परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ५२१

पत्रुसका अनुभवहरूमा चरम विन्दु आयो, जुन बेला तिनको शरीर लगभग पूर्ण रूपमा तोडिएको थियो, तर अझै पनि येशूले तिनलाई भित्रैबाट प्रोत्साहन दिनुभयो। अनि एक पटक, येशू पत्रुसकहाँ देखा पर्नुभयो। पत्रुस अत्यन्तै कष्टमा भएको बेलामा र तिनले आफ्‍नो हृदय तोडिएको अनुभव गरेको बेलामा, येशूले तिनलाई निर्देशन दिनुभयो: “पृथ्वीमा तँ मसँग थिइस्, र म तँसँग यहाँ थिएँ। तर पहिले हामी स्वर्गमा एकसाथ भएको भए पनि, आखिर यो आत्मिक संसारको कुरा थियो। अब म आत्मिक संसारमा फर्केको छु, र तँ पृथ्वीमा छस्, किनभने म पृथ्वीको होइन, र तँ पनि पृथ्वीको नभए तापनि, तैँले पृथ्वीमा आफ्‍नो काम पूरा गर्नुपर्छ। तँ एक सेवक भएको हुनाले, तैँले आफ्‍नो कर्तव्यलाई पूरा गर्नैपर्छ।” तिनी परमेश्‍वरको पक्षमा फर्कन सक्‍छन् भन्‍ने सुनेपछि यसले पत्रुसलाई सान्त्वना दियो। आफू यति धेरै वेदनामा थिए कि लगभग तिनी ओछ्यानग्रस्त थिए; तिनलाई यति हदसम्‍म ग्‍लानि महसुस भयो कि तिनले भने: “म यति भ्रष्ट छु कि म परमेश्‍वरलाई सन्तुष्ट तुल्याउन असक्षम छु।” येशू तिनीकहाँ देखा पर्नुभयो र तिनलाई भन्‍नुभयो: “पत्रुस, के यस्तो हुन सक्छ कि तैँले एक पटक मेरो अगाडि गरेको संकल्पलाई बिर्सेका छस्? के मैले भनेका सबै कुरा तैँले साँच्‍चै बिर्सेको छस? के तैँले मसँग गरेको संकल्पलाई बिर्सेको छस्?” यो येशू नै हुनुहुन्छ भन्‍ने देखेपछि, पत्रुस आफ्‍नो ओछ्यानबाट उठे, र येशूले तिनलाई सान्त्वना दिनुभयो: “म पृथ्वीको होइन, मैले तँलाई पहिले नै भनिसकेँ—तैँले यो कुरालाई बुझ्‍नैपर्छ, तर के मैले तँलाई बताएको अर्को कुनै कुरा बिर्सेको छस्? ‘तँ पनि पृथ्वीको होइनस्, संसारको होइनस्।’ अहिले, तैँले गर्नुपर्ने काम छ। तँ यसरी दुःखी हुनु हुँदैन। तैँले यसरी कष्ट भोग्‍नु हुँदैन। मानिसहरू र परमेश्‍वर एउटै संसारमा सह-अस्तित्वमा रहन नसके तापनि, मेरो आफ्‍नै काम छ र तेरो पनि आफ्‍नै काम छ, अनि एक दिन तेरो काम पूरा भएपछि, हामी एउटै संसारमा एकसाथ हुनेछौं, र म तँलाई सदासर्वदा मसँग रहनको लागि अगुवाइ गर्नेछु।” यी वचनहरू सुनिसकेपछि, पत्रुसलाई सान्त्वना मिल्यो र तिनी ढुक्क भए। यो कष्ट तिनले सामना गर्नुपर्ने र अनुभव गर्नुपर्ने कुरा थियो भन्‍ने कुरा तिनलाई थाहा थियो, र त्यसपछि, तिनी उत्प्रेरित भए। तिनलाई विशेष अन्तर्दृष्टि र मार्गनिर्देशन दिँदै येशू तिनीकहाँ तिनको हरेक महत्त्वपूर्ण क्षणमा देखा पर्नुभयो, र उहाँले