परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ५७०

सत्यताको बारेमा सङ्गति गर्नुको उद्देश्य मानिसहरूलाई सत्यता बुझ्‍न र अभ्यास गर्न अनि आफ्‍नो स्वभावमा परिवर्तन ल्याउन सक्षम पार्नु हो। सत्यता बुझेपछि तिनीहरूको हृदयमा थोरै ज्योति र खुसी ल्याउनु मात्र यसको उद्देश्य हुँदैन। यदि तँ सत्यता बुझ्छस् तर त्यो अभ्यास गर्दैनस् भने, सत्यता सङ्गति गर्नु र बुझ्‍नुको कुनै अर्थ हुँदैन। मानिसहरूले सत्यता बुझेका छन् तर यसलाई अभ्यास गर्दैनन् भने यसमा के समस्या हुन्छ? यो तिनीहरूले सत्यतालाई प्रेम गर्दैनन्, तिनीहरूले हृदयमा सत्यता स्वीकार गर्दैनन् भन्‍ने कुराको प्रमाण हो, र यस्तो अवस्थामा तिनीहरूले परमेश्‍वरका आशिष्‌हरू र मुक्ति पाउने अवसर गुमाउनेछन्। मानिसहरूले मुक्ति प्राप्त गर्न सक्छन् कि सक्दैनन् भन्‍ने विषयमा, सबैभन्दा महत्त्वपूर्ण कुरा तिनीहरूले सत्यता स्वीकार र अभ्यास गर्न सक्‍छन् कि सक्दैनन् भन्‍ने हो। यदि तैँले आफूले बुझेका सबै सत्यता अभ्यास गरेको छस् भने, तैँले पवित्र आत्‍माको अन्तर्दृष्टि, ज्योति र अगुवाइ प्राप्त गर्नेछस्, र तँ सत्यता वास्तविकतामा प्रवेश गर्न सक्‍नेछस्, र तैँले सत्यताको अझै गहन बुझाइ हासिल गर्नेछस्, अनि सत्यता र परमेश्‍वरको मुक्ति प्राप्त गर्नेछस्। कतिपय मानिसहरू सत्यता अभ्यास गर्न नसक्‍ने हुन्छन्, तिनीहरूले सधैँ पवित्र आत्‍माले तिनीहरूलाई अन्तर्दृष्टि वा ज्योति दिनुहुन्‍न, परमेश्‍वरले तिनीहरूलाई सामर्थ्य दिनुहुन्‍न भनेर गुनासो गरिरहेका हुन्छन्। यो गलत कुरा हो; यो परमेश्‍वरलाई गलत रूपमा बुझ्‍नु हो। पवित्र आत्‍माको अन्तर्दृष्टि र ज्योति मानिसहरूको सहकार्यको जगमा निर्मित हुन्छ। मानिसहरू इमानदार हुनुपर्छ, र सत्यता अभ्यास गर्न तयार हुनुपर्छ, अनि तिनीहरूको बुझाइ गहन वा सतही भए पनि, तिनीहरूले सत्यता अभ्यास गर्न सक्‍नुपर्छ। त्यसपछि मात्रै पवित्र आत्‍माले तिनीहरूलाई अन्तर्दृष्टि र ज्योति दिनुहुन्छ। यदि मानिसहरूले सत्यता बुझ्छन् तर अभ्यास गर्दैनन् भने—यदि तिनीहरू पवित्र आत्माले आफै अग्रसर भई तिनीहरूलाई सत्यता अभ्यास गर्न लगाउनुहुन्छ भनेर प्रतीक्षा गर्छन् भने—के तिनीहरू अत्यन्तै निष्क्रिय भइरहेका हुँदैनन् र? परमेश्‍वरले कहिल्यै पनि मानिसहरूलाई कुनै काम जबरजस्ती गराउनुहुन्‍न। यदि मानिसहरूले सत्यता बुझ्छन् तर त्यो अभ्यास गर्न अनिच्‍छुक छन् भने, यसले तिनीहरूले सत्यतालाई प्रेम गर्दैनन्, वा तिनीहरूको स्थिति असामान्य छ र यसलाई रोक्‍ने कुनै कुरा छ भन्‍ने देखाउँछ। तर यदि मानिसहरूले परमेश्‍वरलाई प्रार्थना गर्न सक्छन् भने, परमेश्‍वरले पनि काम