहरू हृदयमा परमेश्वरले अहिले जतिसुकै वाणीहरू उच्चारण गर्नुभए पनि बाइबल पढ्नैपर्छ र त्यसबाट टाढा जानुहुँदैन भन्ने सोच्छन्। यसको अर्थ तिनीहरू बाइबलमा लेखिएका धेरै कुराहरू सम्झन सक्षम हुन्छन्, तर परमेश्वरले अहिले व्यक्त गर्नुहुने सत्यताहरू बुझ्न वा ती अभ्यास गर्न सक्षम हुँदैनन्। अन्त्यमा, तिनीहरूले आफ्ना कुनै अनुभवात्मक गवाही दिँदैनन् र तिनीहरूलाई हटाइन्छ। के यो लज्जास्पद छैन? वास्तवमा, अहिले प्रायः बाइबल पढ्ने तर परमेश्वरका वचनहरू निकै कम पढ्ने कैयौँ मानिसहरू अझै पनि छन्—यसो गर्नु बुद्धिमानी हो कि मूर्खता हो? पहिला, जब तिनीहरूले प्रभुमा विश्वास गर्थे, मानिसहरूले ठूलो उत्साह भनेको महान् जीवन र असल विश्वास हो भन्ने विश्वास गर्थे। जब अहिले, केवल उत्साहका साथ र स्वभावगत परिवर्तनबिना व्यक्तिले परमेश्वरको अनुमोदन पाउँदैन भनिन्छ, केही मानिसहरू सधैँ सोच्छन् कि परमेश्वरले त्यस्ता मानिसहरूलाई अन्यायपूर्ण व्यवहार गर्नुहुन्छ। मैले यसअघि पनि त्यस्ता मानिसहरूलाई काटछाँट गरेको छु र तिनीहरूमध्ये कतिपयले त्यसलाई स्विकारेनन्, र त्यस्ता व्यक्तिहरूको प्रतिरक्षा गर्दै यसो भने, “तिनीहरूले धेरै वर्षदेखि परमेश्वरमा विश्वास गर्दै आएका छन्। तिनीहरूले मूल्य चुकाएका र ठूलो कष्ट भोगेका छन्, र कुनै योगदान नगरे पनि कडा मेहनत गरेका छन्। तपाईँ कसरी तिनीहरूसँग यस्तो व्यवहार गर्न सक्नुहुन्छ?” कतिपय मानिसहरू आफ्नो विचार सच्याउन सक्षम हुँदैन। के यो बुझ्न गाह्रो छ र? मानिसहरू अरूले बाह्य रूपमा कसरी काम गर्छन् भन्ने देख्छन्, जबकि परमेश्वरले तिनीहरूको सार देख्नुहुन्छ, र त्यो धेरै फरक कुरा हो। तँ कोही व्यक्ति बाहिर कति धर्मी देखिन्छ, कति राम्रोसँग बोल्न सक्छ, र कति दौडधुप गर्छ र मूल्य चुकाउँछ भन्ने मात्र देख्छस्। तिनीहरूले कति धारणाहरू राखिरहेका छन्, वा तिनीहरू कति आत्मधर्मी र अहङ्कारी छन् भनेर तँ किन भन्दैनस्? तँ ती कुराहरू किन देख्दैनस्? त्यसकारण म भन्छु, कामकुराहरूबारेको तिमीहरूको दृष्टिकोण अझै पनि निकै पुरानो र पछौटे छ। मानिसहरूले बाह्य रूपमा तिर्ने मूल्यलाई परमेश्वरले अहिले हेर्नुहुन्न। उहाँ तैँले चुकाएको मूल्य वा तेरो पूँजीको कुरा गर्नुहुन्न, न त तैँले कत्तिको पीडा भोगेको छस् भन्ने कुरा नै गर्नुहुन्छ—उहाँ तेरो सार हेर्नुहुन्छ। अघिल्लो युगमा मानिसहरूको उपयोग गर्ने सिद्धान्तहरू के-के थिए? जो धेरै जोसिला थिए, दौडधुप र मेहनत गर्न सक्थे, जसले सबै भन्दा लामो समयसम्म परमेश्वरमा विश्वास गरेका थिए, र जो सबैभन्दा वृद्ध र अविवाहित थिए—यो वर्णनसँग व्यक्ति जति मेल खान्थे, तिनीहरूको प्रतिष्ठा त्यति नै धेरै हुन्थ्यो र तिनीहरू अगुवा बन्न त्यति नै योग्य हुन्थे। ती कुराहरू अचेल महत्त्वपूर्ण छैनन्। व्यक्तिको सार महत्त्वपूर्ण छ, किनकि परमेश्वरमा विश्वास गर्नुको सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको व्यक्तिको सार कस्तो छ, ऊ परमेश्वरको आराधना गर्न र परमेश्वरको नयाँ काम स्विकार्न सक्षम छ कि छैन भन्ने हो। यदि अहिले परमेश्वर देहमा आउनुहुँदा तँ उहाँलाई चिन्दैनस् भने, यसले तेरो सारबारे