राज्यको सुसमाचार च्याट रुम, भाग १०: प्रसिद्ध स्पेनी रेडियो प्रस्तोता मार्गरिटा रेकेनासँगको विस्तृत अन्तर्वार्ता
मार्गरिटा रेकेनाले स्पेनका धेरै प्रमुख राष्ट्रिय रेडियो स्टेसनमा कार्यक्रमहरू सञ्चालन गरेकी छिन्। उनले सङ्गीत उद्योगमा पनि वर्षौँ बिताएकी छिन्, अनि ५० भन्दा बढी ठूला साङ्गीतिक कार्यक्रमको आफैँले योजना बनाएकी तथा आयोजना गरेकी छिन्। आफू हुर्किएको वातावरणबाट प्रभावित भएकी मार्गरिटा, निरन्तर कामकुराहरू हासिल गरेर अनि मानिसहरूको मान्यता प्राप्त गरेर मात्र आफ्नो मूल्य प्रमाणित गर्न सकिन्छ भन्ने कुरामा दृढ विश्वास गर्थिन्। यसैकारण, उनी निरन्तर आफैँलाई उछिन्ने प्रयासमा लागिरहिन्, अनि एकपछि अर्को सफलता हासिल गर्दै धेरै मानिसको मान्यता जितिन्। तर त्यसपछि, एउटा अप्रत्याशित घटनाले उनले जीवनभर राखेको विश्वासलाई हल्लाइदियो, अनि उनलाई जीवनमा नयाँ दिशाको खोजी गर्न लगायो। “राज्यको सुसमाचार च्याट रुम” को यस भागमा, हामी मार्गरिटाको जीवन-कथाको गहिराइमा जान्छौँ।
00:25 मार्गरिटाको करियर
04:49 आफ्नो मूल्य प्रमाणित गर्न सङ्घर्ष गरिरहेकी “कुरूप हाँसकी चल्ला”
11:02 आफैँलाई अति धेरै दबाब दिनुको मूल्य
16:44 सबै कुरा गुमाउनुदेखि नयाँ करियर निर्माण गर्नुसम्म
22:59 घर फर्केर नयाँ सुरुवात, अनि अन्ततः मान्यताको प्राप्ति
34:14 अचानक आफ्नो स्वर गुमाउनु: फेरि पिँधमा पुग्नु
40:13 आफ्नो करियर गुमाउनु र क्यान्सरले च्याप्नु: उनको संसार ढल्छ
47:07 पूर्ण निराशादेखि नयाँ आशासम्म
53:47 परमेश्वरका वचनहरूले उनलाई अन्योलबाट ब्युँझाउँछन्
01:06:36 गलत पछ्याइहरू त्यागेर जीवनमा सही मार्ग फेला पार्नु
01:13:01 उनलाई सधैँ आफूलाई प्रमाणित गर्नुपर्थ्यो: अब उनी दह्रिलो देखिन खोज्दिनन्
01:21:39 जीवनको अन्योलबाट बाहिर: आफ्नो कृतज्ञताको गीत गाउँदै