परमेश्वरका दैनिक वचनहरू: परमेश्वरलाई चिन्नु | अंश १९
परमेश्वरद्वारा स्वीकार नगरिएका व्यक्तिहरू केही यस्ता मानिसहरू छन् जसको विश्वासलाई परमेश्वरको हृदयमा कहिल्यै पनि स्वीकार गरिएको छैन।...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
परमेश्वरले मानिसको अवस्था र उहाँप्रति उसको आचरणको सामना गरेपछि परमेश्वरले नयाँ काम गर्नुभएको छ, जसले मानिसलाई उहाँको ज्ञान प्राप्त गर्ने र उहाँप्रति आज्ञाकारी हुने अनि साथै प्रेम र गवाही दुवै प्राप्त गर्ने तुल्याउँछ। यसैले, परमेश्वरले गर्नुहुने मानिसको शोधनको, साथै उहाँको न्यायको, उसलाई निराकरण र काटछाँट गर्ने कार्यको उसले अनुभव गर्नुपर्दछ, जुनविना उसले परमेश्वरलाई कहिल्यै चिन्न सक्दैन र कहिल्यै पनि उहाँलाई साँच्चै प्रेम गर्न र उहाँको साक्षी दिन सक्दैन। परमेश्वरले मानिसमा गर्नुहुने शोधन एकतर्फी प्रभावका लागि मात्र होइन, तर बहुपक्षीय प्रभावको खातिर हो। परमेश्वरले सत्यताको खोजी गर्न इच्छुक व्यक्तिहरूमा उनीहरूको सङ्कल्प र प्रेमलाई सिद्ध बनाउन, यस्तै प्रकारले मात्र शोधन गर्नुहुन्छ। जो सत्यताको खोजी गर्न इच्छुक छन् र जसले परमेश्वरको उत्कट चाहना गर्दछन्, उनीहरूका लागि यस्तो शोधनभन्दा धेरै अर्थपूर्ण वा ठूलो सहयोगपूर्ण कुरा अरू कुनै पनि हुँदैन। परमेश्वरको स्वभावलाई मानिसले यति सजिलैसँग जान्न वा बुझ्न सक्दैन, किनकि परमेश्वर आखिर परमेश्वर नै हुनुहुन्छ। अन्त्यमा, परमेश्वरमा मानिसको जस्तो स्वभाव हुनु असम्भव छ, र त्यसैले मानिसले परमेश्वरको स्वभाव जान्न सजिलो छैन। सत्यता मानिसभित्र स्वाभाविक रूपमा हुँदैन र शैतानद्वारा भ्रष्ट पारिएकाहरूले यसलाई सजिलै बुझ्न सक्दैनन्; मानिस सत्यताविहीन छ, र सत्यतालाई व्यवहारमा उतार्ने सङकल्पविहीन छ, र यदि उसले कष्ट भोग्दैन र उसलाई शोधन वा न्याय गरिँदैन भने, उसको सङ्कल्पलाई कहिल्यै पनि सिद्ध तुल्याइँदैन। सबै मानिसहरूका लागि शोधन धेरै पीडादायक हुन्छ, र यसलाई स्वीकार्न धेरै गाह्रो हुन्छ—तर शोधनको बेला नै परमेश्वरले मानिसको निम्ति उहाँको धर्मी स्वभाव स्पष्ट पार्नुहुन्छ, र मानिसका लागि आफ्ना मागहरू सार्वजनिक गर्नुहुन्छ र थप अन्तर्दृष्टि प्रदान गर्नुहुन्छ र थप वास्तविक काटछाँट र निराकरण गर्नुहुन्छ; तथ्यहरू र सत्यबीच तुलना गरेर उहाँले मानिसलाई उसको आफ्नैबारेमा र सत्यको अझ धेरै ज्ञान दिनुहुन्छ, र उसलाई परमेश्वरको इच्छाको अझ बढी बुझाइ दिनुहुन्छ, यसरी मानिसलाई परमेश्वरप्रति अझ साँचो र अझ शुद्ध प्रेम गर्ने तुल्याउनुहुन्छ। शोधन कार्यलाई अघि बढाउने परमेश्वरका उद्देश्यहरू यिनै हुन्। परमेश्वरले मानिसमा गर्नुहुने सबै कामहरूका आफ्नै उद्देश्यहरू र महत्त्व हुन्छन्; परमेश्वरले अर्थहीन काम गर्नुहुन्न, न त कुनै यस्तो काम गर्नुहुन्छ जसद्वारा मानिसलाई कुनै लाभ हुँदैन। शोधनको अर्थ मानिसहरूलाई परमेश्वरको उपस्थितिबाट हटाउनु होइन, न त तिनीहरूलाई नरकमा नाश गर्नु नै हो। बरु, यसको अर्थ शोधनको समयमा मानिसको स्वभाव परिवर्तन गर्नु हो, उसका आशय, पुराना दृष्टिकोण, परमेश्वरप्रतिको उसको प्रेम र उसको सम्पूर्ण जीवन परिवर्तन गर्नु हो। शोधन मानिसको एक वास्तविक जाँच हो, र एकप्रकारको वास्तविक तालिम हो। शोधनको अवधिमा मात्र उसको प्रेमले यसको अन्तर्निहित कार्य गर्न सक्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। शोधन अनुभव गरेपछि मात्र मानिसमा साँचो प्रेम हुन सक्छ
परमेश्वरद्वारा स्वीकार नगरिएका व्यक्तिहरू केही यस्ता मानिसहरू छन् जसको विश्वासलाई परमेश्वरको हृदयमा कहिल्यै पनि स्वीकार गरिएको छैन।...
लाजरसको पुनरुत्थानले परमेश्वरलाई महिमित तुल्याउँछ यूहन्ना ११:४३-४४ अनि जब उहाँले त्यसरी बोलिसक्नुभएपछि, उहाँले उच्च स्वरमा “लाजरस,...
परमेश्वर तिमीहरूमा आनन्दित हुनुभएको तिमीहरू चाहन्छौ, तर तिमीहरू परमेश्वरदेखि टाढा छौ। यहाँ के भएको छ? तिमीहरू उहाँका वचनहरूलाई मात्र...
तिमीहरूमाझ भइरहेको यो काम, जे काम गरिनुपर्ने हो सोहीअनुसार नै तिमीहरूमा गरिँदै छ। यी मानिसहरूलाई विजय गरेपछि, मानिसहरूको एउटा समूहलाई सिद्ध...