गर्नुहुनेछ; यदि तिनीहरू सत्यता अभ्यास गर्न अनिच्‍छुक छन् र परमेश्‍वरलाई प्रार्थना पनि गर्दैनन् भने मात्र, पवित्र आत्मासँग तिनीहरूमा काम गर्ने कुनै आधार हुँदैन। वास्तवमा, मानिसहरूको कठिनाइ जस्तोसुकै भए पनि, यसलाई सधैँ समाधान गर्न सकिन्छ; यसको चाबी भनेको तिनीहरूले सत्यताअनुसार अभ्यास गर्न सक्छन् कि सक्दैनन् भन्‍ने हो। आज, तिमीहरूमा रहेको भ्रष्टताका समस्याहरू क्यान्सर होइनन्, ती उपचार गर्नै नसकिने रोग होइनन्। यदि तिमीहरूले सत्यता अभ्यास गर्ने सङ्कल्प गर्‍यौ भने, तिमीहरूले पवित्र आत्‍माको काम प्राप्त गर्नेछौ, र यी भ्रष्ट स्वभाव परिवर्तन हुन सम्‍भव छ। यो सबै कुरा तैँले सत्यता अभ्यास गर्ने सङ्कल्प लिन सक्छस् कि सक्दैनस् भन्‍ने कुरामा निर्भर हुन्छ, मुख्य कुरा यही हो। यदि तैँले सत्यता अभ्यास गर्छस् भने, यदि तँ सत्यता पछ्याउने मार्गमा हिँड्छस् भने, तँ पवित्र आत्‍माको काम प्राप्त गर्न सक्षम हुन्छस्, र तैँले अवश्य मुक्ति पाउन सक्छस्। यदि तैँले हिँड्ने मार्ग गलत छ भने, तैँले पवित्र आत्‍माको काम गुमाउनेछस्, एउटा गलत कदमले अर्को गलत कदम निम्त्याउनेछ, र तेरो लागि यो सबै कुरा समाप्त हुनेछ, अनि तैँले जति वर्ष निरन्तर विश्‍वास गरिरहे पनि, तैँले मुक्ति पाउन सक्दैनस्। उदाहरणको लागि, कतिपय मानिसहरूले परमेश्‍वरको घरलाई फाइदा पुग्‍ने र परमेश्‍वरका अभिप्रायअनुरूप हुने गरी काम गर्नेबारे कहिल्यै सोच्दैनन्—अनि तिनीहरूले गरेको कामको परिणाम स्वार्थी र खराब हुन्छ, त्यो परमेश्‍वरको निम्ति घृणास्पद र तुच्‍छ हुन्छ; अनि त्यसो गर्ने क्रममा, तिनीहरू खुलासा हुन्छन् र हटाइन्छन्। यदि मानिसहरूले सबै कुरामा सत्यता खोजी गर्न र सत्यताअनुरूप अभ्यास गर्न सक्छन् भने, तिनीहरू परमेश्‍वरमाथिको विश्‍वासको सही मार्गमा प्रवेश गरिसकेका हुन्छन्, र यसरी तिनीहरू परमेश्‍वरका अभिप्रायअनुरूपको व्यक्ति बन्‍ने आशा हुन्छ। कतिपय मानिसहरूले सत्यता बुझेका हुन्छन् तर त्यसलाई अभ्यास गर्दैनन्; बरु, सत्यता सत्यता मात्र हो, यसले तिनीहरूका झुकाव र भ्रष्ट स्वभावहरू समाधान गर्न सक्दैन भन्‍ने विश्‍वास गर्छन्। के त्यस्ता मानिसहरू हास्यास्पद हुँदैनन् र? के तिनीहरू मूर्ख होइनन् र? के तिनीहरू बढ्ता जान्‍ने सुन्‍नेहरू होइनन् र? यदि मानिसहरूले सत्यताअनुरूप व्यवहार गर्न सक्छन् भने, तिनीहरूको भ्रष्ट स्वभाव परिवर्तन हुन सक्छ। यदि परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वास र उहाँप्रतिको सेवा तिनीहरूका आफ्‍नै प्राकृतिक व्यक्तित्वमा आधारित छन् भने, तिनीहरूमध्ये एक जनाले पनि आफ्‍नो स्वभावमा परिवर्तन हासिल गर्न