परमेश्वरका दैनिक वचनहरू: परमेश्वरलाई चिन्नु | अंश १५
मानिसहरूले अनुभवको आधारमा परमेश्वरलाई परिभाषित गर्ने प्रवृत्ति हुन्छ (छनौट गरिएको खण्ड) परमेश्वरलाई चिन्ने विषयको बारेमा कुराकानी...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
परमेश्वरबाट सिद्ध पारिने काम परमेश्वरको वचन खाएर र पिएर प्राप्त हुने सिद्धतामा सीमित हुन सक्दैन। यस्तो अनुभव ज्यादै एकतर्फी हुनेथियो, यसले सिद्धतालाई एकदम थोरै समावेश गर्ने थियो र मानिसलाई केवल एउटा सानो दायरामा प्रतिबन्धित गर्न सक्थ्यो। यस्तो भएकाले, यसमा मानिसलाई चाहिने आत्मिक पोषणको धेरै अभाव हुने थियो। यदि तिमीहरू परमेश्वरद्वारा सिद्ध पारिन चाहन्छौ भने, तिमीहरूले सबै विषयमा कसरी अनुभव प्राप्त गर्ने भन्ने सिक्नै पर्दछ, र तिमीहरूलाई आइपर्ने हरेक कुरामा अन्तर्दृष्टि प्राप्त गर्न सक्षम हुनुपर्दछ। यो राम्रो होस वा नराम्रो, यसले तँलाई फाइदा पुर्याउनुपर्छ, र तँलाई नकारात्मक बनाउनु हुँदैन। जेसुकै होस, तँ परमेश्वरको पक्षमा उभिएर मामिलाहरू विचार गर्न सक्षम हुनुपर्दछ, र तिनीहरूको विश्लेषण वा अध्ययन मानिसको परिप्रेक्ष्यबाट गर्नुहुँदैन (यो तेरो अनुभवमा एउटा विचलन हुने थियो)। यदि तैँले यस्तो अनुभव गरिस् भने तेरो हृदय तेरो जीवनको बोझले भरिनेछ; तँ तेरो अभ्यासलाई सजिलै विचलित हुन नदिई सधैँ परमेश्वरको अनुहारको ज्योतीमा बस्नेछस्। त्यस्तो मानिसको अगाडि उज्वल भविष्य हुन्छ। परमेश्वरद्वारा सिद्ध हुने धेरै अवसरहरू छन्। यी सबै कुरा तिमीहरू साँचो रूपमा परमेश्वरलाई प्रेम गर्ने व्यक्ति हौ कि होइनौ र तिमीहरूसँग परमेश्वरद्वारा सिद्ध पारिन, परमेश्वरद्वारा हासिल गरिन र उहाँको आशिष र उत्तराधिकार प्राप्त गर्न दृढ संकल्प छ कि छैन भन्ने कुरामा भर पर्छ। दृढ संकल्प मात्र पर्याप्त छैन; तिमीहरूसँग धेरै ज्ञान हुनुपर्दछ, अन्यथा तिमीहरू सधैँ आफ्नो अभ्यासमा विचलित भइरहेका हुनेछौ। परमेश्वर तिमीहरू प्रत्येक र हरेकलाई सिद्ध गर्न इच्छुक हुनुहुन्छ। यथार्थमा भन्ने हो भने, धेरै जसो मानिसले लामो समयदेखि परमेश्वरको कामलाई स्वीकार गरिसके तापनि, उनीहरूले आफूलाई केवल परमेश्वरको अनुग्रहमा आनन्दित तुल्याउन सीमित गरेका छन् र उनीहरू परमेश्वरबाट थोरै देहको आनन्द प्राप्त गर्न मात्र राजी छन्, अझ धेरै र अझ उच्च प्रकाशहरू प्राप्त गर्न तयार छैनन्। यसले मानिसको हृदय अझै पनि सँधै झैँ बाहिर छ भन्ने देखाउँछ। मानिसको काम, उसको सेवा र परमेश्वरलाई प्रेम गर्ने उसको हृदयमा थोरै अशुद्धताहरू भए पनि, जहाँसम्म उसको भित्री सार र पिछडिएको सोचाइको सवाल छ, मानिसले अझै पनि निरन्तर देहको शान्ति र आनन्दको खोजी गर्दछ, र परमेश्वरले मानिसलाई सिद्ध पार्नुका सर्तहरू र त्यसका उद्देश्यहरू के हुन सक्छन् भन्ने बारेमा उसले कुनै वास्ता गर्दैन। र तसर्थ, धेरैजसो मानिसको जीवन अझै असभ्य र पतित छ। तिनीहरूको जीवन थोरै परिवर्तन समेत भएको छैन; तिनीहरू परमेश्वरप्रतिको विश्वासलाई महत्वपूर्ण मामिलाका रूपमा हेर्दैनन्, यस्तो लाग्छ कि उनीहरूको विश्वास अरूको भलाइका लागि हो, चालमा चलिरहेको छ बेपर्बाहसँग, व्यर्थ उद्देश्य विहीन अस्तित्वमा व्यस्त भएर। थोरै मानिस मात्र अझ धेरै र मूल्यवान् चीजहरू प्राप्त गर्दै, सबै