परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४९४

परमेश्‍वरप्रतिको साँचो प्रेम हृदयको अन्तस्करणबाट आउँछ; यो प्रेम परमेश्‍वरसम्‍बन्धी मानिसको ज्ञानको आधारमा मात्र अस्तित्वमा हुन्छ। जब कसैको हृदय पूर्ण रूपमा परमेश्‍वरतिर फर्कन्छ, तब उसमा परमेश्‍वरप्रति प्रेम त हुन्छ, तर त्यो प्रेम चोखो र पूर्ण नै हुन्छ भन्‍ने हुँदैन। किनकि व्यक्तिको हृदय पूर्ण रूपमा परमेश्‍वरतर्फ फर्कनु र व्यक्तिमा परमेश्‍वरप्रतिको साँचो बुझाइ र साँचो भक्ति हुनुको बीचमा अझै पनि केही दूरी हुन्छ। मानिसले आफ्नो हृदय परमेश्‍वरतिर फर्काएर नै परमेश्‍वरप्रतिको साँचो प्रेम हासिल गर्छ र परमेश्‍वरको स्वभावलाई चिन्छ। जब मानिसले आफ्नो साँचो हृदय परमेश्‍वरमा सुम्पन्छ, तब ऊ जीवनको अनुभवमा प्रवेश गर्न थाल्छ। यस तरिकाले, उसको स्वभाव परिवर्तन हुन थाल्छ, परमेश्‍वरप्रतिको उसको प्रेम बिस्तारै बढ्दै जान्छ, र परमेश्‍वरसम्बन्धी उसको ज्ञान पनि बिस्तारै बढ्दै जान्छ। यसैले जीवन अनुभवको सही मार्गमा प्रवेश गर्नलाई एक मात्र पूर्वसर्त भनेको परमेश्‍वरतर्फ हृदय फर्काउनु हो। जब मानिसहरूले परमेश्‍वरको सामु आफ्नो हृदय राख्छन्, तब तिनीहरूमा उहाँको चाहना मात्र गर्ने, तर उहाँलाई प्रेम नगर्ने हृदय हुन्छ, किनकि तिनीहरूमा उहाँको बारेमा कुनै बुझाइ नै हुँदैन। यस्तो परिस्थितिमा तिनीहरूमा उहाँप्रति केही प्रेम हुने भए पनि, यो आफसेआफ हुँदैन र यो सच्‍चा पनि हुँदैन। किनकि मानिसको देहबाट उत्पन्‍न हुने जुनसुकै कुरा भावनाको उपज हो र त्यो सच्‍चा ज्ञानबाट आएको हुँदैन। यो केवल क्षणिक आवेग हो र यो दीर्घकालीन भक्तिको रूपमा रहँदैन। जब मानिसहरूमा परमेश्‍वरको बारेमा कुनै बुझाइ हुँदैन, तब तिनीहरूले आफ्नै रुचि र आफ्नै व्यक्तिगत धारणाहरूको आधारमा मात्र उहाँलाई प्रेम गर्न सक्छन्; यस प्रकारको प्रेमलाई स्वस्फूर्त प्रेम भन्‍न सकिँदैन, न त यसलाई सच्‍चा प्रेम नै भन्‍न सकिन्छ। कुनै मानिसको हृदय सच्‍चा रूपमा परमेश्‍वरतर्फ फर्कन सक्छ, र सबै कुरामा परमेश्‍वरको हितको बारेमा सोच्न सक्षम हुन सक्छ, तर यदि उसमा परमेश्‍वरको बारेमा कुनै बुझाइ नै छैन भने, उसले सच्‍चा रूपले स्वस्फूर्त प्रेम प्राप्त गर्न सक्‍नेछैन। उसले गर्न सक्‍ने कुरा भनेकै मण्डलीका लागि केही कार्यहरू गर्नु वा आफ्ना केही कर्तव्य पूरा गर्नु मात्र हो, तर उसले कुनै पनि आधारविनै त्यसो गर्नेछ। यस प्रकारको व्यक्तिको स्वभाव परिवर्तन गर्न गाह्रो हुन्छ; त्यस्ता व्यक्तिहरू कि त सत्यको पछि नै लाग्दैनन् कि त तिनीहरूले सत्यलाई