परमेश्वरका दैनिक वचनहरू: गन्तव्य र परिणामहरू | अंश ६०५
जो मानिसहरू प्रगति गर्ने कोसिस गर्दैनन् तिनीहरू अरू पनि तिनीहरूजस्तै नकारात्मक र अल्छी होस् भन्ने चाहन्छन्। सत्यको अभ्यास नगर्नेहरूले...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
मेरो आत्माले महान् कार्य गर्ने समय, र अन्यजातिहरूमा मैले मेरो कार्य सुरु गर्ने समय अहिले नै हो। त्योभन्दा बढी, यो त्यो समय हो जब म सृष्टि गरिएका सबै प्राणीहरू प्रत्येकलाई त्यसको यथाक्रम श्रेणीमा राख्दै वर्गीकरण गर्छु, ताकि मेरो काम अझ छिटोछरितो र प्रभावकारी ढङ्गले अगाडि बढ्न सकोस्। त्यसैले, म तिमीहरूलाई के भन्छु भने अझै पनि तैँले आफ्नो सम्पूर्णतालाई मेरा सबै काममा अर्पण गर्, अनि, यसको साथै, मैले तँमा गरेका मेरा सबै कामलाई तैँले स्पष्ट रूपमा छुट्या र निश्चित बन, र तैँले आफ्नो सम्पूर्ण शक्ति मेरो काममा लगा, ताकि यो अधिक प्रभावशाली बन्न सकोस्। यो कुरा तैँले बुझ्नुपर्छ। आपसमा झगडा गर्ने, पछि हट्ने बाटो खोज्ने, वा शारीरिक सुख-विलासहरू खोज्ने जस्ता कार्यहरूबाट टाढा बस्, जसले मेरो कामलाई सुस्त गर्छ, र तेरो सुन्दर भविष्यलाई सुस्त गर्छ। तँलाई जोगाउनु त कता हो कता, यस्ता कार्यले तँमाथि विनाश निम्त्याउनेछ। के यो तेरो मूर्खता हुनेछैन र? तँ आज लोभिएर जुन खुसीमा भुल्छस्, तेरो भविष्यलाई बिगार्ने त्यही कुरा हो, जबकी तैँले जुन दुःख आज भोग्छस्, तेरो रक्षा गर्ने त्यही कुरा हो। तँ यी चीजहरूका बारे स्पष्ट रूपमा सजग हुनुपर्छ, ताकि कडा परिश्रम गरेर पनि आफूलाई उम्काउन कठिन हुने परीक्षाको सिकार हुनबाट तँ जोगिन सक्, र भूललाई घाम नै देख्न नसकिने बाक्लो कुहिरोभित्र लुकाउने कार्यबाट पछि हट्न सक्। जब बाक्लो कुहिरो हट्छ, तैँले आफैलाई न्यायको महान् दिनमा रहेको पाउनेछस्। त्यस समयसम्म, मेरो दिन मानिस जातिको नजिक आउँदै गरेको हुनेछ। तँ कसरी मेरो न्यायबाट उम्कनेछस्? तैँले कसरी सूर्यको चर्को तापलाई सहन सक्नेछस्? जब म मानिसलाई मेरो प्रशस्तता दिन्छु, उसले यसलाई आफ्नो छातीमा कदर गरी राख्दैन, तर यसलाई कसैले पनि नदेख्ने ठाउँमा फाल्छ। जब मेरो दिन मानिसमाथि आउँछ, उसले उप्रान्त मेरो प्रशस्तता पत्ता लगाउन सक्दैन, वा धेरै अघि मैले उसलाई भनेका सत्यका तीता वचनहरू भेट्टाउन सक्दैन। ऊ विलाप गर्नेछ र रुनेछ, किनभने उसले ज्योतिको उज्यालो गुमाइसकेको हुन्छ र ऊ अन्धकारमा फसिसकेको हुन्छ। आज तिमीहरूले जे देख्दैछौ त्यो मेरो मुखको धारिलो तरबार मात्र हो। तिमीहरूले मेरो हातमा भएको डन्डा वा मानिसलाई जलाउने आगोको ज्वाला देखेका छैनौ, र यसैले मेरो उपस्थितिमा