चीजमा परमेश्वरको वचनमा प्रवेश गर्न सक्षम भएका छन्, आज उनीहरू परमेश्वरको घरमा अझ धेरै मूल्यवान् मानिस बनेका छन् र परमेश्वरबाट धेरै आशिष पाइरहेका छन्। यदि तँ सबै कुरामा परमेश्वरबाट सिद्ध पारिन खोज्छस् र पृथ्वीमा परमेश्वरले जे प्रतिज्ञा गर्नुभएको थियो त्यो कुरा प्राप्त गर्न सक्षम छस् भने, यदि तँ सबै कुरामा परमेश्वरद्वारा अन्तर्दृष्टि पाउन खोज्छस् र वर्षहरू निष्क्रिय रूपमा बित्न दिँदैनस् भने, यो सक्रिय भएर प्रवेश गर्ने आदर्श मार्ग हो। केवल यसरी तँ परमेश्वरबाट सिद्ध पारिन योग्य र उपयुक्त हुनेछस्। के तँ साँच्चिकै त्यही मानिस होस् जो परमेश्वरद्वारा सिद्ध पारिन चाहन्छ? के तँ साँच्चिकै त्यही मानिस होस् जो सबै कुरामा व्यग्र छ? के तँसँग पत्रुसको जस्तै परमेश्वरप्रति प्रेमको आत्मा छ? के तँसँग येशूले गर्नु भए जस्तै परमेश्वरलाई प्रेम गर्ने इच्छा छ? तैँले धेरै वर्षदेखि येशूमा विश्वास गरिस्; के तैँले येशूले परमेश्वरलाई कसरी प्रेम गर्नुभयो भन्ने देखिस्? के तैँले साँचो विश्वास येशूमै गर्छस्? तँ आजका व्यावहारिक परमेश्वरमा विश्वास गर्छस्; के तैँले देहमा हुनुभएको व्यावहारिक परमेश्वरले स्वर्गमा रहेको परमेश्वरलाई कसरी प्रेम गर्नुहुन्छ भनेर देखेको छस्? तँ प्रभु येशू ख्रीष्टमा विश्वास गर्छस्; त्यो यसैले हो किनभने मानवजातिलाई छुटकारा दिन येशू क्रूसमा टाँगिनुभयो र उहाँले गर्नुभएका आश्चर्यकर्म सामान्यतया स्वीकारिएका तथ्य हुन्। यद्यपि मानिसको विश्वास येशू ख्रीष्टको ज्ञान र सत्य बुझाइबाट आउँदैन। तँ केवल येशूको नाममा विश्वास गर्छस्, तर तँ उहाँको आत्मामा विश्वास गर्दैनस्, किनकि तँ येशूले परमेश्वरलाई कसरी प्रेम गर्नुभयो भन्ने कुरामा कुनै ध्यान दिँदैनस्। तेरो परमेश्वरप्रतिको विश्वास धेरै अपरिपक्व छ। धेरै वर्षसम्म येशूमा विश्वास गरे पनि, परमेश्वरलाई कसरी प्रेम गर्ने भन्ने तँलाई थाहा छैन। के यसले तँलाई विश्वको सबैभन्दा ठूलो मूर्ख बनाउँदैन? यो तैँले वर्षौंदेखि प्रभु येशू ख्रीष्टको खाना बेकारमा खाइरहेको छस् भन्ने प्रमाण हो। म त्यस्ता मानिसलाई मन नपराउने मात्र होइन, मलाई भरोसा छ प्रभु येशू ख्रीष्टमा—जसलाई तँ आदर गर्छस्—उहाँले पनि तिनीहरूलाई मन पराउनुहुन्न। त्यस्ता मानिस कसरी सिद्ध हुन सक्छन्? के तेरो मुख लाजले रातो हुँदैन? के तँलाई लाज लाग्दैन? के तँसँग तेरो प्रभु येशू ख्रीष्टको सामना गर्ने आँट छ? के तिमीहरू सबैले मैले भनेको कुराको अर्थ बुझ्छौ?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सिद्ध पारिएकाहरूका निम्ति दिइएका प्रतिज्ञाहरू
मानिसहरूले अनुभवको आधारमा परमेश्वरलाई परिभाषित गर्ने प्रवृत्ति हुन्छ (छनौट गरिएको खण्ड) परमेश्वरलाई चिन्ने विषयको बारेमा कुराकानी...
परीक्षाहरूको बेला अय्यूबको मानवताका प्रकटीकरणहरू (परीक्षाहरूको अवधिमा अय्यूबद्वारा प्रदर्शित सिद्धता, इमानदारिता, परमेश्वरप्रतिको डर, र...
परमेश्वरको कामको हरेक चरणका लागि, मानिसहरूले सहकार्य गर्नुपर्ने तरिका हुन्छ। परमेश्वरले मानिसहरूलाई शोधन गर्नुहुन्छ ताकि शोधनबाट भएर...
यस संसारमा आउने सबैले जीवन र मृत्युबाट भएर जानुपर्छ, र तीमध्ये धेरै जना मृत्यु र पुनर्जन्मको चक्रबाट भएर गएका छन्। जो जीवित छन् तिनीहरू...