परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३२२

मानिससँग विश्‍वासको अनिश्‍चित शब्द मात्र हुन्छ, तैपनि केले विश्‍वासको निर्माण हुन्छ भन्ने मानिसले जान्दैन, उसमा विश्‍वास हुन्छ भन्ने कुरा त परै जाओस्। मानिसले अति थोरै जान्दछ, र मानिस आफैमा अति नै कमी-कमजोरी छ; मप्रति उसको विश्‍वास त विचारहीन र अज्ञानता मात्र हो। विश्‍वास भनेको के हो सो उसले जान्दैन, न त उसले ममा किन विश्‍वास गर्छ भन्ने कुरा नै जान्दछ, तैपनि उसले आवेगमा मलाई विश्‍वास गरिरहन्छ। मैले मानिसबाट मलाई यसरी आवेगमा पुकारा गरोस् वा असङ्गत ढाँचामा विश्‍वास गरोस् भन्ने माग गर्दिनँ, किनभने म मानिसले मलाई देखोस् र मलाई चिनोस् भनेर काम गर्छु, प्रभावित होस् र मलाई नयाँ ज्योतिमा हेरोस् भनेर होइन। कुनै समयमा मैले धेरै चिन्हहरू र चमत्कारहरू प्रकट गरेँ र धेरै आश्‍चर्यकर्महरू गरेँ, अनि त्यस बेला इस्राएलीहरूले मेरो उच्च सराहना गरे र बिरामीलाई निको पार्ने र भूतहरू धपाउने मेरो अद्भुत क्षमतालाई अत्यन्त कदर गरे। त्यस बेला, यहूदीहरूले निको पार्ने मेरो शक्तिलाई अद्वितीय र असाधारण भएको ठाने—मेरा धेरै कार्यहरूले गर्दा, तिनीहरू सबैले मलाई आदर गरे र मेरा सबै शक्तिहरूको खातिर आभारी भएको महसुस गरे। यसैले मैले आश्‍चर्यकर्महरू गरेको देखेका सबै समीप रूपमा मेरो पछि लागे, यहाँसम्‍म कि मैले बिरामीलाई निको पारेको हेर्न हजारौँले मलाई घेरे। मैले यति धेरै चिन्हहरू र चमत्कारहरू प्रकट गरेँ, तापनि मानिसहरूले मलाई केवल अद्भुत वैद्यको रूपमा मात्र हेरे; त्यसैले पनि मैले त्यस बेला मानिसहरूका अघि शिक्षाको धेरै वचनहरू बोलेँ, तैपनि तिनीहरूले मलाई आफ्ना चेलाहरूभन्दा उच्च गुरुको रूपमा मात्र ठाने। आज समेत, मानिसले मेरा कामहरूको ऐतिहासिक अभिलेख देखेपछि पनि म बिरामीलाई निको पार्ने महान्‌ वैद्य र अनभिज्ञलाई सिकाउने शिक्षक हुँ भन्‍ने तिनीहरूको व्याख्या जारी छ, र तिनीहरूले मलाई कृपालु प्रभु येशू ख्रीष्टको रूपमा परिभाषित गरेका छन्। ती धर्मशास्‍त्र व्याख्या गर्नेहरूले निको पार्ने मेरा सीपहरूलाई उछिनेका हुन सक्छन् वा तिनीहरू आफ्‍ना शिक्षकलाई उछिनेका चेलाहरू समेत हुन सक्छन्, तैपनि संसारभरि नाम चलेका यस्ता अति प्रसिद्ध मानिसहरूले मलाई केवल नीच वैद्य मात्र भएको ठान्छन्। मेरा कार्यहरू समुद्र किनारका बालुवाका कणहरूभन्दा धेरै छन् र मेरो बुद्धि सोलोमनका सबै छोराहरूभन्दा अधिक छ, तैपनि मानिसहरूले मलाई थोरै मात्र महत्त्व भएको वैद्यको रूपमा र मानिसको अज्ञात शिक्षकको रूपमा मात्र ठान्छन्। मैले तिनीहरूलाई निको पारेँ भनेर मात्र धेरैले मलाई विश्‍वास गर्छन्। मैले तिनीहरूको शरीरबाट अशुद्ध आत्माहरू निकाल्न मैले मेरो शक्ति प्रयोग गरौं भनेर र तिनीहरूले शान्ति र आनन्द प्राप्‍त गर्न सकून्‌ भनेर मात्र धेरैले ममा विश्‍वास गर्छन्। मबाट धेरै भौतिक सम्पत्ति माग गर्नलाई मात्र धेरैले ममा विश्‍वास गर्छन्। यस जीवनलाई शान्तिमा बिताउन र आउने संसारमा सुरक्षित र सकुशल हुनलाई मात्रै धेरैले ममा विश्‍वास गर्छन्। नरकको कष्टहरूबाट बच्न र स्वर्गका आशिष्‌हरू प्राप्‍त गर्नलाई धेरैले ममा विश्‍वास गर्छन्। धेरैले अस्थायी सान्त्वनाको निम्ति मात्र ममा विश्‍वास गर्छन्, तैपनि आउने संसारको कुनै पनि कुरा प्राप्‍त गर्न खोज्दैनन्। जब मैले मेरो क्रोध मानिसमाथि खन्याएँ र कुनै समयमा ऊसँग भएको सबै आनन्द र शान्ति खोसेँ, मानिस सशंकित भयो। मैले मानिसलाई नरकको कष्ट दिएर स्वर्गको आशिष्‌ फिर्ता गर्दा मानिसको शर्म रिसमा परिणत भयो। निको पार्नलाई मानिसले मलाई बिन्ती गर्दा मैले कुनै ध्यान दिइनँ र ऊप्रति घृणा महसुस गरेँ; बरु मानिस मबाट अलग भएर दुष्ट औषधि र टुनामुनाको मार्ग खोज्नतिर लाग्यो। जब मानिसले मबाट माग गरेको सबै थोक मैले खोसेँ, सबै जना कुनै निशानाविना नै गायब भए। यसैले, म अति धेरै अनुग्रह दिन्छु र प्राप्‍त गर्ने कुरा अति धेरै भएको हुनाले मानिसले ममा विश्‍वास गर्छ भनी म भन्छु। यहूदीहरूले मेरो अनुग्रहको कारण ममा विश्‍वास गरे र म जहाँ गए पनि तिनीहरू मेरो पछि लागे। यी सीमित ज्ञान र अनुभव भएका मानिसहरूले मैले प्रकट गरेका चिन्हहरू र चमत्कारहरू हेर्न मात्र खोजे। तिनीहरूले मलाई ठूलठूला आश्‍चर्यकर्म गर्ने यहूदीहरूको घरानाको मुखियाको रूपमा माने। त्यसैले मानिसहरूबाट मैले भूतहरू निकाल्दा, यसले तिनीहरू माझ बहस उब्जाउथ्यो: तिनीहरूले मलाई एलिया, मोशा, सबै अगमवक्ताहरूमा प्राचीन अगमवक्ता, सबै वैद्यहरूभन्दा महान् थिएँ भनी भने। म जीवन, बाटो र सत्य हुँ भनी म आफैले भनेको बाहेक मेरो अस्तित्व र मेरो पहिचानलाई कसैले थाहा गरेनन्। मेरा पिता बस्नुहुने ठाउँ स्वर्ग हो भनी मैले भनेको बाहेक मलाई म परमेश्‍वरको पुत्र र परमेश्‍वर स्वयम् हुँ भनी कसैले चिनेनन्। मैले सारा मानवजातिकहाँ उद्धार ल्याउनेछु र मानवजातिको छुटकाराको मूल्य तिर्नेछु भनी म आफैले भनेको बाहेक, म मानवजातिको उद्धारक हुँ भनी कसैले जानेनन् र मानिसहरूले मलाई एक परोपकारी र कृपालु मानिसको रूपमा मात्र चिने। म आफैले मेरो बारे बताउन सकेको भन्दा बाहेक कसैले मलाई चिनेनन् र म जीवित परमेश्‍वरको पुत्र हुँ भनी कसैले मलाई विश्‍वास गरेनन्। मप्रति मानिसको विश्‍वास र तिनीहरूले मलाई मूर्ख तुल्याउन खोज्ने तरिका यस्तो छ। तिनीहरूले मप्रति यस्तो धारणा राखेर मेरो निम्ति कसरी साक्षी दिन सक्थे र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। विश्‍वासको बारेमा तँलाई के थाहा छ?

