परमेश्वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३०२
मानिसको भ्रष्ट स्वभावको प्रकाशको स्रोत मानिसको सुस्त विवेक, उसको घृणित प्रकृति, र उसको अस्वस्थ चेतनामा बाहेक अरू कही छैन; यदि मानिसको...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
पृथ्वीमा, अनेक किसिमका दुष्ट आत्माहरू सँधै नै विश्राम स्थलको खोजीमा हुन्छन्, र उपभोग गर्नको लागि सँधै मानव लासहरू खोजिरहन्छन्। ए मेरा मानिसहरू हो! तिमीहरू मेरो वास्ता र सुरक्षाभित्र नै रहनुपर्छ। कहिल्यै भ्रष्ट नहोऊ! कहिल्यै पनि लापरवाहीसाथ व्यवहार नगर! मेरो घरमा तैँले आफ्नो बफादारीता प्रदान गर्नुपर्छ, र बफादारीताद्वारा मात्रै तैँले दियाबलसका चलाकीहरूका विरुद्धमा प्रतिकार हमला गर्न सक्छस्। कुनै पनि हालतमा तैँले विगतमा जस्तो मेरो अगाडि एउटा कुरा गर्ने र मेरो पछाडि अर्को कुरा गर्ने व्यवहार गर्नु हुँदैन; यदि तैँले यस्तो व्यवहार गरिस् भने, तँ पहिले नै छुटकारा भन्दा पर हुन्छस्। के मैले पर्याप्त रूपमा यस्ता वचनहरू उच्चारण गरिसकेको छैन र? मानवजातिको पुरानो स्वभाव सुधार गर्न नसकिने भएकोले नै मैले मानिसहरूलाई बारम्बार स्मरण गराउनु परेको छ। न्यास्रो नबन्! मैले भन्ने सबै कुरा तिमीहरूको गन्तव्यलाई निश्चित गर्नको खातिर नै हो! शैतानलाई चाहिने भनेकै बेइमानी र फोहोरी स्थान हो; तिमीहरू निषेधाज्ञाप्रति समर्पित हुन इन्कार गर्दै, जति उद्धार गर्न नसकिने छौ र तिमीहरू जति भ्रष्ट हुन्छौ, ती अशुद्ध आत्माहरू तिमीहरूलाई आक्रमण गर्ने कुनै पनि मौकाको लागि त्यति नै लागि पर्छन्। यदि तिमीहरू यस विन्दुसम्म आइपुगेका छौ भने, तिमीहरूको बफादारीता कुनै पनि वास्तविकता विनाको फोकट गफ बाहेक केही पनि होइन, अनि अशुद्ध आत्माहरूले तिमीहरूको संकल्पलाई सर्लक्कै निल्नेछन् र यसलाई मेरो काममा वाधा दिनको लागि प्रयोग गरिन अनाज्ञाकारिता र शैतानिक षड्यन्त्रमा रूपान्तरण गर्छन्। त्यहाँबाट, तिमीहरूलाई म कुनै पनि बेला प्रहार गर्न सक्छु। यो अवस्थाको गम्भीरतालाई कसैले बुझ्न सक्दैन; आफूले सुन्ने कुरामा मानिसहरू कानमा तेल हालेर बस्छन्, र अलिकति पनि सचेत हुँदैनन्। विगतमा गरिएको कुरालाई म स्मरण गर्दिनँ; के तँ अझै पनि मैले फेरि एक पटक “बिर्सेर” तँप्रति उदार हुनको लागि प्रतीक्षा गरिरहेको छस्? मानवले मेरो विरोध गरे तापनि, म यसलाई ईख बनाउनेछैन, किनभने तिनीहरू अत्यन्तै साना कदका छन्, र मैले तिनीहरूबाट अत्यन्तै उच्च माग गरेको छैन। मैले माग गर्ने कुरा भनेको तिनीहरू भ्रष्ट नहोऊन्, र तिनीहरू निषेधप्रति समर्पित होऊन् भन्ने हो। यो सर्त