परमेश्वरका दैनिक वचनहरू: परमेश्वरको कामलाई चिन्नु | अंश २२६
म पृथ्वीमा मेरो कामलाई त्यसको सम्पूर्णतामा प्रकट गर्दै आफ्नो अधिकार प्रयोग गर्दछु। मेरो काममा जे जति छन् ती सबै पृथ्वीमा प्रतिबिम्बित...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
बाइबलमा भएका सबै कुरा परमेश्वरले व्यक्तिगत रूपमा बोल्नुभएका वचनहरूको अभिलेख होइनन्। बाइबलमा परमेश्वरको कार्यको अघिल्ला दुई चरणहरूको अभिलेख राखिएको छ, जसमा एउटा अंश अगमवक्ताहरूको अगमवाणीको अभिलेख हो, र अर्को अंश परमेश्वरले सबै युगहरूमा प्रयोग गर्नुभएका मानिसहरूद्वारा लेखिएका अनुभव र ज्ञान हुन्। मानवीय अनुभवहरू मानवीय धारणा र ज्ञानद्वारा प्रभावित भएका हुन्छन् र यो टार्न नसकिने कुरा हो। बाइबलका धेरैजसो पुस्तकहरूमा मानवीय धारणा, मानवीय पूर्वाग्रह, र मानवका बेतुकका बोधहरू छन्। अवश्य नै, धेरैजसो वचनहरू पवित्र आत्माको अन्तर्ज्ञान र ज्योतिका परिणाम हुन्, र ती सही बुझाइहरू हुन्—तर पनि ती सत्यताको पूर्णतः सही अभिव्यक्ति हुन् भनेर भन्न सकिँदैन। कुनै चीजको बारेमा तिनीहरूको दृष्टिकोण व्यक्तिगत अनुभवबाट प्राप्त ज्ञान, वा पवित्र आत्माको अन्तर्ज्ञानबाहेक अरू केही हुँदैन। अगमवक्ताहरूका अगमवाणीहरूलाई व्यक्तिगत तवरमा परमेश्वरले निर्देशित गर्नुभएको थियो: यशैया, दानियल, एज्रा, यर्मिया र इजकिएललगायतका भविष्यवाणीहरू पवित्र आत्माको प्रत्यक्ष निर्देशनबाट आएका हुन्; यी व्यक्तिहरू द्रष्टा थिए, तिनीहरूले भविष्यवाणी गर्ने आत्मा पाएका थिए, र तिनीहरू सबै पुरानो करारका अगमवक्ताहरू थिए। व्यवस्थाको युगको दौरान, यहोवाको प्रेरणा पाएका यी व्यक्तिहरूले थुप्रै भविष्यवाणी बोले, जसलाई यहोवाले प्रत्यक्ष निर्देशन दिनुभएको थियो। अनि यहोवाले तिनीहरूमा किन काम गर्नुभयो त? किनभने इस्राएलका मानिसहरू परमेश्वरका चुनिएका मानिसहरू थिए, र अगमवक्ताहरूका कामहरू तिनीहरूको बीचमा गरिनु थियो; त्यसकारण, अगमवक्ताहरूले त्यस्ता प्रकाशहरू प्राप्त गर्न सके। वास्तवमा, तिनीहरू आफूले भने तिनीहरूलाई दिइएका परमेश्वरका प्रकाशहरू बुझ्न सकेनन्। पवित्र आत्माले तिनीहरूका मुखबाट यी शब्दहरू बोल्नुभयो ताकि भविष्यका मानिसहरूले यी कुराहरू बुझ्न सकून् र तिनीहरू वास्तवमा परमेश्वरको आत्मा, पवित्र आत्माका काम थिए, मानवबाट आएका थिएनन् र तिनीहरूलाई पवित्र आत्माको कामको पुष्टि गर्नलाई आएका थिए भनी देख्न सकून्। अनुग्रहको युगको दौरान, तिनीहरूको सट्टामा येशू आफैले यो सबै काम गर्नुभयो, र त्यसैले मानिसहरूले त्यसउप्रान्त भविष्यवाणी बोलेनन्। त्यसो भए, के येशू अगमवक्ता हुनुहुन्थ्यो? येशू निस्सन्देह, एक अगमवक्ता हुनुहुन्थ्यो, तर उहाँ प्रेरितहरूको