परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३०९

के मानिसहरूले परमेश्‍वरको विविध र विभिन्न काम नजानेकाले, तिनीहरूले पवित्र आत्माको कार्यलाई ज्ञान र सिद्धान्तको अत्यन्त सानो कणले मापन गर्ने हुँदा परमेश्‍वरको विरोध गरेका र पवित्र आत्माको कामलाई अवरोध गरेका होइनन् र? यस्ता मानिसहरूको अनुभव सतही भए पनि, तिनीहरू अहङ्कारी र भोगी प्रकृतिका हुन्छन् र तिनीहरूले पवित्र आत्माको कार्यलाई घृणा गर्छन्, पवित्र आत्माको अनुशासनलाई बेवास्ता गर्छन्, यसको अलाबा पवित्र आत्माको कामलाई “पुष्टि गर्न” तिनीहरूको नगण्य पुरानो तर्कलाई प्रयोग गर्छन्। तिनीहरूले एउटा कार्यलाई धारण गर्छन् र तिनीहरूको आफ्नै शिक्षा र बुद्धिमा विश्‍वस्त हुन्छन् अनि तिनीहरू सारा संसारभरि यात्रा गर्न सक्षम छन् भनी विश्‍वस्त हुन्छन्। के यस्ता मानिसहरू पवित्र आत्माद्वारा घृणा गरिएका र तिरस्कार गरिएका मानिसहरू होइनन् र के तिनीहरूलाई नयाँ युगद्वारा हटाइने छैनन् र? के परमेश्‍वरको सामु आएर खुल्‍लमखुल्‍ला उहाँको विरोध गर्नेहरू अज्ञानी र अबुझ घृणितहरू होइनन् र, जसले तिनीहरू कति प्रखर छन् भनी देखाउने प्रयास गरिरहेका हुन्छन्? बाइबलको नगण्य ज्ञानमा तिनीहरूले संसारको “शैक्षिक समुदाय” मा दङ्गा गर्ने गर्छन्, मानिसहरूलाई सिकाउने सतही सिद्धान्तद्वारा तिनीहरूले पवित्र आत्माको कार्यलाई उल्टाउन खोज्छन् र यसलाई तिनीहरूको आफ्नै वैचारिक प्रक्रियाको सेरोफेरोमा घुमाउने प्रयास गर्छन्। तिनीहरू अदूरदर्शी भए पनि, परमेश्‍वरको छ हजार वर्षको कामलाई एकै झलकमा हेर्ने प्रयास गर्छन्। यी मानिसहरूमा उल्लेख गर्न लायक कुनै अनुभूति हुँदैन। वास्तवमा, मानिसहरूमा जति धेरै परमेश्‍वर सम्‍बन्धी ज्ञान हुन्छ उत्ति नै तिनीहरू उहाँको न्याय गर्नमा सुस्त हुन्छन्। यसको अलाबा, तिनीहरू परमेश्‍वरको आजको काम सम्‍बन्धी तिनीहरूको नगण्य ज्ञानको मात्र कुरा गर्छन्, तर तिनीहरू तिनीहरूका न्यायहरूमा हतार गर्दैनन्। मानिसहरूले परमेश्‍वरलाई जति थोरै चिन्छन् तिनीहरू उत्ति नै अहङ्कारी र अति दृढ हुन्छन् र अझ धेरै ढिठ भएर परमेश्‍वरको अस्तित्वको घोषणा गर्छन्—तैपनि तिनीहरूले सिद्धान्तको मात्र कुरा गर्छन् र कुनै वास्तविक प्रमाण पेश गर्दैनन्। यस्ता मानिसहरू कुनै मूल्यका हुँदैनन्! पवित्र आत्माको कामलाई खेलको रूपमा हेर्नेहरू खेलबाड गर्नेहरू हुन्! पवित्र आत्माको नयाँ कामलाई अनुभव गर्दा होसियारी नहुनेहरू, बढी बोल्‍नेहरू न्याय गर्नुमा छिटो हुन्छन्, आफ्नो मनस्थितिलाई अनियन्त्रित छोड्नेहरूले पवित्र आत्माको कामको धार्मिकतालाई इन्कार गर्छन्, जसले यसको अपमान गर्छन् र ईश्‍वर-निन्दा पनि गर्छन्—के यस्ता अनादरणीय मानिसहरू पवित्र आत्माको कामप्रति अनजान हुँदैनन् र? यसको अलाबा के तिनीहरू महाघमण्डका मानिसहरू होइनन्, जो अन्तर्निहित रूपमा घमण्डी र अनियन्त्रित हुन्छन्? यस्ता मानिसहरूले पवित्र आत्माको काम स्वीकार गर्ने कुनै दिन नै आए पनि, परमेश्‍वरले यस्ता मानिसलाई अझै सहनुहुनेछैन। तिनीहरूले परमेश्‍वरको निम्ति काम गर्नेहरूलाई नीच रूपमा हेर्ने मात्र होइन, तर तिनीहरू परमेश्‍वर स्वयम्‌को ईश्‍वर-निन्दा पनि गर्छन्। यस्ता दुस्साहसी मानिसहरूलाई यो युगमा वा आउने युगमा क्षमा गरिनेछैन, र तिनीहरू नरकमा सदाको निम्ति नष्ट हुनेछन्! यस्ता अनादरणीय र भोगी मानिसहरूले परमेश्‍वरमा विश्‍वास गरेको नाटक गरिरहन्छन्, र मानिसहरू जति धेरै यस्ता हुन्छन् उत्ति नै तिनीहरू परमेश्‍वरको प्रशासनिक आदेशहरू उल्लङ्घन गर्ने हुन्छन्। सबै अहङ्कारीहरू जन्‍मजातै अनियन्त्रित हुने, र कहिल्यै कसैको आज्ञापालन नगर्ने, के तिनीहरू सबै यही मार्गमा हिँड्दैनन् र? सँधै नयाँ र कहिल्यै पुरानो नहुने परमेश्‍वरलाई तिनीहरूले दिनदिनै विरोध गर्दैनन् र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामका तीन चरणहरूलाई जान्नु नै परमेश्‍वरलाई चिन्ने मार्ग हो

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वर देखा पर्नु र उहाँको काम | अंश ५३

सर्वशक्तिमान् परमेश्‍वर, अनन्त पिता, शान्तिका राजकुमार, हाम्रा परमेश्‍वर राजा हुनुहुन्छ! सर्वशक्तिमान् परमेश्‍वरले जैतून डाँडामा आफ्‍ना...

परमेश्‍वरका दैनिक वचनहरू: गन्तव्य र परिणामहरू | अंश ६०१

परमेश्‍वरले मानवलाई सृष्टि गर्नुभयो, र उनीहरूलाई पृथ्वीमा राख्नुभयो, र उहाँले उनीहरूलाई त्यस बेलादेखि नै डोर्‍याउनुभएको छ। उहाँले उनीहरूलाई...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ५२

परमेश्‍वरले अय्यूबलाई शैतानको हातमा सुम्पनुभएको तथ्य र परमेश्‍वरको कामका उद्देश्यबीच रहेको सम्बन्ध अधिकांश मानिसले अब अय्यूब सिद्ध र सोझो...

परमेश्‍वरका दैनिक वचनहरू: आखिरी दिनहरूको न्याय | अंश ८५

मेरा वचनहरू कठोर हुन सक्छन्, तापनि ती सबै मानिसका मुक्तिका लागि भनिएका छन्, किनकि म केवल वचनहरू मात्र बोल्दैछु र मानिसको देहलाई दण्ड...