के भन्छ? के तेरो सारले परमेश्वरको प्रतिरोध गर्दैन र? यो कुरा तेरा दृष्टिकोण र अभिप्रायहरू परमेश्वरसँग मेल खान्छन् कि खाँदैनन् भन्नेमा निर्भर हुन्छ। यदि तँ साँचो मार्ग स्विकार्न र आफ्नो विगतका अभिप्राय र धारणाहरूविरुद्ध विद्रोह गर्न सक्षम हुन्छस् भने, तँजस्ता मानिसहरू परमेश्वरद्वारा स्वीकृति हुन र आशिषित हुन सक्षम हुनेछन्। परमेश्वरले आफ्नो काममा कसरी मानिसहरूको उपयोग गर्नुहुन्छ भन्नेबारे सिद्धान्तहरू छन्। उहाँ तेरो पुँजी, पारिवारिक पृष्ठभूमि, प्रतिष्ठा वा हैसियत हेर्नुहुन्न। उहाँको विरोध गर्नेहरूको उहाँ उपयोग गर्नुहुन्न—के यसले उहाँको काममा ढिलाइ मात्र गर्नेछैन र? मानिसहरू सधैँ आफ्नो पुँजीबारे कुरा गर्छन्, अमापनीय रूपमा अहङ्कारी छन्—तिनीहरू दियाबलस हुन्! हामी भेटी, आफ्नो समर्पणता, पूँजी र प्रतिष्ठाजस्ता कुराहरूबारे बोल्दैनौँ—तिनको कुरा गर्नु बेकार छ! परमेश्वरप्रति सबैभन्दा इमान्दार हुने र परमेश्वरमा समर्पित हुन सबैभन्दा इच्छुक हुने जो कोहीसँग सत्यता वास्तविकता हुनेछ, र हामी त्यस्ता मानिसहरूलाई स्विकार्छौँ। बाहिरी रूप हेर्नुको कुनै अर्थ छ र? व्यक्तिको बाहिरी रूपमा केही परिवर्तन आउन सक्छ तर तिनीहरूको स्वभावभित्रका धेरै कुराहरू परिवर्तित भएका हुनेछैनन्, र कुनै समय ती प्रकट हुनेछन्। त्यसकारण तैँले यी कुराहरू जान्नु र पत्ता लगाउनु पर्छ। व्यक्तिको स्वभावभित्र कति धेरै कुराहरू हुन्छन्! निस्सन्देह, मानिसको स्वभाव अहङ्कारी, आत्म-धर्मी, र विद्रोही हुन्छ, र यी सबैभन्दा ठूलो, सबैभन्दा जड समस्याहरू हुन्। यीबाहेक, मानिसभित्र कैयौँ भ्रष्ट स्वभावहरू पनि हुन्छन्। तसर्थ, आफूलाई चिन्नु सामान्य कुरा होइन। केही मात्रामा क्षमता भएकाहरू केही गल्ती वा पाप गर्दा सजिलै सचेत हुनेछन् र बुझ्नेछन्। तर, तिनीहरूलाई आफ्नो प्रकृतिभित्रका, स्वभावभित्रका, र विशेषगरी आफ्ना महत्त्वपूर्ण कमजोरीहरूसँग सम्बन्धित कुराहरू हेर्न र बुझ्न सबैभन्दा गाह्रो हुन्छ। तैँले केही गल्ती गरेर परमेश्वरलाई प्रार्थना गर्नु, वा पाप गरेर परमेश्वरसामु स्विकार्नुको अर्थ तैँले आफैलाई चिन्छस् भन्ने हो भनी नसोच्—यो आत्म-ज्ञानबाट धेरै टाढा छ! यदि तँ मलाई विश्वास गर्दैनस् भने, अगाडि बढ् र हेर्। सायद कुनै दिन तैँले समस्याको सामना गर्दा लड्नेछस्, वा सायद कुनै समय तँ गिरफ्तार भएर एक रातको अन्तरालमा यहूदा बन्नेछस्, र स्तब्ध हुनेछस्। यदि तँ जीवन प्रवेश हासिल गर्न चाहन्छस् भने, तैँले पहिला आफैलाई चिन्नुपर्छ; यदि तँ स्वभाव परिवर्तन हासिल गर्न चाहन्छस् भने, तैँले परमेश्वरका वचनहरूमार्फत झनै आफूबारे मनन गर्नुपर्छ र आफूलाई चिन्नुपर्छ। जब तँ आत्म-ज्ञानमा अगाडि बढ्छस्, जब तेरो आत्म-ज्ञान गहिरो हुन्छ, र जब तैँले सत्यतालाई कसरी अभ्यास गर्ने भनेर जान्दछस्, तैँले प्राकृतिक रूपमा जीवन प्रवेश हासिल गर्नेछस्। स्वभावगत परिवर्तन यस बिन्दुबाट पनि सुरु हुन्छ। यदि तँ साँच्चै आफैलाई चिन्न सक्षम हुन्छस् भने, तब तँसँग जीवन प्रवेश र स्वभावगत परिवर्तनका साथ अगाडि बढ्ने बाटो हुनेछ, र यी कुराहरू तेरो लागि सजिलो हुनेछन्।
१९९५ को अन्त्यमा