नै बुझ्दैनन्। यदि कुनै व्यक्तिले आफ्नो हृदय सम्पूर्ण रूपले परमेश्‍वरतिर फर्कायो भने पनि, त्यसको अर्थ परमेश्‍वरलाई प्रेम गर्ने तिनीहरूको हृदय पूर्ण रूपमा शुद्ध छ भन्‍ने हुँदैन, किनकि जुन मानिसहरूको हृदयमा परमेश्‍वर हुनुहुन्छ तिनीहरूको हृदयमा परमेश्‍वरप्रति प्रेम हुन्छ नै भन्‍ने हुँदैन। यो परमेश्‍वरसम्बन्धी बुझाइको खोजी गर्ने वा नगर्ने व्यक्तिबीचको भिन्‍नतासित सम्बन्धित छ। कुनै व्यक्तिले उहाँलाई बुझेपछि, त्यसले तिनीहरूको हृदय पूर्ण रूपमा परमेश्‍वरतिर फर्केको छ भन्‍ने देखाउँछ, यसले तिनीहरूको हृदयमा भएको परमेश्‍वरप्रतिको सच्‍चा प्रेम स्वस्फूर्त हो भन्‍ने देखाउँछ। यस प्रकारका मानिसहरूसँग मात्र तिनीहरूको हृदयमा परमेश्‍वर हुन्छ। सही बाटोमा लाग्‍नका निम्ति, परमेश्‍वरलाई बुझ्नका निम्ति र परमेश्‍वरप्रतिको प्रेम हासिल गर्नका निम्ति पूरा गर्नुपर्ने पूर्वसर्त भनेको आफ्नो हृदय परमेश्‍वरतिर फर्काउनु हो। यो परमेश्‍वरलाई प्रेम गर्ने कर्तव्य पूरा भएको कुराको चिन्ह होइन, न त यो उहाँप्रति सच्‍चा प्रेम छ भन्‍ने कुराको चिन्‍ह नै हो। कसैले परमेश्‍वरप्रति साँचो प्रेम हासिल गर्ने एक मात्र तरिका भनेको उसको हृदयलाई उहाँतिर फर्काउनु हो, जुन उहाँद्वारा सृष्टि गरिएको एक प्राणीको रूपमा एक व्यक्तिले गर्नुपर्ने पहिलो काम पनि हो। परमेश्‍वरलाई प्रेम गर्नेहरू सबै नै जीवनको पछि लाग्‍नेहरू, अर्थात् सत्यको पछि लाग्‍ने र साँचो रूपमा परमेश्‍वरको चाहना गर्नेहरू हुन्; तिनीहरू सबैमा पवित्र आत्माको अन्तर्दृष्टि हुन्छ र तिनीहरू सबै उहाँद्वारा छोइएका हुन्छन्। तिनीहरू सबैले परमेश्‍वरको मार्गदर्शन प्राप्त गर्न सक्छन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरप्रतिको सच्‍चा प्रेम स्वस्फूर्त हुन्छ

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वर देखा पर्नु र उहाँको काम | अंश ६५

जुन दिन सबै कुराको पुनरुत्थान भएका थिए, म मानिसको बीचमा आएँ र मैले उसँग सुन्दर दिन र रातहरू बिताएको छु। यस अवस्थामा मात्र मानिसले मेरो...

परमेश्‍वरका दैनिक वचनहरू: धार्मिक धारणाहरू खुलासा गर्नु | अंश २९४

परमेश्‍वरको कार्यको उद्देश्य नबुझ्ने व्यक्ति भनेकै उहाँको विरोध गर्ने व्यक्ति हो र परमेश्‍वरको कार्यको उद्देश्य बुझिसकेर पनि परमेश्‍वरलाई...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ११९

पाँच प्रकारका मानिसहरू म परमेश्‍वरका अनुयायीहरूलाई परमेश्‍वरसम्‍बन्धी तिनीहरूको बुझाइ र उहाँको धर्मी स्वभावसम्‍बन्धी तिनीहरूको बुझाइ र...