तिमीहरू अझै पनि अहङ्कारी र असंयमित छौ। यसैले तिमीहरूको मानवीय जिब्रोले मेरो मुखबाट निस्केका कुराहरूसँग बहस गर्दै तिमीहरू अझै मसँग मेरो घरमा झगडा गर्छौ। मानिस मसँग डराउँदैन, र उसले आफूलाई आज पनि मसँगको दुस्मनीमा खडा गरेको भए तापनि, ऊ कुनै त्रास बिना नै रहन्छ। तिमीहरूको मुखमा अधर्मी जिब्रो र दाँतहरू छन्। तिमीहरूको वचन र व्यवहार सर्पका जस्ता छन् जसले हव्वालाई पाप गर्न लोभ्यायो। तिमीहरूले एक-अर्काबाट आँखाको बदला आँखा र दाँतको बदला दाँत माग गर्छौ, र तिमीहरूले मेरो उपस्थितिमा आफ्नै लागि पद, प्रतिष्ठा, फाइदाको लागि सङ्घर्ष गर्छौ, तर पनि तिमीलाई थाहा छैन, कि मैले तिमीहरूको वचन र व्यवहार गोप्य रूपमा हेर्दैछु। तिमीहरू मेरो उपस्थितिमा आउनुभन्दा पहिले नै, मैले तिमीहरूको हृदयको भित्री आवाजलाई सुनिसकेको छु। मानिस जहिले पनि मेरो हातको पकडबाट उम्कन र मेरो नजरको अवलोकनबाट भाग्न चाहन्छ, तर म उसका वचनहरू वा व्यवहारहरूबाट कहिल्यै पछि हटिँन। यसको सट्टामा, मैले उद्देश्यपूर्ण रूपमा ती वचनहरू वा व्यवहारहरूलाई मेरो नजरमा प्रवेश गर्न दिन्छु, ताकि मैले मानिसको अधर्मको सजाय दिन सकूँ र उसको विद्रोहमाथि न्याय कार्यान्वयन गर्न सकूँ। यसरी, मानिसका गोप्य वचनहरू वा व्यवहारहरू सधैँ मेरो न्याय आसनको अगाडि रहन्छन्, र मेरो न्यायले मानिसलाई कहिल्यै छोडेको छैन, किनकि उसको विद्रोह एकदमै धेरै छ। मेरो काम भनेको मेरो आत्माको उपस्थितिमा बोलिएका र गरिएका मानिसका वचनहरू र व्यवहारहरूलाई जलाउनु र शुद्ध पार्नु हो। यस प्रकारले, जब म पृथ्वी छोड्छु, मानिसहरूले पृथ्वीमा मेरा कामहरू पूर्ण नहुन्जेलसम्मै त्यसलाई जारी राख्दै अझै पनि मप्रति आफ्नो बफादारीता कायम राख्नेछन्, र अझै पनि मेरा पवित्र सेवकहरूले मेरो काममा सेवा गरेजस्तै गरी सेवा गर्नेछन्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सुसमाचार फैलाउने काम पनि मानिसलाई मुक्ति दिने काम नै हो
जो मानिसहरू प्रगति गर्ने कोसिस गर्दैनन् तिनीहरू अरू पनि तिनीहरूजस्तै नकारात्मक र अल्छी होस् भन्ने चाहन्छन्। सत्यको अभ्यास नगर्नेहरूले...
मेरा नजरमा, मानिस सबै थोकको शासक हो। मैले उसलाई पृथ्वीमा सबै थोक व्यवस्थापन गर्न दिएर कम मात्रामा अख्तियार दिएको छैन—हिमालका घाँसलाई,...
पूर्ण रूपमा मेरो आज्ञापालन गर्न नसक्ने व्यवहार विश्वासघात हो। मप्रति निष्ठावान् हुन नसक्ने व्यवहार विश्वासघात हो। मप्रति छल गर्ने र मलाई...
मत्ती १२:१ त्यस बेला येशू शबाथको दिन गहुँ बारी भएर जानुभयो; अनि उहाँका चेलाहरू भोकाए र गहुँका बालाहरू टिपेर खान थाले। मत्ती १२:६-८ तर म...