सक्‍नेछैन। कतिपय मानिसहरू दिनभरि आफ्‍नै गलत निर्णयहरूको बारेमा अफसोस गरेर बिताइरहेका हुन्छन्। सहजै लागू गर्न सकिने सत्यता देख्दा पनि, तिनीहरूले यसबारे केही सोच्ने वा अभ्यास गर्ने प्रयास गर्दैनन्, बरु आफ्‍नै मार्ग रोज्ने ढिपी कस्छन्। कस्तो हास्यास्पद व्यवहार; साँच्‍चै नै, तिनीहरूले आफूसँग आशिषहरू हुँदा पनि त्यसको आनन्द उठाउन सक्दैनन्, र तिनीहरूले जीवनमा कठिनाइ भोग्‍ने पक्‍का छ। सत्यता अभ्यास गर्ने काम सरल छ; तैँले अभ्यास गर्छस् गर्दैनस् भन्‍ने कुराचाहिँ महत्त्वपूर्ण हुन्छ। यदि तैँले सत्यता अभ्यास गर्ने सङ्कल्प गरेको छस् भने, तेरो नकारात्मकता, कमजोरी र भ्रष्ट स्वभाव क्रमिक रूपमा समाधान र परिवर्तन हुँदै जानेछ; यो कुरा तेरो हृदयले सत्यतालाई प्रेम गर्छ कि गर्दैन, तैँले सत्यता स्वीकार गर्न सक्छस् कि सक्दैनस्, र सत्यता अभ्यास गर्न तैँले कष्ट भोग्‍न र मूल्य चुकाउन सक्छस् कि सक्दैनस् भन्‍ने कुरामा निर्भर हुन्छ। यदि तैँले साँचो रूपमा सत्यतालाई प्रेम गर्छस् भने, सत्यता प्राप्त गर्नको लागि तैँले हरकिसिमका कष्टहरू भोग्‍न सक्‍नेछस्, चाहे यसको लागि मानिसहरूले तँलाई बदनाम, आलोचना, वा इन्कार नै किन नगरून्। तैँले यी सबै कुरा धैर्य र सहनशीलतासाथ भोग्‍नुपर्छ; अनि परमेश्‍वरले तँलाई आशिष्‌ र सुरक्षा दिनुहुनेछ, तँलाई त्याग्‍नुहुने वा बेवास्ता गर्नुहुनेछैन—यो निस्सन्देह छ। यदि तैँले परमेश्‍वरको डर मान्‍ने हृदयले उहाँलाई प्रार्थना गर्छस्, परमेश्‍वरमा भरोसा गर्छस् र उहाँकै बाटो हेर्छस् भने, तैँले पार पाउन नसक्‍ने कुरा केही हुँदैन। तँमा भ्रष्ट स्वभाव हुन सक्छ, र तैँले अपराध गर्न सक्छस्, तर यदि तँमा परमेश्‍वरको डर मान्‍ने हृदय छ, अनि तँ निष्ठापूर्वक सत्यता खोजी गर्ने मार्गमा हिँड्छस् भने, तँ अवश्य दह्रिलो गरी खडा हुन सक्‍नेछस्, र परमेश्‍वरले तँलाई निश्‍चय नै अगुवाइ र सुरक्षा प्रदान गर्नुहुनेछ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश १९७

परमेश्‍वरको देहधारणले सबै धर्म र क्षेत्रहरूलाई तरङ्गित पारेको छ, यसले धार्मिक वृत्तका मूल प्रणालीलाई “भद्रगोलको अवस्थामा” धकेलिदिएको छ र...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४४९

अज्ञानता र अहङ्कार भएकाहरूले सक्दो प्रयास नगर्ने मात्र होइन, आफ्नो दायित्व पूरा नगर्ने मात्रै होइन, तिनीहरूले अनुग्रहको लागि आफ्ना हातहरू...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश २३१

यो भन्न सकिन्छ कि आजका सबै वाणीहरूले भविष्यका विषयहरूमा अगमवाणीहरू गर्छन्; यी वाणीहरू परमेश्‍वरले उहाँको कामको अर्को चरणको प्रबन्ध कसरी...