परमेश्‍वरका दैनिक वचनहरू: आखिरी दिनहरूको न्याय | अंश ७९

न्यायको काम परमेश्‍वरको आफ्नै काम भएको हुनाले, स्वाभाविक रूपमा नै यसलाई परमेश्‍वर आफैले नै कार्यान्वयन गर्नुपर्ने हुन्छ; उहाँको सट्टामा कुनै पनि मानवले यो गर्न सक्दैन। मानवजातिलाई जित्नका लागि न्यायचाहिँ सत्यताको प्रयोग भएको हुनाले, मानवका बीचका यस किसिमको काम गर्नका लागि परमेश्‍वर अझै पनि देहधारी रूपमा प्रकट हुनुहुनेछ भन्ने कुरामा कुनै प्रश्न छैन। त्यसो भन्नुको अर्थचाहिँ, आखिरी दिनहरूका ख्रीष्टले, सारा संसारभरिका मानिसहरूलाई सिकाउन यो सत्यता प्रयोग गर्नुहुनेछ र तिनीहरूलाई सबै सत्यताहरू प्रकट गरिदिनुहुनेछ। परमेश्‍वरको न्यायको काम यही नै हो। परमेश्‍वरको दोस्रो देहधारणका बारेमा धेरै व्यक्तिहरूमा खराब अनुभूति छन्, किनकि न्यायको काम गर्नका लागि परमेश्‍वर देह बन्नुहुन्छ भन्ने कुरा विश्‍वास गर्न धेरै मानिसहरूलाई कठिनाइ हुन्छ। तर पनि, परमेश्‍वरको काम प्राय मानवका अपेक्षाहरूभन्दा धेरै पर हुन्छन्, र यसलाई स्वीकार गर्नका लागि मानव मनलाई कठिन हुन्छ भन्ने कुरा मैले तँलाई बताउनै पर्छ। किनभने मानिसहरू पृथ्वीका कीराहरू मात्र हुन्, र परमेश्‍वरचाहिँ विश्‍वलाई भर्नुहुने सर्वोच्च व्यक्ति हुनुहुन्छ; मानवको मन फोहोर पानीको खाडलजस्तो हो, जसले कीराहरूमात्रै जन्माउँछ, तर परमेश्‍वरका विचारहरूद्वारा निर्देशित कार्यको प्रत्येक कदम परमेश्‍वरको बुद्धिको फल हो। मानिसहरूले जहिले पनि परमेश्‍वरसँग झगडा गर्ने कोसिस गर्छन्, र अन्त्यमा कसले हार्नेछ भन्ने कुरा स्वयं सिद्ध छ भनी म भन्छु। तिमीहरूले आफूलाई सुनभन्दा बढी मूल्यवान् नठान भनी म तिमीहरू सबैलाई अर्ती दिन्छु। यदि अरूले परमेश्‍वरको न्यायलाई स्वीकार गर्न सक्छन् भने, तँ किन सक्दैनस्? तँ अरूहरूभन्दा कति माथि खडा छस्? यदि अरूहरूले सत्यताको सामु आफ्ना शिरहरू निहुर्याउन सक्छन् भने, तँ पनि किन सक्दैनस्? परमेश्‍वरको कामको रोक्नै नसकिने गति छ। तैँले दिएको “योगदान” को कारणले गर्दा मात्रै उहाँले न्यायको कार्यलाई फेरि दोहोर्याउनुहुने छैन, र अनि यति असल अवसरलाई गुमाउनु परेकोमा तँ पछुतोले भरिनेछस्। यदि तँ मेरा वचनहरूलाई विश्‍वास गर्दैनस् भने, तँमाथि न्याय आउनका लागि आकाशको ठूलो सेतो सिंहासनको निम्ति पर्खी! सबै इस्राएलीहरूले येशूलाई निन्दा र इन्कार गरेका कुरा तँलाई थाहा हुनैपर्छ, र पनि सबै मानवजातिका निम्ति भएको येशूको उद्धारको यथार्थ सारा विश्‍वभरि र पृथ्वीको अन्त्यसम्म फैलिएको छ। के परमेश्‍वरले धेरै पहिले बनाउनुभएको यथार्थ यो होइन र? तँलाई स्वर्ग लैजानका लागि यदि तँ अझै येशूलाई पर्खिरहेको छस् भने, तँ मृत काठको ठुटाजस्तो हठी छस् भनी म भन्दछु। येशूले तँजस्ता सत्यप्रति निष्ठा नभएका र आशिषमात्र खोज्ने झूटा विश्‍वासीलाई स्वीकार गर्नुहुनेछैन। बरु, लाखौँ वर्षसम्म आगोको कुण्डमा जलिरहन उहाँले तँलाई त्यहाँ फाल्दा कुनै कृपादेखाउनुहुनेछैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। ख्रीष्टले सत्यताद्वारा न्यायको काम गर्नुहुन्छ

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४७०

परमेश्‍वरको कामको हरेक चरणका लागि, मानिसहरूले सहकार्य गर्नुपर्ने तरिका हुन्छ। परमेश्‍वरले मानिसहरूलाई शोधन गर्नुहुन्छ ताकि शोधनबाट भएर...

परमेश्‍वरका दैनिक वचनहरू: धार्मिक धारणाहरू खुलासा गर्नु | अंश २९२

तेरा पुराना धारणाहरूलाई पन्छ्याएपछि मात्रै तैँले नयाँ ज्ञान प्राप्त गर्न सक्छस्, तैपनि पुरानो ज्ञान र पुराना धारणाहरू उही हुन् भन्‍ने छैन।...

परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३६३

तिमीहरूभित्र मप्रतिको विश्‍वासघात कति रहेको छ भन्‍ने कुरा हेर्नको निम्ति अब तिमीहरू सबैले सकेसम्म छिटो आफैभित्र हेर्नुपर्छ। म उत्कटताको साथ...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ७४

उहाँ देह हुनुहुँदा अनि मानवजातिको माझमा जिउनुहुँदा परमेश्‍वरले अनुभव गर्नुहुने कष्टको बारेमा के भन्‍ने? यो कष्ट के हो? के कसैले यसलाई साँचो...