तिनीमाथि धेरै काम गर्नुभयो। अनि पत्रुसले सबैभन्दा बढी के कुराको पछुतो गरे? पत्रुसले “तपाईं जीवित परमेश्‍वरका पुत्र हुनुहुन्छ” भनेर भनेको केही समयपछि नै, येशूले पत्रुसलाई अर्को प्रश्‍न गर्नुभयो (यद्यपि यसको बारेमा बाइबलमा यसरी विवरण दिइएको छैन)। येशूले तिनलाई सोध्‍नुभयो: “पत्रुस! के तैँले मलाई कहिल्यै प्रेम गरेको छस्?” उहाँले के भन्‍न खोज्‍नुभएको हो सो पत्रुसले बुझे, र भने: “प्रभु! मैले स्वर्गमा हुनुहुने पितालाई एक पटक प्रेम गरेको थिएँ, तर मैले तपाईंलाई कहिल्यै प्रेम गरेको छैन भन्‍ने कुरालाई म स्वीकार गर्छु।” त्यसपछि येशूले भन्‍नुभयो: “यदि मानिसहरूले स्वर्गमा हुनुहुने पितालाई प्रेम गर्दैनन् भने, तिनीहरूले पृथ्वीमा हुने पुत्रलाई कसरी प्रेम गर्न सक्छन्? र यदि परमेश्‍वर पिताले पठाउनुभएका पुत्रलाई मानिसहरूले प्रेम गर्दैनन् भने, तिनीहरूले स्वर्गमा हुनुहुने पितालाई कसरी प्रेम गर्न सक्छन्? यदि मानिसहरूले पृथ्वीमा हुने पुत्रलाई साँच्‍चै प्रेम गर्छन् भने, तिनीहरूले स्वर्गमा हुनुहुने पितालाई साँचो रूपमा प्रेम गर्छन्।” जब पत्रुसले यी वचनहरू सुने, तब तिनले आफूमा के कमी छ भन्‍ने कुरालाई महसुस गरे। “मैले स्वर्गमा हुनुहुने पितालाई एक पटक प्रेम गरेको थिएँ, तर मैले तपाईंलाई कहिल्यै प्रेम गरेको छैन” भन्‍ने आफ्‍नो वचनहरूप्रति तिनी सँधै यति हदसम्‍म पछुताउँथे कि तिनले आँसु नै झार्थे। येशूको पुनर्जागरण र स्वर्ग आरोहणपछि, तिनले यी वचनहरूप्रति अझै ग्‍लानि र शोक महसुस गरे। आफ्‍नो विगतको कार्य र आफ्‍नो वर्तमानको कदको बारेमा स्मरण गर्दै, तिनी धेरै पटक प्रार्थनामा येशूको सामने जान्थे, परमेश्‍वरको इच्‍छालाई पूरा गर्न नसकेको र परमेश्‍वरको मापदण्डहरू अनुसार हुन नसकेको कारण सँधै अफसोस र ऋणी महसुस गरिरहन्थे। यी समस्याहरू तिनको लागि सबैभन्दा ठूलो भारी बन्यो। तिनले भने: “एक दिन मसँग भएको सबै कुरा र म जे छु सबै कुरा तपाईंमा समर्पित गर्नेछु, र जे बहुमूल्य छ म तपाईंलाई त्यही दिनेछु।” तिनले भने: “परमेश्‍वर! मेरो एउटै मात्र विश्‍वास छ र एउटै मात्र प्रेम छ। मेरो जीवनको केही मूल्य छैन, र मेरो शरीरको केही मूल्य छैन। मेरो एउटै मात्र विश्‍वास छ र एउटै मात्र प्रेम छ। मेरो मनमा तपाईंप्रति विश्‍वास छ र मेरो हृदयमा तपाईंप्रति प्रेम छ; तपाईंलाई दिनका लागि मसँग यी दुई कुराहरू मात्रै छन्, अरू केही पनि छैन।” येशूको वचनद्वारा पत्रुस अत्यन्तै बढी प्रोत्साहित भए, किनभने येशू क्रूसमा टाँगिनुभन्दा