परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश २२८

जब चम्किलो चन्द्रमा उदाउँछ, शान्तिमय रात तुरुन्तै नष्ट हुन्छ। चन्द्रमा खण्डहर अवस्थामा भए पनि मानिस आत्मिक खुसीको अवस्थामा हुन्छ, र चन्द्रमाले बनाएको सुन्दर दृश्यको प्रशंसा गर्दै चन्द्रमाको प्रकाशमुनि शान्तिपूर्वक बस्छ। मानिसले आफ्ना भावनाहरूको वर्णन गर्न सक्दैन; यस्तो लाग्छ उसले आफ्ना विचारहरू विगततिर फर्काउन चाहन्छ, मानौं ऊ भविष्यतिर हेर्न चाहन्छ, मानौं उसले वर्तमानको आनन्द लिँदैछ। उसको अनुहारमा मुस्कान देखा पर्छ, र मनोहर हावामा ताजा सुवास छरिन्छ; कोमल हावा चल्न थाल्दा मानिसले प्रचुर सुगन्ध पत्ता लगाउँछ र ऊ होसमा आउनै नसक्ने गरी त्यसमा लट्ठ परेको जस्तो देखिन्छ। यही समयमा म व्यक्तिगत रूपमा मानिसहरूमाझ आएको छु, र तिनीहरूले प्रचुर सुगन्धको तीव्र अनुभूति गर्न सक्छन्, र यसरी सबै मानिस यो सुगन्धको बीचमा जिउँछन्। मेरो र मानिसको बीचमा शान्ति छ, मानिस मसँगको मिलापमा जिउँछ, ऊ अब फेरि कहिल्यै मप्रतिको श्रद्धामा विचलित हुँदैन, अबउप्रान्त म मानिसको कमी-कमजोरीलाई काटछाँट गर्दिनँ, अब मानिसको अनुहारमा कुनै चिन्ता बाँकी छैन, अनि अब फेरि कहिल्यै पनि मृत्युले सम्पूर्ण मानवजातिलाई भयभीत बनाउँदैन। आज म मानिस सँगसँगै सजायको युगमा अगाडि बढ्दछु, उसको छेउमा रहेर अघि बढ्दछु। म मेरो काम गर्दैछु, भन्नुको अर्थ, म मानिसको माझमा मेरो लौरो प्रहार गर्दछु र त्यो मानिसको विद्रोही कुरामाथि पर्छ। मानिसको नजरमा, मेरो लौरोमा विशेष शक्ति भएको जस्तो देखिन्छ: यो ती सबैमाथि आउँछ जो मेरा शत्रु हुन् र यसले तिनीहरूलाई सहजै छोड्दैन; मेरो विरोध गर्नेहरू सबैमाझ यो लौरोले अन्तर्निहित काम गर्दछ; मेरो हातमा हुनेहरू सबैले मेरो अभिप्रायअनुसार आफ्नो कर्तव्य पूरा गर्छन्, र तिनीहरूले कहिल्यै मेरा इच्छाहरूलाई उल्लङ्घन गरेका छैनन् वा आफ्नो सारलाई बदलेका छैनन्। फलस्वरूप, पानीहरू गर्जनेछ, पहाडहरू ढल्नेछन्, ठूलठूला नदीहरू भङ्गालिनेछन्, मानिसलाई सधैँ परिवर्तन हुन दिइन्छ, सूर्य मधुरो हुँदैजानेछ, चन्द्रमा अँध्यारो हुनेछ, मानिसको निम्ति शान्तिमा जिउने धेरै दिन हुँदैन, भूमिमा फेरि कहिल्यै अरू शान्तिको समय हुनेछैन, स्वर्ग फेरि कहिल्यै शान्त र मौन रहनेछैन, र अझ धेरै सहनेछैन। सबै थोक नवीकरण हुनेछन् र तिनीहरूले आफ्‍नो मूल स्वरूप फेरि प्राप्त गर्नेछन्। पृथ्वीका सबै परिवार भत्कनेछन्, र पृथ्वीका सबै जातिलाई च्यातेर टुक्रा-टुक्रा पारिनेछ; पति र पत्नी बीच पुनर्मिलनको दिन हुनेछैन, आमा र छोरा फेरि कहिल्यै भेट्नेछैनन्, फेरि