परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश १५९

तिमीहरूले परमेश्‍वरको कार्यका दर्शनहरूलाई जान्‍नैपर्छ र उहाँको कार्यको सामान्य निर्देशनलाई बुझ्‍नैपर्छ। यो सकारात्मक प्रवेश हो। तँ दर्शनहरूको सत्यतामाथि विशुद्ध रूपमा पारङ्गत भइसकेपछि, तेरो प्रवेश सुरक्षित रहनेछ; परमेश्‍वरका कार्यहरू जति नै परिवर्तन भएतापनि, तँ आफ्नो हृदयमा स्थिर रहनेछस्, दर्शनहरूका बारेमा स्पष्ट हुनेछस्, र आफ्नो प्रवेश र आफ्नो खोजीप्रति तेरो एउटा लक्ष्य हुनेछ। यसरी, तँभित्रका सारा अनुभव र ज्ञान अझै गहिरो भएर बढ्नेछन्‌ र अझै विस्तृत हुनेछन्‌। तैँले पूर्ण रूपमा समग्र चित्रलाई बुझेपछि, तैँले जीवनमा कुनै पनि नोकसानीहरूलाई भोग्नु पर्नेछैन, न त तँ बाटो बिराएर नै जानेछस्। यदि तैँले कार्यका यी कदमहरूलाई जानेको छैनस् भने, तैँले हरेक कदममा नोकसानी भोग्नुपर्नेछ, र सबै कुराहरूलाई मिलाउनको लागि तँलाई धेरै दिन लाग्नेछ, न त तँ केही हप्तापछि नै सहि मार्गमा आउन सक्नेछस्। के यसले विलम्ब गराउनेछैन र? तिमीहरूले पूर्ण रूपमा पारङ्गत हुनुपर्ने सकारात्मक प्रवेश र अभ्यासको मार्गमा धेरै कुराहरू छन्। परमेश्‍वरको कार्यका दर्शनहरूको बारेमा कुरा गर्दा, तैँले निम्न बुँदाहरूलाई बुझ्‍नैपर्छ: विजयको सम्बन्धमा उहाँको कार्यको महत्त्व, सिद्ध पारिँदै गरिएको भविष्यको मार्ग, परीक्षाहरू र सङ्कष्टहरूलाई अनुभव गरेर प्राप्त गर्नैपर्ने कुरा, न्याय र सजायको महत्त्व, पवित्र आत्माको कार्यको पछाडि रहेका सिद्धान्तहरू, र सिद्धता र विजयको पछाडि रहेका सिद्धान्तहरू। यी सबै कुराहरू दर्शनहरूको सत्यतामा पर्छन्। बाँकी व्यवस्थाको युग, अनुग्रहको युग, र राज्यको युगमा भएको कार्यका तीन चरणहरूको साथै भविष्यको गवाही हुन्। यी पनि दर्शनहरूको सत्यता हुन्, र ती सबैभन्दा आधारभूत हुनुको साथै सबैभन्दा महत्त्वपूर्ण कुराहरू हुन्। वर्तमानमा, तिमीहरूले प्रवेश गर्नुपर्ने र अभ्यास गर्नुपर्ने धेरै कुराहरू छन्, र अहिले यो अझै गहन र अझै विस्तृत छ। यदि तँसँग यी सत्यताहरूको बारेमा कुनै ज्ञान छैन भने, तैँले प्रवेशलाई अझै प्राप्त गर्न बाँकी नै छ भन्ने कुरालाई यसले प्रमाणित गर्छ। धेरैजसो समयमा, सत्यता सम्बन्धी मानिसहरूको ज्ञान अत्यन्तै सतही हुन्छ; निश्चित आधारभूत सत्यताहरूलाई अभ्यास गर्न तिनीहरू असक्षम हुन्छन् र सानातिना कुराहरूलाई कसरी सम्हाल्ने भन्ने कुरा समेत तिनीहरू जान्दैनन्। मानिसहरूले सत्यतालाई व्यवहारमा प्रयोग गर्न नसक्नुको कारण के हो भने तिनीहरूको स्वभाव विद्रोही छ, र आजको कार्यसम्बन्धी तिनीहरूको ज्ञान अत्यन्तै सतही र एकतर्फी छ। तसर्थ, मानिसहरूको लागि सिद्ध बनाइनु त्यति सजिलो कार्य होइन। तँ अत्यन्तै बढी विद्रोही छस्, र तैँले धेरै मात्रामा आफ्नो पुरानो स्वभावलाई कायम राख्छस्; तँ सत्यताको पक्षमा खडा हुन सक्दैनस्, र तँ सबैभन्दा स्पष्ट सत्यताहरूलाई समेत अभ्यास गर्न सक्दैनस्। यस्ता मानिसहरूलाई बचाउन सकिँदैन र तिनीहरू विजय नगरिएका मानिसहरू हुन्। यदि तेरो प्रवेशसँग न त कुनै विवरण छ न त कुनै उद्देश्यहरू छन्‌ भने, तँमा वृद्धि आउन निकै विलम्ब हुनेछ। यदि तेरो प्रवेशमा अलिकति पनि वास्तविकता छैन भने, तेरो खोजी व्यर्थ हुनेछ। यदि तँ सत्यताको सारतत्त्वको बारेमा अनभिज्ञ छस् भने, तँ अपरिवर्तित नै रहनेछस्। वास्तविकतामा प्रवेश गरेर, र यस अतिरिक्त, विस्तृत अनुभवहरूमा प्रवेश गरेर मानिसको जीवनमा वृद्धि र उसको स्वभावमा परिवर्तन हासिल गर्न सकिन्छ। यदि तेरो प्रवेशको बेला तैँले धेरै विस्तृत अनुभवहरू प्राप्त गरेको छस् भने, र तँसँग धेरै वास्तविक ज्ञान र प्रवेश छ भने, स्वभाव तुरुन्तै परिवर्तन हुनेछ। यदि, वर्तमानमा, तँ अभ्यासको बारेमा पूर्ण रूपमा स्पष्ट छैनस् भने पनि, तँ कम्तीमा पनि परमेश्‍वरको कार्यका दर्शनहरूको बारेमा स्पष्ट हुनुपर्छ। अन्यथा, तँ प्रवेशको लागि असमर्थ हुनेछस्; तैँले सत्यताको ज्ञान प्राप्त गरिसकेपछि मात्रै प्रवेश सम्भव हुन्छ। यदि पवित्र आत्माले तँलाई तेरो अनुभवमा अन्तर्दृष्टि दिनुहुन्छ भने मात्रै तैँले सत्यताको गहन बुझाइलाई, र गहन प्रवेशलाई प्राप्त गर्नेछस्। तिमीहरूले परमेश्‍वरको कार्यलाई बुझ्‍नैपर्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारी परमेश्‍वरको सेवकाइ र मानिसको दायित्व बीचको भिन्नता