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४५३

संकल्प गरेका सबैले परमेश्‍वरको सेवा गर्न सक्दछन्—तर परमेश्‍वरको इच्छालाई पूरा ध्यान दिने र परमेश्‍वरको इच्छा बुझ्ने व्यक्तिहरू मात्र...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश २२४

जब राज्यप्रतिको सलामी बज्‍छ—जुन सात गर्जनहरू गर्जिने समय पनि हो—यो आवाजले स्वर्ग र पृथ्वीलाई थर्काउँदै, आकाशलाई हल्‍लाउँछ र हरेक मानवजातिको...

परमेश्‍वरका दैनिक वचनहरू: कार्यका तीन चरणहरू | अंश १३

छ हजार वर्षे व्यवस्थापन योजनाभरि गरिएका सबै काम अब मात्रै समाप्त हुन्छ। यी सबै कामहरू मानिसलाई प्रकट गरेपछि र मानवजातिको बीचमा गरिएपछि...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वर देखा पर्नु र उहाँको काम | अंश ५७

आखिरी दिनहरूका ख्रीष्‍टले जीवन ल्याउनुहुन्छ, अनि सत्यको नित्य रहने र अनन्‍त बाटो ल्याउनुहुन्छ। मानिसले जीवन प्राप्त गर्ने मार्ग यही सत्य नै...