इसाईहरूमाथि चिनियाँ कम्युनिस्ट पार्टीको निरङ्कुश सतावटका तथ्यहरू, भाग ११: आफ्नो आस्थामा दृढ रहेको कारण एउटी इसाईलाई पाँच वर्ष कैद गरियो
सेप्टेम्बर २०२० मा, सर्वशक्तिमान् परमेश्वरको मण्डलीलाई पूर्ण रूपमा उन्मूलन गर्न सिसिपि अधिकारीहरूले तीन-वर्षे “समग्र युद्ध” सुरु गरे। इसाईहरूको सतावट सबैभन्दा गम्भीर रहेको क्षेत्रहरूमध्ये एक, शान्दोङ प्रान्तको जिबो सहरमा, नोभेम्बर २०२० मा सिसिपि प्रहरीले गरेको एउटा सुनियोजित सामूहिक गिरफ्तारीमार्फत कम्तीमा १२० जना इसाईहरूलाई एकै दिनमा हिरासतमा लिइयो। उनीहरूलाई यातना दिँदै सोधपुछ गरियो, जबरजस्ती वैचारिक रूपान्तरणको सिकार बनाइयो, आफ्नो आस्था त्याग्नका लागि “तीन बयानको पत्र” मा हस्ताक्षर गर्न दबाब दिइयो, र क्रूरतापूर्वक यातना दिइयो वा जेल सजायसमेत सुनाइयो। हालै, हामीले सजाय भुक्तान गरी भर्खरै रिहा भएकी एक जना इसाई, लिउ छिङको अन्तर्वार्ता लियौँ। आफ्नो आस्थामा दृढ रहेको कारण उनलाई सिसिपिले पाँच वर्षको जेल सजाय सुनाएको थियो। पक्राउ पर्दा उनी मात्र २४ वर्षकी थिइन् र उनले निर्मम सतावट र अमानवीय दुर्व्यवहार भोगिन्। यस कार्यक्रममा, उनको सम्झना र वृत्तान्तबाट, हामी उनले आफ्नो आस्थामा दृढ रहेकै कारण भोग्नुपरेको अत्यन्तै पीडादायी अनुभवबारे जान्नेछौँ।
00:21 मुख्य अंशहरू
02:42 परमेश्वरमा विश्वास गरेको कारण लिउ छिङ पक्राउ
04:49 प्रहरीद्वारा लिउ छिङमाथि कुटपिट र सोधपुछ, हिरासत गृहमा जबरजस्ती मगजधुलाइको सिकार
07:51 एक महिनाभन्दा बढी समयको मगजधुलाइका लागि लिउ छिङ र १२० भन्दा बढी इसाईलाई एउटा होटेलमा बन्दी बनाइयो
13:05 आफ्नो आस्थाका कारण ५ वर्षको जेल सजाय सुनाइएकी लिउ छिङद्वारा दीर्घकालीन यातना र मगजधुलाइको सामना
16:58 यातनाको पहिलो चरण: सैनिक पाराले टुक्रुक्क बस्न बाध्य पारियो, कुटपिट गरियो, र भोकै राखियो
25:51 यातनाको दोस्रो चरण: सामूहिक कुटपिट गरियो, चिसो पानी खन्याइयो, परिवारलाई सराप्ने कुराहरू लेख्न बाध्य पारियो र सानो स्टुलमा बस्ने सजाय दिइयो
34:18 यातनाको तेस्रो चरण: टन्टलापुर घाममा सैनिक पाराले उभिन र हात हल्लाउने अभ्यास गर्न बाध्य पारियो
39:58 मगजधुलाइ र यातना असफल; लिउ छिङलाई कडा श्रम गर्न बाध्य पारियो, जसका कारण धेरै दीर्घकालीन स्वास्थ्य समस्या उत्पन्न भए
42:15 अन्तिम टिप्पणीहरू