पहिले, उहाँले पत्रुसलाई भन्‍नुभएको थियो: “म यस संसारको होइन, र तँ पनि यस संसारको होइनस्।” पछि, जब पत्रुस ठूलो पीडाको बिन्दुमा पुगे, तब येशूले तिनलाई स्मरण गराउनुभयो: “पत्रुस, के तैँले बिर्सिस्? म यो संसारको होइन, र मैले मेरो कामको लागि मात्रै पहिले प्रस्थान गरेँ। तँ पनि यो संसारको होइनस्, तैँले साँच्‍चै बिर्सिस्? मैले तँलाई दुई पटक भनेको छु, के तँलाई याद छैन?” यो सुनेर, पत्रुसले भने: “मैले बिर्सेको छैन!” त्यसपछि येशूले भन्‍नुभयो: “एक पटक तैँले स्वर्गमा मसँग एकसाथ खुशीको समय बिताइस् र मसँगै केही समय बसिस्। तँ मेरो सम्झना गर्छस्, र म तेरो सम्झना गर्छु। मेरो नजरमा सृष्टि गरिएका वस्तुहरूलाई उल्‍लेख गर्न योग्य नभए तापनि, निर्दोष र प्रेमिलोलाई म प्रेम नगरी कसरी बस्न सक्छु र? के तैँले मेरो प्रतिज्ञालाई बिर्सेको छस्? तैँले पृथ्वीमा मेरो आज्ञालाई स्वीकार गर्नैपर्छ; मैले तँलाई सुम्पेको कार्यलाई तैँले पूरा गर्नैपर्छ। एक दिन म तँलाई अवश्य नै मेरो नजिक बस्‍नको लागि डोर्याउनेछु।” यो सुनेपछि, पत्रुस अझै बढी उत्साही बने र तिनले अझै ठूलो उत्प्रेरणा प्राप्त गरे, यतिसम्म कि क्रूसमा हुँदा तिनले भन्‍न सके: “परमेश्‍वर! म तपाईंलाई पर्याप्त प्रेम गर्न सक्दिन। तपाईंले मलाई मर्न लगाउनुभयो भने पनि, म तपाईंलाई अझै पर्याप्त प्रेम गर्न सक्दिन। तपाईंले मेरो प्राणलाई जहाँ पठाउनुभए तापनि, तपाईंले तपाईंका विगतका प्रतिज्ञाहरूलाई पूरा गर्नुभए पनि वा नगर्नुभए पनि, त्यसपछि तपाईंले जे गर्नुभए पनि, म तपाईंलाई प्रेम गर्छु र तपाईंमा विश्‍वास गर्छु।” तिनी जे कुरामा अटल रहे त्यो तिनको विश्‍वास, र साँचो प्रेम थियो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पत्रुसले येशूलाई कसरी चिने

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ७४

उहाँ देह हुनुहुँदा अनि मानवजातिको माझमा जिउनुहुँदा परमेश्‍वरले अनुभव गर्नुहुने कष्टको बारेमा के भन्‍ने? यो कष्ट के हो? के कसैले यसलाई साँचो...

परमेश्‍वरका दैनिक वचनहरू: गन्तव्य र परिणामहरू | अंश ५९६

आजभोली मानिसहरू देहका कुराहरूलाई छोड्न असक्षम छन्; उनीहरू देह, संसार, पैसा, वा उनीहरूका भ्रष्ट स्वभावहरूको विलासलाई छोड्न सक्दैनन्। धेरै...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १४३

अहिलेसम्मको तिमीहरूको जीवनलाई फर्केर हेर; तेरो विश्‍वासको सबै वर्षहरूमा परमेश्‍वरले तँमा गर्नुभएका सबै कामहरूलाई नियालेर हेर्। यसले तँमा...