इसाईहरूमाथि चिनियाँ कम्युनिस्ट पार्टीको निरङ्कुश सतावटका तथ्यहरू, भाग २८: सिसिपिद्वारा एउटी इसाई दुई पटक पक्राउ, र यातना दिएर सोधपुछ
अनहुई प्रान्तको हेफेई सहरकी एउटी इसाई याङ लिङ, परमेश्वरप्रतिको आस्था र आफ्नो कर्तव्य निर्वाह गरेका कारण सिसिपि प्रहरीद्वारा दुई पटक पक्राउ गरिएकी छिन्। जनवरी २३, २००४ मा, याङ लिङ आफ्नो कर्तव्य निर्वाह गर्न जाँदै गर्दा पक्राउ परिन्, अनि त्यसपछि उनलाई झन्डै दुई वर्षसम्म फौजदारी हिरासत केन्द्रमा थुनियो। यस अवधिभर, प्रहरीले उनीसँग दर्जनौँ पटक सोधपुछ गर्यो। उनीहरूले पालैपालो उनलाई निर्घात रूपमा कुटे, उनको हातको पछाडिको भागमा कडा प्रहार गरे, अनि उनको खुट्टाका औँलाहरूमा कुल्चिएर रगडे, निर्ममतापूर्वक उनका स्तनका मुन्टाहरूमा घोचे, अनि उनका हात पछाडि फर्काएर तिनमा हत्कडी लगाइदिए। उनीहरूले अन्य बन्दीहरूलाई पनि हरेक दिन उनलाई यातना दिन र दुर्व्यवहार गर्न लगाए…। याङ लिङलाई मृत्युको मुखमा पुग्ने गरी यातना दिइयो। डिसेम्बर ६, २००५ मा, हिरासत केन्द्रका गार्डहरूले उनलाई एउटा रेल स्टेसनमा लगे र त्यहीँ फ्याँकिदिए। याङ लिङ ३४ वर्षकी मात्र थिइन्, तर उनी अनेकौँ चोटपटक र स्वास्थ्य समस्याहरूबाट ग्रस्त भइन्। उनलाई कान बज्ने र कान नसुन्ने समस्या भयो; उनका अगाडिका दुईवटा दाँत हल्लिए र पछि झरे, अनि उनी आफ्ना बङ्गाराले कडा कुरा चपाउन नसक्ने भइन्; उनलाई बारम्बार वाकवाकी लाग्ने र खान नसक्ने समस्या पनि भयो; उनका पाखुराहरू पीडादायी र कमजोर भए, उनी चिसोप्रति अति संवेदनशील भइन्, अनि उनका दुवै खुट्टामा गठिया रोग लाग्यो; उनी लामो समयसम्म दिसा गर्नका लागि औषधीको भर पर्नुपर्यो। युरेथ्राइटिसको समस्या गम्भीर हुँदा, राहत पाउनकै लागि उनलाई धेरै दिनसम्म सलाइन चढाउनुपर्थ्यो। सेप्टेम्बर ६, २०१२ मा, प्रहरीले मोबाइलको जिपिएस प्रयोग गरेर ट्र्याक गर्दै याङ लिङलाई फेरि पक्राउ गरे। मण्डलीको भेटी बुझाउन बाध्य पार्न, प्रहरीहरूले पालैपालो उनलाई निर्घात रूपमा कुटे, बोतलको मुखले उनको निधार र खुट्टाका नङहरूमा बेस्सरी हिर्काए, अनि उनका नाकका प्वालहरूमा बलिरहेको चुरोट घुसारिदिए। उनीहरूले उनलाई सुत्न नदिएर पनि यातना दिए, अनि अन्ततः याङ लिङलाई श्रम पुनर्शिक्षा शिविरमा एक वर्ष तीन महिनाको सजाय सुनाइयो। यो सतावटले उनको शरीरमा अनेकौँ दीर्घकालीन असर छोड्यो: उनी लामो समयसम्म अनिद्राबाट पीडित भइन्, उनको सर्भिकल मेरुदण्डको आकार बिग्रियो, अनि उनका कम्मर र पुच्छरहाडमा समस्याहरू देखा परे, जसले उनको दैनिक जीवनमा गम्भीर असर पुर्यायो। यस रिपोर्टमा, दुई पटक पक्राउ परेपछि आफूले भोगेको क्रूर सतावटबारे याङ लिङले बताउनेछिन्।
00:24 मुख्य अंशहरू
05:28 याङ लिङ पक्राउ र यातनाको सिकार, झन्डै दुई वर्षसम्म हिरासत केन्द्रमा थुनामा
36:16 याङ लिङ दोस्रो पटक पक्राउ र यातनाअन्तर्गत सोधपुछकी सिकार, श्रम पुनर्शिक्षा शिविरमा एक वर्ष तीन महिनाको सजाय
58:04 अन्तिम टिप्पणीहरू & उत्पीडकहरूबारे जानकारी