इसाईहरूमाथि चिनियाँ कम्युनिस्ट पार्टीको निरङ्कुश सतावटका तथ्यहरू, भाग १८: इसाईहरूलाई क्रूर यातना दिन सिसिपिद्वारा मनोरोगका औषधीहरूको दुरुपयोग
सत्तामा आएदेखि नै, एउटा नास्तिक क्रान्तिकारी पार्टी सिसिपिद्वारा धार्मिक विश्वासमाथि गरिँदै आएको उन्मत्त दमन र सतावट कहिल्यै रोकिएको छैन; यो झन्-झन् कठोर मात्र हुँदै गइरहेको छ। सिसिपिले इसाईहरूलाई आफ्नो आँखाको कसिङ्गर मान्छ, र परमेश्वरलाई पछ्याउने अनि सुसमाचार प्रचार गर्नेहरूलाई निर्मूल पार्न चाहन्छ। यसले बरु गल्तीले हजार जनालाई मार्छ तर एउटालाई पनि उम्कन दिँदैन, र यसले इसाईहरूलाई खोजी-खोजी नामेट पार्न चीनभरि नै जनयुद्ध सुरु गरेको छ। तिनीहरू इसाईहरूलाई पक्राउ गरेपिच्छे उनीहरूलाई विभिन्न प्रकारका क्रूर यातना दिएर सास्ती दिन्छन्। यीमध्ये एउटा अझ बढी कपटी, क्रूर, घृणास्पद र निर्लज्ज तरिका छ—अर्थात्, इसाईहरूलाई मानसिक रोगका औषधीहरूको सुई लगाएर यातना दिने, जबरजस्ती अज्ञात औषधीहरू खुवाउने, र उनीहरूको खानामा गोप्य रूपमा विष समेत मिसाउने, त्यो विषलाई उनीहरूको शरीरमा बिस्तारै असर गर्न दिने, अनि हतार-हतार उनीहरूलाई स्वास्थ्य पेरोल वा पुर्पक्षका लागि जमानतमा रिहा गर्ने प्रबन्ध मिलाउने, किनकि तिनीहरूलाई उनीहरूको जेलमै मृत्यु भयो भने आफू जिम्मेवार ठहरिनुपर्ला भन्ने डर हुन्छ। यी इसाईहरू रिहा भएपछि, कोहीलाई मानसिक रूपमा विक्षिप्त हुने रोग लाग्छ, कोही आफ्ना गुनासाहरू सुनुवाइ नभईकनै ज्यान गुमाउँछन्, र कोही जीवनभरका लागि स्थायी र निको नहुने मानसिक क्षतिको सिकार हुन्छन्। सोधपुछ कक्ष र फौजदारी हिरासत केन्द्रहरूदेखि लिएर मगजधुलाइ केन्द्रहरू र जेलहरूसम्म, सिसिपि प्रहरीहरू इसाईहरूलाई मुख र जबरजस्ती लगाइने सुई, दुवैबाट बारम्बार विभिन्न अज्ञात औषधी सेवन गराउँछन्। सिसिपि मनोरोगका औषधीहरू, स्नायु प्रणालीलाई शान्त पार्ने औषधीहरू, र अज्ञात मूलका मिश्रित सुईहरूसमेत प्रयोग गर्छ। इसाईहरूलाई सताउन औषधी प्रयोग गर्नुपछाडिको सिसिपिको लक्ष्य एकदमै स्पष्ट छ: तिनीहरूको स्नायु प्रणालीलाई हानि पुर्याउने र मानसिक अन्योल उत्पन्न गराउने, अनि तिनीहरू दिग्भ्रमित भएको बेला तिनीहरूलाई मण्डलीको जानकारी खोल्न र परमेश्वरलाई विश्वासघात गर्नका लागि तीन बयानको पत्रमा हस्ताक्षर गर्न लगाउने। तिनीहरूको लक्ष्य यही हो। यसको माध्यमबाट, सिसिपिले तिनीहरूलाई मुख्यभूमि चीनबाट हटाउने प्रयासमा शारीरिक र मानसिक रूपमा पनि तहसनहस पार्छ, जसले गर्दा तिनीहरूलाई बाँच्नसमेत गाह्रो हुन्छ। तिनीहरूले इसाईहरूको अस्तित्वको अधिकार नै पूर्ण रूपमा खोसेका छन्। यस भागमा, हामी सिसिपिद्वारा पक्राउ परेका केही इसाईका वृत्तान्तहरू सुन्नेछौँ, र तिनीहरूले शारीरिक यातनासँगै औषधीबाट हुने कस्तो प्रकारको हानि भोगे भन्ने कुरा पत्ता लगाउनेछौँ।
00:21 मुख्य अंशहरू
03:28 चीन फर्कनेबित्तिकै ली रानलाई पक्राउ गरिन्छ र सोधपुछ गरिन्छ
10:35 गम्भीर उच्च रक्तचापका कारण हिरासतबाट जोगिएकी ली रान घर फर्किएको केही समयपछि नै भाग्छिन्
12:06 घरमा ली रानलाई पक्राउ गर्न नसकेपछि, प्रहरीले उनका श्रीमान्लाई लग्छ
16:20 विमानबाट ओर्लिनेबित्तिकै याङ् जिङ्लाई प्रहरीले केरकार र सोधपुछका लागि लग्छ
20:20 होटल क्वारेन्टाइनको दौरान, याङ् जिङ्लाई विदेशमा रहँदाको समयबारे प्रहरीले फोनमा निरन्तर दुःख दिन्छ
22:56 क्वारेन्टाइन सकिन्छ; आफ्नो गृहनगर फर्कनुअघि याङ् जिङ्लाई प्रहरीले फेरि सोधपुछ गर्छ र धम्की दिन्छ
27:20 सोधपुछबाट केही निस्कँदैन; याङ् जिङ् विमानमार्फत हेइलोङजियाङ फर्किन्छिन् र घर जाने बाटोमा सिसिपिका सुराकीहरूले उनको निगरानी गर्छन्
27:51 घर फर्केको तीन दिनपछि पक्राउ परेकी याङ् जिङ् गम्भीर बिमारीका कारण जमानतमा रिहा हुन्छिन्
35:19 स्वास्थ्यलाभ गरिरहँदा याङ् जिङ्लाई घरमै प्रहरीले पटक-पटक दुःख दिन्छ
39:11 गाउँको एक जना अधिकारीले याङ् जिङ्लाई परमेश्वरमा विश्वास गर्न छोड्ने ग्यारेन्टीको बयान लेख्न बाध्य पार्ने प्रयास गर्छ; उनी अस्वीकार गर्छिन्
43:44 अन्तिम टिप्पणीहरू
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।