कहिल्यै बाबु र छोरीको भेट हुनेछैन। पृथ्वीमा जे हुने गर्थे ती सबैलाई म नष्ट पार्नेछु। म मानिसहरूलाई उनीहरूका भावनाहरू व्यक्त गर्ने अवसर दिँदिनँ, किनकि म भावनाविहीन छु, र मानिसहरूका भावनाहरूलाई हदैसम्म घृणा गर्ने बनेको छु। मानिसहरूबीचका भावनाहरूको कारण नै म एकातिर पन्साइएको छु, र यसैले म तिनीहरूका आँखामा “अरू” भएको छु; मानिसहरूबीचका भावनाहरूकै कारण मलाई बिर्सिइएको छ; मानिसहरूका भावनाहरूको कारणले नै उसले आफ्नो “अन्तस्करण” चुन्ने मौका पाउँदछ; मानिसहरूका भावनाहरूको कारणले नै ऊ सधैँ मेरो ताडनाबाट दिक्क हुन्छ; मानिसहरूका भावनाहरूको कारणले नै उसले मलाई अनुचित र अन्यायपूर्ण भन्छ, र परिस्थितिहरूको सामना गर्दा मैले मानिसहरूका भावनाहरूमा ध्यान दिँदिनँ भन्छ। के मेरो पनि पृथ्वीमा आफन्त छन्? मैले जस्तो खाने र पिउने कुरामा ध्यान नदिई कसले मेरो सम्पूर्ण व्यवस्थापन योजनाको निम्ति दिन र रात काम गरेको छ? मानिस कसरी परमेश्‍वरसित तुलनायोग्य हुन सक्छ? मानिस कसरी परमेश्‍वरसित मिल्‍न सक्छ? सृष्टि गर्नुहुने परमेश्‍वर कसरी सृष्टि गरिएको मानिससँग उस्तै प्रकारको हुन सक्नुहुन्छ? मैले कसरी सधैँ पृथ्वीमा मानिससँग बस्न र व्यवहार गर्न सक्छु? मेरो हृदयको चिन्ता कसले महसुस गर्न सक्छ? के त्यसो गर्न सक्ने मानिसका प्रार्थनाहरू हुन्? म एक पटक मानिसमाझ सामेल हुन र उसको साथमा हिँड्न राजी भएँ—अनि हो, आजको दिनसम्म मानिस मेरो वास्ता र सुरक्षामा बाँचिरहेको छ, तर के त्यस्तो दिन कहिल्यै आउनेछ जब मानिसले मेरो वास्ताबाट आफैलाई अलग गर्न सक्छ? मानिसले कहिल्यै पनि मेरो मनको चिन्ता लिएको छैन, तैपनि उज्यालोबिनाको देशमा को जीवित रहिरहन सक्छ? मेरो आशिष्‌को कारण मात्र मानिस आजको दिनसम्म बाँचेको छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डलाई परमेश्‍वरका वचनहरू, अध्याय २८

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३४०

तिमीहरूको विश्‍वास अत्यन्तै सुन्दर छ; तिमीहरू मेरो कामको खातिर आफ्नो सम्पूर्ण जीवनकाल समर्पित गर्न र यसको खातिर आफ्नो जीवन बलिदान गर्न...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ५२

परमेश्‍वरले अय्यूबलाई शैतानको हातमा सुम्पनुभएको तथ्य र परमेश्‍वरको कामका उद्देश्यबीच रहेको सम्बन्ध अधिकांश मानिसले अब अय्यूब सिद्ध र सोझो...

परमेश्‍वरका दैनिक वचनहरू: कार्यका तीन चरणहरू | अंश ३७

परमेश्‍वरले सारा ब्रह्माण्डभरि उहाँको काम गर्नुहुन्छ। उहाँमा विश्‍वास गर्नेहरू सबैले उहाँको वचनलाई स्वीकार गर्नुपर्छ, अनि उहाँको वचन खानु र...