परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश २०५

तिमीहरूले आफ्‍ना सबै कुराहरू मेरो कामको लागि समर्पण गर्नुपर्छ। तिमीहरूले मलाई फाइदा हुने काम गर्नुपर्छ। तिमीहरूमा अभाव भएका कुराहरू मबाट प्राप्त गर्न सक भनेर तिमीहरूले नबुझ्‍ने सबै कुराहरू तिमीहरूलाई बुझाउन म तयार छु। तिमीहरूका कमी-कमजोरीहरू गन्‍न नै नसकिने भए तापनि तिमीहरूले मबाट लाभ प्राप्त गर्न सक र तिमीहरूमा अभाव रहेको र संसारले कहिले पनि नदेखेको महिमा प्राप्त गर्न सक भनेर मेरो अन्तिम दया म तिमीहरूलाई दिँदै मैले तिमीहरूमा गर्नुपर्ने काम जारी राख्‍न म तयार छु। मैले यति धेरै वर्ष काम गरेँ तापनि कुनै पनि मानिसले मलाई चिनेको छैन। मैले कसैलाई पनि नभनेको रहस्यको कुरा म तिमीहरूलाई बताउने इच्छा गर्दछु।

मानिसहरूको बीचमा म आत्मा थिएँ जसलाई तिनीहरूले देख्‍न सकेनन्, त्यो आत्मा जससँग तिनीहरू कहिल्यै संलग्‍न हुन सकेनन्। पृथ्वीमा मेरो तिन चरणको काम (संसारको सृष्टि, छुटकारा र नाश) को कारण, तिनीहरूको माझमा मेरो काम गर्न म तिनीहरूकहाँ विभिन्‍न समयमा देखा पर्छु (सार्वजनिक रूपमा होइन)। छुटकाराको युगको समयमा म पहिलो पटक मानिसहरूको बीचमा आएँ। यो निश्‍चित हो कि, म यहूदी परिवारमा आएँ, यसैले परमेश्‍वर संसारमा आएको पहिलो पटक देख्‍ने मानिसहरू यहूदीहरू नै थिए। मेरो देहधारी शरीरलाई छुटकाराको निम्ति पाप बलीको रूपमा प्रयोग गर्न मैले चाहेको कारणले नै मैले यो काम व्यक्तिगत रूपमा गरेको हुँ। यसैले, अनुग्रहको युगमा मलाई पहिलो पटक देख्‍ने यहूदीहरू नै हुन्। मैले शरीरमा काम गरेको पहिलो पटक त्यही नै थियो। राज्यको युगमा मेरो काम भनेको विजय गर्नु र सिद्ध गर्नु हो, यसैले म फेरि मेरो गोठालाको काम शरीरमा नै गर्छु। मैले शरीरमा काम गरेको यो दोस्रो पटक हो। अन्तिम दुई चरणका काममा, मानिसहरू नदेखिने र अमूर्त आत्मासँग होइन तर त्यस्तो व्यक्तिसँग संलग्‍न हुन्छन् जो देहमा प्रकट हुनुभएका आत्मा हुनुहुन्छ। यसैले मानिसको आँखामा म फेरि मानव बन्छु, जसमा परमेश्‍वरको कुनै रूप र अनुभूति हुँदैन। यसबाहेक मानिसहरूले देख्‍ने परमेश्‍वर पुरुष मात्र होइन, तर महिला पनि हो, जुन तिनीहरूका लागि अचम्‍मको र छक्क पार्ने कुरा हो। समय समयमा, मेरो असाधारण कामले धेरै वर्षदेखि गरिएका पुराना विश्‍वासहरूलाई चकनाचूर पारेको छ। मानिसहरू छक्क पर्छन्! परमेश्‍वर पवित्र आत्मा अर्थात् सात गुणा तीव्र आत्मा वा सबै कुरालाई समेट्ने आत्मा मात्र हुनुहुन्‍न, तर एक साधारण अर्थात् अत्यन्तै साधारण मनुष्य पनि हुनुहुन्छ। उहाँ पुरुष मात्र नभएर स्त्री पनि हुनुहुन्छ। तिनीहरू उस्तै हुन् किनकि ती दुबै मानिसहरू हुन् र फरक यति मात्र हो कि एक जना पवित्र आत्माद्वारा गर्भमा आउनुभयो भने अर्कोचाहिँ मानिसद्वारा, तथापि उहाँ आत्माद्वारा सीधै आउनुभएको हो। दुबै जना उस्तै हुनुहुन्छ किनकि दुबैले परमेश्‍वर पिताको काम गर्ने देहधारी शरीरका परमेश्‍वर हुनुहुन्छ, उहाँहरू बीचको फरक यही हो कि एक जनाले छुटकाराको काम गर्नुभयो भने अर्कोले विजयको काम गर्नुहुन्छ। दुबैले परमेश्‍वर पिताको प्रतिनिधित्व गर्नुहुन्छ, तर एक प्रेम र दयाले भरिएको उद्धारक हुनुहुन्छ भने अर्कोचाहिँ क्रोध र न्यायले भरपूर धार्मिकताका परमेश्‍वर हुनुहुन्छ। एक छुटकाराको काम सुरुवात गर्ने सर्वोच्च सेनापति हुनुहुन्छ भने अर्को विजयको काम पूरा गर्ने धार्मिकताका परमेश्‍वर हुनुहुन्छ। एक जना सुरु हुनुहुन्छ भने अर्को अन्त्य। एक जना पापरहितको शरीर हुनुहुन्छ भने अर्को छुटकाराको कामलाई पूरा गर्ने, कामलाई जारी राख्‍ने र कहिले पनि पाप नगर्ने शरीर हुनुहुन्छ। दुबै छुट्टाछुट्टै शरीरमा बास गर्ने, छुट्टै ठाउँमा जन्म लिनुभएका र हजारौँ वर्षको अन्तरमा आउनुभएका एउटै आत्मा हुनुहुन्छ। यद्यपि उहाँहरूको काम एक-अर्कामा परिपूरक छ, कुनै द्वन्द्व नभएको र एउटै सासमा भन्‍न सकिने किसिमको छ। दुवै मानिसहरू हुनुहुन्छ तर एउटाचाहिँ छोरा र अर्कोचाहिँ शिशु छोरी हुनुहुन्थ्यो। यतिका वर्षसम्म मानिसहरूले आत्मा र मानिस अर्थात् पुरुषलाई मात्र होइन, तर मानव धारणाहरूसँग मेल नखाने धेरै कुराहरू पनि देखे, यसरी मानिसहरूले मलाई कहिले पनि पूर्ण रूपमा बुझ्‍न सक्दैनन्। तिनीहरूले मलाई कहिले अस्तित्वमा रहेको जस्तो त कहिले भ्रमात्मक सपना जस्तो आधा विश्‍वास गर्छन् र आधा शङ्का गर्छन्, आजको दिनसम्म पनि मानिसहरूले परमेश्‍वर के हुनुहुन्छ भनेर जान्दैनन्। के तँ एउटा सामान्य वाक्यमा मेरो बारेमा बताउन सक्छस्? के तैँले, “येशू अरू कोही नभएर परमेश्‍वर नै हुनुहुन्छ र परमेश्‍वर अरू कोही नभएर येशू नै हुनुहुन्छ” भन्‍ने हिम्मत गर्न सक्छस्? के तँ साँच्चै “परमेश्‍वर अरू कोही नभएर आत्मा हुनुहुन्छ र आत्मा अरू कोही नभएर परमेश्‍वर नै हुनुहुन्छ” भन्‍ने हिम्मत गर्छस्? के तँ “परमेश्‍वर देहको भेसमा आउनुभएको मानव मात्र हुनुहुन्छ” भन्‍ने हिम्मत गर्न सक्छस्? के तँमा साँच्‍चै “येशूमा भएको स्वरूप परमेश्‍वरको महान् स्वरूप हो” भन्‍ने हिम्मत छ? परमेश्‍वरको स्वभाव र स्वरूपको बारेमा पूर्ण रूपमा वर्णन गर्नको निम्ति के तँ आफ्नो वाक्पटुताको प्रयोग गर्न सक्छस्? के तँ “परमेश्‍वरले आफ्नो स्वरूपमा पुरुषलाई मात्र बनाउनुभयो, महिलालाई होइन” भन्‍ने हिम्मत गर्न सक्छस्? यदि तैँले यसो भनिस् भने कुनै पनि महिला मैले चुनिएका भित्र पर्दैनन्, महिलाहरू मानवजातिको एक वर्ग हुनु त परै जाओस्। अब परमेश्‍वर के हुनुहुन्छ भन्‍ने कुरा तँलाई साँच्चै थाहा छ? के परमेश्‍वर मानव हुनुहुन्छ? के परमेश्‍वर आत्मा हुनुहुन्छ? के परमेश्‍वर साँच्चै पुरुष हुनुहुन्छ? के मैले गर्ने काम येशूले मात्र गर्न सक्‍नुहुन्छ? यदि मेरो सारको बारेमा बताउन माथिका मध्ये कुनै एउटाको मात्रै छनौट गरिस् भने, तँ एकदमै अनजान वफादार विश्‍वासी हौ। यदि मैले एक पटक मात्र शरीर धारण गरेर काम गरेँ भने के तँ मलाई सीमित बनाउँछस्? के तैँले मलाई एक झलक हेरेर नै पूर्ण रूपमा बुझ्‍न सक्छस्? तेरो जीवनकालमा तैँले देखेका र भोगेका कुराहरूकै आधारमा मेरो बारेमा पूर्ण रूपमा बताउन सक्छस्? यदि मेरा दुबै देहधारणहरूमा मैले एउटै किसिमका काम गरेको भए तैँले मलाई कसरी बुझ्थिस्? के तँ मलाई क्रूसमा सधैँको निम्ति काँटी ठोकेर राख्छस्? के परमेश्‍वर तैँले दाबी गरे जस्तै साधारण हुनुहुन्छ?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको बारेमा तेरो बुझाइ के छ?

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: गन्तव्य र परिणामहरू | अंश ६१०

मलाई एकदमै धेरै आशा छ। म आशा गर्दछु कि तिमीहरूले उचित र शिष्ट तवरले व्यवहार गर्छौ, विश्‍वसनीय रूपले आफ्नो कर्तव्य पूरा गर्छौ, सत्यता र...

परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३४७

तिमीहरूको देह, तिमीहरूको असाधारण इच्छा, तिमीहरूको लोभ र तिमीहरूको कामवासनाले तिमीहरूमा गहिरो रूपमा जरा गाडेको छ। यी कुराहरूले तिमीहरूको...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ५२८

सिद्ध पारिनुपर्नेहरूका लागि, विजय गरिने कार्यको यो चरण अपरिहार्य छ; मानिसलाई विजय गरिएपछि मात्र उसले सिद्ध पारिने कार्य अनुभव गर्न सक्छ।...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ७५

येशूले पाँच हजारलाई खुवाउनुहुन्छ यूहन्‍ना ६:८-१३ उहाँका चेलाहरूमध्ये एक, सिमोन पत्रुसका भाइ अन्द्रियासले उहाँलाई भने, यहाँ एउटा केटो छ,...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्