परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश २१०

आखिरी दिनहरू आइपुगेका छन् र विश्‍वभरिका देशहरू गोलमालमा छन्। राजनीतिक अस्तव्यस्तता छ, अनिकाल, रूढी, बाढी-पहिरो र खडेरी जताततै देखा परेको छ। मानिसको संसारमा विनाश आएको छ; स्वर्गले पनि विपत्ति पठाएको छ। यी आखिरी दिनका चिन्‍हहरू हुन्। तर मानिसहरूका लागि त, यो संसार भव्य र सानदार छ भन्‍ने देखिन्छ; यो झन्-झन् बढी त्यस्तै हुँदैछ, मानिसहरूका सारा हृदय यसप्रति तानिन्छ, र धेरै मानिसहरू यसमा फसेका छन् र आफैलाई यसबाट मुक्त गर्न सक्दैनन्; धेरै सङ्ख्याका मानिसहरूलाई चलाकी र जादुगरीमा संलग्‍न हुनेहरूले मोहित तुल्याउनेछन्। यदि तँ प्रगतिको लागि प्रयास गर्दैनस्, आदर्शहरू विहीन छस्, र आफैलाई साँचो मार्गमा बसालेको छैनस् भने, तँलाई पापको बढ्दो छालले बगाइदिनेछ। सबै देशहरूमध्ये चीन सबैभन्दा पिछडिएको देश हो; यो त्यो देश हो जहाँ ठूलो रातो अजिङ्गर गुँडुल्केर बस्छ, यसमा मूर्तिपूजा गर्ने र जादू-मन्‍त्र गर्ने धेरै मानिसहरू छन्, यहाँ धेरै मन्दिरहरू छन्, र यो फोहोर भूतात्माहरू बास बस्‍ने ठाउँ हो। तँ यहीँ जन्मेको थिइस्, तैँले यसबाट शिक्षा पाइस् र त्यसको प्रभावमा परिस्; तँ त्यसद्वारा भ्रष्ट पारिएको र सताइएको छस्, तर बिउँझिएपछि तैँले त्यसलाई त्याग्छस् र परमेश्‍वरद्वारा पूर्ण रूपमा प्राप्त गरिन्छस्। यो परमेश्‍वरको महिमा हो, र यसैले कामको यस चरणको ठूलो महत्त्व छ। परमेश्‍वरले यत्रो ठूलो काम गर्नुभएको छ, यति धेरै वचनहरू बोल्नुभएको छ, र उहाँले आखिरमा तिमीहरूलाई पूर्ण रूपमा प्राप्त गर्नुहुनेछ—यो परमेश्‍वरको व्यवस्थापनको कामको एउटा हिस्सा हो, र तिमीहरू शैतानसँगको परमेश्‍वरको लडाइँका “विजय गरी लुटिएका थोकहरू” हौ। तैँले सत्यलाई जति धेरै बुझ्छस् र तेरो मण्डली जीवन जति राम्रो हुन्छ, त्यो ठूलो रातो अजिङ्गरलाई त्यति नै बढी घुँडा टेकाइन्छ। यी सबै आत्मिक संसारका विषयहरू हुन्—ती आत्मिक संसारका लडाइँहरू हुन्, र जब परमेश्‍वर विजयी हुनुहुनेछ, शैतान लज्जित हुनेछ र ढल्‍नेछ। परमेश्‍वरको कामको यस चरणको ठूलो महत्त्व छ। परमेश्‍वर यस्तो वृहत् काम गर्नुहुन्छ र मानिसहरूको यो समूहलाई पूर्ण रूपमा मुक्ति दिनुहुन्छ, ताकि तैँले शैतानको प्रभावबाट मुक्त हुन, पवित्र भूमिमा बस्न, परमेश्‍वरको ज्योतिमा रहन, र ज्योतिको नेतृत्व र अगुवाइ पाउन सक्छस्। अनि त्यसपछि तेरो जीवनको अर्थ हुन्छ। तिमीहरूले जे खान्छौ र पहिरिन्छौ त्यो अविश्‍वासीहरूको भन्दा फरक हुन्छ; तिमीहरूलाई परमेश्‍वरका वचनहरूमा आनन्द लाग्छ, र तिमीहरू अर्थपूर्ण जीवन जिउँछौ—र तिनीहरू कुन कुरामा रमाउँछन्? तिनीहरूले केवल आफ्ना “पुर्ख्यौली सम्पदा” र “राष्ट्रिय भावना” मा आनन्द मनाउँछन्। तिनीहरूसँग मानवताको छाप रत्तीभर पनि हुँदैन! तिमीहरूका वस्त्र, बोलीवचन र कार्यहरू उनीहरूको भन्दा फरक छन्। आखिरमा, तिमीहरू पूर्ण रूपमा फोहोरबाट उम्‍कनेछौ, अब उप्रान्त शैतानको परीक्षाको पासोमा फस्नेछैनौ, र परमेश्‍वरको दैनिक प्रबन्ध प्राप्त गर्नेछौ। तिमीहरू सधैँ सतर्क हुनुपर्दछ। तिमीहरू फोहोर ठाउँमा बसे पनि तिमीहरूलाई फोहोरको दाग लागेको छैन र तिमीहरू परमेश्‍वरको महान् सुरक्षा पाउँदै उहाँको छेउमा जिउन सक्छौ। परमेश्‍वरले तिमीहरूलाई पहेँलो देशका सबै मानिसहरू मध्येबाट चुन्नुभएको छ। के तिमीहरू सबैभन्दा धन्य व्यक्तिहरू होइनौ र? तँ एक सृष्टि गरिएको प्राणी होस्—तैँले अवश्य पनि परमेश्‍वरको आराधना गर्नुपर्छ र अर्थपूर्ण जीवनको खोजी गर्नुपर्छ। यदि तैँले परमेश्‍वरको आराधना गर्दैनस् तर तेरो आफ्नै फोहोर देहमा जिउँछस् भने, के तँ मानिसको वस्त्र धारण गरेको पशु हुँदैनस् र? तँ एक मानिस भएकोले तैँले आफैलाई परमेश्‍वरका निम्ति समर्पित गर्नुपर्छ र सबै दुःखहरू भोग्नुपर्छ। तँ आज जुन सानो दुःखमा परेको छस् त्यसलाई तैँले खुसी र दृढतासाथ स्वीकार गर्नुपर्छ, अनि अय्यूब र पत्रुसले जस्तो एक अर्थपूर्ण जीवन जिउनुपर्छ। यस संसारमा, मानिसले शैतानको वस्त्र लगाउँछ, शैतानबाट लिएर खान्छ, र शैतानकै फोहोरमा कुल्चीमिल्ची भई त्यसकै हुकुममा रही काम र सेवा गर्दछ। यदि तैँले जीवनको अर्थ बुझ्दैनस् वा साँचो मार्ग प्राप्त गर्दैनस् भने, यस्तो प्रकारले जिउनुको के महत्त्व हुन्छ र? तिमीहरू त्यस्ता मानिसहरू हौ जसले सही मार्गलाई पछ्याउँछन्, जसले सुधारका खोजी गर्छन्। तिमीहरू त्यस्ता मानिसहरू हौ जो ठूलो रातो अजिङ्गरको देशमा खडा हुन्छन्, जसलाई परमेश्‍वरले धर्मी भन्नुहुन्छ। के त्यो सबैभन्दा अर्थपूर्ण जीवन होइन र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अभ्यास (२)