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ५३९

जीवन स्वभाव परिवर्तन गर्ने खोजीको क्रममा, अभ्यासको मार्ग सरल हुन्‍छ। यदि आफ्नो व्यावहारिक अनुभवमा, तैँले पवित्र आत्माका वर्तमान वचनहरू पालन...

परमेश्‍वरका दैनिक वचनहरू: बाइबल सम्‍बन्धी रहस्यहरू | अंश २७४

धेरैजसो मानिसहरूले के विश्‍वास गर्छन् भने, बाइबल बुझ्नु र यसको व्याख्या गर्न सक्षम हुनु भनेको सही मार्ग पत्ता लगाउनु सरह हो—तर वास्तवमा, के...

परमेश्‍वरका दैनिक वचनहरू: गन्तव्य र परिणामहरू | अंश ५८०

बिजुलीको एक चमकमा, प्रत्येक पशुलाई त्यसको वास्तविक रूपमा प्रकट गरिन्छ। त्यसरी नै, मेरो ज्योतिद्वारा प्रज्वलित भएर मानिसले फेरि त्यो...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश १८८

परमेश्‍वरको विश्‍वासी भएर, तिमीहरू हरेकले आखिरी दिनहरूमा परमेश्‍वरको कार्य अनि आज पनि तिमीहरूमा उहाँले गर्नुहुने उहाँको योजनाको कार्य ग्रहण...