परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश २०३

सिद्ध बनाइनु भनेको के हो? जितिनु भनेको के हो? मानिसहरूलाई जित्नका निम्ति कुन मापदण्डहरू पूरा हुनुपर्दछ? र तिनीहरूलाई सिद्ध बनाउनका निम्ति कुन मापदण्डहरू पूरा गर्नुपर्दछ? जित्नु र सिद्ध बनाउनु दुवै नै मानिसलाई पूर्ण बनाउने उद्देश्यका निम्ति हो, यसैले कि ऊ फेरि आफ्नो सुरुको स्वरूपमा फर्कन सकोस्, उसको भ्रष्ट शैतानिक स्वभाव र शैतानको प्रभावबाट स्वतन्त्र हुन सकोस्। यो विजय मानिसको कामको प्रक्रियामा सुरुमा नै आउँछ; वास्तवमा, कामको पहिलो चरण यही नै हो। सिद्ध बनाउनु दोस्रो चरण हो, र यो अन्तिम कार्य हो। प्रत्येक मानिस जितिने प्रक्रियाबाट भएर जानुपर्छ। नत्र भने, तिनीहरूसित परमेश्‍वरलाई चिन्ने कुनै उपाय हुने थिएन, न त तिनीहरूले परमेश्‍वर हुनुहुन्छ, भनेर नै थाहा पाउनेथिए, भन्नुको अर्थ, तिनीहरूका निम्ति परमेश्‍वरलाई स्वीकार गर्न असम्भव हुनेथियो। र यदि मानिसहरूले परमेश्‍वरलाई स्वीकार गर्दैनन् भने, तिनीहरू परमेश्‍वरद्वारा पूर्ण बनाइनु पनि असम्भव हुन्छ, किनकि तैँले यो पूर्णताका मापदण्डहरू पूरा गरेको हुँदैनस्। यदि तैँले परमेश्‍वरलाई स्वीकार गर्दैनस् भने, तैँले उहाँलाई कसरी चिन्न सक्छस्? तँ कसरी उहाँको पछि लाग्न सक्छस्? तैँले उहाँको गवाही पनि दिन सक्नेछैनस्, र तँसित उहाँलाई सन्तुष्ट पार्ने विश्‍वास हुने कुरा त परै जाओस्। यसकारण, पूर्ण हुन चाहने जोकोहीको लागि पहिलो चरण भनेको विजयको कामबाट भएर जानुपर्छ। पहिलो सर्त यही नै हो। जित्ने र सिद्ध बनाउने, दुवै मानिसहरूमा काम गर्दै तिनीहरूलाई परिवर्तन गर्नका निम्ति हो, प्रत्येक मानिसलाई प्रबन्ध गर्ने कामको हिस्सा हो। कसैलाई पूर्ण बनाउन यी दुवै चरणहरू आवश्यक हुन्छन्, र ती कुनैलाई पनि बेवास्ता गर्न सकिँदैन। “जितिनु” भन्ने कुरा त्यत्ति राम्रो सुनिँदैन भन्‍ने कुरा साँचो हो, तर वास्तवमा, कसैलाई जित्ने प्रक्रिया भनेको तिनीहरूलाई परिवर्तन गर्ने प्रक्रिया नै हो। तँलाई जितिएपछि पनि तेरो भ्रष्ट स्वभाव पूर्ण रूपमा मेटिएको नहुन सक्छ, तर तैंले त्यो जानेको हुनेछस्। विजयको कामद्वारा, तैँले आफ्नो तुच्छ मानवता, साथै तेरा आफ्नै धेरै वटा अनाज्ञाकारिता जान्न सक्नेछस्। विजयको कार्यको छोटो अवधिमा तैँले यी कुराहरू त्याग्न वा परिवर्तन गर्न नसक्‍ने भए पनि तैँले ती कुराहरूलाई जान्‍नेछस् र त्यसले तेरो सिद्धताका लागि जग बसाल्नेछन्। त्यस्तै गरी, जितिने र सिद्ध पार्ने दुवै काम मानिसलाई परिवर्तन गर्न, तिनीहरूका भ्रष्ट शैतानिक स्वभावहरूबाट छुटकारा