परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ५२९

सुरुमा परमेश्‍वरद्वारा सृष्टि गरिएका आदम र हव्‍वा पवित्र मानिसहरू थिए, अर्थात् अदनको बगैंचामा हुँदा तिनीहरू पवित्र थिए, फोहोरले दूषित भएका थिएनन्। तिनीहरू यहोवाप्रति बफादार थिए र यहोवालाई धोका दिनेबारेमा तिनीहरूलाई केही थाहा थिएन। किनभने तिनीहरूमा शैतानको प्रभावको बाधा थिएन, शैतानको विष थिएन र तिनीहरू सारा मानवजातिमध्ये सबैभन्दा शुद्ध थिए। तिनीहरू अदनको बगैंचामा कुनै पनि फोहोरद्वारा अशुद्ध नपारिएको, देहको वशमा नपरेको अवस्थामा र यहोवाको श्रद्धा गर्दै बस्थे। पछि शैतानको परीक्षामा परेपछि, तिनीहरूमा सर्पको विष पर्‍यो, र यहोवालाई धोका दिने इच्‍छा जाग्यो, र तिनीहरू शैतानको प्रभावमा जिए। सुरुमा, तिनीहरू पवित्र थिए र तिनीहरूले यहोवाको श्रद्धा गर्थे; यो अवस्थामा मात्रै तिनीहरू मानव थिए। पछि शैतानको परीक्षामा परेपछि, तिनीहरूले असल र खराबको ज्ञान दिने रूखको फल खाए, र शैतानको प्रभावमा जिए। तिनीहरूलाई शैतानले बिस्तारै भ्रष्ट बनाउँदै लग्यो र तिनीहरूले मानिसको मूल स्वरूप गुमाए। सुरुमा, मानिसमा यहोवाको सास थियो, ऊ अलिकति पनि अनाज्ञाकारी थिएन र उसको हृदयमा कुनै दुष्टता थिएन। त्यो समयमा, मानिस साँच्‍चै मानव थियो। शैतानद्वारा भ्रष्ट गरिएपछि, मानिस जनावर बन्यो। उसका विचारहरू दुष्टता र फोहोरद्वारा भरिए, तिनमा कुनै असल कुरा वा पवित्रता थिएन। के यो शैतान होइन र? तैँले परमेश्‍वरको धेरै कार्य अनुभव गरेको छस्, तैपनि तँ परिवर्तन वा शुद्ध भएको छैनस्। तँ अझै पनि शैतानको राज्यक्षेत्रमा जिउँछस् र परमेश्‍वरमा अझै पनि समर्पित छैनस्। यो विजय गरिएको तर सिद्ध नपारिएको व्यक्ति हो। अनि त्यस्तो व्यक्तिलाई सिद्ध पारिएको छैन भनेर किन भनिएको हो? किनभने यस्तो व्यक्तिले जीवनलाई वा परमेश्‍वरको कार्यसम्‍बन्धी ज्ञानलाई खोजी गर्दैन, बरु देहको सुख-चैन र क्षणिक सहजताको मात्रै लोभ गर्छ। परिणामस्वरूप, त्यस्ता व्यक्तिहरूको जीवन स्वभावमा कुनै परिवर्तन हुँदैन र तिनीहरूले परमेश्‍वरद्वारा सृष्टि भएको आफ्नो मूल स्वरूप पुनः प्राप्त गरेका हुँदैनन्। त्यस्ता मानिसहरू जिउँदो लासहरू हुन्, तिनीहरू आत्मा नभएका मृत मानिसहरू हुन्! आत्मामा तत्वहरूको ज्ञान खोजी नगर्नेहरू, पवित्रता खोजी नगर्नेहरू, र सत्यताअनुरूप जिउन नखोज्नेहरू, नकरात्मक पक्षमा मात्रै विजय गरिएकोमा सन्तुष्ट हुनेहरू, र परमेश्‍वरको वचनअनुसार जिउन र पवित्र मानिस बन्‍न नसक्‍नेहरू—यिनीहरू त्यस्ता मानिसहरू हुन् जसलाई मुक्ति दिइएको छैन। किनभने, यदि ऊ सत्यविहीन छ भने, परमेश्‍वरका जाँचहरूको अवधिमा त्यो मानिस दह्रिलो गरी खडा हुन सक्दैन; परमेश्‍वरका जाँचहरूको अवधिमा दह्रिलो गरी खडा हुन सक्‍नेहरू मात्रै मुक्ति पाएकाहरू हुन्। म पत्रुसजस्ता