परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४८३

तैँले किन परमेश्‍वरमा विश्‍वास गर्छस्? धेरै व्यक्तिहरू यस प्रश्नद्वारा अलमलमा पर्छन्। व्यावहारिक परमेश्‍वर र स्वर्गमा हुनुहुने परमेश्‍वरका बारेमा तिनीहरूमा सधैँभरि दुई वटा अत्यन्तै भिन्न प्रकारका दृष्टिकोणहरू छन्, जसले के देखाउँछ भने तिनीहरूले परमेश्‍वरको आज्ञापालन गर्नका लागि होइन, तर अरू केही फाइदाहरू पाउन, वा विपत्तिले ल्याउने कष्टबाट बच्नका लागि उहाँमा विश्‍वास गरेका हुन्छन्। त्यसपछि मात्र तिनीहरू केही हदसम्म आज्ञाकारी भएका हुन्छन्। तिनीहरूको आज्ञाकारीता सर्तसहितको हुन्छ। यो तिनीहरूका आफ्नै व्यक्तिगत अपेक्षाहरूका खातिर गरिएको हुन्छ, र यो जबरजस्ती गरिएको आज्ञापालन मात्रै हुन्छ। यसैले, आखिर तँ किन परमेश्‍वरमा विश्‍वास गर्छस्? यदि यो तेरा अपेक्षाहरू र भवितव्यको खातिर मात्र हो भने, तैँले विश्‍वास नै नगरेको भए अझ असल हुनेथियो। यस किसिमको विश्‍वासचाहिँ आफैलाई धोका दिने, आफैलाई दृढ पार्ने, र आफैलाई बढाइचढाइ गर्ने कुरा हो। यदि तेरो विश्‍वास परमेश्‍वरमाथिको आज्ञाकारीतामा निर्माण भएको छैन भने, तैँले उहाँको विरोध गरेकोमा अन्त्यमा तँलाई दण्ड दिइनेछ। आफ्ना विश्‍वासमा परमेश्‍वरमा आज्ञाकारी हुन नखोज्नेहरूले उहाँको विरोध गरेका हुन्छन्। मानिसहरूले सत्यताको खोजी गरून्, उहाँका वचनमा तिर्खाउन्, उहाँका वचनलाई खाऊन् र पिऊन्, र त्यसलाई व्यवहारमा प्रयोग गरून् भनी परमेश्‍वर चाहनुहुन्छ, यसरी तिनीहरूले परमेश्‍वरप्रतिको आज्ञाकारीतालाई प्राप्त गर्न सक्नेछन्। यदि तेरा सच्चा अभिप्रायहरू यी नै हुन् भने, अवश्य पनि परमेश्‍वरले तँलाई माथि उठाउनुहुनेछ, र अवश्य पनि तँप्रति अनुग्रहकारी हुनुहुनेछ। यो शङ्का गर्न नपर्ने र परिवर्तन नहुने कुरा हो। यदि तँ परमेश्‍वरको आज्ञा पालन नगर्ने अभिप्राय राख्छस्, अनि तेरा लक्ष्यहरू अरू नै छन् भने, तैँले भनेका र गरेका सबै कुराहरू—परमेश्‍वरको सामु गरेका प्रार्थनाहरू, र तेरो प्रत्येक कार्य समेत—उहाँका विरोधमा हुनेछन्। सायद तँ नम्र भएर बोल्ने र सहज व्यवहार गर्ने व्यक्ति हुनसक्छस्, तेरो प्रत्येक कार्य र अभिव्यक्ति उचित देखिन सक्छ, अनि तँ आज्ञा पालन गर्ने व्यक्तिजस्तो देखिन्छस् होला, तर जब परमेश्‍वरमाथिको तेरो विश्‍वासका अभिप्रायहरू र दृष्टिकोणहरूका कुरा आउँछन्, तब तैँले गरेका ती सबै कुराहरू परमेश्‍वरका विरोधमा हुन्छन्। तैँले गरेका सबै कुराहरू दुष्ट हुन्छन्। भेडाजस्तै आज्ञाकारी देखिने, तर जसका हृदयमा भने दुष्ट उद्देश्यहरू बोकेर हिँड्ने, मानिसहरू भेडाका भेषमा देखिने ब्‍वाँसाहरू हुन्। तिनीहरूले सीधै परमेश्‍वरलाई चिढ्याउँछन्, र परमेश्‍वरले तिनीहरूमध्ये एक जनालाई पनि बाँकी राख्नुहुनेछैन। पवित्र आत्माले तिनीहरू हरेकलाई प्रकाश गर्नुहुनेछ र ढोङ्गीहरू प्रत्येकलाई निश्चय नै पवित्र आत्माले तिरस्कार गर्नुहुनेछ र इन्कार गर्नुहुनेछ भन्ने कुरालाई उहाँले सबैका सामुन्ने देखाउनुहुनेछ। चिन्ता नगर्: परमेश्‍वरले तिनीहरू प्रत्येकबाट लेखा लिनुहुनेछ र तिनीहरू प्रत्येकलाई त्याग्नुहुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरमाथिको तेरो विश्‍वासमा तैँले परमेश्‍वरको आज्ञापालन गर्नैपर्छ

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १२२

मानव जीवनका छ महत्वपूर्ण मोडहरू (छनौट गरिएका खण्डहरू) आफ्‍नो जीवनकालमा, हरेक व्यक्ति नै महत्त्वपूर्ण मोडहरूको श्रृंखलामा पुग्‍छन्।...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ८६

परमेश्‍वरले यावत् थोक सृष्टि गर्न वचनहरू प्रयोग गर्नुहुन्छ (छनौट गरिएका खण्डहरू) चौथो दिन, परमेश्‍वरले फेरि आफ्‍नो अख्तियार प्रयोग...

परमेश्‍वरका दैनिक वचनहरू: आखिरी दिनहरूको न्याय | अंश ९८

राज्यमा, सृष्टिका असंख्य थोकहरू पुनर्जीवित हुन र आफ्‍नो जीवनको शक्तिलाई फेरि प्राप्त गर्न थाल्छन्। पृथ्वीको अवस्थाको परिवर्तनहरूको कारण,...

परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३६२

शैतानद्वारा भ्रष्ट पारिएका सबै आत्माहरू शैतानका राज्यक्षेत्रमा गुलाम पारिएका छन्। ख्रीष्टमा विश्‍वास गर्नेहरूलाई मात्र छुट्याइएका, शैतानको...