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश २२५

राज्यको निर्माण औपचारिक रूपमा सुरु भइसकेको भए पनि, त्यो राज्यको औपचारिक सलामी गुञ्जन अझै बाँकी छ; अब यो पछि हुनआउने कुराको एउटा अगमवाणी...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १६९

परमेश्‍वरले अस्तित्वमा रहने हरेक थोकको सृष्टि गर्नुभयो, र उहाँ अस्तित्वमा रहने हरेक थोकमाथि सार्वभौम हुनुहुन्छ; उहाँले यी सबै थोकको...

परमेश्‍वरका दैनिक वचनहरू: गन्तव्य र परिणामहरू | अंश ६१२

न्याय के हो र सत्यता के हो भनी के तँ अब बुझ्‍छस्? यदि बुझ्छस् भने, न्याय पाउनका लागि तैँले आज्ञाकारितासाथ आफैलाई समर्पण गर् भनी म तँलाई...

परमेश्‍वरका दैनिक वचनहरू: गन्तव्य र परिणामहरू | अंश ६१०

मलाई एकदमै धेरै आशा छ। म आशा गर्दछु कि तिमीहरूले उचित र शिष्ट तवरले व्यवहार गर्छौ, विश्‍वसनीय रूपले आफ्नो कर्तव्य पूरा गर्छौ, सत्यता र...