मानिसहरू, सिद्ध पारिन खोज्ने मानिसहरू चाहन्छु। सत्यताको उत्कट इच्छा र खोजी गर्नेहरूलाई आजको सत्यता दिइन्छ। परमेश्‍वरबाट मुक्ति पाउन इच्छा गर्नेहरूलाई नै यो मुक्ति दिइन्छ र यो तिमीहरूले मात्रै प्राप्त गर्नुपर्छ भन्‍ने छैन। यसको उद्देश्य तिमीहरूलाई परमेश्‍वरले प्राप्त गर्नुहोस् भन्‍ने हो; तिमीहरूले आफूलाई परमेश्‍वरले प्राप्त गर्न सक्‍नुहोस् भनेर नै परमेश्‍वरलाई प्राप्त गर्छौ। आज मैले यी वचनहरू तिमीहरूलाई बताएको छु, र तिमीहरूले ती सुनेका छौ, र तिमीहरूले यी वचनहरूअनुसार अभ्यास गर्नुपर्छ। अन्त्यमा, तिमीहरूले यी वचनहरूलाई अभ्यास गर्ने समय नै मैले यी वचनहरूद्वारा तिमीहरूलाई प्राप्त गरेको क्षण हुनेछ; यसै बेला, तिमीहरूले यी वचनहरूलाई पनि प्राप्त गरेका हुनेछौ, अर्थात् तिमीहरूले यो सर्वोच्‍च मुक्तिलाई प्राप्त गरेका हुनेछौ। शुद्ध पारिएपछि तिमीहरू वास्तविक मानव बनेका हुनेछौ। यदि तँ सत्यतामा जिउन वा सिद्ध पारिएको व्यक्तिको स्वरूपमा जिउन सक्दैनस् भने, तँ मानिस होइनस्, बरु जिउँदो लास होस्, पशु होस् किनभने तँ सत्यविहीन छस्, र यसको अर्थ के हो भने तँ यहोवाको सासविहीन छस्, त्यसैले तँ आत्मा नभएको मृत मानिस होस् भनेर भन्‍न सकिन्छ! विजय गरिएपछि साक्षी दिनु सम्‍भव भए पनि, तैँले थोरै मुक्तिबाहेक केही पनि प्राप्त गर्दैनस्, र तँ आत्मा भएको जीवित प्राणी बनेको छैनस्। तैँले सजाय र न्यायको अनुभव गरेको भए पनि, यसको परिणामस्वरूप तेरो स्वभाव नवीकरण वा परिवर्तन भएको छैन; तँ अझै पनि तेरो पुरानै व्यक्तित्व होस्, तँ अझै पनि शैतानको स्वामित्वमै छस्, र तँ शुद्ध पारिएको मानिस होइनस्। सिद्ध पारिएकाहरू मात्रै मूल्यवान् छन् र यस्ता मानिसहरूले मात्रै साँचो जीवन प्राप्त गरेका छन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्‍बन्धी उनको ज्ञान

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १६५

आजको हाम्रो भेलाको सुरुमा तिमीहरूले गरेको कुनै कुराको बारेमा म कुरा गर्न चाहन्छु, जसले मलाई आश्‍चर्यमा पार्‍यो। तिमीहरूमध्ये कतिले सायद...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १८२

परमेश्‍वरले सबै थोकको सृष्टि गर्नुभयो र तिनीहरूको निम्ति सीमाहरू स्थापित गर्नुभयो; तीमध्येमा उहाँले सबै किसिमका जीवित प्राणीहरूको पालनपोषण...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १३९

शैतान र यहोवा परमेश्‍वरबीचको संवाद (छनौट गरिएका खण्डहरू) अय्यूब १:६-११ अहिले परमेश्‍वरका पुत्रहरू यहोवाको सामु उपस्थित हुन आउने दिन थियो,...

परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३३०

तँ आजको बाटोमा हिँड्ने क्रममा सबैभन्दा उपयुक्त किसिमको खोजी के हो? तेरो खोजीमा, तैँले आफैलाई कस्तो किसिमको व्यक्तिको रूपमा हेर्नुपर्छ? यसले...