परमेश्वरका दैनिक वचनहरू: परमेश्वरलाई चिन्नु | अंश ४५
अय्यूबको परमेश्वरप्रतिको भय र दुष्टताबाट अलग बस्ने कार्यको अर्को प्रकटीकरण भनेको सबै कुरामा तिनले परमेश्वरको नाउँ उच्च पार्नु हो...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
तिमीहरू सबैले अब परमेश्वरमाथिको विश्वासको साँचो अर्थलाई बुझ्नुपर्छ। मैले यसअघि बताएको परमेश्वरमाथिको विश्वासको अर्थ तिमीहरूको सकारात्मक प्रवेशसँग सम्बन्धित छ। आज फरक छ: आज, म परमेश्वरमाथिको तेरो विश्वासको सारतत्वको बारेमा विश्लेषण गर्न चाहन्छु। निश्चय नै, यसले तिमीहरूलाई नकारात्मक पक्षबाट मार्गदर्शन गरिरहेको छ; यदि मैले यसो नगरेको भए, तिमीहरूले कहिल्यै आफ्ना साँचो अनुहार चिन्ने थिएनौ, र सदा आफ्ना भक्ति र विश्वसनीयताको बखान गर्थ्यौ। यो भन्नु उचित हुन्छ कि यदि मैले तिमीहरूका हृदयका गहिराइमा भएका कुरूपतालाई उजागर गरिन भने, तिमीहरू हरेकले आफ्ना शिरमाथि मुकुट पहिरिन्थ्यौ र सम्पूर्ण महिमा आफ्नै निम्ति राख्थ्यौ। तिमीहरूका अहङ्कारी र घमण्डी स्वभावहरूले तिमीहरूका आफ्नै विवेकलाई प्रकट गर्न, ख्रीष्टविरुद्ध विद्रोह गर्न र प्रतिवाद गर्न, अनि तिमीहरूका कुरूपता प्रकट गर्न विवश पार्छ र यसरी तिमीहरूका अभिप्राय, धारणा, अनावश्यक लालसा, र लोभले भरिएका आँखाहरूलाई उजागर गरिदिन्छ। तैपनि तिमीहरूले ख्रीष्टको कामको निम्ति आफ्नो जीवनभरिको उत्कट इच्छा र ख्रीष्टले उहिले नै पटक-पटक बताउनुभएका सत्यहरू बकबक गरिरहन्छौ। यो तिमीहरूको “विश्वास” हो—तिमीहरूको “विशुद्ध विश्वास”। मैले मानिसलाई सँधै नै कडा मापदण्डमा राखेको छु। यदि अभिप्राय र सर्तहरूसहित तेरो बफादारिता आउँछ भने, म बरु तेरो कथित बफादारिताविना रहन चाहन्छु, किनकी मलाई आफ्ना अभिप्रायहरूद्वारा धोका दिने र सर्तहरूद्वारा जबरजस्ती गर्नेहरूलाई म घृणा गर्छु। मानिस मप्रति पूर्ण रूपमा बफादार होस्, र उसले एउटै शब्द, अर्थात् विश्वासको खातिर र त्यसलाई प्रमाणित गर्नको लागि सबै कुरा गरोस् भन्ने मात्रै म कामना गर्छु। मलाई खुशी पार्न कोसिस गर्ने तिमीहरूको चापलुसीको प्रयोगलाई म घृणा गर्छु, किनकि मैले सधैँ तिमीहरूलाई इमानदारिताले व्यवहार गरेको छु, र त्यसैले तिमीहरूले पनि मप्रति साँचो विश्वासले काम गरेको चाहन्छु। जब विश्वासको कुरा आउँछ, धेरैले सोच्न सक्छन् कि तिनीहरूले परमेश्वरलाई पछ्याउँछन् किनभने तिनीहरूसँग विश्वास छ र नत्रभने तिनीहरूले यस्ता कष्ट सहँदैनथे। त्यसैले म तँलाई यी कुरा सोध्छु: यदि तैँले परमेश्वरको अस्तित्वमा विश्वास गर्छस् भने, किन तँ उहाँलाई आदर गर्दैनस्? यदि तैँले परमेश्वरको अस्तित्वमा विश्वास गर्छस् भने, किन तेरो हृदयमा उहाँको थोरै भय पनि छैन? यदि तैँले ख्रीष्ट देहधारी परमेश्वर हुनुभएको हो भनी स्वीकार गर्छस् भने, तैँले उहाँलाई किन घृणा गर्छस्? किन तैँले उहाँप्रति श्रद्धाविहीन भई कार्य गर्छस्? किन तैँले उहाँलाई खुल्लम-खुल्ला मूल्याङ्कन गर्छस्? किन तैँले सधैँ उहाँका गतिविधिहरूमाथि जासुसी गर्छस्? किन तँ उहाँका प्रबन्धहरूप्रति समर्पित हुँदैनस्? किन तँ उहाँको वचनअनुरूप काम गर्दैनस्? किन तैँले उहाँबाट उहाँका भेटीहरू जबरजस्ती खोस्ने र लुट्ने कोसिस गर्छस्? किन तँ ख्रीष्टको स्थानबाट बोल्छस्? किन तैँले उहाँको काम र उहाँको वचन सही छ कि छैन भनी मूल्याङ्कन गर्छस्? किन तैँले उहाँको पिठ्यूँपछाडि उहाँको ईश्वरनिन्दा गर्ने साहस गर्छस्? के तेरो विश्वास यी र अन्य कुराहरूले निर्मित छ?