पूरा गर्नु अवश्य नै तिमीहरूको क्षमताभन्दा बाहिरको कुरा होइन, हो त? धेरैजसो मानिसहरू तिनीहरूका आँखाको अभिलाषा पूरा गर्नको लागि मैले अझै बढी रहस्यहरू प्रकट गर्छु भन्ने प्रतीक्षा गरिरहेका छन्। तैपनि, तैँले स्वर्गका सारा रहस्यहरू बुझिस् भने पनि, त्यो ज्ञानद्वारा तैँले के नै गर्न सक्छस् र? के यसले मप्रतिको तेरो प्रेमलाई बढाउनेथियो र? के यसले मप्रतिको तेरो प्रेमलाई जगाउनेथियो? म मानवलाई कम सम्झँदिन, न त तिनीहरूको बारेमा म हल्का रूपमा फैसला नै गर्छु। यदि यी मानवका वास्तविक परिस्थितिहरू थिएनन् भने, म तिनीहरूलाई त्यस्ता पदवी नामहरूको मुकुटले कहिल्यै पहिर्याउनेछैन। विगतको बारेमा विचार गर: मैले तिमीहरूलाई कति पटक निन्दा गरेको छु? मैले तिमीहरूलाई कति पटक कम सम्झेको छु? तिमीहरूको वास्तविक परिस्थितिलाई ध्यानै नदिइ मैले तिमीहरूलाई कति पटक नियालेको छु? मेरा वाणीहरूले कति पटक तिमीहरूलाई पूरा हृदयबाट जित्न असफल भएको छ? तिमीहरूभित्रको गुञ्जायमान रागको तारलाई प्रहार नगरीकन म कति पटक बोलेको छु? तिमीहरूमध्ये कसले, मैले तिमीहरूलाई प्रहार गरेर अतल कुण्डमा फ्याँक्नेछु भनी अत्यन्तै डराएर, भय र कम्पको साथ मेरो वचनलाई पढेका छौ? मेरा वचनहरूका परीक्षाहरूमा को स्थिर हुँदैन? मेरा वाणीहरूभित्र अख्तियार छन्, तर यो मानवलाई लापरवाहीको साथ न्याय गर्नको लागि होइन; बरु, तिनीहरूको वास्तविक परिस्थितिहरूलाई ध्यान दिँदै, म तिनीहरूलाई मेरा वचनभित्र रहेका अर्थ निरन्तर प्रकट गरिदिन्छु। वास्तवमा, के मेरा वचनहरूमा रहेका मेरो सर्वशक्तिमान् शक्तिलाई पहिचान गर्न सक्ने कोही छ? विशुद्ध सुन, जसद्वारा मेरा वचनहरू बनिएका छन्, तिनलाई प्राप्त गर्न सक्ने कोही छ? कति वटा वचन मैले बोलिसकेको छु? के कसैले तिनलाई कहिल्यै बहुमूल्य ठानेका छन्?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डलाई परमेश्वरका वचनहरू, अध्याय १०
मानिसको भ्रष्ट स्वभावको प्रकाशको स्रोत मानिसको सुस्त विवेक, उसको घृणित प्रकृति, र उसको अस्वस्थ चेतनामा बाहेक अरू कही छैन; यदि मानिसको...
यसले प्रायःजसो मानिसहरूका मनमा उत्पत्तिको पुस्तकको वचन सम्झना गराउँछः “मानिसलाई हाम्रै स्वरूपमा, हाम्रै रूपमा बनाऔं” (उत्पत्ति १:२६)। यहाँ...
परमेश्वरले अय्यूबलाई शैतानको हातमा सुम्पनुभएको तथ्य र परमेश्वरको कामका उद्देश्यबीच रहेको सम्बन्ध अधिकांश मानिसले अब अय्यूब सिद्ध र सोझो...
परमेश्वरको देहधारणले सबै धर्म र क्षेत्रहरूलाई तरङ्गित पारेको छ, यसले धार्मिक वृत्तका मूल प्रणालीलाई “भद्रगोलको अवस्थामा” धकेलिदिएको छ र...