काम गर्न पनि सक्षम हुनुहुन्थ्यो—उहाँ भविष्यवाणी बोल्न र प्रचार गर्न र देशभरिका मानिसहरूलाई सिकाउन पनि सक्नुहुन्थ्यो। यद्यपि, उहाँले गर्नुभएको काम र उहाँले प्रतिनिधित्व गर्नुभएको पहिचान उस्तै थिएन। उहाँ सबै मानवजातिलाई छुटकारा दिलाउन, मानिसलाई पापबाट छुटकारा दिलाउन आउनुभयो। उहाँ एक अगमवक्ता र प्रेरित हुनुहुन्थ्यो, तर त्यो भन्दा पनि बढी उहाँ ख्रीष्ट हुनुहुन्थ्यो। एक अगमवक्ताले भविष्यवाणी बोल्न सक्छ, तर यस्तो अगमवक्ता ख्रीष्ट हो भनी भन्न सकिदैन। त्यतिखेर, येशूले धेरै अगमवाणी बोल्नुभयो, र त्यसैले यो भन्न सकिन्छ कि उहाँ एक अगमवक्ता हुनुहुन्थ्यो, तर उहाँ अगमवक्ता हुनुभएकाले ख्रीष्ट हुनुहुन्नथ्यो भनी भन्न सकिदैन। यसको कारण के हो भने, उहाँले कामको चरण कार्यान्वयन गर्नमा परमेश्वर स्वयम्लाई प्रतिनिधित्व गर्नुभयो, र उहाँको परिचय यशैयाको भन्दा फरक थियो: उहाँ छुटकाराको काम पूरा गर्न आउनुभयो, र उहाँले मानव जीवनको लागि पनि प्रबन्ध गर्नुभयो, र परमेश्वरको आत्मा सोझै उहाँमा आउनुभयो। उहाँले गर्नुभएको काममा, परमेश्वरको आत्माबाट कुनै प्रेरणा वा यहोवाबाट निर्देशनहरू आएका थिएनन्। बरु, आत्माले नै प्रत्यक्ष रूपमा काम गर्नुभयो—यो कुरा उहाँ अगमवक्ताजस्तो हुनुहुन्न भनेर प्रमाणित गर्न पर्याप्त छ। उहाँले गर्नुभएको काम छुटकाराको काम थियो, त्यसपछि दोस्रोमा भविष्यवाणी बोल्ने काम थियो। उहाँ एक अगमवक्ता, प्रेरित हुनुहुन्थ्यो, तर त्यो भन्दा बढी उहाँ छुटकाराकर्ता हुनुहुन्थ्यो। भविष्यवाणी गर्नेहरूले भने केवल अगमवाणी बोल्न सक्थे, तर अन्य कुनै काम गर्नमा परमेश्वरको आत्माको प्रतिनिधित्व गर्न असमर्थ थिए। किनकि येशूले धेरै काम गर्नुभयो जुन पहिला कहिल्यै मानिसबाट भएको थिएन, र मानवजातिलाई छुटकारा गर्ने काम पनि गर्नुभयो, त्यसैले उहाँ यशैयालगायत भन्दा फरक हुनुहुन्थ्यो।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। बाइबल सम्बन्धमा (३)
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
म पृथ्वीमा मेरो कामलाई त्यसको सम्पूर्णतामा प्रकट गर्दै आफ्नो अधिकार प्रयोग गर्दछु। मेरो काममा जे जति छन् ती सबै पृथ्वीमा प्रतिबिम्बित...
शैतानले फेरि एकपटक अय्यूबलाई परीक्षा गर्छ (अय्यूबको शरीरभरि खटिरा निस्कन्छन्) (छनौट गरिएका खण्डहरू) क. परमेश्वरले बोल्नुभएका वचनहरू...
देहमा उहाँको काम सबैभन्दा महत्त्वपूर्ण छ, जसलाई उहाँको कामको सम्बन्धमा उल्लेख गरिन्छ र आखिरमा काम समाप्त गर्नुहुने देहधारी परमेश्वर नै...
जब मानिसहरूभित्र परमेश्वर जीवन बन्नुहुन्छ तब तुरुन्तै मानिसहरू परमेश्वरलाई त्याग्न असमर्थ हुन्छन्। के यो परमेश्वरको काम होइन र? योभन्दा...