तिमीहरूका वचनहरू र व्यवहारमा ख्रीष्टमाथिको तिमीहरूको अविश्वासका तत्वहरू प्रकट हुन्छन्। तिमीहरूले गर्ने सबै कुराका आशय र लक्ष्यहरूमा अविश्वास व्याप्त छ। तिमीहरूको हेराइको भावमा समेत ख्रीष्टमाथिको अविश्वास रहेको हुन्छ। हरेक मिनेट तिमीहरू प्रत्येकले अविश्वासको तत्वहरूलाई शरण दिन्छौ भनेर भन्न सकिन्छ। यसको अर्थ के हुन्छ भने, हरेक क्षण, तिमीहरू ख्रीष्टलाई धोका दिने खतरामा हुन्छौ, किनकि तिमीहरूको शरीरमा बग्ने रगत देहधारी परमेश्वरमाथिको अविश्वासले भरिएको हुन्छ। त्यसकारण, म त भन्छु, परमेश्वरमाथिको विश्वासको पथमा तिमीहरूले छाड्ने पाइलाहरू वास्तविक होइनन्; तिमीहरू परमेश्वरमाथिको विश्वासको पथमा हिँड्दा, तिमीहरूले आफ्नो पाइला दह्रिलो गरी धरातलमा टेक्दैनौ—तिमीहरू केवल अल्याङ्टल्याङ गरिरहेका हुन्छौ। तिमीहरूले कहिल्यै पनि ख्रीष्टको वचनमा पूर्ण विश्वास गर्दैनौ र यसलाई तुरुन्तै अभ्यास गर्न सक्दैनौ। तिमीहरूमा ख्रीष्टमाथिको विश्वास नहुनुको कारण यही हो। उहाँको बारेमा सधैँ धारणाहरू हुनु पनि तिमीहरूसँग उहाँमाथि विश्वास नहुनुको अर्को कारण हो। सदा ख्रीष्टको कामको बारेमा शङ्कालु हुनु, ख्रीष्टका वचनहरूप्रति कानमा तेल हाल्नु, ख्रीष्टद्वारा गरिने जुनसुकै कामको बारेमा आफ्नै विचार दिनु र यो कामलाई सही तरिकाले बुझ्न नसक्नु, तिमीहरूले जुनै व्याख्या प्राप्त गरे पनि तिमीहरूका धारणाहरूलाई पन्छाउन कठिन हुनु, र त्यस्तै अन्य कुराहरू—यी सबै तिमीहरूका हृदयभित्र मिसिएका अविश्वासका तत्वहरू हुन्। तिमीहरूले ख्रीष्टको कार्यलाई पछ्याउने र कहिल्यै पछि नपर्ने भए पनि, तिमीहरूका हृदयमा ज्यादै धेरै विद्रोह मिसिएको छ। यो विद्रोह परमेश्वरमाथिको तेरो विश्वासको अशुद्धता हो। सायद तिमीहरूले मामिला यस्तै हो भनेर सोच्दैनौ होला, तर यदि तँ यसभित्रैबाट तेरा अभिप्रायहरूलाई चिन्न सक्दैनस् भने, तँ नाश भइजानेहरूमध्ये एक हुन बाध्य हुन्छस्, किनकि परमेश्वरले उहाँमा साँचो रूपमा विश्वास गर्नेहरूलाई मात्र सिद्ध पार्नुहुन्छ, उहाँप्रति शङ्का गर्नेहरू र उहाँ परमेश्वर हुनुहुन्छ भनी कहिल्यै विश्वास नगरे पनि मन नलागी-नलागी उहाँलाई पछ्याउनेहरूलाई होइन।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। के तँ परमेश्वरको साँचो विश्वासी होस्?
अय्यूबको परमेश्वरप्रतिको भय र दुष्टताबाट अलग बस्ने कार्यको अर्को प्रकटीकरण भनेको सबै कुरामा तिनले परमेश्वरको नाउँ उच्च पार्नु हो...
आज, परमेश्वरले के नयाँ कामको शुरुवात गर्नुभएको छ भनेर अझै नबुझ्ने्हरू पनि छन्। गैरयहूदी राष्ट्रहरूका माझमा, परमेश्वरले नयाँ शुरुवातलाई...
आफ्नो गवाहीमा दृढ भएर खडा हुनु भनेको के हो? केही व्यक्तिहरूले अहिले गरिरहे जस्तै पछ्याउँछौं र उनीहरू जीवन प्राप्त गर्न सक्षम छन् कि छैनन्...
अनुभवबाट देख्न सकिन्छ कि परमेश्वरको सामुन्ने आफ्नो हृदय शान्त बनाउनु अति महत्त्वपूर्ण विषयहरूमध्ये एक हो। यो एक विषय हो जसले मानिसहरूको...