परमेश्वरका दैनिक वचनहरू: परमेश्वरको कामलाई चिन्नु | अंश २२५
राज्यको निर्माण औपचारिक रूपमा सुरु भइसकेको भए पनि, त्यो राज्यको औपचारिक सलामी गुञ्जन अझै बाँकी छ; अब यो पछि हुनआउने कुराको एउटा अगमवाणी...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
पवित्र आत्माको काम थुप्रै किसिमका मानिसहरू र थुप्रै फरक अवस्थाहरूबाट सम्पन्न गरिन्छन् र पूरा गरिन्छन्। देहधारी परमेश्वरको कामले सम्पूर्ण युगको कामको प्रतिनिधित्व गर्न सक्ने, र सम्पूर्ण युगमा मानिसहरूको प्रवेशलाई पनि प्रतिनिधित्व गर्न सक्ने भए तापनि, पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसहरूले नै मानिसहरूको प्रवेशका विस्तृत विवरणका काम सम्पन्न गर्नु आवश्यक छ, देहधारी परमेश्वरले होइन। त्यसैले, परमेश्वरको काम वा परमेश्वरको आफ्नो सेवकाइ चाहिँ परमेश्वरको देहधारी शरीरको काम हो, जुन मानिसले उहाँको सट्टामा गर्न सक्दैन। पवित्र आत्माको काम धेरै किसिममा मानिसहरूबाट सम्पन्न गरिएको हुन्छ; कुनै एक जना व्यक्तिले मात्र यसलाई पूर्णतया हासिल गर्न सक्दैन, र पूर्णतया व्यक्त गर्न सक्दैन। मण्डलीहरू अगुवाइ गर्नेहरूले पनि पवित्र आत्माको कामलाई पूर्णतया प्रतिनिधित्व गर्न सक्दैनन्; तिनीहरूले केही अगुवाइका काम मात्र गर्न सक्छन्। त्यसैले पवित्र आत्माको कामलाई तीन भागमा विभाजन गर्न सकिन्छ: परमेश्वरको आफ्नै काम, प्रयोग गरिएका मानिसहरूको काम, र पवित्र आत्माको प्रवाहमा रहेकाहरूमा काम। परमेश्वरको आफ्नै कामचाहिँ सम्पूर्ण युगलाई अगुवाइ गर्नु हो; प्रयोग गरिएका मानिसहरूको काम भनेको, परमेश्वरले आफ्नो काम पूरा गर्नुभएपछि परमेश्वरद्वारा पठाइनु वा परमेश्वरबाट आदेशहरू प्राप्त गर्नु हो, परमेश्वरका अनुयायीहरूलाई अगुवाइ गर्नु हो, र परमेश्वरको काममा सहकार्य गर्नेहरू यिनीहरू नै हुन्; प्रवाहमा भएकाहरूमाथि पवित्र आत्माले गर्नुभएको काम चाहिँ उहाँका सबै कामलाई कायम राख्नु हो, अर्थात् उहाँका सम्पूर्ण व्यवस्थापन र उहाँको साक्षी कायम राख्नु हो, यसको साथ-साथै सिद्ध बनाउन सकिनेहरूलाई सिद्ध बनाउनु हो। सँगसँगै, यी तीन भाग पवित्र आत्माको कामको पूर्णता हुन्, तर परमेश्वर स्वयम्को काम विना, व्यवस्थापनको काम त्यसको पूर्णतामा निष्क्रिय रहन्छ। परमेश्वर स्वयम्को काममा सबै मानिसहरूको काम समावेश हुन्छ, र यसले सम्पूर्ण युगको कामको पनि प्रतिनिधित्व गर्छ, अर्थात् परमेश्वर स्वयम्को कामले पवित्र आत्माको प्रत्येक गतिशीलता र प्रचलनलाई प्रतिनिधित्व गर्छ, भने प्रेरितहरूको काम परमेश्वरको आफ्नो काम पछि आउँछ र त्यसबाट अघि बढ्छ, र त्यसले युगलाई अगुवाइ गर्दैन, न त त्यसले सारा युगमा पवित्र आत्माको कामको प्रचलनलाई नै प्रतिनिधित्व गर्छ। मानिसले गर्नुपर्ने काम मात्र तिनीहरूले गर्छन्, जसमा व्यवस्थापन कार्यसँग कुनै सम्बन्ध हुँदैन। परमेश्वर स्वयम्ले गर्नुहुने काम व्यवस्थापन कार्यभित्रकै एउटा परियोजना हो। मानिसको काम चाहिँ प्रयोग गरिएका मानिसहरूले पूरा गर्नुपर्ने कर्तव्य मात्र हो, र यो व्यवस्थापन कार्यसँग सम्बन्धित छैन। यथार्थमा ती दुवै पवित्र आत्माको काम भए तापनि, कामका पहिचानहरू र प्रतिनिधित्वहरूमा भिन्नताहरू भएको कारण परमेश्वर स्वयम्को काम र मानिसको कामको बीचमा स्पष्ट र ठोस भिन्नताहरू छन्। यसबाहेक, पवित्र आत्माले गर्नुभएको कामको हदमा पहिचानहरूमा भिन्नता हुनुका साथै उद्देश्यमा फरक हुन्छ। यिनीहरू पवित्र आत्माको कामका सिद्धान्तहरू र क्षेत्र हुन्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरको काम र मानिसको काम
राज्यको निर्माण औपचारिक रूपमा सुरु भइसकेको भए पनि, त्यो राज्यको औपचारिक सलामी गुञ्जन अझै बाँकी छ; अब यो पछि हुनआउने कुराको एउटा अगमवाणी...
परमेश्वरले के-कसरी मानिसहरूका परिणामहरू निर्धारण गर्नुहुन्छ र उहाँले त्यसो गर्नको लागि प्रयोग गर्नुहुने मापदण्डहरू तैँले कुनै पनि...
मानवजाति भ्रष्ट तुल्याइएको भए तापनि, ऊ अझै पनि सृष्टिकर्ताको अख्तियारको सार्वभौमिकताको अधीनमा जिउँछ शैतानले मानवजातिलाई हजारौँ वर्षदेखि...
परमेश्वरले मानवलाई सृष्टि गर्नुभयो, र उनीहरूलाई पृथ्वीमा राख्नुभयो, र उहाँले उनीहरूलाई त्यस बेलादेखि नै डोर्याउनुभएको छ। उहाँले उनीहरूलाई...