दिनको लागि गरिन्छ, यसरी तिनीहरूले आफैलाई पूर्ण रूपमा परमेश्‍वरमा समर्पण गर्न सक्छन्। विजय गरिनु भनेको मानिसहरूको स्वभाव परिवर्तन गर्ने कार्यको पहिलो चरण मात्रै हो साथै मानिसहरूले आफैलाई परमेश्‍वरमा पूर्ण रूपमा समर्पण गर्नुको पहिलो चरण हो अनि यो सिद्ध हुने चरणभन्दा तलको हुन्छ। जितिएको व्यक्तिको जीवनको स्वभाव सिद्ध पारिएको व्यक्तिको भन्दा धेरै कम परिवर्तन हुन्छ। जितिनु र सिद्ध पारिनु भन्ने कुरा वैचारिक रूपमा एक-अर्कोबाट फरक छन्, किनकि ती कामका विभिन्न चरणहरू हुन्, किनभने तिनले मानिसहरूलाई विभिन्न स्तरहरूमा राख्छन्; विजयले मानिसहरूलाई तल्लो स्तरमा राख्छ, सिद्धताले तिनीहरूलाई उच्च स्तरमा राख्छ। सिद्ध पारिएकाहरू धर्मी मानिसहरू हुन्, पवित्र बनाइएका मानिसहरू हुन्; तिनीहरू मानवताको व्यवस्थापन कार्यलाई स्पष्ट पार्ने कुरा, वा अन्तिम उपजहरू हुन्। तिनीहरू सिद्ध मानिसहरू नभए पनि, तिनीहरू अर्थपूर्ण जीवन बिताउन खोज्नेहरू हुन्। जितिएकाहरूले चाहिँ बोलीमा मात्र परमेश्‍वरको अस्तित्वलाई स्वीकार गर्छन्; तिनीहरू परमेश्‍वरले देहधारण गर्नुभएको, वचन देहमा प्रकट हुनुभएको र परमेश्‍वर पृथ्वीमा न्याय र सजायको काम गर्न आउनुभएको कुरालाई स्वीकार गर्छन्। तिनीहरूले परमेश्‍वरको न्याय र सजाय, र उहाँको ताडना र शुद्धीकरण सबै मानिसका लागि लाभदायक हुन्छन् भन्‍ने पनि स्वीकार गर्छन्। तिनीहरूले भर्खरै केही हदसम्म मानिसको स्वरूप प्राप्त गर्न थालेका हुन्छन्। तिनीहरूसित जीवनको बारेमा केही अन्तर्दृष्टि हुन्छ, तर यो अझै अस्पष्ट नै हुन्छ। अर्को शब्दमा, तिनीहरूले भर्खरै मानवता प्राप्त गर्न थालेका हुन्छन्। जितिनुका प्रभावहरू यस्ता हुन्छन्। जब मानिसहरूले सिद्धताको बाटोमा पाइला टेक्छन्, तिनीहरूका पुरानो स्वभाव परिवर्तन हुन सक्छन्। यसबाहेक, तिनीहरूका जीवनहरू बढ्दैजान्छ, र तिनीहरू बिस्तारै सत्यतामा गहिरो रूपमा प्रवेश गर्छन्। तिनीहरू संसारलाई र सत्यताको पछि नलाग्ने सबैलाई घृणा गर्न सक्छन्। तिनीहरूले विशेष गरी आफैलाई घृणा गर्छन्, तर त्योभन्दा बढी तिनीहरूले आफैलाई स्पष्ट रूपमा चिन्छन्। तिनीहरू सत्यमा जिउन इच्छुक बन्छन् र सत्यताको खोजी गर्ने कार्यलाई आफ्नो लक्ष्य बनाउँछन्। तिनीहरू आफ्नै दिमागले उब्जाएका विचारहरू भित्र बस्न अनिच्छुक हुन्छन्, र तिनीहरूले मानिसको स्व-धार्मिकता, हठीपन, र आत्म-सन्तुष्टिप्रति घृणा महसुस गर्दछन्। तिनीहरू मर्यादाको कडा भावनाका साथ बोल्छन्, चेतना र बुद्धिले चीजहरू चलाउँछन्, र परमेश्‍वरप्रति बफादार र आज्ञाकारी हुन्छन्। यदि तिनीहरूले सजाय र न्यायको अनुभव गरे भने, तिनीहरू केवल निष्क्रिय वा कमजोर हुँदैनन्, तर तिनीहरूले परमेश्‍वरबाट पाएको त्यस सजाय र न्यायका लागि कृतज्ञ बन्छन्। तिनीहरू परमेश्‍वरको सजाय र न्यायविना रहन सक्दैनन्, र त्यसले तिनीहरूको सुरक्षा गर्दछ भनी विश्‍वास गर्छन्। तिनीहरू शान्ति र आनन्द खोज्ने विश्‍वासको र भोक मेटाउन रोटीको पछि लाग्दैनन्। न त तिनीहरू क्षणिक शारीरिक सुखविलासको पछि लाग्दछन्। सिद्ध पारिएकाहरूमा यही हुन्छ। मानिसहरू जितिएपछि, तिनीहरूले परमेश्‍वर हुनुहुन्छ भनेर स्वीकार गर्छन्, तर त्यो स्वीकार तिनीहरूमा सीमित तरिकाहरूमा प्रकटीकरण हुन्छन्। वचन शरीरमा प्रकट हुनुको वास्तविक अर्थ के हो? देहधारणको अर्थ के हो? देहधारी परमेश्‍वरले के गर्नुभएको छ? उहाँको कामको लक्ष्य र महत्त्व के हो? उहाँको धेरै काम अनुभव गरेपछि, देहमा उहाँका कामहरू अनुभव गरेपछि, तैंले के प्राप्त गरेको छस्? यी सबै कुराहरू बुझेपछि मात्र तँ जितिने व्यक्ति बन्‍नेछस्। यदि तैँले परमेश्‍वर हुनुहुन्छ भनेर मात्रै स्वीकार गर्छस्, तर तैंले त्याग्‍नुपर्ने कुरा त्याग्दैनस्, तैंले त्याग्नु पर्ने शारीरिक सुखविलास मनोरञ्जन त्याग्न सक्दैनस्, तर त्यसको साटो तैंले सधैँ गर्दै आएझैँ शारीरिक सुविधाहरूको लालसा गरिनै रहन्छस्, र यदि तँ दाजुभाइ र दिदी-बहिनीहरूको विरुद्ध कुनै पूर्वाग्रह हटाउन सक्दैनस्, र धेरै वटा साधारण अभ्यासहरू व्यवहारमा ल्याउन कुनै मूल्य चुकाउँदैनस् भने त्यसले तँलाई विजय गरिनु अझै बाँकी नै छ भन्ने प्रमाणित गर्दछ। त्यस्तो अवस्थामा, यदि तैंले धेरै कुरा बुझिस् भने पनि त्यसद्वारा केही हुनेछैन। जितिएका मानिसहरू ती हुन् जसले सुरुका केही परिवर्तनहरू र सुरुको प्रवेश प्राप्त गरेका हुन्छन्। परमेश्‍वरको न्याय र सजायको अनुभवले मानिसहरूलाई परमेश्‍वरको सुरुवाती ज्ञान, र सत्यताको सुरुवाती समझ दिन्छ। तँ गहिरो, अझ विस्तृत सत्यताहरूको गहिराइमा पस्न असक्षम छस् होला, तर तेरो वास्तविक जीवनमा तँ धेरै वटा प्राथमिक सत्यताहरू व्यवहारमा अपनाउन सक्षम छस्, जस्तै तेरो शारीरिक आनन्द लिने वा तेरो व्यक्तिगत दर्जाका कुराहरू। यी सबै जितिने प्रक्रियाको अवधिमा मानिसहरूमा प्राप्त हुनेको प्रभाव हुन्। जितिएका मानिसहरूमा स्वभावमा परिवर्तनहरू आएको पनि देख्न सकिन्छ; उदाहरणको निम्ति, तिनीहरू लवाइखवाई र आफैलाई प्रस्तुत गर्ने तरिका, र तिनीहरू जिउने तरिका—ती सबै परिवर्तन हुन सक्छन्। परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वास सम्‍बन्धी दृष्टिकोण परिवर्तन हुन्छ, तिनीहरू आफ्ना लक्ष्यहरूको बारेमा स्पष्ट हुन्छन्, र तिनीहरूका आकांक्षाहरू उच्च हुन्छन्। विजयको कामको अवधिमा, तिनीहरूका जीवनको स्वभावमा पनि त्यस्तै परिवर्तनहरू हुन्छन्। त्यहाँ परिवर्तनहरू हुन्छन्, तर ती खोक्रा, प्रारम्भिक र स्वभावमा भएका परिवर्तनहरू अनि सिद्ध बनाइएकाहरूका खोजीको लक्ष्यभन्दा धेरै निम्न हुन्छन्। यदि जित्ने क्रममा एक व्यक्तिको स्वभाव बिलकुल परिवर्तन हुँदैन, र तिनीहरूले कुनै सत्यता प्राप्त गर्दैन भने त्यो व्यक्ति बेकम्मा र पूर्ण रूपमा बेकार हुन्छ! जुन मानिसहरू जितिएका हुँदैनन् तिनीहरूलाई सिद्ध बनाइन सकिँदैन! यदि एक व्यक्तिले जितिन मात्र चाहन्छ भने तिनीहरूलाई जितिएको समयमा तिनीहरूका स्वभावमा अरू केही निश्चित परिवर्तनहरू भए पनि तिनीहरूलाई सम्पूर्ण रूपमा पूर्ण बनाइन सकिँदैन। तिनीहरूले प्राप्त गरेका प्रारम्भिक सत्यताहरू पनि गुमाउनेछन्। जितिएकाहरू र सिद्ध पारिएकाहरूको स्वभावका आएका परिवर्तनहरूमा ठूलो भिन्नता हुन्छ। तर जितिनु नै परिवर्तनको पहिलो चरण हो; जग यही नै हो। यस प्रारम्भिक परिवर्तनको अभाव हुनु भनेको एक व्यक्तिले वास्तवमा परमेश्‍वरलाई चिन्दैन भन्ने कुराको प्रमाण हो, किनकि यो ज्ञान न्यायबाट आउँछ, र त्यस्तो न्याय विजयको कामको एक प्रमुख हिस्सा हो। त्यसरी नै, सिद्ध बनाइएकाहरू सबैलाई पनि पहिले जितिनुपर्छ; नत्र भने, तिनीहरूका निम्ति सिद्ध बनिने कुनै उपाय हुँदैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। विजयको कामको भित्री सत्यता (४)

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको स्वभाव र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ | अंश २४३

मानिसहरू आफूले पालना गर्नुपर्ने धेरै कर्तव्यहरूमा दृढ रहनैपर्छ। मानिसहरू दृढ रहनु पर्ने कुरा नै यही हो, र उनीहरूले व्यवहारमा लागू...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वर देखा पर्नु र उहाँको काम | अंश ४७

फिलाडेल्फियाको मण्डलीले आकार लिएको छ, जुन पूर्ण रूपमा परमेश्‍वरको अनुग्रह र कृपाले गर्दा भएको हो। असङ्ख्यौं सन्तहरूका हृदयमा परमेश्‍वरप्रति...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४२८

धेरै मानिसहरूले अभ्यासको बारेमा थोरै कुरा गर्न सक्दछन् र उनीहरू आफ्ना व्यक्तिगत प्रभावहरूको बारेमा कुरा गर्न सक्छन्, तर त्यसको अधिकांश भाग...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १८०

आउनुहोस् हामी पहिलो भागबाट सुरु गरौं। जब परमेश्‍वरले सबै थोकको सिर्जना गर्नुभयो तब उहाँले हिमाल, समथर मैदान, मरुभूमि, पहाड, नदी र...